संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले ज्येष्ठ कलाकारहरूको सम्मानका लागि राज्यले रणनीतिक योजना बनाउने बताउनुभएको छ ।
पशुलाई समयमा उपचार गराउनुपर्छ भनेर जनचेतना नभएर सप्तरीको ग्रामीण भेगमा पशुहरूमा बाँझोपन रोगको सङ्क्रमण बढ्दैगएको छ ।
प्रथम रामबहादुर तामाङ(सेक्के) स्मृति कप अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि धादिङको खनियाबास गाउँपालिकाले जितेको छ ।
सडक विभागले यो वर्ष नयाँ निर्माणभन्दा भइरहेका सडक विस्तार, स्तरोन्नति र आवश्यक संरचना निर्माण गरेको छ । विगतमा निर्माण भएका राजमार्ग स्तरोन्नति र विस्तार, ट्राफिक बत्ती जडान, ‘फ्लाई ओभर’ निर्माण, सुरुङलगायतका संरचनाको अध्ययन, आधुनिक पुल निर्माणलगायतमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय केन्द्रीत भएको पाइएको छ ।
स्पेनिस क्लब रियल म्याड्रिड र इटालियन टोली एसी मिलानले युइएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वार्टरफाइनल खेलको पहिलो लेगमा जित निकालेका छन् ।
कञ्चनपुरको महेन्द्रनगरस्थित निर्माण भएको महाकाली सिँचाइ नहरमा परीक्षणपछि पानी आउन सकेको छैन । सिँचाइ आयोजना कार्यालयले तेस्रो चरणमा गत असारमा २८ किलोमिटर मूलनहरमा पानी परीक्षण गरेको थियो ।
तानसेन नगरपालिका बेसहाराका लागि सहारा बनिरहेको छ । मानवीयताको कुनै सीमा नहुने भन्दै तानसेन नगरपालिकाले बेसहारा जीवन बिताइरहेका बृद्धबद्धाको उद्धार गरेको तानसेन नगरपालिकाका उपप्रमुख प्रतीक्षा गाहा सिंजालीले जानकारी दिनुभयो ।
भोपालको केन्द्रीय कारागारले शिक्षामा सबैको अधिकार सुनिश्चित हुनुपर्ने मान्यतालाई आत्मसात् गर्दै बितेको एक वर्षमा छ हजार नौ सय कैदीलाई निःशुल्क शिक्षाको व्यवस्था गरेको छ ।
सनम कुमार वैरागको निर्देशनमा बनेको फिल्म ’कैदीको पत्र’ को ट्रेलर सार्वजनिक भएको छ। बुधबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।
काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयहरूलाई कुनै पनि शुल्क नलिन आग्रह गरेको छ ।
कपिलवस्तुको विजयनगर गाउँपालिकामा निर्माण भइरहेको जनता आवास भवनमा कमसल सामग्री प्रयोग भएको पाइएको छ । लुम्बिनी प्रदेश सरकारको योजनामा निर्माण हुन लागेका ती भवनमा प्रयोग गरिएका इँटा कमसल भएको स्थानीय अगुवाहरूको भनाइ छ ।
नेपाल रत्न पदवीबाट पूर्व प्रधानमन्त्री स्व. सुशील कोइराला सम्मानित हुनुहुँदैछ। राष्ट्र गौरवको पदवीबाट राजनीतिज्ञ स्व. जीवराज न्यौपाने ‘आश्रित’, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी र संस्कृतिविद् सत्यमोहन जोशी सम्मानित हुनुहुँदैछ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशका समस्या समाधानका लागि सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताउनुभएको छ ।
पछिल्लो केही दिन यतादेखि डढेलोका कारण काठमाडाँै उपत्यकासहित देशका धेरै ठाउँमा वायु प्रदूषण उच्च हुन थालेको छ । डढेलोका कारण उपत्यकाको वायुमण्डलमा दूषित हावा थुप्रिएको वन तथा वातावरण विभागले जनाएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा पुनः निर्वाचन हुने भएको छ । तीन प्रतिस्पर्धी रामचन्द्र संघई, उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठमध्ये पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत प्राप्त गर्न नसक्दा पुनः निर्वाचन हुन लागेको हो ।