गण्डकी प्रदेश सरकारले पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप अभियानलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता जनाएको छ ।
राष्ट्रिय सभा सदस्य वामदेव गौतमले हरेक पहाडको टाकुरालाई पर्यटनस्थल बनाएर नेपालको विकास गर्नुपर्ने बताउनुभएको छ।
नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले काठमाडौंमा विद्युतको तार भूमिगत गर्ने काम भइरहेको भन्दै केही महिना नागरिकले अप्ठ्यारो व्यहोर्नुपर्ने बताउनुभएको छ ।
रौतहटको एक सामुदायिक विद्यालयको आधारभूत तहमा अध्ययन गर्ने अधिकांश बालबालिकामा कुपोषण देखिएको छ ।
बझाङमा सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी दुर्घटना भएको विषयलाई छानबिन गर्न समिति गठन गरिएको छ ।
सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागका उपप्राध्यापक प्रेमबहादुर चलाउनेलाई आक्रमण गर्नेहरूमाथि चलाइएको मुद्दा फिर्ता नलिन अन्तरिम आदेश जारी गरेको छ ।
बुटवल उपमहानगरपालिकाले स्वास्थ्य र शिक्षा, कृषि र पर्यटनलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०८०।०८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ।
शेयर कारोबार हुने साताको अन्तिम दिन आज धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक चार दशमलव ७५ अङ्कले उकालो लागेर दुई हजार ५५ दशमलव ५३ मा पुगेको छ ।
लहान नगरपालिकाको सामुदायिक विद्यालयहरूको शैक्षिक सुधारको लागि नगर शिक्षा शाखा र जनप्रतिनिधिहरूले निरन्तर अनुगमन गरेपछि शैक्षिक सुधार देखिन थालेको छ ।
दिगो विकास तथा सुशासन समितिले राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन गर्न सरकारलाई निर्देशन दिएको छ । बिहीबार बसेको दिगो विकास तथा सुशासन समितिको बैठकले राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन गर्नका सरकारलाई निर्देशन दिएको हो ।
जिम्बावेमा जारी आइसिसी एक दिवसीय विश्वकप छनोटको तेस्रो खेलमा नेपाललाई वेस्ट इन्डिजले जितका लागि तीन सय ४० रनको लक्ष्य दिएको छ ।
उच्च अदालत पाटनले काठमाडौंका चलचित्र हलहरूमा हिन्दी फिल्मको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
नेपाल विद्युत प्राधिकरणका तत्कालीन मेकानिकल इन्जिनियर कृष्णप्रसाद यादवविरुद्ध एक करोड ४२ लाख ५२ हजार ५५० रुपियाँको भ्रष्टाचार मुद्दा दायर भएको छ।
महिलाहरूको क्षमता विकास गर्ने उद्देश्यले उद्घोषण, भाषण कला तथा वाक क्षमता वृद्धि गर्ने तालिम सञ्चालन गरिएको छ । सुनकोशी गाउँपालिकाले लक्षित वर्ग अन्तर्गत महिला सशक्तीकरणका लागि तालिम सञ्चालन गरिएको हो ।
भोजपुर नगरपालिकाले आव २०८०/०८१ को आठौँ नगर सभाबाट नीति तथा कार्यक्रमसहित बजेट पारित गरेको छ।