नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले नेपाली आठ दलीय गठबन्धनमा कांग्रेसका तर्फबाट राष्ट्रपतिमा उम्मेदवार दिनुभएका वरिष्ठ नेता रामचन्द्र पौडेलको जित सुनिश्चित भएको दाबी गर्नुभएको छ ।
सभामुख देवराज घिमिरेले प्रजातान्त्रिक योद्धा रामप्रसाद राईबारे थप खोजी, अध्ययन र अनुसन्धान आवश्यक रहेको बताउनुभएको छ ।
कान्तिपुरका विहारमा सबैभन्दा ठूलो र पुरानोमध्ये एक केशचन्द्रकृत पारावत् महाविहारमा आज (बिहीबार) ४० जनाको प्रब्रज्याभिषेक (बन्दे छुइगु) गरिएको छ ।
आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत जित्नै पर्ने अन्तिम खेलमा नेपालले घरेलु टोली युएईलाई एक सय ९२ रनको मध्यम लक्ष्य दिएको छ ।
हात्तीको आक्रमणबाट जितपुरसिमरा उपमहानगरपालिका-१६ टांगियाबस्तीमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ४५ वर्षीय गापाङ दर्लामी रहेको बारा प्रहरीले जनाएको छ। हात्तीको आक्रमणबाट बुधबार साँझ दर्लामीको घटनास्थलमा मृत्यु भएको हो।
आफ्नो निर्वाचन क्षेत्रको जनताका समस्या बुझ्न प्रतिनिधि सभा सदस्य गङ्गाराम चौधरीले घरदैलो अभियान थाल्नु भएको छ । कैलाली क्षेत्र ३ बाट निर्वाचित उहाँले प्रतिनिधि सभाको बैठक नभएका बेला निर्वाचन क्षेत्र फर्केर जनताको घरदैलोमा पुगिरहनु भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् विस्तारको गृहकार्य आजबाटै सुरु हुने बताउनुभएको छ।
संयुक्त अरब इमिरेट्स (युएई) मा जारी आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजमा जितका लागि नेपाललाई घरेलु टोली युएईले दुई सय आठ रनको मध्यम लक्ष्य दिएको छ ।
मलेसियामा फेरि भीषण बाढी आएको छ । गाउँ–सहर जलमग्न भएका छन् । उद्धारकर्ताहरूले घरको छतबाट पीडितहरूलाई सुरक्षित स्थानमा पुर्याएका छन् ।
सरकारले सबै सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई दिवा खाजा दिन सम्बन्धित निकायलाई निर्देशन दिएको लामो समय बितिसक्दा पनि तामाकोसी गाउँपालिका भित्रका सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीले दिवा खाजाको रकम पाएका छैनन् ।
राष्ट्रिय परिचयपत्रको आवेदन र वितरणको काममा ढिलासुस्ती भइरहेको भन्दै आलोचना भएपछि सरकारले काठमाडौंमा थप पाँच स्थान तोकेको छ ।
नेकपा (एमाले) उपाध्यक्ष सुवास नेम्वाङ राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा पुग्नुभएको छ।
उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले आज (बिहीबार) भक्तपुरको कमलविनायक भत्केको पाटीदेखि नगरकोटसम्म सडक अनुगमन गर्नु भएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । राष्ट्रपतिको उम्मेदवारीले केन्द्रीय समीकरण फेरिएसँगै सरकारबाट बाहिरिएको राप्रपाले कर्णालीमा पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
एम्बुलेन्स व्यवस्थापन समिति धनुषाले एम्बुलेन्स सञ्चालनमा कडाइ गरेको छ । चर्को भाडा असुली, तोकिएको स्थानबाट सेवा नदिने र गैरकानुनी रूपमा एम्बुलेन्स खरिदबिक्रीको समाचार प्रकाशन भएपछि एम्बुलेन्स सञ्चालनमा कडाइ गरिएको हो ।