यहाँको मालिका गाउँपालिकाले कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम लागु गरेको छ। पालिकाले एक कार्यक्रमका बिच हाम्रो मालिका नामक स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक वितरण तथा लेखक सम्मान कार्यक्रम आयोजना गरी सार्वजनिक गरेको हो। गाउँपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रममा स्थानीय वेशभूषा, स्थानीय उत्पादन, धर्म संस्कृति, जातजाति अनुसारको भाषाभाषी, जडीबुटी, पर्यटकीय स्थल, स्थानीय ज्ञान सिपसँगै जीविकोपार्जन र दैनिक जीवनमा प्रयोगमा आइरहने तमसुक, भर्पाई लेखन जस्ता विषयवस्तुलाई समेटिएर पाठ्यक्रमको मस्यौदा तयार गरिएको मालिका गाउँपालिकाका अध्यक्ष देवीराम अर्यालले जानकारी दिनुभयो।
नेपालमा सञ्चार तथा प्रविधिको विकास भए पनि त्यसबाट हुने अपराधलाई नियन्त्रणका लागि कानुनी जटिलता रहेको एक कार्यक्रममा बताइएको छ। सूचना तथा सञ्चार प्रविधि नीति–२०७२ विद्युतीय कारोबार ऐन, २०६३ र विद्युतीय कारोबार नियमावली २०६४ भए पनि बढ्दो सूचना प्रविधिको दुरुपयोगलाई रोक्नका लागि प्राप्त कानुनी व्यवस्था नभएको कार्यक्रमका सहभागीले बताउनुभएको छ।
थुप्रै पीडा र दुःख लुकाएर घर, समुदाय र हेरचाह केन्द्रमा बस्ने आमाबुवाले ज्येष्ठ नागरिक दुर्व्यवहारविरुद्धको विश्व चेतना दिवस मनाएका छन्। संयुक्त राष्ट्रसङ्घले सन् २०११ देखि यो दिवस मनाउन थालेको हो। नेपालका गैरसरकारी निकाय ज्येष्ठ नागरिकको छाता सङ्गठन राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सन् २०१५ देखि यो दिवस मनाउन थालेको हो। सरकारी निकायले यो दिवस मनाउन त्यति चासो नदेखाए पनि विद्यमान कानुनले नेपालमा ज्येष्ठ नागरिकमैत्री ऐन बनाउन थालेको १८ वर्ष पूरा भएको छ।
स्याङ्जा जिल्लामा चक्लाबन्दी कार्यक्रम सुरु भएसँगै सुन्तला खेती गर्नेको सङ्ख्या बढेको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत स्याङ्जामा सुन्तला सुपर जोन कार्यक्रम सञ्चालनमा छ। आर्थिक वर्ष २०७३/७४ बाट स्याङ्जामा सुन्तला सुपर जोन कायक्रम चल्दै आएको छ। यो कार्यक्रमले सुन्तला खेती गर्न चाहने किसानलाई सहयोग पुगेको छ। पछिल्लो समय समूहगत रूपमा सुन्तला खेती गर्नेको सङ्ख्या बढ्दो छ। पुतलीबजार, वालिङ र भिरकोटमा चक्लाबन्दी कार्यक्रममार्फत सुन्तला लगाउन किसानहरूलाई अभिप्रेरित गरेको छ। जसले किसानलाई राम्रो आम्दानीको स्रोत निरन्तर रहने देखिन्छ। जिल्लाका पुतलीबजार नगरपालिका– ११, वालिङ नगरपालिका– १३ र भिरकोट नगरपालिका–५ र ७ वडामा चक्लाबन्दीमार्फत सुन्तला खेती सुरु गराइएको छ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकमा सुशासन कायम गर्न उच्च प्राथमिकता दिएको बताउनुभएको छ ।
