यसपालि चाँडै मनसुन सुरु भए पनि रोपाइँ ढिलो भइरहेको छ । कृषि विभागका अनुसार यो वर्ष हालसम्म मुलुकभर ३०–३५ प्रतिशत मात्रै रोपाइँ भएको छ जबकी गत वर्ष यो बेलासम्म ५० प्रतिशतभन्दा बढी धान रोपाइँ भइसकेको थियो ।
जब आकाश मडारिएर पानी पर्न सुरु हुन्छ, रोङ गाउँपालिका–४, प्यूरेका टङ्क बस्नेतको होस र चेत हराउँछ । प्यूरेको पहिरो आसपासका स्थानीयलाई वर्षा याममा न भोख लाग्न न तिर्खा नै । “जग्गा जमिन बगाई सक्यो, मानिस जोगाउन पनि सकस पर्छ ।
आईसीसी विश्वकप लिग–२ को तयारीका लागि क्यानडा भ्रमणमा रहेको नेपाल क्यानडाविरुद्धको एकदिवसीय खेलमा पराजित भएको छ । क्यानडाको किङ सिटी स्टेडियममा बुधबार राति भएको खेलमा नेपाल क्यानडासँग ८३ रनले पराजित भयो ।
शीर्ष वरीयताका नोभाक जोकोभिच बुधबार दुई सेटले पछाडि परेर पनि दसौँ वरीयता प्राप्त यानिक सिनरलाई ५–७, २–६, ६–३, ६–२, ६–२ ले हराएर विमबल्डनको सेमिफाइनलमा पुग्नुभएको छ ।विम्बल्डनमा नम्बर एक खेलाडी जोकोभिचको यो लगातार २६औँ जित भएको छ । जोकोभिच लगातार चौथो र कुल सातौँ पटक विम्बल्डन जित्ने दाउमा हुनुहुन्छ । उहाँ २१औँ पटक ग्रान्डस्लाम जित्ने अभियानमा पनि रहनुभएको छ ।
मेरा जीवनका सम्पूर्ण सपनाहरूको लाशले बनेको साँघुरो गल्ली भएर मलाई भेट्न किन आयौ ? पत्रकार !
खानेपानी सुरक्षा तथा बास उत्थानशीलता परियोजनाले दोलखाको दुई पालिकामा करिब दुई हजार धारा निर्माण गरिदिएपछि पानीको समस्या बेहोर्दै आएका स्थानीयवासीले घरआँगनमै पानी प्रयोग गर्न पाएका छन् ।
सामान्यतया सरकारी कर्मचारीले कार्यालय प्रवेश गरेपछि कार्यालय समयमा दैनिक हाजिर गर्छन् तर भेरी अस्पताल नेपालगञ्जका एक जना वरिष्ठ चिकित्सकले भने एक सातापछिसम्मको हाजिर गरेको पाइएको छ । अस्पताल विकास समितिका स
दोहोरो भूमिकामा छ देश दोहोरो भूमिका छ नेतृत्व र, दोहोरै भूमिकामा छन् मानिसहरू ।
बाजुराको बूढीगङ्गा नगरपालिकामा कडा सुरक्षाबीच बिहान ७ः०० बजेदेखि मतदान सुरु भएको छ । गत वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा बूढीगङ्गा नगरपालिकाको अधिकांश मतदान स्थलमा धाँधली हुँदा यहाँको मतगणना रोकिएपछि असार २३ गतेका लागि पुनः निर्वाचन तय भएको हो ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने पछिल्ला दुई दिनमा दुई विदेशी फ्रेन्चाई लिगमा आबद्ध हुनुभएको छ । यस सत्रको क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा सन्दीपले जमैका तालाबाजको जर्सीमा खेल्ने हुनुभएको छ । ज
मलेसियामा रहेको विश्वकै ठूलो आईटी कम्पनीले शून्य लागतमा ४५० नेपाली श्रमिक लैजाने गरी द्विपक्षीय सम्झौता गरेको छ । मलेसियाको बिस्र्टन टेक्नोलोजी र नेपालका वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनी आकर्षण इन्टरनेसनल र लालधनुुष इन्टरनेसनलबीच शून्य लागतमा नेपाली श्रमिक लैजाने विषयमा मङ्गलबार द्विपक्षीय सम्झौता सम्पन्न भएको हो ।
सिन्जा गाउँपालिका–२ का ८१ जना ज्येष्ठ नागरिकलाई बर्खायाममा छाता र टर्च वितरण गरिएको छ । वडा कार्यालयले वर्षाका बेला ज्येष्ठ नागरिकको सहयोगका लागि छाता र टर्च वितरण गरिएको हो । वडाध्यक्ष तीर्थ वडले ज्येष्ठ नागरिकको सल्लाहअनुसार छाता र टर्च वितरण गरिएको हो । उहाँले भन्नुभयो, “वर्षामा छाता र राति बाहिर जान उज्यालो आवश्यक भएकाले टर्च उपलब्ध गराइएको हो ।”
एभरेस्ट बैङ्क लिमिटेडले बर्दियाको राजापुरमा आफ्नो ११७औंँ शाखा सञ्चालनमा ल्याएको छ । राजापुर नगरपालिकाका प्रमुख दिपेश थारू र एभरेस्ट बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले बुधबार सो शाखाको संयुक्त उद्घाटन गर्नुभयो ।
श्रीमान् बेपत्ता भएको ३० वर्ष भयो । सहारा दिने दुई छोरी पराइघर गए । ओत लाग्ने एउटा जीर्ण घर पनि असारे झरीले भत्काएपछि ६८ वर्षीया तारा भट्टको बिचल्ली भएको छ । दशरथचन्द नगरपालिका–२, कठपतेनजिकै रहेको सुतेगाड निवासी भट्टको घर भत्केपछि तारा भट्ट बिचल्लीमा पर्नुभएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक बुधबार पनि स्थगित भएको छ । अर्को बैठक बिहीबारका लागि तय गरिएको छ । पदाधिकारी, स्थायी र पोलिटब्युरो सदस्य चयनका लागि गृहकार्य गर्ने भनेर मङ्गलबार स्थगित गरिएको बैठक बुधबार संसद्मा सहभागी हुनुपर्ने भन्दै स्थगित भएको हो ।