ताप्लेजुङको फुङ्लिङ नगरपालिका–८ दोखुका ज्येष्ठ नागरिकलाई न्यानो सिरक वितरण गरिएको छ । वडाको जेष्ठ नागरिक सम्मान कार्यक्रमअन्तर्गत वडावासी जेष्ठ नागरिकलाई सिरक वितरण गरिएको हो ।
प्रतिनिधि सभाको ठूलो दल नेपाली कांग्रेसले सभामुख पदमा उम्मेदवारी दिने निर्णय संसदीय दल कार्यसमितिको बैठकबाट गर्ने भएको छ ।
नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेट गर्नुभएको छ ।
नेपाली कांग्रेसले सभामुख र उपसभामुख पदमा उम्मेदवारी सम्बन्धमा सहयोगी दलहरुसँग समझदारीका लागि छलफल गर्ने भएको छ । बुधबार सानेपास्थित बीपी स्मृति भवन केन्द्रीय कार्यालयमा बसेको कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकमा यस विषयमा छलफल भएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो ।
नेपाली काँग्रेसले सहयोगी दलहरुसँग छलफल गरेर प्रतिनिधि सभा सभामुखको निर्वाचनमा लाग्ने बताएको छ । बुधबर पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पार्टीको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।
प्रतिनिधिसभाका सभामुख पदको निर्वाचनका लागि आज मनोनयन हुँदैछ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्सेहलमा मनोनयन दर्ताको व्यवस्था गरिएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
मधेश प्रदेशको सभामुखमा नेकपा (एमाले)का रामचन्द्र मण्डल निर्वाचित हुनुभएको छ । मंगलबार प्रदेश सभामा उपस्थित १०३ प्रदेश सदस्यमध्ये सभामुखमा मण्डलले ७४ मत प्राप्त गर्नुभएको ज्येष्ठ प्रदेश सदस्य गोविन्दबहादुर न्यौपानेले बताउनुभयो ।
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने सबै दलहरू एवम् नेताहरुसहितकाे सर्वदलीय बैठक बालुवाटारमा सुरु भएको छ ।
बुटवलबाट हातहतियार र विस्फोटक पदार्थसहित दुईजना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको मालिका गाउँपालिका वडा नम्बर ४ अर्खावाङ घर भई हाल रुपन्देहीको सैनामैना–१ पर्रोहा बस्ने नवीन रेग्मी र कञ्चनपुरको भीमदत्त नगरपालिका–२ बस्ने २७ वर्षीय विश्वराज कार्की छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्था बुझ्नुभएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पदभार ग्रहण गर्नुभएको छ । मङ्गलबार राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष मन्त्री शर्माले पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।
दाङ क्षेत्र नं. २ बाट निर्वाचित रेखा शर्मा सञ्चार तथा सूचना प्रविधिमन्त्री बन्नुभएको छ । उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।
नेकपा (माओवादी केन्द्र) बाट मन्त्रीमा नियुक्त हुनेकाे नाम र मन्त्रालय टुङ्ग्याएकाे छ । साे पार्टीले पाएकाे चार मन्त्री र एक राज्यमन्त्री लिने सहमति सत्ता पक्षीय दलहरूकाे बैठकमा निर्णय भएकाे थियाे ।
यती विमान दुर्घटनामा परेपछि आइतबार साँझपखबाट सामाजिक सञ्जालमा भाइरल भएकाे एउटा भिडियाे नक्कली भएकाे बताइएकाे छ । भारतीय नागरिक सोनु जैसवालले लाइभ गरेको भनेर भारतीय मिडियाका साथै नेपालका अनलाइनले पनि त्यसलाई सेयर गरेका थिए ।
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले पूर्णता पाउने विषय आजै टुङ्गो लाग्ने बताउनुभएको छ ।