ढिलासुस्तीका कारण विकास आयोजना अलपत्र बन्ने र समयमा पूरा नहुने समस्या बढिरहेको अवस्थामा २० महिनाको ठेक्का अवधि भएको म्याग्दीको एउटा आयोजना निर्माणको काम चार महिनामै पूरा भएको छ ।
पूर्ण सरकारी स्वामित्वको निर्जीवन बिमा कम्पनी राष्ट्रिय बिमा कम्पनीले एकै पटक छ आर्थिक वर्षको साधारण सभा सम्पन्न गरेको छ । कम्पनीले साबिकको राष्ट्रिय बिमा संस्थानको तीन वर्षको र राष्ट्रिय बिमा कम्पनीको तीन वर्षको गरी छ आवको साधारण सभा एकै पटक सम्पन्न गरेको हो ।
जिल्ला अदालत काठमाडौँले नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई पूर्वमन्त्री, गृह सचिवसहित १६ जना अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ। दुई सातादेखिको बहस टुङ्गिएपछि न्यायाधीश प्रेमप्रसाद न्यौपानेले शुक्रबार पूर्वउपप्रधानमन्त्री, पूर्वगृहमन्त्री, पूर्वगृहसचिव, पूर्वगृहमन्त्रीका सुरक्षा सल्लाहकार, भुटानी शरणार्थी नेतालगायत कतिपय ‘ठुला’ मान्छेसमेतलाई कारागार पठाउने आदेश दिनुभयो । २८ पृष्ठ लामो आदेशमा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ (१) (ख) र सङ्गठित अपराध नियन्त्रण ऐन, २०७० को दफा ४१ बमोजिम १६ जना अभियुक्तलाई तत्काल प्राप्त आधारमा
संसारमा धेरै जसो मुलुकमा राजनीतिक परिवर्तनपूर्व शान्तिपूर्ण वा सशस्त्र सङ्घर्ष भएको हुन्छ । यही सङ्घर्षबाट राजनीतिक परिवर्तन भएका छन् । बिनारक्तपात राजनीतिक सत्ता परिवर्तन भएको न्यून सङ्ख्यामा मात्र पाइन्छ । नेपालमा मल्लकालीन, शाहकालीन, राणाकालीन सत्ता परिवर्तनमा पनि रक्तपात भएको इतिहास पाइन्छ । भारतमा पनि सत्ता परिवर्तनका निम्ति ठुलो रक्तपात भएको देखिन्छ । चीनमा पनि सशस्त्र युद्ध नै भएको पाइन्छ । रसियन क्रान्ति, फ्रान्सेली क्रान्ति, बेलायती क्रान्ति, युरोपमा भए
बालश्रम भनेको त्यस्तो श्रम हो, जसले बालबालिकाको शिक्षा पाउने अधिकार कुण्ठित गर्छ । बालश्रम बालबालिकाले गर्ने शारीरिक श्रमसँग सम्बन्धित छ । बालश्रमिकको रूपमा काम गर्ने बालबालिका समग्रमा अशिक्षित, पिछडिएको वर्ग, दुर्गम क्षेत्र, तथा गरिब परिवारका हुन्छन् । बालश्रमले बालबालिकालाई उनीहरूको भविष्य राम्रो बनाउन अपरिहार्य शिक्षाबाट वञ्चित गराउँछ । उनीहरूको खेल्ने, कुद्ने, रमाउने, फव्रिmने र फुल्ने सपनाबाट वञ्चित गराउँछ । आमा बुवाको न्यानो काख अनि प्रेम र स्नेहशील छहारीबाट टाढा बनाउँछ ।
