रुपन्देहीको रोहीणी गाउँपालिका वडा २ मैनिहवास्थित रोहीणी नदी किनारमा यो समयमा चिलको चहलपहल बढेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकमा वर्तमान राजनीतिक अवस्थामा गहन छलफल भएको छ ।
नेपाल टेलिकमले प्रदान गर्दैआएको हरेक सेवा सेवाग्राहीको घरसम्म पुर्याउने नेपाल टेलिकम मधेश प्रदेश प्रादेशिक निर्देशनालयका निर्देशक अन्तप्रकाश मल्लिकले बताउनुभएको छ ।
झापाको दमक नगरपालिका आसपास क्षेत्रको समस्याको रूपमा रहेको रतुवा र मावा खोलाको जोखिमयुक्त क्षेत्रमा तटबन्धन कामले तीव्रता पाएको छ । यी दुई खोलाले बर्सेनि जनधनको ठूलो क्षति गर्दैआएकाले चुनावी प्रमुख नारा पनि बन्नेगरेको छ ।
माघ १ गते पोखरामा भएको विमान दुर्घटनापछि पातलिँदैगएको विमान उडान अहिले क्रमशः लयमा फर्किन थालेको छ ।
द हिडेन ट्रेजर मिस नेपालले – २०२३ को आवेदन खुलाएको छ । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत द हिडेन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकरले मिस नेपालको आगामी यात्रा शुभारम्भ गर्न गइरहेको जानकारी दिनुभयो ।
हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटको रिङरोड निर्माण कार्य अगाडि बढ्नेभएको छ । कर्णाली प्रदेश सरकारबाट बजेटको व्यवस्था भएपछि बजेट अभावले रोकिएको निर्माण कार्य अघि बढ्ने भएको हो ।
एनसीसीएसका कपुर शर्मा पौडेलले पाँचौँ सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको भेट्रान ५५ वर्षमाथि पुरुष सिंगल्समा बिहीबार स्वर्ण जित्नुभएको छ ।
राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले बिहीबार राष्ट्रिय टोलीको बन्द प्रशिक्षण क्याम्पमा सहभागिताका लागि प्रशिक्षक र फिटनेस टोलीसँग सम्पर्क गर्नुभएको छ ।
बुटवलमा रगतसम्बन्धी सबै सेवा निःशुल्क हुने भएको छ । बुटवल उपमहानगरपालिकाले रक्त सञ्चार सेवा केन्द्रसँग सम्झौता गरी बुटवलभित्रका बासिन्दाले रुपन्देहीका अस्पतालहरूमा उपचाररत रहँदा आवश्यक पर्ने रगत र रगतजन्य पदार्थ लिँदा शुल्क नलाग्ने व्यवस्था गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल सत्ता समीकरण फेरबदल नहुने बताउनुभएको छ।
काभ्रेको बनेपाबाट खार्पाचोक जाँदै गरेको बसले ठक्कर दिँदा बालिकाको मृत्यु भएको छ।
भारत उत्तरप्रदेशस्थित अयोध्यामा निर्माणाधीन राममन्दिरमा राखिने भगवान् रामको मूर्ति बनाउन कालीगण्डकीबाट उत्खनन् गरी ल्याइएको शिला हस्तान्तरण गरिएको छ।
आरोहण गुरुकुलले बुद्धको फरक परिचय दिने नाटक ‘गच्छामी’ लुम्बिनीमा मञ्चन गरेको छ। पुण्यप्रसाद गौतमद्वारा लिखित पुस्तक गौतम बुद्धमा आधारित नाटक हो।
नेपाल चेम्बर अफ कमर्सले गत पुसमा साँवा र ब्याज तिर्न नसक्ने ऋणीका लागि आगामी असार मसान्तसम्म म्याद थप गर्ने व्यवस्था गरिदिन नेपाल राष्ट्र बैङ्कलाई आग्रह गरेको छ।