नेपाली कांग्रेसका वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्यको तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार रामचन्द्र पौडेलले जिल्लामा उद्योगग्राम र औद्योगिक स्थापना गरेर रोजगारीको व्यवस्था मिलाइने बताउनुभएको छ।
बी.पी. कांग्रेसले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । आज बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर सो पार्टीले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि आठ पृष्ठको घोषणापत्र जारी गर्दै संविधानलाई गतिशील दस्ताबेजको रूपमा स्वीकार्ने प्रतिबद्धता जनाएको हो ।
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पश्चिम सेती परियोजना निर्माण कार्यको सम्झौता भइसकेकाले परियोजना छिट्टै बन्ने बताउनुभएको छ।
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले दुई लाख ४६ हजार ९६० कर्मचारी परिचालन गर्ने भएको छ।
आगामी मङ्सिर ४ गते हुने निर्वाचनको सुरक्षा व्यवस्थाका विषयमा नेपाल–भारतका सुरक्षा अधिकारीबीचको बैठक सुरुभएको छ । भारतीय सीमावर्ती क्षेत्रको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउने विषयमा छलफल गर्न अधिकारीहरुबीच छलफल सुरुभएको अधिकारीहरूको भनाइ छ ।
नेकपा (एमाले) का केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले सुदूरपश्चिमलाई सबल प्रदेशको रूपमा विकास गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
नेपाली कांग्रेसले पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका नेतासहित पाँच जनालाई कारबाही गरेको छ ।
आफ्नो उत्पादनमा बन्ने विज्ञापनका सामग्रीसहित म्युजिक भिडियोमा अभिनय गर्न ओएसआर डिजिटलले गायक आशीष सचिनलाई एक वर्षका लागि अनुबन्ध गरेको छ।
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कसैलाई पनि अधिकार र अवसरबाट वञ्चित नगर्ने व्यवस्था ल्याउने प्रतिबद्धता जनाउनुभएको छ ।
न्युजिल्याण्डलाई सात विकेटले हराउँदै पाकिस्तान आइसिसी पुरुष टी–ट्वान्टी विश्वकप क्रिकेटको फाइनल प्रवेश गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाबाट एक हजार २४९ जनाको पीसीआर परीक्षण गर्दा सात जनामा कोरोना पुष्टि भएको हो ।
पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्रतिगमन हराउन गठबन्धन बनाएको बताउनुभएको छ।
बुधबार नाम्खा गाउँपालिका –५ यारीको बुका पाल्वाङमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते हुनुभएको छ ।
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि सुर्खेतमा दुई हजार ३४४ कर्मचारी खटिने भएका छन् ।
डोटी भूकम्पका घाइतेको उद्धारमा नेपाली सेना खटिएको छ। डोटीको पूर्वीचौकी गाउँपालिका ३ स्थित गैरागाउँमा पुगेर सेनाले मृतक ६ जनाको शव निकालेको हो।