प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले धर्मपथस्थित गोरखापत्र संस्थानमा आयोजना गरिएको फोटो प्रदर्शनीको सोमबार अवलोकन गर्नुभयो ।
भारतसँग सीमा जोडिएको झापा र मोरङ जिल्लाको दशगजा क्षेत्रलाई खाली गराउन र ढलेका सीमास्तम्भहरू मर्मतसम्भार गर्न दुवै देशका सीमावर्ती जिल्लाका प्रशासकहरू सहमत भएका छन् ।
धरान उपमहानगरपालिकाबाट २ वटा पेस्तोलसहित ३ जनालाई पक्राउगरी ईलाका प्रहरी कार्यालय धरान सुनसरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
वीरगंजं युनाइटेड धनकुटामा जारी सहिद भिमनारायण गोल्डकप फुटबल प्रतियोगीताको फाइनल प्रबेश गरेको छ । धनकुटास्थित तल्लो टुंडिखेलमा सोमबार भएका खेलमा वीरगंज युनाइटेडले झापा फुटबल क्लबलाई १–० गोलले हरायो ।
ताप्लेजुङमा अवस्थित पाथिभरा देविको दर्शन गर्न हिँडेका यात्री चढेको बस दुर्घटना हुँदा चार जना तीर्थयात्री घाइते भएका छन् ।
सरकारले कोरोनाको जोखिमबाट बच्न कोरोना विरुद्धको खोप लगाउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाएका व्यक्तिको तुलनामा खोप नलगाएका व्यक्तिलाई कोरोनाको संक्रमण भएमा सिकिस्त बिरामी हुने वा मृत्यु हुने सम्भावना १० गुणले बढी हुने हुँदा खोप लगाउन आग्रह गरेको हो ।
प्रतिनिधिसभा गठन भएको छ महिनापछि अर्थात मङ्गलबारदेखि संसदीय समिति क्रियाशील हुने भएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मिडियाले सकारात्मक रूपमा खबरदारी गरेमा सरकारलाई काम गर्न सहयोग पुग्ने बताउनुभएको छ ।
कैलालीको टीकापुर घटनामा दोषी ठहर भएर जेलमा रहेका रेशमलाल चौधरीको मुद्दा आज (सोमबार) हेर्दाहेर्दै राखिएको छ ।
नवनियुक्त युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले सबै मिलेर खेलकुदमा रहेको बेथिति अन्त्य गर्नु पर्ने बताउनुभएको छ ।
प्रतिनिधि सभा गठन भएको छ महिनापछि अर्थात् मङ्गलबारदेखि संसदीय समिति क्रियाशील हुने भएको छ । सभामुख देवराज घिमिरेले कानुन निर्माण र जनताका सरोकारका मुद्दामा संसदीय समिति एकैसाथ छन् भन्ने सन्देश प्रवाह होस् भनी बिहान नौ बजे १० वटै समितिका बैठक राख्न सुझाव दिनुभएको थियो ।
संयुक्त राज्य अमेरिकाको बाल्टिमोरमा रहेको एभरेष्ट वर्ल्ड क्लास तेक्वान्दोको तत्त्वावधानमा यही जेठ ६ मा आयोजना हुने ‘प्रथम एभरेष्ट राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता’को तयारी पूरा भएको छ ।
आयोजक नेपालले जेठ ८ देखि १४ गतेसम्म राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहल कोर्टमा हुने सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्यालेन्ज कपको उपाधि जित्ने लक्ष्य राखेको छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले निर्वाचन आयोगमा पेस गरेको लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । जसपाले सोमबार आ.व. २०७८/०७९ को प्रतिवेदन सार्वजनिक गरिएको हो ।
‘सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली संशोधन मस्यौदा समिति’ गठन गरिएको छ ।