नेपाल आर्मी र लुम्बिनी प्रदेश पाँचौं सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । नेपाल हक्की सङ्घ र धनुषाको मिथिला नगरपालिकाको संयुक्त आयोजनामा नकटाझिजस्थित खेल मैदानमा बिहीबार भएको पहिलो सेमिफाइन खेलमा नेपाल आर्मीले मधेश प्रदेशलाई ७–० को भारी गोल अन्तरले हराउँदै नेपाल आर्मी फाइनमा प्रवेश गरेको हो ।
तनहुँको बन्दीपुर गाउँपालिका –५ याम्पा, कुमालटारी स्थित कुमालटारी कृषि फर्ममा बिहीबार दिउँसो आगलागी भएको छ । कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले सञ्चालन गरेको फममा आगोलागी भएको हो ।
सुदूरपश्चिम प्रदेश सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको संसदीय दलका नेता कमलबहादुर शाह सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीमा नियुक्त हुनुहुने भएको छ।
जिल्लामा वर्षौदेखि अलपत्र अवस्थामा रहेका विकास आयोजनालाई अघि बढाउन सङ्घीय सांसद रामहरि खतिवडाले निर्देशन दिनुभएको छ । ठेक्का पारेर लामो समय आयोजना अलपत्र छाड्ने निर्माण कम्पनीलाई चाँडोभन्दा चाँडो काम अघि बढाउन सांसद खतिवडाले निर्देशन दिनुभएको हो ।
स्वर्गीय अमर नेम्वाङ (लिम्बू) स्मृति पुरस्कारबाट साहित्यकारद्वय श्रवण मुकारुङ र प्रेम ओझा पुरस्कृत हुनुभएको छ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक शुक्रबार बस्ने भएको छ । बिहीबार दिउँसो ३ बजेका लागि बोलाइएको संयन्त्रको बैठक स्थगित भएपछि शुक्रबार बस्ने भएको हो ।
ताप्लेजुङमा आदिवासी जनजाति समुदायका बुहारी (विवाहित महिला) लाई कम्प्युटर शिक्षा प्रदान गर्न थालिएको छ । सदरमुकामस्थित फुङ्लिङ नगरपालिका –५ ले वडाभित्रका बुहारीलाई कम्प्युटर शिक्षा प्रदान गर्न थालेको हो ।
नेकपा (माओवादी केन्द्र) को पार्टीको भर्चुअल बैठक जारी रहेको छ।
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले नेफ्टा अवार्डको कार्यक्रममा प्रधानमन्त्री बस्ने कुर्सीमा आफू बस्नु नै आफूलाई पुरस्कार सरह भएको बताउनुभएको छ।
वर्षौँदेखि अलपत्र रहेको एकीकृत जाँचचौकी (आइसीपी) निर्माणको लागि नेपालले जग्गा (साइट) हस्तान्तरण गरेको छ । अधिग्रहण गरी सहरी विकास मन्त्रालयको स्वामित्वमा रहेको करिब ५२ बिघा जग्गा आइसीपी निर्माण कम्पनीलाई हस्तान्तरण गरिएको हो ।
प्रेस काउन्सिल नेपालले मदिरा, चुरोट, सूर्ति तथा सूर्तिजन्य पदार्थको विज्ञापन सामग्रीको प्रचार प्रसार नगर्न र नगराउन ध्यानाकर्षण गराएको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावललाई विश्वासको मत प्राप्त हुन सकेन। प्रदेश सभा बैठकमा उहाँले पेस गर्नु भएको विश्वासको मत प्राप्त होस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत भएको छ।
वातावरण संरक्षण र दिगो विकासका सन्दर्भमा लामो समयदेखि वकालत गर्दै आएको नेपाल वातावरण पत्रकार समूह (नेवापस) ले समसामयिक वातावरणीय विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गरेको छ ।
नेकपा (एमाले) को सचिवालय बैठकले सात वटै प्रदेशमा अभिमुखीकरण कार्यक्रम गर्ने निर्णय गरेको छ। एमालेले आगामी फागुन र चैत दुई महिनामा यो अभियान सञ्चालन गर्ने भएको हो।
नेपाली सेनाका प्रधान सेनापति महारथी प्रभुराम शर्मा र नेपालका लागि चीनका राजदूत छेन सोङबीच भेटवार्ता भएको छ । बिहीबार जङ्गी अड्डामा प्रधान सेनापति शर्मा र राजदूत र सोङबीच भेटवार्ता भएको हो ।