काठमाडौं, वैशख ८ गते । सत्तारुढ दल नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा काँग्रेस एक्लै लडेपनि निर्वाचनमा पुग्ने आत्मविश्वास रहेको बताउनुभएको छ । नेपाल विद्यार्थी संघको ५३ औं स्थापना दिवसको अवसरमा स्थानीय निर्वाचनमा नेवि संघको भूमिका र पार्टीको दायित्व विषयक विचार गोष्ठीमा उहाँले स्थानीय निर्वाचनमा काँग्रेसले अन्य दलसँग गठबन्धन गर्न आवश्यक नरहेको धारणा राख्नुभयो ।निर्वाचनमा आज के कारणले र किन हामी गठबन्धन गरेर अगाडि गइरहेका छौं ? भन्ने प्रश्न उहाँले गर्नुभयो । काँग्रेसको केन्द्रीय समितिले समेत निर्णय गरिसकेको अवस्थामा गठबन्धनका शीर्ष नेताहरुबीच यस्तो निर्णय भएकोप्रति उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो ।राष्ट्रियता, प्रजातन्त्र र समाजवाद पार्टीको सिद्धान्त रहेको विषय उल्लेख गर्नुहुदै उहाँले निर्वाचनमा घर–घर गएर काँग्रेसको उम्मेदवार विजयी गराउन पनि उहाँले आव्हान गर्नुभयो ।काँग्रेसको कुरा गर्दा बीपी कोइराला, किसुनजी, गणेशमान सम्झनुपर्छ, काँग्रेसको पृष्ठभूमि अरुभन्दा भिन्नै छ, उहाँले भन्नुभएको छ ।
गोरखापत्र समाचारदाताकाठमाडौँ, वैशाख ८ गते । सभा, समारोह, उत्सव र समूहमा खानपिन गर्दा सुरुमै भनिने ‘चियर्स’ अङ्ग्रेजी शब्द हो । ‘चियर्स’को सट्टा कुनै नेपाली शब्द प्रयोग गर्न सके त्यसले नेपाली संस्कृति, मौलिकपन र नेपालीपन दिनसक्छ । नेपाली सेलिब्रेटी सेफ सन्तोष साहले यो शब्द ‘आयला’ हुनुपर्ने बताउनुभएको छ । “अङ्ग्रेजी शब्द ‘चियर्स’को साटो नेवारी संस्कृतिमा सगुनको रुपमा प्रदान गरिने ‘आयला’ शब्द प्रयोग गर्दा आफ्नै मौलिकता झल्कने, पर्यटकलाई पनि रोचक हुने र गन्तव्यको सकारात्मक प्रवद्र्धन हुन्छ,” उहाँको भनाइ छ । उहाँले ‘आयला’ सम्बन्धित सन्देशमूलक प्रचारात्मक भिडियोसमेत सार्वजनिक गर्नुभएको छ । बीबीसी मास्टर सेफ सन्तोष साहसहित चर्चित विदेशी सेफको टोली अहिले नेपालमा मौलिक खाना, संस्कृति र विभिन्न पर्यटकीय गन्तव्यको प्रवद्र्धन गरिरहेको छ । टोली चैत २७ गते काठमाडौँ आएको हो । यो टोलीले १० दिनसम्म विभिन्न स्थानमा पर्यटन प्रवद्र्धनात्मक गतिविधिमा संलग्न भएको थियो । नेपालको पर्यटन क्षेत्रको पुनरुत्थान अभियानअन्तर्गत प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको सहकार्यमा ‘बीबीसी मास्टर सेफ :द प्रोफेसनल २०२०’ का फाइनालिस्टको टोली नेपाल आएको हो । नेपालको मौलिक संस्कृति र खानामार्फत नेपाललाई गन्तव्यका रूपमा प्रचारप्रसार गर्नु यो अभियानको उद्देश्य हो । पाटा नेपालद्वारा आयोजित ‘मास्टरसेफ फाइनालिस्ट टुर टु नेपाल’मा चर्चित सेलिब्रेटी सेफ सहभागी छन् । उनीहरूले नेपालको पहिचान झल्काउने पहिरनमा नेपालका विभिन्न गन्तव्यमा मौलिक खानाको अवलोकन, अन्वेषण एवं प्रवद्र्धन गरेको आयोजकले जनाएको छ । आयोजकका अनुसार मास्टर सेफको नेपाल भ्रमण तथा गतिविधिबाट विश्वमा नेपालको मौलिक खाना र संस्कृतिको प्रचारप्रसार हुनेछ र नेपाली पर्यटन क्षेत्र पूर्ण खुला र जीवन्त रहेको सकारात्मक सन्देश प्रवाह हुनेछ ।
