व्यास गाउँपालिका –१ तिङ्कर गाउँमा नेपाल टेलिकमको फोन सेवा सञ्चालनमा आएको छ । तिङ्करमा पहिलो पटक नेपाल टेलिकमको फोन सेवा सञ्चालनमा आएको व्यास गाउँपालिका अध्यक्ष मंगलसिंह धामीले जानकारी दिनुभयो ।
समुद्रको पिँधमा भेटिने हिराजस्तै यहाँको सायल झरनाको महत्व बढ्दैगएको छ । भौगोलिक विकटता तर प्रकृतिको अनुपन सौन्दर्य भएको एउटा क्षेत्रको रुपमा परिचित छ यो झरना ।
बागलुङ समाचारदाताबागलुङ, जेठ २५ गते। बागलुङको बरेङ गाउँपालिका-४ सल्यानका किसान खत्री गत वैशाख १५ गतेसम्म वडा कार्यालयमा सहयोगीको भूमीकामा हुनुहुन्थ्यो। पहिलो स्थानीय तह निर्वाचनपछि स्वतन्त्रबाट वडाध्यक्षमा निर्वाचित लिलबहादुर खत्रीले नियुक्त गर्नुभएको थियो। पाँच वर्ष कार्यालय सहयोगीको भूमीकामा जनताको सेवा गर्नुभएको किसान खत्रीले दोस्रो स्थानीय तह निर्वाचनमा आफैलाई नियुक्त गर्ने वडाध्यक्षलाई पराजित गर्दै वडाध्यक्ष बन्नुभएको हो। राजीनामा दिएको पन्ध्र दिनमा जनताबाट अनुमोदित भएर किसान वडाध्यक्षको जिम्मेवारीमा पुग्नुभएको हो। उहाँ सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएको थियो। लिलबहादुर फेरि पनि स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो। किसानले ३०४ मत प्राप्त गर्दा लिलबहादुरले २७७ मत प्राप्त गर्नुभएको थियो। ‘कार्यालय सहयोगी भए पनि जनताको सेवामा थिएँ’ उहाँले भन्नुभयो, ‘अब पनि जनताकै सेवक भएर काम गर्छु।’ स्थानीय विकास निर्माणको लागि सबैलाई समेटेर जाने किसानको भनाइ छ। अध्यक्षका प्रतिस्पर्धी लिलबहादुरले जनताको मतलाई सम्मान गर्दै आफ्नो क्षेत्रको समृद्धिको लागि पाँच वर्षीय अनुभव र सिकाइको प्रयोग गर्ने बताउनुभयो। फरक भूमीकामा भएपनि जनप्रतिनिधिलाई निरन्तर सहयोग गर्ने उहाँको भनाइ छ। बरेङ गाउँपालिकामा राष्ट्रिय जनमोर्चाका कृष्णप्रसाद पौडेल अध्यक्ष र नेपाली कांग्रेसका दिलीप पुन उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो। पाँच वटा वडा रहेको बरेङमा २ वटा वडा राजमो, २ वटा कांग्रेस र एउटा वडामा नेकपा (एमाले) विजयी भएको छ।
जिल्लामा धान खेतीका लागि मात्रै १२ सय मेट्रिक टन डीएपी, तीन हजार मेट्रिक टन युरिया र ५० मेट्रिक टन पोटास मल माग भएको कृषि सामग्री कम्पनीले जनाएको छ । कम्पनीका अनुसार हाल १६५ मेट्रिक टन डीएपी मात्रै मौज्दात रहेको छ ।
रमेश विश्वकर्मा गुल्मी जेठ २५ गते । गुल्मीको रेसुङ्गा नगरपालिकाको कार्यपालिका सदस्यमा निर्वाचित सदस्यले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बुधबार रेसुङ्गा नगरपालिकाको सभाहलमा नगरप्रमुख खिलध्वज पन्थीले कार्यपालिका सदस्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो । शपथ ग्रहणपछि कार्यपालिका सदस्यलाई नगरप्रमुख पन्थीले आम नागरिकको पीर र मर्का बुझेर काम गर्न आग्रह गर्नुभयो । खाली समयमा पनि नगरपालिकालाई कसरी समृद्ध बनाउन सकिन्छ ? भनेर सोचेर बस्न आग्रह गर्दै रचनात्मक सुझाव आफूहरुलाई दिन पनि आग्रह गर्नुभयो । नगरबासीको अभिभावकत्व आफूले ग्रहण गरेको उल्लेख गर्दै नगरप्रमुख पन्थीले पुरातनवादी चिन्तले विकास अगाडि बढ्न नसक्नेसमेत उल्लेख गर्नुभयो। नगरप्रमुख पन्थीले जनमतलाई नबिर्सिएर काम गर्न पनि आग्रह गर्नुभयो । नगरकार्यपालिकाको महिला/दलित वा अल्पसङ्ख्यक सदस्य पदको निर्वाचनमा नेपाली कांग्रेसबाहेक अन्य राजनीतिक दलबाट उम्मेदवारी नपरेपछि उम्मेदवारी दिएका उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार यमबहादुर विश्वकर्मा, बालकृष्ण बराल, सीता विश्वकर्मा, पुष्पा पन्थी, कमला धुरेल, शोभ नेपाली, मनीषा खत्री र सावित्रा श्रेष्ठ निर्वाचित हुनभएको हो ।
नेकपा (एमाले)निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले पाँच महिनादेखि बन्द रहेको त्रिभुवन विश्वविद्यालय सुचारु गर्न सरकारसँग माग गरेको छ ।
नेपाली कांग्रेसकी सांसद डा. डिला सङ्ग्रौलाले देशमा भइरहेको मल अभाव आपूर्तिका लागि भारतसँग कूटनीतिक पहल गर्नुपर्ने बताउनुभएको छ ।
चराका क्षेत्रमा लामो समयदेखि अध्ययन अनुसन्धान गर्दै आउनुभएका वासु विडारीले ‘चाईनिज पोन्ड हेरोन’ चरा नेपालमा पहिलो पटक देखापरेको जानकारी दिनुभयो ।
धनुषाको ढल्केवर–जनकपुर–जटही मार्गमा सुरक्षित सडक बनेपछि सवारी दुर्घटनामा कमी आएको छ ।
संयुक्त राष्ट्रसङ्घले सोमालियामा सयौँ हजार नागरिक खडेरीका कारण खाद्यान्न अभावको चरम अवस्थामा परेकाले आवश्यक सहयोग गर्न आग्रह गरेको छ ।
काठमाडौं, जेठ २५ गते । बक्स अफिसमा सफलता पाउन नसकेको फिल्म ‘डाँडाको वरपीपल’ युट्युबमा रिलिज भएको छ । फिल्मले युट्युबमा भने राम्रो दर्शक बटुलेको हाे । फिल्म अहिले युट्युव ट्रेन्डिङको शीर्षस्थानमा छ । फिल्ममा अभिनेता सलोन बस्नेत र रुविना श्रेष्ठको मुख्य भूमिका छ । फिल्ममा शिव श्रेष्ठ, भुवन केसी, गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापा, विनोद न्यौपाने, राजीवजङ्ग बस्नेत, अस्मिता जुरेली, हिउँवाला गौतम, उतम केसी, सङ्गम भण्डारी, सुशान्तकुमार श्रेष्ठ, प्रभात पल, अस्मी थापा, प्रदीप गिरी, ज्ञानकुमार कट्टेललगायतको अभिनय छ । नवराज गिरीको लगानी रहेको सिनेमालाई सुशान्त प्रजापतिले खिच्नुभएको हो । फिल्मलाई शोभित बस्नेतले निर्देशन गर्नुभएको हो ।
सरकारले सरकारी, निजी तथा गैरसरकारी सङ्घ/संस्थामा कार्यरत महिला कर्मचारीलाई सुत्केरी बिदा उपलब्ध गराउन निर्देशन दिएको छ ।
सर्लाहीको लालबन्दीमा बुधबार बिहान टाटासुमो दुर्घटना हुँदा एकै परिवारका चारसहित पाँच जना घाइते भएका छन् ।
प्रहरीका अनुसार रञ्जना सोडा गल्लीस्थित काठमाडौं महानगरपालिका वडा नं.१२ टेकु घर भएका अन्दजी ३४ वर्षीय सुरेन महर्जन मृत अवस्थामा फेला पर्नुभएको हो ।
नेकपा (एमाले)का सांसद योगेश भट्टराईले सरकारले मल ल्याउन नखोजेको आरोप लगाउनुभएको छ ।