नेपाल राष्ट्र बैङ्कले आइतबार ‘नागरिक बचतपत्र २०८५’को बिक्री खुला गर्ने भएको छ । नेपाल सरकारका तर्फबाट आन्तरिक ऋण व्यवस्थापन उठाउँदै आएको राष्ट्र बैङ्कले रू दुई अर्ब ८२ करोड १४ लाख ७० हजार बराबरको नागरिक बचतपत्र निष्कासन गर्न लागेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा आर्थिकरूपमा देखिएको अस्थिरता र प्रतिकूल अवस्था समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
तराईका विभिन्न जिल्लाबाट आइ आन्दोलनमा उत्रिएका मिटरब्याज पीडितले आफ्नो धर्ना कार्यक्रम जारी राखेका छन् ।
नेपालमा २४ जना कोरोना सङ्क्रमित संस्थागत आइसोलेसनमा भर्ना भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार १६२ जना सक्रिय सङ्क्रमितमध्ये २४ जना संस्थागत आइसोलेसनमा भर्ना भएका हुन् ।
नेपालस्थित अमेरिकी दूतावासका राजदूत डीन आर. थम्पसनले अमेरिकाको सहयोगद्वारा सञ्चालित योजनाबाट सकरात्मक परिणाम निस्केकोमा आफू खुसी भएको बताउनुभएको छ ।
नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ । एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले यही वैशाख २६ गते सचिवालय बैठक बोलाइएको जानकारी दिनुभयो ।
सङ्खुवासभाको भोटखोला–४ मा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा एकको मृत्यु भएको छ । दुर्घटनामा परी स्थानीय भविन गुरुङको मृत्यु भएको डिएसपी वीरेन्द्र गोदारले जानकारी दिनुभयो ।
नेपाल ट्रेड युनियन कांग्रेस रुपन्देहीको शुक्रबार बुटवलमा सातौं जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनको उदघाटनसत्रमा बक्ताहरुले मुलुकको कमजोर अर्थतन्त्रको मारमा मजदुर परेको बताएका हुन् ।
ताप्लेजुङको सुकेटार विमानस्थलमा बन्द भएको हवाई सेवा (उडान) डेढ सातापछि शुक्रबारदेखि पुनः सञ्चालनमा आएको छ । जहाजमा देखिएको प्राविधिक समस्या र निरन्तर मौसममा आएको खराबीका कारण गत साताको बुधबारदेखि अवरुद्ध बनेको उडान सुचारु भएको हो ।
सरकारी कार्यालयको नाममा रहेको जग्गा षड्यन्त्र पूर्वक अतिक्रमण हुनु खतरनाक भएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताउनुभयो।
झापामा लागूऔषध ब्राउनसुगर लुकाएर जहाज चढ्न लागेका दुई युवती पक्राउ परेका छन् । झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलबाट लागूऔषधसहित दिदिबहिनी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
निजी क्षेत्रका व्यवसायीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न प्रधानमन्त्रीसँग माग गरेका छन्। सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको नेतृत्वमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई शुक्रबार ज्ञापनपत्र बुझाउँदै व्यवसायीले यस्तो माग गरेका हुन्।
मुुगुु जिल्लासँग सिमाना जोडिएको चङ्खेली गाउँपालिकाका विद्यालयमा पाठ्य पुस्तक पुुग्न सकेको छैन ।
सरकारले चासो दिएको बुटवल–नारायणगढ सडक निर्माण आयोजनामा केही सुधार देखिए पनि अझै आशा गरिएअनुसार प्रगति हुनसकेको छैन ।
बेलग्रेडबाट ६० किलोमिटर दक्षिणमा रहेको म्लादेनोभाकमा गुडिरहेको गाडीबाट एक जना बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा आठ जनाको मृत्यु भएको तथा अन्य १३ जना घाइते भएका सरकारी सञ्चार माध्यमले जनाएका छन् ।