मकवानपुर जिल्ला शुक्रबार सम्पन्न भएको स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत भएको मतगणनामा वडामा नेपाली काँग्रेसले विजयी सुरुवात गरेको छ।
डोटीमा नेकपा (एमाले) ले बोगटान फुड्सिल गाउँपालिकाबाट विजयी सुरुवात गरेको छ। बोगटान फुड्सिल गाउँपालिका १ को वडाअध्यक्षमा एमाले उमेदवार खेमबहादुर मगर ४ सय ९६ मतसहित विजयी हुनुभएको हो।
दैलेखमा रहेका ११ स्थानीय तहका ९० वडामध्ये छ वडाको मत परिणाम सार्वजनिक भएको छ । प्राप्त मतपरिणाम अनुसार नेपाली कांग्रेसले तीन वडामा विजयी हुँदै पहिलो, नेकपा (एमाले) दुई वडामा विजयी हुँदै दोस्रो र एक वडामा विजयी हुँदै नेकपा (माओवादी केन्द्र)ले तेस्रो भएको छ ।
काठमाडौं, वैशाख ३१ गते । कीर्तिपुर नगरपालिकामा नेपाली काँग्रेसले अग्रता लिएकाे छ । यस्तै वडा नम्बर १, २ र ३ मा नेपाली काँग्रेसका उम्मेदवारहरू विजयी हुने निश्चित हुनुभएकाे छ । त्रिभुवन विश्वविद्यालयको स्मृति भवनमा स्थानीय निर्वाचन अन्तर्गतको मतगणना अनुसार दिउँसो २:१५ सम्ममा वडा नं. १ देखि ३ सम्मको गणना हुँदा नेपाली काँग्रेसको अग्रता छ । कीर्तिपुर वडा नंं १ मा काँग्रेसको नगर प्रमुखमा ५७०, उपप्रमुखमा ५४१ र वडा अध्यक्षमा ५६५ मत प्राप्त भएको छ । यस्तै, नेकपा एमालेको प्रमुखमा ३५७, उपप्रमुखमा ४२३ र वडा अध्यक्षमा ३८६ मत खसेको छ । नेकपा माओवादी केन्द्रको नगर प्रमुखमा २००, उपप्रमुखमा १३५ र वडा अध्यक्षमा १५९ मत छ । नेकपा एकीकृत समाजवादीका प्रमुखमा २३, उपप्रमुखमा ३५, वडा अध्यक्षमा ३१ मतसहित चौथौ स्थानमा छ । वडा नं. २ मा प्रमुखमा काँग्रेसको ३९३, एमालेको ३७२ र माअोवादी केन्द्र २०६ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कमला घिमिरेले बताउनुभयो ।उपप्रमुखमा काँग्रेसको ३८४, एमालेको ३९३ माओवादी केन्द्रको १९९ मत छ । वडा अध्यक्षमा काँग्रेसको ४०५, एमालेको ३८७ र माओवादी केन्द्रले १९० मत प्राप्त गरेको छ । कीर्तिपुर वडा नं. ३ मा प्रमुखमा काँग्रेसले ६५५, एमालेले ४०२, माओवादी केन्द्रले १०२, एकीकृत समाजवादीले २२ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ मत प्राप्त गरेको घिमिरेले जानकारी दिनुभयो ।
सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप गल्फको उपाधि एमेच्योर गल्फर सुवास तामाङले जित्नुभएको छ । पार ७२ को गोकर्ण फरेस्ट गल्फ क्लबमा बिहीबार सम्पन्न चारदिने प्रतियोगितामा सुवासले प्रो सुक बहादुर राई र भुवन नगरकोटलाई सात स्ट्रोकले पछि पार्नुभयो ।
डडेल्धुरा, वैशाख ३१ गते । डडेल्धुरामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको र अर्का एक घाइते भएका छन् ।भीमदत्त राजमार्गअन्तर्गत अमरगढी नगरपालिका–१ ढुनढुनेमा आज दिउँसो मोटरसाइकल दुर्घटना हुदा एक युवकको घटनास्थलमै मृत्यु भएको हो । डोटीको आदर्श गाउँपालिका घर भई तराईतर्फ जाँदै गर्दा मोटरसाइकल दुर्घटना भएको स्थानीयवासीले बताए ।मृतक र घाइतेको परिचय खुल्न सकेको छैन । अहिले शव र घाइतेलाई डडेल्धुरा अस्पताल पु¥याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला सदरमुकामको अमरगढी नगरपालिका–१ मा नेपाल कांग्रेसबाट उम्मेदवार बन्नुभएका वडा अध्यक्षका उम्मेदवार निर्वाचित हुनुभएको छ ।
