गण्डकी प्रदेश सभाको बजेट अधिवेशन २०७९ जेठ ११ गते दिनको १ बजे बस्ने भएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बजेट अधिवेसन आह्वान गर्नुभएको हो ।
कास्कीको मादी गाउँपालिकाको सबैभन्दा कान्छा उम्मेदवार देवीजङ्ग गुरुङ वडाध्यक्षमा विजयी हुनुभएको छ। यहाँको १२ वडामध्ये उहाँ सबैभन्दा कान्छो उम्मेदवार हुन। उहाँ नेकपा एमालेका उम्मेदवार उमरबहादुर गुरुङलाई हराएर वडाध्यक्षमा विजयी हुनुभएको हो। मादी १ सिक्लेसका नवनिर्वाचित वडाध्यक्ष देवीजङ्गको उमेर ३० वर्ष रहेको छ।
बाँके समाचारदाताबाँके, जेठ ९ गते । बाँकेको कोहलपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका पूर्णप्रसाद आचार्य विजयी हुनुभएको छ । ३५ वर्षीय आचार्य १४ हजार १३४ मत प्राप्त गरी विजयी हुनुभएको हो ।विजयी भएका नगरपालिका प्रमुखहरूमध्ये उहाँ सबैभन्दा कान्छो हुनुहुन्छ।नेकपा (एमाले)का खिलप्रसाद भुसालले १२ हजार २०५ र नेकपा माओवादी केन्द्रका नरेन्द्र न्यौपानेले ९ हजार ७२५ मत पाउनुभयो । उपप्रमुखमा कांग्रेसकै सङ्गीता सुवेदी १४ हजार ७३ मत प्राप्त गरी विजयी हुनुभएको छ। एमालेका अस्मिता कुमारी थारूले १३ हजार ५१७ र नेकपा (एकीकृत समाजवादी)का नारायणी वलीले पाँच हजार ४२ मत प्राप्त गर्नुभएको छ ।कोहलपुर नगरपालिकामा यसअघि ७० वर्षीय लुटबहादुर रावत नगरप्रमुख हुनुहुन्थ्यो । रावत २०४९ र २०५४ मा साबिक कोहलपुर गाविसको अध्यक्ष तथा २०७४ मा कोहलपुर नगरपालिकाको प्रमुखमा निर्वाचित हुनुभएको हो ।एमालेको किल्ला रूपमा परिचित कोहलपुरमा कांग्रेसका तर्फबाट ३५ वर्षीय युवा उम्मेदवार आचार्यले सफलता प्राप्त गर्नुभएको हो । नगरप्रमुखमा निर्वाचित भएपछि आचार्यले पश्चिम नेपालको प्रवेशद्वारको रूपमा रहेको कोहलपुरलाई समृद्ध र नमसना सहरका रूपमा विकास गर्न लागि पर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। “सबै पक्षको साथ र सहयोगमा नयाँ नेतृत्व अघि बढ्नेछ,” प्रमुख आचार्यले भन्नुभयो,– “योजनाबद्ध विकास गरे कोहलपुरलाई नमुना योग्य बनाउनेछौँ ।
व्यास नगरपालिकाको प्रमुख तथा उपप्रमुख दुवैमा नेपाली काँग्रेस विजयी भएको छ । काँग्रेसका वैकुष्ठ न्यौपानोले स्वतन्त्र उम्मेदवार दीपकराज जोशीलाई २५२ मतान्तरणले पराजित गर्नुभयो । प्रमुख विजयी न्यौपाने नगरपालिकाको निवर्तमान प्रमुख हुनुहुन्छ ।
सुर्खेत जिल्लाका नौवटै स्थानीय तहका प्रमुख र अध्यक्षले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । आइतबार जिल्ला समन्वय समितिको हलमा उहाँहरूको शपथग्रहण कार्यक्रम भएको हो । स्थानीय तह सदस्य निर्वाचन ऐन २०७९ अन्तर्गत निर्वाचित पदाधिकारीलाई मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यले पद तथा गोपनीयताको शपथ खुवाउनुभएको हो । सुर्खेत जिल्लामा पाँच नगरपालिका र चार गाउँपालिका रहेका छन् ।
स्थानीय तहको निर्वाचनमा दैलेखको नौमूले गाउँपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार छविराम सुवेदी ठूलो मतान्तरसहित विजयी हुनुभएको छ । उहाँ तीन हजार २०० मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भदे बुढामगरले दुई हजार ५४४ मत प्राप्त गर्नुभयो ।
