प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दार्चुला जिल्लालाई दुई वर्षभित्रमा अँध्यारोमुक्त बनाउने बताउनुभएको छ।
उत्तर कोरियाले बुधबार ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको सोलका सेनाले जनाएको छ । यो क्षेप्यास्त्र संयुक्त राज्य अमेरिकाको सदन र सिनेटको लागि मध्यावधि चुनावमा मत गणना भइरहेको अवस्थामा भएको जनाइएको छ ।
फ्रान्सेली क्याथोलिक चर्चले विभिन्न कालखण्डमा बाल यौन दुर्व्यवहार भएका स्वीकार गरेको छ ।
डोटी भूकम्पले क्षति पुर्याएको क्षेत्रमा गृह मन्त्रालयले राहत सामग्री पठाएको छ। मन्त्रालयका सहसचिव एवम् प्रवक्ता फणीन्द्रमणि पोखरेलका अनुसार प्रदेश गोदाम घर धनगढीबाट एक ट्रक राहत सामग्री पठाइएको हो।
बुधबार बिहान २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्जको खप्तड बाबाको आश्रम नजिकै केन्द्र बिन्दु बनाएर गएको ६.६ रेक्टर स्केलको भूकम्प पश्चिम नेपालको चार दशक यताको सबैभन्दा ठूलो भूकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र काठमाडौंले जनाएको छ ।
गत सोमबारदेखि ओरालो लाग्न थालेको नेप्से परिसूचक बुधबार पनि उच्च अङ्कले गिरावट भएको छ । आज नेप्से परिसूचक ३९.१५ अङ्कले घटेर १९१७.२२ बिन्दुमा झरेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ७.६८ अङ्क घटेको छ भने फ्लोट इण्डेक्स २.६८ अङ्कले र सेन्सेटिभ इण्डेक्स २.७९ अङ्कले घटेको छ ।
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले घर आँगनमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ । गाउँपालिकाले लाभग्राही अर्थात् ज्येष्ठ नागरिक, अपाङ्ग तथा एकल महिलालाई घर आँगनमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको हो ।
नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले मङ्सिर ४ पछि बन्ने एमाले नेतृत्वको सरकारले वृद्धभत्ता पाँच हजार रुपियाँ बनाउने प्रतिबद्धता जनाउनुभएको छ ।
निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत प्रदेश सभातर्फ मोरङ क्षेत्र नं. ३ को (क) मा नयाँ निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ ।
गाउँघरमा कृषि मजदुरको अभाव हुँदै गएपछि सिन्धुलीमा पछिल्लो समय धानबाली भित्र्याउन किसानमाझ थ्रेसर मेसिन लोकप्रिय बन्दैगएको छ । परम्परागत रुपमा खेतालाको भरमा धान भित्र्याउँदैआएका सिन्धुलीका किसानले पछिल्लो समय आधुनिक थ्रेसर मेसिनप्रति आकर्षित भएका हुन् ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता र आयोगका निर्देशनहरूको अवज्ञा गर्ने दुस्साहस भएमा सैह्य नहुने बताउनुभएको छ ।
नेपाली कांग्रेसले मोरङ ३ (क) का प्रदेश सभा उम्मेदवार शेखरचन्द्र थापाको निधनप्रति शोक व्यक्त गरेको छ ।
रुकुम पश्चिमको प्रसिद्ध धार्मिकस्थल डिग्रे साईँकुमारी मन्दिर परिसरमा लाग्ने पाँच दिने ऐतिहासिक धार्मिक मेला सम्पन्न भएको छ । हरेक वर्ष हरिबोधिनी एकादशीदेखि कात्तिक शुक्ल पूर्णिमासम्म परम्परागत रूपमा लाग्दैआएको मेला सम्पन्न भएको हो । मेलामा भूत प्रेत भगाउन लठ्ठी नाच प्रदर्शन गरिएको छ ।
काठमाडौं, कात्तिक २३ गते । बलिउड अभिनेत्री करिना कपुर, कृति सेनन र तब्बु नयाँ फिल्म ‘द क्रु’ मा एकसाथ देखिने भएका छन् । हालै फिल्मकी निर्माता रिया कपुरले सामाजिक सञ्जालमार्फत फिल्मको औपचारिक घोषणा गर्नुभएको हो ।सामाजिक सञ्जालमा फिल्मको पोष्ट सेयर गर्दै रियाले लेख्नुभएको छ, "तीन वर्षदेखि देखेको सपना र योजनापछि एकता कपूरसँगको हाम्रो यस सपनालाई कलाकाररतमाझ ल्याउनेछौँ । तब्बु, करीना कपूर खान र कृति सेनन अभिनीत फिल्म 'द क्रु' को सुटिङ फेब्रुअरी २०२३ बाट सुरु हुनेछ । यसलाई राजेश कृष्णनले निर्देशन गर्नेछन् । फिल्म निधि मेहरा र मेहुल सुरीले लेखेका हुन् ।"यससँगै रिया कपुरले पनि फिल्मको छायाङ्कन २०२३ को फेब्रुअरीबाट सुरु हुने पनि जानकारी दिनुभएको हो ।
भूकम्पले घर भत्किँदा गम्भीर घाइते हुनुभएका डोटी पूर्वीचौकी गाउँपालिका –३ गैरागाउँका दुई जना महिलालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको छ ।