नेकपा (एमाले) को ११ औँ महाधिवेशन उद्घाटनस्थल निर्माणको कार्य धमाधम भइरहेको छ।
‘जुनारको राजधानी’का रूपमा परिचित सिन्धुलीको गोलन्जोर गाउँपालिका–४ माझकुभिण्डेमा मंगलबारदेखि तीनदिने जुनार महोत्सव सुरु भएको छ।
मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज किरात समुदायले उँधौली पर्व मनाएका छन् ।
आज बाला चतुर्दशी अर्थात् शतबीज छर्ने दिन । हिन्दु धर्मावलम्बीहरूले मङ्सिरको कृष्ण पक्षको चतुर्दशीलाई विशेष रूपमा लिने गर्छन् ।
जिल्ला प्रहरी परिसर, काठमाडौंमा नेपाल प्रहरी जनपद समहूतर्फ रिक्त रहेका प्रहरी जवान र प्रहरी कार्यलय सहयोगी पदमा दरखास्त दिनेको भीड बढेकाे छ ।
काठमाडौँ उपत्यका नजिकको पर्यटकीय क्षेत्र हो भक्तपुरको नगरकोट। गर्मी मौसममा पनि चिसो वातावरण हुने नगरकोटबाट मौसम सफा भएको बेला उत्तरमा मनमोहक हिमालय शृङ्खला देख्न सकिन्छ ।
त्रिवि कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नतिको काम धमाधम भइरहेको छ । देशको एकमात्र अन्तर्राष्ट्रिय क्रिकेट मैदानको भार थेग्दै आएको कीर्तिपुर मैदानमा पुनर्निर्माणकाे काम भइरहेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतारको राजधानी दोहा प्रस्थान गर्नुभएको छ । कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ मा सहभागी हुन उहाँ आज बिहान त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।
आज कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशी पर्व मनाइँदै छ । सनातन धर्मावलम्बीले आजका दिन तुलसीको विशेष पूजापाठ गरेर हरिबोधिनी एकादशी मनाउँछन्।
दाउँदो सूर्यलाई अर्घ दिँदै छठपर्व सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन मङ्गलबार बिहान काठमाडौँ उपत्यका र तराई–मधेशका विभिन्न जिल्लालगायत मिथिलाञ्चलसहित देशभरिका जलाशयमा उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै छठपर्व सम्पन्न भएको हो ।
छठ पर्वको मुख्य दिन, सूर्यको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइएको छ । छठ पर्वको मुख्य दिन सोमबार साँझ अस्ताउँदो सूर्यलाई पूजा–आराधना गरी अर्घ्य दिइएको छ ।
हिन्दुहरूको दोस्रो ठुलो चाड तिहार सकिएसँगै छठ पर्वको रौनक सुरु भएको छ । सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने गरिन्छ । अहिले काठमाडौं उपत्यकासहित तराई–मधेशमा छठको रौनक सुरु भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबारदेखि राहदानी आवेदनसम्बन्धी सेवा सुरू गरेको छ ।
नेपालीहरुको महान चाड शुभ दीपावली नजिकिँदै गर्दा बजारमा तिहारको सामान किनमेल गर्नेको चहलपहल बढेको छ ।
दसैँ मनाउन घर गएका सर्वसाधारण कर्मथलो काठमाडौँ फर्कन थालेका छन् । उपत्यका प्रवेश गर्ने नाकामा दसैँ मनाएर फर्किने यात्रुको चाप बढेको छ ।