युवा पुस्ता सुन्दरता तथा फेसनका प्रवृत्तिलाई पछ्याउन मन पराउँछन् । आफू राम्रो बन्न कुनै पनि हदसम्म जान युवा पुस्ता सुन्दरताको विभिन्न प्रविधि अपनाउने गरेको पाइन्छ । राम्रो बन्न सौन्दर्यसामग्री प्रयोग नगरी अन्य विधिद्वारा आकर्षक देखिने ट्रेन्ड बढिरहेका बेला सुन्दरता थप्न नयाँ प्रविधिसँगै नयाँ शैलीको थालनी भएको छ । माइक्रोब्लेडिङ, हेयर ब्रिडिङ तथा एक्सटेन्सन, हेयर ट्रान्सप्लान्ट, बोटोक्स, आइल्यासेस–एक्सटेन्सन, नेल एक्सटेन्सन तथा आर्ट, बडी स्लिमिङ, केमिकल पिलिङ आदि प्रविधिले मानिसलाई सुन्दर बनाउनेमात्र होइन, सधैँ जवान देखाउने र सौन्दर्यमा निखार थप्ने काम गरिरहेका छन्
काठमाडौँ, वैशाख ८ गते । रियल म्याड्रिडले स्पेनिस ला लिगामा उपाधि दौड बलियो बनाएको छ । बुधबार राति भएको खेलमा रियलले ओसासुनालाई उसैको मैदानमा ३–१ गोलले हरायो । अनुभवी कप्तान करिम बेन्जेमाले दुई वटा पेनाल्टी मिस गरेपनि रियलले सहज जित निकालेको हो । रियलको जितमा डेभिड अलाबा, मार्को असेन्सियो र लुकास भाजक्वेजले गोल गर्नुभयो । ओसासुनाका एन्टी बुडिमिरले सान्त्वना गोल फर्काउनुभयो । रियलले १२औँ मिनेटमा डेभिड अलाबाको गोलबाट अग्रता लिएको थियो । तर, रियलको अग्रता एक मिनेट पनि टिकेन । १३औँ मिनेटमा एन्टी बुडिमिरले गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो । त्यसपछि ४५औँ मिनेटमा मार्को एसेन्सियोले गोल गर्दै रियललाई पुन अग्रता दिलाउनुभयो । बेन्जेमाले दोस्रो हाफमा दुई पेनाल्टी मिस गर्नुभएको थियो । बेन्जेमाको दुवै पेनाल्टीलाई ओसासुनाका गोलरक्षक सर्जियो हेरेराले बचाउनुभयो । इन्जुरी समयमा लुकासले भिनिसियस जुनियरको पासमा गोल गर्दै रियललाई सजिलै जिताउनुभयो । जितसँगै उपाधितर्फ लम्किएको रियलले शीर्षस्थानमा १७ अंकको अग्रता बनाएको छ । अब रियललाई उपाधिको जित्न पाँच खेलबाट चार अंक मात्त आवश्यक छ । रियलले अबको दुई खेलमै उपाधि जित्ने सम्भावना छ ।दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिडको ६१ अंक तथा दुई खेल कम खेलेको बार्सिलोनाको ६० अंक छ । रियलसँग पराजित ओसासुना ४४ अंक सहित नवौँ स्थानमा छ । बुधबार रातिनै भएको खेलमा एट्लेटिको ग्रानाडासँग गोलरहित बराबरीमा रोकिएको हो । अर्को खेलमा गेटाफेले सेल्टा भिगोलाई २–० गोलले हरायो । एजेन्सी
पुराना प्रश्नपत्रको सँगालो अभ्यास गरेका भरमा कक्षा ८, १० र १२ को परीक्षाबाट अब सहजै पार पाउन सकिने छैन ।पालिकाले सञ्चालन गर्ने कक्षा ८, माध्यमिक शिक्षा परीक्षा (एसईई) र केन्द्रीयस्तरमा सञ्चालन हुने कक्षा १२ को परीक्षामा वर्षैपिच्छे प्रायः प्रश्न दोहोरिने गरेका छन् । यसैका कारण पुराना प्रश्नपत्रको सँगालो र गेस पेपरको व्यापार निकै फस्टाएको छ ।
