युक्रेनबाट खाद्यान्न आपूर्ति भएपछि विश्वमा खाद्यान्नअभावको समस्या केही हदसम्म समाधान संयुक्त राष्ट्र संघले बताएको छ । खाद्यान्न बोकेको पानी जहाजलाई पहिलो खेप युक्रेनी बन्दगाह (हाल रुसी कब्जा)बाट सुरक्षित रुपमा गन्तब्यतर्फ पठाउन सबै सम्बद्ध पक्षहरुले तयारी थालेका छन् ।
बाँके जिल्लाका अन्य क्षेत्रको तुलनामा विकास निर्माणमा पछाडि परेको राप्तीपारिका क्षेत्रमा क्रमशः विकासले गति लिंदै गएको छ ।
काठमाडौँ उपत्यकाका बौद्ध धर्मावलम्बीले एक महिनासम्म मनाउने ‘गुँला पर्व’ आजदेखि सुरू भएको छ । वर्षभर दिवंगत भएका आफन्तको सुखावति भुवन (वैकुण्ठ) मा बास परोस् भन्ने कामना गर्दै उनीहरुका आफन्तले एक महिनासम्म आफ्नो घर नजिकै रहेका बौद्ध विहार तथा चैत्यको परिक्रमा गर्ने प्रचलन छ ।
गृहमन्त्री बालकृष्ण खाण र पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । दाहाल निवास खुमलटारमा भएको भेटमा राष्ट्रिय राजनीति र समसामयिक विषयवस्तुबारे कुराकानी भएको छ ।
मालीमा पर्ने टिम्बक्टु इस्वी संवत्को १५औँ र १६औँ शताब्दीमा इस्लाम सभ्यताको एक प्रमुख बौद्धिक थलो थियो। हालको पश्चिम अफ्रिकी देश मालीको मध्यमा पर्ने टिम्बक्टु सहर इस्लामको स्वर्ण युगमा शताब्दीयौँसम्म संस्कृति र विद्या प्राप्तिका लागि प्रमुख केन्द्रका रूपमा विकसित भयो।
सामुदायिक विद्यालयबाट जिपिए चार ल्याउने गुल्मी जिल्लामै एक्लो आशिष बस्नेत बन्नुभएको छ । रेसुङ्गा माध्यमिक विद्यालयमा अध्यनरत बस्नेतले जिल्लाकै सर्वोत्कृष्ट नतिजा ल्याउनु भएको छ ।
वर्तमान समयमा मानिसको जीवन अति नै व्यस्त र अनेक विषयमा रुमलिएको देखिन्छ। जसले गर्दा मानिसमा अनेक खालका नकारात्मक सोचाइको विकास हुने तथा जीवन यत्तिकै बिनाकुनै उपलब्धि व्यतित भइरहेको छ। यसै विषयमा केही मानोविज्ञानका कुरा गरौँ, जसले यो जीवनलाई केही हदसम्म सहयोग गर्नेछ।
सिन्धुपाल्चोक, साउन १३ गते । सिन्धुपाल्चोकका स्थानीय सरकारले करोड खर्चेर कृत्रिम झरना निर्माण गरेको छ । स्थानीय सरकारको जीवनस्तर उकास्ने कार्यलाई छाडेर भ्यू–टावर, कृत्रिम झरना, सवारीसाधान जस्ता अनुत्पादक क्षेत्रमा करोडौं बजेट खर्चने गरेको भन्दै गुनासाे बढ्दै गएको छ । यसको एक उदाहारण हो पाँचपोखरी थाङपाल गाउँपालिकाले कृत्रिम झरना निमार्णका लागि एक करोड २९ लाख रकम खर्चेको छ । दश लाखभन्दा बढी बजेटमा डिपिआर गरिएको थियो । उक्त गाउँपालिकामा पाँच दर्जनभन्दा बढी प्राकृतिक मनोमहक झरना छन् । प्राकृतिक झरनालाई व्यवस्थित बनाउन छाडेर कृत्रिम झरना निर्माण गर्नु उचित नभएको स्थानीयहरुले आपत्ति जनाउँदै आएका छन् । ‘प्राकृतिक झरनाले भरिभराउ स्थानमा किन कृत्रिम झरना निमार्ण गर्नुपर्याे ?’ स्थानीय प्रकाश सापकोटाले प्रश्न गर्नुभयो । के उद्देश्यका लागि निर्माण गरिएको भन्ने पनि स्पष्ट नभएको उहाँको भनाइ छ । गाउँपालिका भरमा रहेका प्राकृतिक झरना, पर्यटकीय क्षेत्रमा सही र सदुपयोगपूर्ण तरिकाले बजेट खर्च गर्न पनि उहाँले सुझाव दिनुभएको छ ।उक्त कृत्रिम झरना गाउँपालिका वडा नम्बर– ३ स्थित छिम्ती भीरको पाँच सय मिटर उचाइबाट खसालिएको छ । त्यसबाट खसालिएको पानी कहीँ कत्तै प्रयोगमा ल्याइएको छैन । प्राकृतिक झरना छाडेर कृत्रिम झरनामा कोही कसैले सेल्फी खिच्ने गरेका छैनन् । उक्त वडाका अध्यक्ष ङिमाछिरिङ तामाङले कृत्रिम झरनाले स्थानीय सरकार र जनता समृद्ध हुने दावी गर्नुभयो । सिँचाइ, खानेपानी, जलविद्युत आयोजना लगायत बहुउद्देश्यीय कृत्रिम झरना निर्माण गरिएको अध्यक्ष तथा नेपाली काँग्रेसका जिल्ला सभापति जंगबहादुर लामाले अनुत्पादक क्षेत्रमा सरकारी बजेट हालेर भ्रष्टचार नगर्न चेतावनी दिनुभयो । गाउँपालिका समृद्ध बनाउन जनताको दैनिकीमा परिवर्तन आउने खालका काम गर्न उहाँले जनप्रतिनिधिलाई सुझाव दिनुभयो । यता गाउँपालिका अध्यक्ष टासी लामाले कृत्रिम झरना निर्माणसँगै पालिकालाई पर्यटकीय हब बनाउने लक्ष्य राखेको बताउनुभयो ।
ऋतु सरस छ वर्षा मेघको रूप कालो ।जलद सघनको हो बर्सिने फेरि पालो ।।तृण विटप खुसी छन् मख्ख छन् खेतबारी ।श्रम सुरु हुन थाल्यो हेर दैलो उघारी ।। १ झिलिकमिलिक गर्दै चम्किँदै फेरि निभ्दै ।बिचबिच बिजुलीले हो कि यो नृत्य सिक्दै ।।गड गड गड गर्दै मेघले ताल दिन्छ ।दरदर अनि दर्की शीघ्र पानी चुहिन्छ ।।२ जल रसमय वर्षा रङ्गमञ्चीय शाला ।गगनतल छ डम्मै चित्रझैँ मेघमाला ।।जमिन छ यतिबेला तृप्तिले मख्ख पर्दै ।कृषकजन खुसी छन् खेतमा काम गर्दै ।।३ हरितमय सबै छन् खेत, बारी, बगान ।प्रकृति पनि अहा ! क्या लाग्छ साँच्चै जवान ।।तन अलिकति भिज्दा हुन्छ आनन्द भान ।अमृतसरि छ पानी गर्छ संसार पान ।।४ ऋतु जलद मजाले बर्सिँदा ता भर्दै ।चपल गति छ बग्दै छन् नदी गर्व गर्दै ।।कतिपय खहरेमा बग्छ बाढी अदम्य ।झरझर झरनाको वेग उस्तै छ रम्य ।।५ विपिनबिच भिजेका छन् लता वृक्ष सारा ।मन प्रमुद छ पाई प्यून पीयूषधारा ।।परिचर दल पक्षी, माहुरी, भृङ्ग नाना ।बरबर जल झर्दा चल्छ गाना बजाना ।।६ कलकल बिरुवा छन् पोषले सप्रिएझैँ ।तरुदल पनि दङ्गै दारुले लट्ठिएझैँ ।।चपल मन भएका किन्नरी नाच्न थाले ।नवयुवकरूप क्या मस्किँदै छन् मजाले ।।७ तनुरस सुकिहाल्यो, भो चिसो मन्दमन्द ।मधुर मधुर लाग्यो मृत्तिकाको सुगन्ध ।।सरर पवन चल्दा हो कि झैँ लाग्छ छन्द ।अनि पछि जल वर्षा हुन्छ चर्केर द्वन्द्व ।।