समयको परिवर्तन सँगसँगै मानवीय जीवनशैली, रहनसहन र आवश्यकता परिवर्तन हुँदै गएका छन्। विशेषगरी विज्ञान र प्रविधिको द्रुततर विकासले मानव जीवनसँग सम्बन्धित हरेक क्षेत्रमा प्रभाव पारेको देखिन्छ। मानिसले दैनिक जीवनमा प्रयोग गर्ने वस्तु तथा सेवादेखि शिक्षा, स्वास्थ्य, विभिन्न उद्योग, कलकारखानामा समेत विज्ञान र प्रविधिको विकासले भारी परिवर्तन ल्याएको छ। यति मात्र होइन, हातमा बोकी हिँड्ने फोनदेखि बसोवास गर्ने गाउँ, सहरसम्मलाई नयाँ प्रविधि र प्राविधिक विकासको सहायताले ‘स्मार्ट’ बनाउने होडबाजी नै चलेको देखिन्छ। उदीयमान नयाँ प्रविधिहरू दिनचर्याको महत्त्वपूर्ण भाग बनिरहेका छन्। जस्तै– स्मार्ट फोन, स्मार्ट सहर, स्मार्ट गाँउ, स्मार्ट पर्यटन आदि। यसको असर कृषि क्षेत्रमा पनि परेको देखिन्छ। कृषि उत्पादन, वितरण, बजारीकरणजस्ता क्षेत्रमा समेत प्रविधिको प्रयोग गरी स्मार्ट कृषिको अवधारणा विकसित हुँदै गएको छ। सामान्यतया स्मार्ट कृषिले परम्परागत कृषि प्रणालीबाट नयाँ आधुनिक प्राविधिमैत्री कृषि उत्पादन प्रणालीत
मुलुुकमा कतिवटा बीमा कम्पनी आवश्यक छ भन्ने विषयमा नियामक निकाय बीमा समितिले अध्ययन सुरु गर्ने भएको छ । अहिले देशमा कतिवटा बीमा कम्पनीको आवश्यकता छ । कतिवटा कम्पनी हुँदा पुग्छन् भनी कुनै अध्ययन छैन । चालू आर्थिक वर्ष २०७९/८० मा नेपालमा कति बीमा कम्पनीको आवश्यकता छ भन्ने विषयमा अध्ययन गर्न लागेको समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताउनुभयो । पछिल्लो समय बीमा कम्पनीहरू मर्जरमा गइरहँदा के कति कम्पनी आवश्यक हुन्छ भन्ने चर्चा चलेपछि सो अध्ययन सुरु हुने भएको छ ।
चितवनको भरतपुर केन्द्रीय अस्पतालले आइतबारबाट ओपीडी सेवा निःशुल्क गरेको छ। भरतपुर अस्पताल विकास समितिले शुक्रबार निर्णय गर्दै अर्को सूचना जारी नभएसम्मका लागि ओपीडी टिकटमा लाग्दै आएको सेवा शुल्क मिनाहा गरेको हो। अस्पतालले ओपीडी टिकटमा ३० रुपियाँ शुल्क लिँदै आएको थियो। महिला र स्वास्थ्य बीमा भएकालाई ओपीडी टिकट पाँच वर्षदेखि निःशुल्क थियो। बाँकी बिरामीलाई पनि आइतबारदेखि निःशुल्क गरिएको अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले जानकारी दिनुभयो।
निजी अस्पतालहरूले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गतको सेवा बन्द गरेपछि विराटनगरको कोसी अस्पतालमा बिरामीहरूको चाप बढेको छ। स्वास्थ्य केन्द्रहरूबाट सिफारिस ल्याउने अधिकांश बिरामीले विराटनगरस्थित नोवेल मेडिकल कलेज र विराट मेडिकल कलेजबाट उपचार सेवा लिने गरेका थिए। निजी क्षेत्रका अस्पतालले बीमा कार्यक्रमअन्तर्गत स्वास्थ्य बीमा सेवा बन्द गरेपछि त्यहाँका बिरामी कोसी अस्पतालमै जान थालेका छन्। यस क्षेत्रका अरू दुईवटा ठूला अस्पतालबाट सेवा लिइरहेका सर्वसाधारण कोसीमा जान थालेपछि अस्पतालमा चाप बढेको हो।
पछिल्लो समय मकालु वरुण राष्ट्रिय निकुञ्ज क्षेत्रमा यार्सागुम्बा लोप हुँदै गएको छ । विगतमा लाखौँ रुपियाँ मूल्य बराबरको यार्सा सङ्कलन गरिए पनि पछिल्लो समय त्यस क्षेत्रमा यार्सा उम्रिन छोडेको हो । यस वर्ष मकालु गाउँपालिकाको यार्सा सङ्कलन क्षेत्रमा केही सङ्कलन गरिए पनि सिलिचोङ गाउँपालिका क्षेत्रमा भने नउम्रिएको बताइएको छ । यार्सागुम्बा सङ्कलनका लागि पुर्जी लिएर सङ्खुवा खोलाको शिर क्षेत्र पुगेका सिलिचोङ गाउँपालिका–१, शिसुवाखोलाका स्थानीय रित्तै फर्किनु परेको बताएका छन् । दुई हप्ता लगाएर यार्सा सङ्कलन क्षेत्रमा बसे पनि कतै उम्रेको नपाइएको यार्सा सङ्कलनमा गएर फर्कनुभएका सूर्य कुलुङले बताउनुभयो । “एक महिनाका लागि पुर्जी लिएका थियौँ, केही दिनमा उम्रिन्छ कि भनेर पर्खे पनि रित्तै फर्किनु प-यो,” कुलुङले भन्नुभयो । निकुञ्जले यार्सा सङ्कलनका लागि जेठ १० गतेदेखि असार ९ गतेसम्मका लागि सङ्कलन पुर्जी खुलाएको थियो ।