तौलिहवा, बैशाख ८ गते । आफैलाई गोली हानेकी कपिलवस्तु शमशेरदल गणमा कार्यरत सिपाही कोपिला राजवंशीको उपचारको क्रममा मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी नायब उपरिक्षक जेसी शाहका अनुसार भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा आज (विहीबार) बिहान उहाँको मृत्यु भएको हो ।‘आज बिहान साढे ६ बजेतिर हामीलाई खबर आयो उहाँको निधन भयो,’ प्रहरी नायब उपरिक्षक शाहले भन्नुभयो । उहाँका अनुसार उपचारका लागि राति नै काठमाडौं लैजाने तयारी गरिए पनि हेलिकप्टर नआएकाले भैरहवामै उपचार गरिएको थियो ।कपिलवस्तुको शमशेरदल गणमा कार्यरत सिपाही राजवंशीले बुधबार आफ्नै पेटमा गोली हानेकी थिइन् । ड्युटीमा रहेको बेला आफैले बोकेको एम १६ राइफलले गोली हानेको प्रहरी नायब उपरिक्षक शाहले जानकारी दिनुभयो ।
बहुपक्षीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) सदस्य राष्ट्रबीच ऊर्जा व्यापार सहजीकरण गर्ने, ‘ग्रिड कनेक्सन’सम्बन्धी गुरुयोजना तयार पार्ने र ऊर्जा व्यापार केन्द्र स्थापना गर्न सहमति भएका छन् । भर्चुअल रूपमा आयोजित बिम्स्टेक ऊर्जामन्त्रीस्तरीय तेस्रो बैठक १२ बुँदे संयुक्त वक्तव्य जारी गर्दै बुधबार सम्पन्न भएको छ ।
दार्चुलाको सबैभन्दा विकट मतदान केन्द्र रहेको व्यासमा हेलिकप्टरमार्फत मतपेटिका र कर्मचारी पठाउने तयारी भइरहेको छ ।स्वदेशतर्फको बाटो भएर व्यास गाउँपालिका–१, छाङरु र टिङ्कर जान नसकिने भएपछि हेलिकप्टरमार्फत कर्मचारी र निर्वाचन सामग्री पठाउने तयारी गरिएको हो । नेपालतर्फबाट हिँडेर जानसमेत पैदल बाटो छैन । अप्ठ्यारो गरी जाने हो भने छाङरु, टिङ्कर पुग्न पाँच दिन लाग्दछ । व्यासको वडा नम्बर १ मा दुईवटा मतदान केन्द्र छन् । छाङरुको कैलाशपति आधारभूत विद्यालयमा ३७५ जना र मोती महिला सङ्घ आधारभूत विद्यालय टिङ्करमा २३१ जना मतदाता रहेका छन् ।
काठमाडौँ, वैशाद ८ गते । युभेन्ट्स कोपा इटालिया कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा युभेन्ट्सले फियोरेन्टिनालाई २–० गोलले हरायो ।युभेन्ट्स समग्रमा ३–० को जित निकाल्दै फाइनलमा पुगेको हो । यसअघि पहिलो लेगमा युभेन्ट्स १–० गोलले विजयी भएको थियो । युभेन्ट्सको सहज जितमा फेडरिको बर्नरडेस्ची र डानिलोले गोल गर्नुभयो । पहिलो र दोस्रो हाफमा समान एक एक गोल गरेको युभेन्ट्सले ३२औँ मिनेटमा फेडरिको बर्नरडेस्चीको गोलबाट अग्रता लिएको थियो । त्यसपछि इन्जुरी समयमा डानिलोले गोल गर्दै युभेन्ट्सलाई फाइनमा लग्नुभयो । उपाधिको लागि युभेन्ट्सले इन्टर मिलानसँग प्रतिस्पर्धा गर्नेछ । इन्टर मिलानले एसी मिलानलाई ३–० गोलले हराउँदै फाइनलमा स्थान बनाएको थियो । फाइनल खेल मे ११ तारिख हुनेछ । एजेन्सी
बाँकेका मधेसी र मुस्लिम समुदायका छात्रालाई ध्यानमा राखेर नेपालगञ्जमा स्थापना गरिएको मङ्गलप्रसाद महिला कलेज सञ्चालनमा आएको छ ।