८ नद–जलकुल सारा छन् धनी हृष्टपुष्ट ।अलि अधिक भएमा हुन्छ बाढी प्रदुष्ट ।।जल वितरण गर्दा मेघले व्योमबाट ।रसमय अवनी भो तृप्तझैँ सोमबाट ।। पिहित जलधिपुत्रीबाट आकाश कैले ।रवि, शशि अनि तारा लुक्नुपर्ने त्यसैले ।।अलिकति भिजिहालूँ भन्न चाहेँ मनैले ।लिइनँ नि तर छाता ओढ्न चाहेर मैले ।।१० समय छ ऋतुबोधी श्रावणी भाद्रमासी ।श्रमबिच पनि कस्तो हुन्छ आत्माभिलाषी ।।अति मृदुमय लाग्ने मौसमी रागभित्र ।मन पुलकित गर्दै हेर्छु वर्षा चरित्र ।।११ परिश्रमी निकेतनबर्दघाट नपा–४, नवलपरासी
हामी आफ्नै छेउको झरनाको पानी नपिएर ‘प...र’ इनारको कुहिएको पानी पिउनमा रमाइरहेका छौँ । एक पटक दार्शनिक लियोनार्दो दा भिन्चीले भनेका थिए, ‘झरनाको नजिक बस्ने मान्छेले इनारको पानी पिउँदैन ।’ यो भनाइ विद्यार्थी हुँदा पढेको थिएँ तर बुझेको थिइनँ । आज बुझ्दै छु ।
२०७८ कात्तिक २ गतेको बेमौसमी वर्षापछि कर्णालीमा आएको बाढीले गरेको क्षतिबाट प्रभावित टीकापुरमा यसवर्ष पनि जोखिम घटेको छैन् ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले राष्ट्रिय उत्पादन बढाउन उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्ने बताउनुभएको छ । बिहीबार हेटौँडा आइपुग्नुभएका उद्योगमन्त्री बडूले उद्योगी व्यवसायीसँगको भेटमा उक्त कुरा बताउनुभएको हो । उद्योगी व्यवसायीसँग मन्त्री बडूले देशको अर्थतन्त्र सहज नभएको भन्दै बढ्दो आयात र अपेक्षाअनुसार निर्यात नहुँदा व्यापार घाटा बढेको बताउनुभयो ।
सरकारी लगानी रहेको भुक्तानी सेवा प्रदायक ‘नमस्ते पे’का प्रयोगकर्ता एक लाख नाघेका छन् । नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैङ्कको संयुक्त लगानीमा सञ्चालित नेपाल डिजिटल पेमेन्ट कम्पनीअन्तर्गत नमस्ते पे सञ्चालनमा छ । कोभिड–१९ ले सिर्जना गरेको जटिल परिस्थितिकै अवस्थामा कम्पनी सुरु गरे पनि पछिल्लो समय यसका प्रयोगकर्ताको आकर्षण बढिरहेको प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो । “समयमै उपकरण आपूर्ति नहुनेजस्ता समस्या हुँदाहुँदै पनि यहाँसम्म आइपुग्नु सकारात्मक कुरा हो,” उहाँले भन्नुभयो ।
कृषिमा उत्पादन वृद्धि गरी आत्मनिर्भर बन्ने कार्यक्रम सञ्चालनका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले १० अर्ब रुपियाँ पाएको छ । यो चालू आर्थिक वर्षको नियमित बजेटबाहेकको रकम भएको मन्त्रालयले जनाएको छ । तीनदेखि पाँच वर्षभित्र कृषिमा आत्मनिर्भर हुने लक्ष्यसहित कृषि मन्त्रालयले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । यिनै कार्यक्रम सञ्चालनका लागि अर्थ मन्त्रालयले यस पटक आत्मनिर्भर शीर्षकमै १० अर्ब रुपियाँ दिएको हो ।