स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा एक लाख ४१ हजार ४६८ जनाको मनोनयन दर्ता भएको छ । निर्वाचन आयोगले मङ्गलबार बिहान १० बजेर १५ मिनेटमा सार्वजनिक गरेको तथ्याङ्कनुसार पालिकाको प्रमुख पदमा तीन हजार ३१८ र उपप्रमुख पदमा दुई हजार ३६ जनाको मनोनयन दर्ता भएको छ ।
मदन पुरस्कार विजेता उपन्यास ‘पल्पसा क्याफे’मा आधारित नाटक ‘पल्पसा क्याफे’को मञ्चन भइरहेको छ । लेखक नारायण वाग्लेको उपन्यासमा आधारित नाटक ‘पल्पसा क्याफे’को नाट्य रूपान्तरण लेखक सुरज सुवेदीले गर्नुभएको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार अनुुमति प्रणाली (ईपीएस)को द्विपक्षीय समझदारी छिट्टै टुुङ्गोमा पुुग्ने जनाएको छ । सन् २०२० देखि नवीकरणको प्रक्रियामा रहेको ईपीएस रोजगारीसम्बन्धी द्विपक्षीय समझदारी
अर्थमन्त्री जनार्दन शर्माले आयात प्रतिस्थापनका लागि उत्पादन वृद्धि गर्न आग्रह गर्नुभएको छ । मन्त्रालयगत बजेट छलफलका क्रममा सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको बैठकमा उहाँले उत्पादन वृद्धि र रोजगारी सिर्जनाका कार्यक्रम राख्न आग्रह गर्नुभएको थियो । उहाँले उद्योगका क्षेत्रअनुसार उत्पादन वृद्धि र रोजगारी सिर्जनाको तथ्याङ्कसमेत राखेर अर्को बैठकमा उपस्थित हुन आग्रह गर्नुभयो ।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि दलहरूले लुम्बिनी प्रदेशमा उत्साहपूर्वक मनोनयन दर्ता गरेका छन् । आइतबार र सोमबार दुुई दिन मनोनयन दर्ताको समय निर्वाचन आयोगले तोकेको थियो ।
अमेरिकी धनाढ्य एलन मस्कले सामाजिक सञ्जाल ट्विटर ४४ बिलियन अमेरिकी डलरमा खरिद गर्नुभएको छ । विश्वकै ठूलोमध्येको एक सामाजिक सञ्जाल कम्पनी ट्विटर मस्कले खरिद गर्नुभएको बीबीसी नेपाली सेवाको समाचारमा उल्लेख छ ।
पछिल्लो समयमा बिदाको सदुपयोग गरी बालबालिका विभिन्न कलात्मक सीप सिक्ने लोकप्रियता बढ्दो छ । अभिभावकको कार्यालय जानुपर्ने व्यस्तता तथा प्रतिस्पर्धाका कारण बालबालिका प्रतिभावान् हुनुपर्ने मान्यता छ ।
मुलुकमा पछिल्लो पाँच वर्षको अवधिमा झन्डै डेढ खर्ब रुपियाँ बराबरको खाना पकाउने (एलपी) ग्यास आयात भएको छ । सहरी क्षेत्रमा मात्र नभएर ग्रामीण क्षेत्रमा समेत प्रयोग बढ्दै गएकाले आयात परिमाण बर्सेनि बढ्दै गएको हो ।
नेपालको सबैभन्दा सानो तर देशकै पहिलो रामसार सूचीमा सूचीकृत कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रको सिमसार सुक्न थालेको छ । प्रदेश १ र मधेस प्रदेशको सीमामा रहेको तीन जिल्लामा फैलिएको सुनसरीको कोसी टप्पु वन्यजन्तु आरक्षको पूर्वतर्फको सिमसार सुक्न थालेको हो ।
यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ताको दोस्रो दिन बागमती प्रदेशका विभिन्न जिल्लामा ठूला दलहरूले -याली र बाजागाजासहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका छन् ।