काठमाडौँ, वैशाख ८ गते । विभागीय टोली एपिएफ क्लब धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा बुधबार राति भएको सेमिफाइनल खेलमा एपएिफले अर्को विभागीय टोली नेपाल आर्मी क्लबलाई ३–२ गोलले हरायो । एपिएफको जितमा सरु लिम्बुले दुई तथा सावित्रा भण्डारीले एक गोल गर्नुभयो । आर्मीका लागि सपना लामा र हेमा चौधरीले एक एक गोल फर्काउनुभयो । एपिएफकी सरु लिम्बु प्लेयर अफ दि म्याच हुनुभयो । वनदेवी युवा क्लब (वीवाइसी) को आयोजनमा जारी प्रतियोगितामा वबहीबार दोस्रो सेमिफाइनलमा आयोजक वीवाइसी र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । वैशाख १० गतेसम्म चल्ने प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले दुई लाख ५० हजार रुपियाँ पुरस्कार पाउनेछन् । सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार र उत्कृष्ट विधाका खेलाडीलाई जनही १० हजार रुपियाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरीतका सामग्री उत्पादन नगर्न नगराउन निर्देशन दिएको छ । आचारसंहिताविपरीतका सामग्री उत्पादन तथा प्रयोग गरेको पाइए ऐनबमोजिम कारबाही गर्ने चेतावनी आयोगले दिएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले राजनीतिक दल वा उम्मेदवारको चुनाव चिह्न अङ्कित ज्याकेट, कमिज, टिसर्ट, टोपी, गम्छा, मास्क, लकेट वा अन्य कुनै प्रकारको पहिरन वा स्टिकर, लोगो, झोला, ब्याच, ट्याटुलगायतका प्रचार सामग्रीको उत्पादन तथा बिक्रीवितरण बन्द गर्न निर्देशन दिइएको बताउनुभयो ।
विदेशी मुद्रा सञ्चितिमा सङ्कुचन, विपे्रषण आप्रवाहमा कमी, तरलता अभावजस्ता आर्थिक शब्दावली अहिले आम रूपमा नियमित प्रयोग भइरहेका छन् । अर्थतन्त्रले ‘श्रीलङ्का’को लय समातेको भन्दै आलोचनाका स्वर सुनिन थालेका छन् । अर्कोतिर पर्यटक आगमन, विदेशी लगानी, वैदेशिक रोजगारीका क्षेत्रमा सुधारका केही सङ्केत पाइएको तथ्याङ्कहरूले देखाएका छन् । यही परिवेशमा नेपा
मकवानपुर समाचारदाताहेटौँडा, वैशाख ८ गते । नेपाली काँग्रेसले आसन्न स्थानीय तह निर्वाचनमा हेटौँडा उपमहानगरपालिकाको प्रमुख पद नेकपा (एकीकृत समाजवादी)लाई दिन केन्द्रमा गरेको निर्णयप्रति काँग्रेस हेटौँडा उपमहानगर समितिले आपत्ति जनाएको छ । काँग्रेस उपमहानगर समितिले हेटौँडामा बुधबार पत्रकार सम्मेलन गरी केन्द्रले गरेको निर्णयमाथि पुनरवलोकन गर्न माग गरेको छ ।नगर सभापति उत्सव इटेनीले उपमहानगरपालिकाको वस्तुगत अवस्थाका बारेमा नगर समितिले केन्द्रीय नेतृत्वलाई लिखित रूपमा जानकारी गराउँदासमेत त्यसको मर्म र भावनालाई बेवास्ता गर्दै पार्टी कार्यकर्ता र शुभेच्छुकको मनोभावनामा ठेस पुग्ने गरी गरिएको निर्णयप्रति असहमति रहेको बताउनुभयो । नगरको गठबन्धनमा आबद्ध दलमध्ये सबैभन्दा धेरै जनाधार भएको पार्टी काँग्रेसको नेतृत्वमा चुनावमा सहभागी हुन तयारी रहेको अवस्थामा केन्द्रीयस्तरबाट भएको भागबन्डाले तालमेलको औचित्य र आवश्यकता पूरा गर्न नसक्ने भन्दै उहाँले भन्नुभयो, “तालमेलको आवश्यकता र औचित्य पुष्टि गर्न निर्णय पुनरवलोकन गरी काँग्रेसले नगरप्रमुख पाउनुपर्छ । गठबन्धनका दलबीच सहमति, सहकार्य र एकताका साथ अघि बढ्ने वातावरण तयार गर्न माग गर्दै निर्णय पुनरवलोकन नभएमा यसअघिको नगर समितिका पदाधिकारी तथा वडा सभापतिको निर्णयानुसार गठबन्धनका दलसँग मित्रवत् रूपमा काँग्रेसको एकल नेतृत्वमा चुनावी प्रतिस्पर्धामा सहभागी हुने सभापति इटेनीले स्पष्ट पार्नुभयो ।