पछिल्लो समय नेपाल भित्रिने विदेशी पर्यटकको सङ्ख्या दैनिक दुई हजार नाघ्दासमेत चिनियाँ पर्यटकको सङ्ख्या बढ्न सकेको छैन् ।नेपाल–चीनबीच सिधा हवाई सेवा सञ्चालनमा आउन नसक्दा चिनियाँ पर्यटक बढ्न नसकेका हुन् ।
कैलाली जिल्लाका १३ वटै पालिकाको अन्तिम परिणाम सार्वजनिक भएको छ । अन्तिम परिणाममा दलहरूले प्राप्त जनप्रतिनिधिको सङ्ख्याअनुसार जिल्ला समन्वय समिति (जिसस) गठनमा गठबन्धनलाई बहुमत अपुग भएको छ । जिसस गठनका लागि प्रमुख÷उपप्रमुखको १४ मत आवश्यक पर्नेमा गठबन्धनले १३ मत मात्र प्राप्त गरेको छ । गठबन्धनको १३ मतमध्येमा पनि मोहन्यालको अध्यक्षमा निर्वाचित नेकपा (माओवादी केन्द्र)का देवीदत्त उपाध्यायलाई अख्तियारको मुद्दा लागेकाले शपथग्रहण हुन सकेको छैन ।
हावाहुरीका कारण अवरुद्ध विद्युत तीन दिनपछि गएरातीवाट पून सञ्चालनमा आएको छ । गत शुक्रवार देखि हावाहुरीले विजुलीको पोल भाचेर अवरुद्ध भएकोे विजुली मर्मत सुधारपछि आइतवार रातीवाट पून सञ्चालनमा आएको हो ।
‘सुन्दर सुदूरपश्चिम’ अभियानका एक प्रमुख अभियन्ता गोपाल हमाल यतिबेला अभियान सरोकार कार्यान्वयन गर्ने कुर्सीमा पुग्नुभएको छ । सुदूरपश्चिमलाई चिनाउन र समग्र विकासका लागि थालिएको ‘सुन्दर सुदूरपश्चिम’ अभियान थालिएको थियो । कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष हुँदा हमालले थालेको यो अभियान अझै पनि चर्चामा छ ।
ललितपुर महानगरपालिका– २१ को वडाअध्यक्षमा नेकपा (माओवादी केन्द्र) रविन्द्र महर्जन विजयी हुनुभएको छ । उहाँले एक हजार १९९ मत ल्याउनुभयो ।
गायक सुमनशेखर मानन्धरको स्वरमा सजिएको उर्दु गजल ‘साम से हि दिल’ सार्वजनिक भएको छ । टी सिरिजको अफिसियल च्यानलबाट सार्वजनिक गीत आइतबार वरिष्ठ चलचित्रकर्मी नीर शाह तथा पूर्वचलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईको प्रमुख आतिथ्यतामा सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा सुनिल थापा, निर्जन थापा र धारणा शर्माको अभिनय रहेको छ ।
ओखलढुङ्गामा जिल्ला समन्वय समिति गठनका लागि नेपाली काँग्रेसलाई स्पष्ट बहुमत प्राप्त भएको छ । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि उम्मेदवार हुने जिससका लागि काँग्रेसले एकल बहुमत बनाएको हो ।
छ वर्ष मलेसिया बसेर फर्केका दक्षिण ललितपुर मानिखेलका राजेश घिमिरे पाँच वर्षदेखि पशुपालनमा रमाइरहनुभएको छ । १८ वटा भैँसी र एउटा गाई पालिरहनुभएका घिमिरे दैनिक एक सय लिटरभन्दा बढी दूध बिक्री गर्नुहुन्छ । घरपरिवारसँगै बसेर मलेसियाभन्दा राम्रो कमाइ भएपछि आगामी दिनमा यसै व्यवसायलाई नै विस्तार गर्ने योजना घिमिरेले सुनाउनुभयो ।
स्थानीय तह निर्वाचनमा सुनसरीको संसदीय क्षेत्र नम्बर ४ अन्तर्गतका चारवटा पालिकाको प्रमुख पदमा नेपाली काँग्रेसले विजय हासिल गरेको छ । सुनसरी क्षेत्र नम्बर ४ अन्तर्गतका बराहक्षेत्र नगरपालिकाका अतिरिक्त कोसी, भोक्राहा नरसिंह र हरिनगर गाउँपालिकामा नेपाली कांग्रेसले प्रमुख पदमा विजय हासिल गरेको हो ।