शिवराज ढुङ्गाना अछाम, वैशाख १३ गते । चौरपाटी गाउँपालिकामा २४ वर्षीया अनिता खड्काले कान्छी उपाध्यक्षका रुपमा उम्मेद्वारी दर्ता गर्नुभएको छ । सोमबार अनिताले नेकपा (एमाले) बाट चौरपाटी गाउँपालिकाको उपाध्यक्ष पदमा उम्मेद्वारी दिनुभएको छ । चौरपाटी गाउँपालिका–५ लुङग्रा निवासी अनिताले समाजको आवश्यकता र सामाजप्रति आफ्ना सामुहिक परिकल्पनाले उम्मेद्वारी दिएको बताउनुभयो । शिक्षा, स्वास्थ्य, कृषि र महिला हिंसामा ठूलाे समस्या देख्नुभएकी अनिताले आफू निर्वाचितपछि स्थानीयवासीकै सहयोगमा नीति, कानुन बनाएर समाधानमा जाने भनाइ राख्नुभयो । “आफ्नो गाउँ-ठाउँलाई सुन्दर र विकसित बनाउन मेरा केही सपना र सङ्कल्प छन्, तिनलाई पूरा गर्न मेरो उम्मेद्वारी हो ।” आफ्नो उम्मेद्वारीको पुष्ट्याइँ अनिताको छ । “गाउँघरमै हुर्केकीले म यहाँका समस्यामा भिजेकी छु, ती समस्यालाई सामूहिक समाधानका लागि अधिकतम प्रयास गर्नेछु ।” अनिताले भन्नुभयो ।श्रीकोटमा रहेको त्रिपुरासुन्दरी क्याम्पसमा स्नातक अध्ययन गरिरहेकी अनिता युवाको प्रतिनिधित्वमा आएको बताउनुभयो । “बुढापाकाले मात्रै समाज सेवा गर्ने हैन, युवाले पनि सार्वजनिक संस्था हाक्न सक्छन् भनेर उदाहरणका लागि साहस गरेकी छु ।” सडक, खानेपानी, सिचाइँ, कृषि उत्पादनका समस्या र सामाजिक कुरीतिका विरुद्धमा गाउँवासीसँगै अगुवा भएर लड्ने अनिताको भनाइ छ । आफूलाई उम्मेद्वारीमा उत्साहभन्दा पनि गाउँका समस्याले पिरोलेको त्यसका समाधानका लागि बाटो खोजिरहेको बताउनुभयो । परिवार नै राजनीतिमा रहेकोले अप्रत्यक्ष प्रेरणाले यस क्षेत्रमा क्रियाशील रहेको भनाइ अनिताको छ । “म एक्कासि राजनीतिमा आएकी हैन, गाउँका हरेक छलफल, बैठकमा गएर कुरा राख्ने गर्थे, त्यसैले मलाई सहयोग भइरहेको छ ।” युवा सङ्घको केन्द्रीय सदस्य रहेकी अनिताले भन्नुभयो । गाउँपालिका विकसित र समृद्ध बनाउन आफू पदमा रहे÷नरहे पनि क्रियाशील भइरहने भनाइ छ । यता रुपन्देहीको सिद्धार्थनगरमा नेकपा (एमाले) ले कान्छी उम्मेदवारलाई वडा सदस्यमा मनोनयन गराउनुभएकाे छ । नगरको वडा नम्बर ६ मा २१ वर्षीया श्वेताकुमारी हरिजनले महिला (दलित) सदस्यमा उम्मेदवारी दर्ता गराउनुभएको हो । उहाँ अहिले स्नातक तहमा अध्ययनरत हुनुहुन्छ ।
सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका ८८ वटै तहमा मनोनयनको दोस्रो दिन सोमबार उत्सव मनाएझैँ सत्ता गठबन्धन र प्रतिपक्षी दल एमालेलगायतका पार्टीले उम्मेदवारी दर्ता गराएका छन् ।
आगामी वैशाख ३० गते तय भएको स्थानीय निर्वाचनका लागि सोमबार मनोनयन दर्ता सम्पन्न भएको छ । ७५३ स्थानीय तहअन्तर्गत ३५ हजार २२१ पदका लागि सत्तारूढ पाँच दलीय गठबन्धन, नेपाल कम्युनिस्ट पार्टी (एमाले) तथा अन्य साना दल र स्वतन्त्र उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ ।
बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिले निर्जीवन बीमा कम्पनीका लागि जारी गरेको न्यूनतम प्रिमियम दर निर्धारणसम्बन्धी निर्देशिका कार्यान्वयन नगर्ने भएको छ । निर्माण व्यवसायी तथा ऊर्जा उत्पादकहरूको चर्को विरोधपछि समितिले सो निर्देशिका कार्यान्वयन स्थगन गरेको हो । सोमबार आन्दोलनरत पक्ष र समितिबीच सो निर्देशिका हाललाई स्थगित गर्ने र थप अध्ययनका लागि नयाँ उपसमिति गठन गर्ने सहमति भएको हो ।
नेपालगञ्ज क्षेत्रमा जग्गा अभावका कारण नयाँ उद्योग स्थापना गर्न समस्या हुन थालेको छ ।नेपालगञ्ज औद्योगिक क्षेत्रमा नयाँ उद्योग स्थापना गर्न खाली जग्गा छैन भने प्रस्तावित नौबस्ता औद्योगिक क्षेत्रको निर्माण समयमै सुरु हुन नसकेकाले उद्योगी व्यवसायी अत्यधिक चर्को मूल्यमा जग्गा किनेर उद्योग सञ्चालन गर्न बाध्य भएका छन् ।