प्राच्यविद्या अध्ययनको विद्यार्थीका नाताले ‘नेपाल विद्या’ को विधा निर्माण सिद्धान्त तय गर्दा मेरो मनमा प्राचीनतम शिक्षा र सभ्यता अध्ययनको हुटहुटी जागेको थियो । सामग्री खोजीकै क्रममा नाम चलेका केही आधुनिक विश्वविद्यालय र अध्ययन केन्द्रका सामग्री त अध्ययन गर्ने अवसर जुरेको थियो तर प्राच्य अध्ययन परम्पराको केन्द्र रहेका तक्षशिला र नालन्दाको शिक्षा र सभ्यता परम्परा भने नेपाल विद्याको विधा निर्माणको सिद्धान्त खण्डमा समेट्न सकेको थिइनँ ।
जापानका विदेशमन्त्री कामिकावा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्कनु भएको छ । विमान चार्टर गरी नेपाल आउनु भएकी मन्त्री योको स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको नियमित उडान पक्डनु भएको हो । उहाँको चार्टर गरिएको विमानका चालक दलका सदस्यहरूलाई आराम गर्न दिएर उहाँ भने अत्यन्तै व्यस्त कार्यक्रम सकेर अगाडि नै फिर्नु भएको हो । उहाँ टोकियोको नारिता विमानस्थलका लागि राति १०:३० को उडान नम्बर आरए ३४४ बाट जानु भएको हो । उहाँलाई क्याप्टेन विजय लामा र सहचालक अमृतराज महर्जनले टोकियो पु¥याउनुहुने छ । विदेशमन्त्री योकोलाई श्रीलङ्काबाट ल्याउने जहाजचाहिँ भोलि चालक दलका सदस्यलाई मात्र लिएर जाने छ ।
तत्कालीन बाँसबारी छालाजुत्ता उद्योगका नाममा रहेको जग्गा अनधिकृत रूपमा हाल चौधरी समूहमा रहेकामा सो जग्गा फिर्ताको पहल सुरु भएको छ। चाँदबाग रेसिडेन्सी प्रालिबाट नेपाल सरकारका नाममा जग्गा ल्याउन डिल्लीबजार मालपोत कार्यालयले पत्र पठाएको छ। गृह मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको पहलमा चाँदबाग रेसिडेन्सी प्रालिलाई २१ दिने म्यादको पत्र बिहीबार बुझाइएको हो। तत्कालीन च्याम्पियन फुटवेयर प्रालि हाल चाँदबाग रेसिडेन्सी प्रालिको सञ्चालक समितिका अध्यक्ष सञ्जय ठाकुरले पत्र बुझेर भर्पाई गरिदिनुभएको छ। पत्र पठाउने आधार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को अनुसन्धान र पत्राचारलाई बनाइएको छ।
विसं २०७२ वैशाख १२ को गोरखा भूकम्पको असर, त्यसलगत्तै हाम्रो दक्षिणी छिमेकीले गरेको नाकाबन्दी र फेरि उत्तरको छिमेकीबाट विश्वभर फैलिएको कोविरोग (कोभिड–१९) ले थला परेकोे पर्यटन गतिविधि यस पटक उत्साहजनक रह्यो । आन्तरिक र बाह्य पर्यटकको उच्च चाप देशका सबै क्षेत्रमा पर्यो । चितवनको सौराहा पनि यसबाट फाइदामा परेको थियो ।
भाषा आफैँमा सङ्केत व्यवस्था हो । भाषाले यो मनका कुरा त्यो मनमा र त्यो मनका कुरा यो मनमा आदान प्रदान गर्ने माध्यमका रूपमा काम गर्दछ । यो वाक्प्रतीकहरूबाट अर्थात् कुनै कुराका लागि यही नै बोली हो भन्ने तथ्य स्थापनाका आधारमा बनेको हुन्छ । यो चयनमा स्वतन्त्रता भएको वा यादृच्छिक हुन्छ र परिवर्तनशील पनि हुन्छ । यो भाषाको मूल रूप वा कथ्य भाषाको सामान्य विशेषता हो । सामान्यतया भाषालाई आवाजका रूपमा पनि अथ्र्याइन्छ । भाषा शब्द नै संस्कृतको ‘भाष्’ धातुबाट बनेको हुन्छ, जसको अर्थ उच्चारण गर्नु, बोल्नु वा भन्नु हुन्छ । त्यसैले भाषाको मूल रूप नै बोली मानिन्छ; त्यो कथ्य भाषा हुन्छ । तथापि भाषा सञ्चार लेखेर पनि गर्न सकिन्छ, जसलाई लेख्य भाषा भनिन्छ ।
अडिने साहसै छैन चाहन्छन् सब पल्टनै खुला दोकान को राख्छ ? गलेबन्द भए कुनै । ‘ऋतु विचार’ अन्तर्गत ‘शिशिर विचार’ मा लेखनाथ पौडेलको विचार साहित्य जगत्मा उदाहरणीय श्लोक हो । लक्ष्मीप्रसाद देवकोटाको ‘हातका मैला सुनका थैला ...’ अहिले पनि आमनेपालीमा लोकप्रिय छ र ‘मु
नेपालका अन्तर्राष्ट्रिय विमानस्थलहरूको निर्वाध सञ्चालनका लागि सहज वातावरण बनाउन नेपालले भारतसँग पहल थालेको छ । त्यस क्रममा भारतका लागि नेपालका राजदूत डा. शङ्कर शर्माले भारतको नागरिक उड्डयन तथा स्टिलमन्त्री ज्योतिरादित्य सिन्दियासँग नयाँ दिल्लीमा कुरा गर्नुभएको हो ।