यसैबीच काँग्रेसका कार्यकर्ताले काँग्रेसले नगरप्रमुख नपाएमा आफूहरूलाई अस्वीकार्य हुने भन्दै मङ्गलबार हेटौँडा उपमहानगरपालिका–२ मा रहेको पार्टी कार्यालयमा तालाबन्दी गरेपछि गठबन्धनका दलबीच भागबन्डा थप पेचिलो बन्ने देखिएको छ । सत्ता गठबन्धनका पाँच दलबीच केन्द्रमा हेटौँडा उपमहानगरपालिकाको प्रमुख नेकपा (एकीकृत समाजवादी) ले पाउने गरी सहमति नजिक पुगेको सार्वजनिक भएपछि विरोधमा काँग्रेस कार्यकर्ताहरूले पार्टी कार्यालयमा तालाबन्दी गरेका थिए । कार्यकर्ताले पार्टी सभापतिलगायत कार्यालय कोठामा तालाबन्दी गरेको केही समयपछि पार्टी जिल्ला सभापति बुद्ध लामा र सहसचिव ताराचन्द्र बजगाईंलगायत पुगेर प्रहरीको उपस्थितिमा ताला फुटाइएको थियो ।पार्टी सभापति लामाले पार्टीभित्र रहेका बिमतिहरू छलफलबाट समाधान गर्न सकिने भन्दै निर्वाचनको समयमा नकारात्मक सन्देश जाने गरी गरिएको तालाबन्दी स्वीकार्य नहुने र तालाबन्दी गर्नेमाथि कारबाहीको चेतावनी दिनुभएको छ । उहाँले पार्टी कार्यालयमा ताला लगाउने कार्य शोभनीय नभएको बताउँदै उद्दण्ड र अराजकलाई काँग्रेसमा स्थान नभएको बताउनुभयो । उहाँले भन्नुभयो, पार्टीको विधानअनुसार ताला लगाउन संलग्न भएकालाई हदैसम्मको कारबाही गर्छु । उहाँले गठबन्धनका दलबीच अझै सहमति जुट्न नसकेको बताउँदै नेकपा माओवादी केन्द्रले भागबन्डामा बढी दाबी गर्दा तालमेल सकसपूर्ण बन्दै गएको बताउनुभयो । उता काँग्रेसका वडा सभापतिहरूको मङ्गलबार भएको बैठकले हेटौँडा उपमहानगरपालिकाको प्रमुख सङ्गठनका आधारमा काँग्रेसले नै पाउनुपर्ने निर्णय गरेको थियो । काँग्रेस हेटौँडा उपमहानगर समितिका सभापति उत्सव इटेनीले नगरप्रमुख काँग्रेसले नै पाउनुपर्ने बताउँदै पाउन नसक्ने अवस्थामा गठबन्धनका दलसँग मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय गरेको बताउनुभयो ।यसैबीच काँग्रेस मकवानपुरको अनुशासन समिति गठन गरेको छ । कार्यसम्पादन समितिको मङ्गलबार बसेको बैठकले संयोजकमा प्रभात दाहाल तथा सदस्यहरू रामबाबु बानियाँ र अर्जुन चौलागाईं रहेको तीन सदस्यीय अनुशासन समिति गठन गरेको जिल्ला सचिव भीमसेन महतले जानकारी दिनुभयो ।त्यसैगरी कार्यसम्पादनको बैठकले काँग्रेस जिल्ला समितिको भवनमा बिनाजानकारी, मागदाबी वा बिमतिको विषय जिल्ला कार्यसमितिलाई नराखीकन गुन्डागर्दी शैलीमा लगाइएको तालाबन्दीप्रति आपत्ति जनाएको छ ।
नेपाली काँग्रेसका नेताहरूले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन नगरी एक्लै निर्वाचनमा जानुपर्नेमा जोड दिनुभएको छ ।नेपाल विद्यार्थी सङ्घको ५३औँ स्थापना दिवसका अवसरमा स्थानीय निर्वाचनमा नेपाल विद्यार्थी सङ्घको भूमिका र पार्टीको दायित्व विषयक विचार गोष्ठीमा नेपाली काँग्रेसमा अधिकांश नेताले थपिएका नयाँ मतदाताको समर्थन बटुलेर एक्लै निर्वाचनको गन्तव्यमा जान सकिने जनाउनुभएको हो ।