नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक सरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज (शुक्रबार) दिउँसो ३ बजे बस्ने भनिएको बैठक भोलि (शनिबार) दिउँसो १ बजे बस्ने गरी सरेको हो ।
विश्वको सबैभन्दा ठूलो मानवीय सेवा गर्ने सञ्जाल भएको सङ्गठन रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)का महासचिव जगन्नाथ चापागाईंले शनिबारदेखि नेपाल भ्रमण गर्नुहुने भएको छ ।
प्रतिनिधि सभा सदस्यका लागि बिहीबारबाट सुरु भएको दुईदिने अभिमुखीकरण कार्यक्रम आज (शुक्रबार) पनि सुरु भएको छ ।
हुम्ला खण्डमा पर्ने कर्णाली करिडोरको सडक किनारको डाईभर्सन निर्माणको क्रममा कर्णाली नदीमा स्काभेटरसहित खसेका चालकको जिवितै उद्धार गरिएको छ ।
उत्तरपश्चिम पाकिस्तानमा सुरक्षा फौजले गरेको कारबाहीमा दुई जनाआतङ्ककारी मारिएका छन् । देशको खैबर पख्तुनख्वा प्रान्तमा गरिएको कारबाहीमा ती आतङ्कारी मारिएका हुन् ।
मलेसियाका गृहमन्त्री सैफुदिन नासुसनले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालसँग भेट गर्नुभएको छ ।
आफ्नै बुबा ५५ वर्षीय निरकुमार राईको हत्या आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ । दाउराको चिर्पट प्रहार गरी हत्या गरेको आरोपमा चन्द्रपुर नगरपालिका ६ हातेमालो सामुदायिक वन नजिक बस्ने ३२ वर्षीय प्रकाश राईलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
झापाको शिवसताक्षी नगरपालिकामा भएको सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । दुइवटा ट्रक एकआपसमा ठक्कर भएको थियो ।
तिमी नआऊ, होस् तिमी नआऊ यस्तरी पुज्न मलाई, बुझ्न मलाई पूmलहरू चुँड्दै, मुठ्याउँदै श्रद्धा चढाउन होस् नआऊ मलाई । आउँदा दियो र सलाई बोकेर आउँछौ र सलाई कोरेर दियो बालेर मलाई हेर्छौ
नेपाली इतिहासको पहिलो राजनैतिक पार्टी प्रजा परिषद्का अध्यक्ष टङ्कप्रसाद आचार्यको नवलपरासी स्थित जन्म घरलाई संग्राहलय बनाइने भएको छ ।
वासना मत्त आवेग कामना तीव्र वेदना अनुशासनको मृत्यु कामकेलि विडम्बना पराग यौन तृष्णा हो पिई कैल्यै नरित्तिने चेतना हो युवाशक्ति पालुवाझैँ नओइलिने
मस्तिष्क भोजको राजकीय थालीमा सुन्दर मासुका टुक्राहरू राजनीतिको लुतो कन्याइरहेकाहरू परमानन्द ब्रेकफास्टमा
मोरङको कानेपोखरी – ७ आइतबारेका कमलप्रसाद पौडेलको २ बिघा जमिन छ । दुई बिघा जमिन भएको व्यक्ति यति बेला छोराछोरी पठाउने खर्च जुटाउन नसकेर पुर्पुरोमा हात लगाएर बस्न बाध्य हुनुहुन्छ ।
विद्यार्थीको सबभन्दा ठूलो काम पढ्नु र लेख्नु हो । त्यसैले जसले मेहनत गरेर पढ्छ, लेख्छ उसको भविष्य उज्ज्वल हुन्छ तर हामी विद्यार्थीले यो पनि बिर्सनु हुँदैन कि अहिलेको समय प्रतिस्पर्धाको समय हो । त्यसैले पढाइ, लेखाइबाहेक अन्य कुरामा जो अगाडि हुन्छ, उसले धेरै अवसर पाउँछ । साथीहरूले बुझिहाल्नु भयो होला, पढाइबाहेक अन्य कुरा भनेको अतिरिक्त क्रियाकलाप हो । अतिरिक्त क्रियाकलाप थरीथरीका हुन्छन् । आफ्नो रुचि र क्षमता जेमा छ, त्यसमै संलग्न हुने हो । फेरि अतिरिक्त क्रियाकलापमा भाग लिँदा पढाइ बिग्रँदैन, झन् राम्रो पो हुन्छ । आपूmले समय मात्र मिलाउन सक्नु पर्छ ।