नेपाल विद्युत प्राधिकरणले नदी प्रवाही (आरओआर) जलविद्युत् आयोजनाहरुको १५ सय मेगावाटसम्मको विद्युत खरिद गर्ने भएको छ ।
सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने हुनुभएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरलाई पदबाट निलम्बन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धकलाई पत्र लेखी पठाइएको छ ।
‘सत्य र न्यायको खोजी अभियान’ले नागरिकता विधेयकको मस्यौदा पेश गरेको छ । नेपालको नागरिकता समस्या समाधान गर्ने उद्देश्यले तयार गरिएको मस्यौदा अभियानको तर्फबाट गृह सचिव विनोद प्रकाश सिंहलाई हस्तान्तरण गरिएको हो ।
नेपाल राष्ट्र बैंकले ऋणीका लागि केही राहत प्रदान गर्ने उद्देश्यले केही लचक नीति अख्तियार गरेको छ । केन्द्रीय बैंकले आज (शुक्रबार) चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै ऋणीलाई केही राहत प्रदान गरेको हो ।
टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी हालसम्म २१ हजार जनाको मृत्यु भएको छ भने दशौँ हजार घाइते भएका छन् ।
२१औँ शताब्दीको डिजिटल प्रविधिको युग हो । हामी यही युगमा छौँ । सानादेखि ठूलासम्मको एउटै समस्या– मोबाइलको जथाभावी प्रयोग । हुनत डिजिटलको प्रयोगले मानव जीवनशैलीलाई सरल त बनाएको छ । हातमा भएको मोबाइलबाट विश्वका हरेक गतिविधि जान्न, बुझ्न र थाहा पाउन सकिने भएको छ । यो मोबाइल फोन सन् १९७३ मा नै आएको हो । यसको आविष्कार अमेरिकाका महान् इन्जिनयर डा. मर्टिन कुपरले गरेका हुन् । नेपालमा भने २०५६ सालपछि मात्र प्रयोगमा आएको हो ।
काठमाडौँ महानगरपालिका र संयुक्त राज्य अमेरिकाको फेडरिसवर्ग नगरले फोहोर व्यवस्थापनका लागि आफूले गरेका कामको अनुभव आदान प्रदान भएको छ । भर्चुअल विधिबाट विहीबार आपसी ज्ञान, सीप र अनुभव आदान प्रदान गरिएको हो । त्यस क्रममा काठमाडौँ महानगरका तर्फबाट सरिता राईले र फेडरिसवर्गका तर्फबाट म्याथु केलीको नेतृत्वमा समूहगत प्रस्तुतिकरण गर्नुभएको थियो ।
बाल साहित्य लेखनमा कलम चलाउँदै आउनुभएका कवि तथा कथाकार सनतकुमार आचार्यको ‘परेवा र सानो बाबु’ बालकथा सङ्ग्रह दोस्रो संस्करण प्रकाशनमा आएको छ । बालसाहित्यको क्षेत्रमा प्रतिभाशाली स्रष्टा आचार्यको यो कथा सङ्ग्रह अङ्ग्रेजीमा पनि अनुवाद भएर प्रकाशित भएका छन् । उनीद्वारा लेखिएका ‘परेवा र सानो बाबु’ कथा सङ्ग्रहभित्र भाइको ज्ञान, बुद्धिमान कुखुरो, भँगेरा र कुकुरलगायत विभिन्न शीर्षकका १० बालकथा सङ्ग्रहहित छन् । पुस्तकको नाम राखिएको ‘परे
हामी सबैका लागि योगको धेरै महत्त्व छ । हरेक दिन बिहान योगका विभिन्न अभ्यास गर्ने बानी गर्ने हो भने हामी सानै उमेरदेखि स्वस्थ बन्न सक्छौँ । हामी साना बालबालिकाका लागि पनि धेरै कुरा गर्न सकिने रहेछ । योगका धेरै प्रकार रहेछन् । बालबालिकाका लागि गर्ने योगले बढ्ने उमेरमा विभिन्न फाइदा हुने रहेछ ।
मेरो देश नेपाल हो संस्कृतिको धनी प्रकृति र सम्पदाले भरिपूर्ण छ नि । सारङ्गी र मुुर्चुङ्गाको कति राम्रो धुन
बहिनी तथा भाइहरू, तपाईंहरूले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको तस्बिरमा एउटा औंलो ठड्याएको देख्नुभएको होला । यो औँलोले एउटा भन्ने सन्देश दिएको छ । एउटा भनेको एउटा देश भनेको हो । नेपाल पहिला धेरै साना राज्यमा बाँडिएको थियो । यसरी एउटै देश धेरै राज्यमा बाँडिएकाले नेपाल कमजोर भयो । नेपाललाई बाहिरियाले आक्रमण गर्ने खतरा बढ्यो । यस्तो अवस्था देखेपछि बडामहाराजाधिराज पृथ्वीनारायण शाहले नेपालभित्रका ससाना राज्यहरूलाई एकीकरण गरेर एउटै ठूलो देश बनाउने अठोट गर्नुभयो । उहाँले सुरु गर्नुभएको एकीकरण पहललाई उहाँपछिका विभिन्न पुस्ता र व्यक्तिले पनि साथ दिनुभयो ।
काठमाडौँ, माघ २७ गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । शुक्रवार बिहान ९:३० बजेबाट बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नागरिक उन्मुक्ति पार्टी बाहेक संयन्त्रका अन्य दलहरूको सहभागितामा बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्यकिरण शर्माले जानकारी दिनुभयो । यता नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले भने बैठकबारे आफूलाई जानकारी नभएको बताउनुभयो । सत्तारुढ गठबन्धनको एक घटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिइसकेको छ । यद्यपि सो दलले सरकारलाई समर्थन कायमै राखेको छ । सरकारबाट बाहिरिनुअघि राष्ट्रिय स्वतन्त्र पार्टीले संयन्त्रको बैठक राख्न माग गरे पनि बैठक बस्न सकेको थिएन । रास्वपा सरकारबाट बाहिरिएपछि पहिलोपल्ट संयन्त्रको बैठक बसेको छ यसलाई सबैले चासोपूर्वक हेरेका छन् ।
बागलुङको गलकोट नगरपालिका–९ बास्खोलाकी १७ वर्षीया अमृता सुनारले (नाम परिवर्तन) गत वैशाखमा गलकोट नगरपालिका–७ मल्म सिरवारेमा प्रेमविवाह गर्नुभयो। उहाँ कक्षा ९ मा अध्ययन गर्दागर्दै भागेर विवाह गर्नुभएको हो। सुनार हाल आठ महिनाको गर्भवती हुनुहुन्छ। पठनपाठनका लागि नियमित विद्यालय जानुपर्ने उमेरमा उहाँ मासिक गर्भ परीक्षण गर्न मल्म स्वास्थ्य चौकी जानुहुन्छ। आफ्नो गर्भमा रहेको बच्चा र स्वास्थ्य अवस्थाबारे नियमित जाँच गर्ने जानकारी उहाँले विद्यालयबाटै सिक्नुभएको हो।