राज्यले विद्यालय शिक्षालाई स्थानीय तह अन्तर्गत रहने व्यवस्था गरेको छ । शिक्षाको नयाँ संरचना अन्तर्गत कक्षा ८ सम्मको शिक्षालाई आधारभूत शिक्षा भनिएको छ भने कक्षा ९ देखि १२ सम्मलाई विद्यालय शिक्षा । यसको साथै १ देखि ८ कक्षासम्मको १०० पूर्णाङ्कको पाठ्यपुस्तक निर्माण गरी पठनपाठन गर्न पाउने अधिकार पनि स्थानीय तहलाई हस्तान्तरण गरिएको छ । स्थानीय तहमा पाठ्यक्रम निर्माण गर्दा के कस्ता विषय वस्तु छनोट गर्ने भन्ने विषयमा अध्ययन, अनुसन्धान, विचा
विश्वका हरेक भागको समग्र भूगोलमै विभिन्न प्राकृतिक प्रकोपको सम्भाव्य जोखिम छ । मानवीय क्रियाकलाप, प्राकृतिक सम्पदाको अविवेकी दोहन, जलवायु परिवर्तन आदिले प्राकृतिक प्रकोपको जोखिम बढाएको सर्वविदितै छ । प्राकृतिक प्रकोप न्यूनीकरण गर्न पूर्वतयारी तथा सतर्कता अपनाउन जरुरी छ । नेपालको राजधानी काठमाडौँ उपत्यका, तराई क्षेत्र तथा पहाडी भू–भाग प्राकृतिक प्रकोप व्यवस्थापनका दृष्टिले संवेदनशील क्षेत्र मानिन्छ । घना आवादी बढ्दै जानु, कमजोर किसिमले आधारभूत संरचना निर्माण हुनु, जाडोयाममा शीतलहर र आगलागी, वर्षायाममा चारैतिर ठुलो बाढीपहिरोका समस्याका कारण यहाँको प्रकोप सङ्कटापन्नता तथा जोखिमको
अर्थतन्त्रमा सुस्तता आउँदा चालु आर्थिक वर्षको सुरुवातदेखि नै न्यून सङ्कलन भइरहेको आन्तरिक राजस्वमा सुधार देखिएको छ । गत आवभन्दा पनि कम उठिरहेको यस्तो राजस्व चालु आर्थिक वर्षको ११ महिना (जेठ) पूरा हुँदासम्म भने विगतकै हाराहारीमा पुगेको छ । आन्तरिक राजस्व सङ्कलनको जिम्मेवारी पाएको आन्तरिक राजस्व विभागका अनुसार जेठसम्म चार खर्ब आठ अर्ब ६४ करोड रुपियाँ आन्तरिक राजस्व सङ्कलन भएको छ ।
गायक तथा सङ्गीतकार रमेश कडरियाको ‘तिमी भए मात्रै’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा शब्द ओमनाथ कडरियाको छ भने सङ्गीत र स्वर रमेश आफैँले दिनुभएको छ । उहाँलाई आवाजमा बेनिशा पौडेलले साथ दिनुभएको छ ।
सुवर्ण हुमागाईंले लेख्नुभएको पुस्तक ‘जीव, ईश्वर र मानिस’ को लोकार्पण भएको छ । हिमालय बुक स्टलद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रममा सांसद गगन थापा, प्राडा उदयराज खनाल र स्वामी एकार्थनन्दलगायतले सो पुस्तकको लोकार्पण गर्नुभएको छ । सांसद गगन थापाले यस पुस्तकमा लेखकले अध्यात्म, ज्ञान, दर्शनलाई घनश्याम नामक पात्रले गर्ने प्रश्न तथा जिज्ञासामार्फत मेहनत तथा जोखिमसमेत मोलेर पाठकमाझ ल्याउने राम्रो प्रयास गरेको बताउनुभयो । उहाँले लेखक हुमागार्इंको स्वअध्ययन, ध्यानलगायतका व्यवहारबाट आफू प्रभावित भएको बताउँदै धर्म, आत्मा, ब्रह्माण्डको सिर्जनाबारे लेखिएको यस पुस्तकबाट पाठकले ज्ञान लिने विश्वास व्यक्त गर्नुभयो ।