सरकार गठनको तीन महिना पूरा भएको छ । सामान्यतः यस अवधिलाई मधुमास अर्थात् हनिमुन पिरियड भन्ने गरिन्छ ।
जनगणतन्त्र चीन स्थापनाको हीरक जयन्ती अर्थात् ७५ औँ वर्षगाँठ भर्खरै सम्पन्न भएको छ ।
गोरखापत्र द्विशताब्दीको यात्रातर्फ अग्रसर छ । आजबाट १२४ वर्षे यात्रामा प्रवेश गरेको छ । शताब्दी पार गरी दोस्रो शताब्दीतिर लम्किने दक्षिण एसियाली मुलुकका थोरै अखबारमध्ये गोरखापत्र पनि एक हो । आधुनिक नेपालको साङ्गोपाङ्गो स्वरूप र चित्र गोरखापत्रले झल्काएको छ । नेपालको जेठो पत्रिका गोरखापत्र त्यसको जीवन्त साक्षी हो । यसले देशका सबैखाले उतारचढावको अनुभूति गरेको छ । जहानियाँ राणा शासनकालमा स्थापना भएको गोरखापत्र आजको लोकतान्त्रि
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा गठित सरकारले वर्ष दिन पूरा गरेको छ । सरकारको एकवर्षे कार्यकाललाई कसरी समीक्षा गर्ने भन्ने विषय अहिले सतहमा आएको छ । एकथरीले सरकार हरेक क्षेत्रमा असफल भएको र मुलुक बर्बादीतिर रहेको झ्याली पिटिरहेका छन् तर तथ्य भने त्यस्तो देखिँदैन । आर्थिक सूचकाङ्क सकारात्मक दिशातर्फ नै लम्किएको पाइन्छ । विश्व नै आर्थिक मन्दीमा चलिरहेका बेला गत वर्ष भएको संसदीय निर्वाचनबाट यो सरकार गठन भएको हो । जनभा
नेपालीको दोस्रो महान् चाड तिहारको मुखैमा पश्चिम नेपालमा विनाशकारी भुइँचालो गएको छ । कर्णाली प्रदेश अन्तर्गत जाजरकोट र रुकुम पश्चिम क्षेत्र यसबाट प्रत्यक्ष प्रभावित भएका छन् । १५७ जनाको ज्यानै गएको छ भने दुई सयभन्दा बढी घाइते भएका छन् । विगत ५२० वर्षयता यो भेगमा ठुलो भूकम्प गएको थिएन । त्यसैले यो क्षेत्र भूकम्पीय दृष्टिले जोखिममा रहेको विज्ञहरूको ठम्याइ थियो । नभन्दै केही समययता पश्चिम नेपालमा लगातार भूकम्पको धक्का महसुस हुन थालेका छन् ।
रामचन्द्र पौडेल अहिले गणतन्त्र नेपालका राष्ट्रपति हुनुहुन्छ । सात दशक लामो राजनीतिक यात्राका क्रममा उहाँले सायदै यो पदमा आसीन हुने कल्पना गर्नुभएको थियो होला तर नियतिले यही चाह्यो । गणतन्त्र नेपालका तेस्रो राष्ट्रपतिको भूमिकामा उहाँ आइपुग्नुभएको छ । पौडेल यस्तो बेला राष्ट्रपति बन्नुभयो, जतिखेर यो संस्था चरम विवादको केन्द्रमा थियो । नेकपा एमालेका अध्यक्षसमेत रहनुभएका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले गरेका विवादित निर्णय आँखा चिम्लेर सदर गर्ने प्रवृत्तिले यो संस्थाप्रति थोरै आक्रोश र निराशा थियो । त्यसलाई सच्याएर संविधानप्रदत्त दायित्व निर्वाह गर्ने राष्ट्रपतिको खाँचो थियो ।
नेपाली राजनीतिक जगत्मा निराशा र नकारात्मकता मात्रै रहेको भाष्य खडा भइरहेको छ । पुराना पुस्ताका नेता र राजनीतिक दललाई गाली गर्ने र घृणा फैलाउने गलत अभ्यास समकालीन राजनीतिको अभिन्न हिस्सा बन्दै गर्दा भर्खरै मात्र संविधान सभा अध्यक्षसमेत रहनुभएका नेकपा एमाले नेता सुभासचन्द्र नेम्वाङ दिवङ्गत हुनुभएको छ । नेम्वाङको निधनपछि नेपाली राजनीतिमा नयाँ तरङ्ग देखियो । उहाँको शालीनता र योगदानको चर्चा खुलेरै गरियो । सामाजिक सञ्जाल मात्र नभई मू
नेपाली मिडियामा पछिल्ला दिनमा मुलुकको भविष्यबारे राम्रै बहस थालिएको छ । मुलुक बनाउने दायित्वबाट सम्बद्ध पक्ष चुकेकै हो त ? जिज्ञासा स्वाभाविक हो । खास गरी मुलुकको पछिल्लो अवस्था कहालीलाग्दो रहेको भन्दै देशमा बस्नै नसकिने अवस्थाको चित्रण पनि कतिपयले गर्ने गरेका छन् । निराशावादी पक्षले उठाएका प्रश्न र गरिएको चित्रणले मुलुक समाप्तै हुन लागेको पो हो कि भन्ने आशङ्का बढाउनु स्वाभाविक हो । वास्तविकता फरक छ, मुलुकमा केही वर्षयता अभूतपूर्व परिवर्तन भएका छ