भोटराज राईउदयपुर, वैशाख ३१ गते । उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा दुईवटा वडामा गठबन्धनको जीत भएको छ । पालिकाको वडा नं. ४ र ५ मा गठबन्धनको तर्फबाट वडाध्यक्षका उम्मेदवारहरुले विजय हाँसिल गरेका हुन् । उदयपुरको मतगणनाको पहिलो जीत परिणाम लिम्चुङबुङबाट सुरु भएको हो ।वडा नं. ४ को वडाध्यक्षमा क्षत्र राई विजयी भएका छन् । जनता समाजवादी पार्टीका उनी वडामा नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेससँग गठबन्धन गरी उठेका थिए । उनी जसपाको जिल्लाकै पहिलो विजयी उम्मेदवार पनि भएका छन् । उनले वडामा खसेको ९८७ मत मध्ये ४२८ मत प्राप्त गरेका थिए ।त्यसैगरी वडा नं= ५ मा गठबन्धनको तर्फबाट वडाध्यक्ष उम्मेदवार नेपाली काग्रेसका कविचन्द्र राई वसन्त विजयी भएका छन् । उनले वडामा खसेको ८५५ मतमध्ये ३०४ मत प्राप्त गरेर विजयी हासिल गरेका हुन् । जम्मा पाँचवटा वडा रहेको सो पालिकामा पालिका अध्यक्ष र उपाध्यक्षमा गठबन्धनकै अग्रता छ ।
डोटीमा नेपाली कांग्रेसले विजयी सुरुवात गरेको छ । जिल्लाको आदर्श गाउँपालिका वडा नं. ७ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार लाल बहादुर विष्ट प्यानल सहित विजयी हुनुभएको हो । विष्ट ३३६ मत ल्याएर वडाध्यक्षमा निर्वाचत हुनुभएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार वीर बहादुर विष्टले २९८ मत मात्रै प्राप्त गर्नुभएको छ ।
हिमालपारीको जिल्ला मुस्ताङमा नेकपा एमाले दुई र नेपाली काँग्रेसले एक स्थानीय तहको प्रमुख र उपप्रमुख जितेका छन् । अघिल्लो स्थानिय तहको निर्वाचनमा नेकपा एमालेले जितेको सदरमुकाम रहेको घरपझोङ गाउँपालिकामा नेपाली कांग्रेसले बाजी मारेको छ भने बाह्रगुङ मुक्तीक्षेत्र गाउँपालिकामा कांग्रेसलाई हराउँदै एमालेले प्रवेश गरेको छ ।
तिलाचन पाण्डेतम्घास,वैशाख ३१ गते । चन्द्रकोट गाउँपालिका –१ दिब्रुङ्गमा पाँच दलीय गठबन्धनको प्यानल नै विजयी भएको छ । गठबन्धनबाट माओवादी केन्द्रका घनश्याम खरेल सहित उहाँको प्यानलनै निर्वाचित भएको छ । कुल आठ सय मत खसेकोमा खरेल ५५२ मतसहित विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका गोविन्द बहादुर बलालले १८५ मत ल्याउनुभयो । खरेल माओवादी केन्द्रनिकट विद्यार्थीको संगठन अखिल (क्रान्तिकारी) का लुम्बिनी प्रदेश अध्यक्ष हुनुहुन्छ ।
ओखलढुङ्गाको मानेभञ्ज्याङ्ग गाउँपालिका एकमा नेपाली कांग्रेस र खिजिदेम्बा गाउँपालिका एक वडामा जनता समाजवादी पार्टीको प्यानल विजयी हुनुभएको छ । मानेभञ्ज्याङ्ग–१ मा काँग्रेस तर्फका राजकुमार रुम्दाली र खिजिदेम्बा–१ मा जसपा तर्फका वडा अध्यक्षका उम्मेदवार कुमार सुनुवारको प्यानल विजयी हुनुभएको हो ।
प्रदेश नं १ को एकमात्र महानगरपालिकाको रुपमा रहेको विराटनगर महानगरपालिको मेयर पदमा सत्ता गठवन्धनका नागेश कोइरालाले कांग्रेसले अग्रता लिनुभएको छ । कांग्रेसबाट मेयर पदका उम्मेदवार कोइरालाले २ सय ६९ मत ल्याएर पहिलो स्थानमा हुनुहुन्छ । नेकपा एमालेका मेयर पदका उमेदवार सागरकुमार थापाले १ सय ८१ मत ल्याएर दोस्रो स्थानमा हुनुहन्छ ।
हिमाली जिल्ला मनाङको नासों गाउँपालिकामा सत्ता गठबन्धनका उम्मेदवार बिजयी भएका छन् । अध्यक्षका उम्मेदवार नेपाली कांग्रेसका धनबहादुर गुरुङले ८ सय २० मत ल्याएर विजयी हुनुभएको छ । उहाँको प्रतिद्धन्दी नेकपा एमालेका मनबहादुर गुरुङले ६४८ मत ल्याउनुभएको छ ।
प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृहपालिकामा नेपाली काँग्रेसले दोब्बर अग्रता बनाएको छ । मतगणना हुँदा काँग्रेसका उम्मेदवार इन्द्र कार्कीले एक हजार ३०९, नेपाली काँग्रेस विपीका सुरेन्द्र मालीले ५६७ नेकपा एकीकृत समाजवादीका नर बहादुर बिष्टले १७८ र मत प्राप्त गर्नुभएको छ ।