लोकतन्त्रवादी पत्रकारहरूको छाता संस्था नेपाल प्रेस युनियनको महाधिवेशनबाट अध्यक्ष पदमा शिव लम्साल ७४५ मल ल्याएर विजयी हुनुभएको छ। अध्यक्षका अर्का प्रत्यासी अनिता विन्दुलाई १३३ मतले पराजित गर्दै लम्साल निर्वाचित हुनुभएको हो।
प्रधानमन्त्री शेरबहादुर देउवाले शताब्दी लामो इतिहास बोकेको त्रिचन्द्र क्याम्पस जीर्णोद्धारका लागि तत्काल बजेट व्यवस्थापन गरी काम सुरु गर्न निर्देशन दिनुभएको छ। प्रधानमन्त्री देउवाको निर्देशनपछि त्रिचन्द्र क्याम्पस जीर्णोद्धार गर्न ७० करोड रुपियाँ उपलब्ध गराउने प्रक्रिया सरकारले सुरु गरेको छ। मुलुककै जेठो क्याम्पसका रूपमा रहेको त्रिचन्द्र क्याम्पसको सो भवनको उद्घाटन १९७६ साल असोज २७ गते भएको थियो। भवन निकै पुरानो भएको र भूकम्पको धक्काले गर्दा झन् जीर्ण अवस्थामा पुगेकोले त्यसको तत्काल पुनर्निर्माण गर्नुपर्ने चौतर्फी दबाब सिर्जना भइरहेको थियो।
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले गठबन्धनका दलबीच प्रदेश र प्रतिनिधि सभाको टिकट समयमै व्यवस्थान गरिने बताउनुभएको छ।
काठमाडौंको बबरमाहलस्थित आर्ट काउन्सिलमा प्रदर्शनी भइरहेको झिमरुकतिर चित्रकला ।
झापाको कचनकवल गाउँपालिकामा एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका तीन किशोरीमध्ये दुईजनाको मोवाइल फेला परेको प्रहरीले जनाएको छ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडलेले प्रदेश संरचना खारेजी गर्न नमिल्ने बताउनुभएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले चालु आर्थिक वर्षको मौद्रिक नीति बजेटलाई सहयोग पुग्ने गरेर आएको बताउनुभएको छ।
गृहमन्त्री बालकृष्ण खाणले पाल्पाको रिब्दिकोटमा भएको बस दुर्घटना तथा सुनसरी र भक्तपुरमा रुख ढल्दा च्यापिएर घाइते भएकाहरूको उपचारबारे चासो लिनुभएको छ । सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरूलाई टेलिफोन गरी छुट्टा छुट्टै दुर्घटनामा घाइते भएकाहरूको उपचारमा कुनै कसुर बाँकी नराख्न र थप सहयोग आवश्यक पर्ने भए मन्त्रालयमा जानकारी गराउन निर्देशन दिनुभएको हो ।
काठमाडौं, साउन ८ गते। भक्तपुरको सल्लाघारीमा रुख ढलेर बसलाई किचेपछि अवरुद्ध सडक खुलेको छ। आइतबार दिउँसो भक्तपुरको सल्लाघारीमा रुखले बस र स्कुटरलाई किच्दा तीन जनाको मृत्यु भएको थियो। घाइते १२ जनामध्ये १० जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ। भक्तपुर प्रहरीका प्रवक्ता डीएसपी राजु पाण्डेका अनुसार दुई जना घाइतेको अवस्था भने गम्भीर रहेको छ। काठमाडौँबाट यात्रु बोकेर थिमि हुँदै भक्तपुर दूधपाटीतर्फ जाँदै गरेको बा २ ख ३५८४ नम्बरको बस र भक्तपुर दूधपाटीबाट सल्लाघारीतर्फ जाँदै गरेको बा ६१ प ३९६८ नम्बरको स्कुटललाई रुखले किचेको हो। बसमा सवार दुई र स्कुटरमा सवार एक जनाको घटनास्थलमा मृत्यु भएको थियो। घाइतेमध्ये ६ जनाको इवामुरा अस्पताल सल्लाघारी र अन्यको भक्तपुर अन्तर्राष्ट्रिय अस्पताल कौशलटारमा उपचार भइराखेको छ। मृत्यु हुने एक जना स्कुटी चालक हुन् भने दुई जना बसका यात्रु हुन्। दुर्घटनामा भक्तपुर नगरपालिका– ७ गोलमडीका न्हुच्छेराम वोखाद्यौ, भक्तपुर नगरपालिका ३ का विशेष खर्बुजा र सिन्धुलीका ३० वर्षीय राजकुमार भुजेलको मृत्यु भएको हो। मृतक न्हुच्छेराम स्कुटी चालक हुन्। मृतकको शव इवामुरा अस्पतालमा राखिएको छ।
ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले आफ्नो अधिकार प्राप्त गर्न महिलाले रचनात्मक आन्दोलन गर्नुपर्ने बताउनुभएको छ। आइतबार काठमाडौंमा मनिषा आर्चायद्वारा लिखित छोरी उपन्यास विमोचन कार्यक्रममा बोल्नुहँदै मन्त्री भुसालले यस्तो बताउनु भएको हो।