झन्डै एक वर्षपछि नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बसेको छ। गत मङ्सिरमा सम्पन्न संसदीय निर्वाचनपछिको परिवेशबारे छलफल गर्न समेत बैठक राखिएको थिएन। त्यसयता लामो समय विभिन्न कारणले कार्यसमिति बैठक बसेको थिएन। गएको मङ्गलबारबाट सुरु भएको कार्यसमिति बैठकले नेपाली राजनीतिक क्षितिजमा नयाँ अभ्यासको थालनी गरेको छ। अहिले कांग्रेसको बैठक फेसबुकमार्फत प्रत्यक्ष प्रसारण भइरहेको छ। नेताहरू आफ्ना धारणा व्यक्त गर्दै हुनुहुन्छ। सबैले आ
नेपाली राजनीतिमा अलग अलग प्रयोग गर्न खप्पिस नेकपा एमालेले नयाँ फन्डा तयार गर्नु अनौठो मानिँदैन। राजनीतिलाई चलायमान तुल्याउन मात्र सीमित नरही छरपस्ट गर्ने तहसम्म पु¥याउने एमाले अभीष्ट देखिन्छ। अहिले नयाँ विवाद झिकेको छ–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अभिव्यक्तिबारे। राजधानीमा ट्रक भित्र्याउने कीर्तिमानी जस प्राप्त गर्नुभएका प्रीतम सिंहद्वारा लिखित एउटा पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्रीले बोल्नुभएको विषयलाई लिएर संसद् अवरुद्ध मात्र गरिएन अपितु मिटरब्याजीविरुद्ध जारी अध्यादेश प्रतिस्थापन गर्ने विधेयक पारित गर्नबाट समेत वञ्चित गरियो। जसले गर्दा सामान्य गरिब पीडि
गणतन्त्र नेपाल स्थापनाको १५ वर्ष पूरा हुँदै छ । आउँदो सोमबार अर्थात्, जेठ १५ गतेबाट नेपाल गणतन्त्रात्मक यात्रामा अघि बढेको १६ वर्ष लाग्दै छ । यो भनेको लामै अवधि हो । डेढ दशक पार गरिसक्दा राजनीतिक रूपले देशले गति लिनु पर्ने हो । जनताले नयाँपनको अनुभूति गर्न पाउनु स्वाभाविक हो तर परिस्थिति भने त्यति उत्साहप्रद देखिँदैन । झन्डै छ दशक लामो राजनीतिक सङ्घर्षको बलमा स्थापित गणतन्त्रप्रति नेपालीजनको विश्वास र भरोसा उचो बनाउन नसकेको टिप्पणी हुने गरेको छ । लोक
वैशाख १० सम्पन्न तीनवटा संसदीय क्षेत्रको प्रतिनिधि सभा उपनिर्वाचन परिणामलाई जसले जसरी अथ्र्याए पनि जनता सर्वशक्तिमान भएको पुनः पुष्टि भएको छ । निर्वाचन परिणामले पुराना र स्थापित राजनीतिक दललाई गतिलो पाठ पनि सिकाएको छ । साथै, लोकतन्त्रमा जनता नै जनार्दन हुन् भन्ने मान्यतालाई विश्वासमा रूपान्तरण गरिदिएको छ । पुरानो लगानीको ब्याज खाने दिन अब नेपाली राजनीतिबाट बिदावारी हुने सङ्केत उपनिर्वाचन परिणामले देखाएको छ । खासगरी तनहुँ –
नयाँ वर्ष २०८० आजबाट प्रारम्भ भएको छ । नयाँ वर्षसँगै नयाँ आशा, अपेक्षा र भरोसा पनि थपिएको छ । संयोग, वर्ष प्रारम्भ मात्र होइन, नयाँ दशकमा समेत हामी आजैबाट प्रवेश गर्दैछौँ । त्यसैले गएको वर्ष मात्र होइन बितेको दशककै समीक्षा गर्दै हामीले आगामी रणनीति बनाउनुपर्नेछ । गत वर्ष २०७९ नेपालीका लागि आर्थिक प्रगतिका हिसाबले खासै उत्साहजनक रहेन । राजनीतिक उपलब्धि भने गज्जबकै भएको हो । संविधान सभाबाट नेपाली जनताले बनाएको संविधानले यसै अवधिमा एउटा चरण पूरा गरी दोस्रो चक्र प्रारम्भ गरेको छ । अर्थात्, २०७२ अजोज ३ मा अपत्यारिलो सकसका बीच जारी भएको संविधानले त्यही
लामो रस्साकस्सी र माथापच्चीपछि मुलुकले तेस्रो राष्ट्रपतिका रूपमा रामचन्द्र पौडेललाई पाएको छ । गत फागुन २५ गते सम्पन्न राष्ट्रपति पदको निर्वाचनमा बृहत्तर राष्ट्रिय सहमति जुटेको छ । नेकपा एमालेबाहेक कुनै पनि दलले नेपाली कांग्रेसका उम्मेदवार पौडेलविरुद्ध मत हालेनन् । परिणामतः पौडेल देशको तेस्रो राष्ट्रपति चुनिनु भएको छ ।
हिजोआज चियापसलदेखि राजनीतिक मञ्चहरूमा समेत चर्चा चल्ने गरेको छ– नेपाल पनि श्रीलङ्काजस्तै हुन लाग्योे । यस्तो टिप्पणी गर्नेमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सम्बद्ध नेता कार्यकर्ता बढी देखिएका छन् । मूलधारका सञ्चारमाध्यमले समेत यदाकदा यस्तै आशयका समाचार सम्प्रेषण गर्दा सर्वसाधारणमा त्रास बढेको छ ।