काठमाडौं, जेठ १९ गते। संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयूसीसी) ले सरकारको बजेटमा किसान पेन्सन योजनामा कृषि श्रमिकलाई समेट्न माग गरेको छ। जसअन्तर्गत, श्रम रोजगारी सिर्जना गर्ने सम्बन्धमा किसान पेन्सन योजना सुरु गर्न बिउपूँजी स्वरुप एक अर्ब विनियोजन गरिएकोमा यसमा कृषि श्रमिकलाई पनि समेट्नुपर्ने सुझाव राखिएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको नेतृत्वमा उच्चस्तरीय समन्वय समिति गठन गर्ने भनिएको बुँदामा श्रमिक वर्गको प्रतिनिधित्व अनिवार्य गर्नुपर्ने बताइएको छ।जेटीयूसीसीका महासचिव नवराज दाहालले विज्ञप्तिमार्फत श्रम बजारसँग सम्बन्धित विषयमा सुझावसहित बजेटमा समावेश गरिनुपर्ने बुँदाहरु सार्वजनिक गर्नुभएको हो। जेटीयूसीसीले राहत तथा प्रोत्साहन अन्तर्गत बजेटले कर्मचारीको मासिक पारिश्रमिक १५ प्रतिशतले वृद्धि भएको उल्लेख गरिएको तर, औपचारिक र अनौपचारिक क्षेत्रका श्रमिकलाई पर्ने असर र समाधानको विषय उल्लेख नभएको बताएको छ। वैदेशिक रोजगारीबाट फर्किएका युवाको सीप र पूँजीमा लगानी गर्दै स्वरोजगार क्षेत्रमा प्रोत्साहन गरिने कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको छ।यस्तै, जेटीयूसीसीले अधिकार सम्पन्न राष्ट्रिय श्रम आयोग गठन हुनुपर्ने माग अगाडि सार्दै आएकोमा “राष्ट्रिय श्रम प्रतिष्ठान” मा सिमित गरिएको विषय उल्लेख छ। सामाजिक सुरक्षा र संरक्षण अन्तर्गतको कार्यक्रमलाई प्रभावकारी बनाइने कार्यक्रम अन्तर्गतको व्यवस्था कार्यान्वयनका लागि ऐन, नियम जारी गरेर प्रभावकारी रुपमा लागू गर्न बताइएको छ। यसैगरी, बजेटमा समावेस नभएका विभिन्न विषय सम्बोधनका लागि जेटीयूसीसीले माग गरेको छ। सरकारको नीति, कार्यक्रम तथा बजेटले समेटेका सम्बन्धित विषयमा प्रभावकारी कार्यान्वयन, अनुगमन तथा निरीक्षणका लागि जेटीयूसीसीको प्रतिनिधित्व रहने गरी संयन्त्र निर्माण गर्ने माग गरिएको छ। श्रमिकको पञ्जीकरण गर्न प्रत्येक स्थानीय तहमा श्रम डेस्कको व्यवस्था गर्नुपर्ने, औपचारिक क्षेत्रका सबै श्रमिकलाई अनिवार्य बैंक खातामार्फत पारिश्रमिक भुक्तानीको व्यवस्था हुनुपर्ने, प्रारम्भिक बालविकास केन्द्रमा शिक्षक तथा कर्मचारीलाई सरकारले निर्धारण गरे बमोजिक न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षा योजना उपलब्ध गराउनुपर्ने बताइएको छ।
सल्यानको कपुरकोटमा परेको असिना पानीले दुई करोड रुपियाँ बराबरको तरकारी तथा फलफूलमा क्षति पुर्याएको छ ।
बुटवल उपमहानगरपालिकाको कार्यपालिकामा सबै सदस्य गठबन्धन दलबाट निर्वाचित हुनुभएको छ । आज भएको नगर कार्यपालिकाको निर्वाचनमा आठ जना सदस्य गठबन्धनबाट निर्वाचित हुनुभएको निर्वाचन अधिकृत लेखनाथ पोखरेलले जानकारी दिनुभयो ।
मधेश प्रदेशको प्रदेशसभाको नवौं अधिबेशन बिहीबार (आज) बाट शुरु भएको छ । प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेशसभाको नवौं अधिबेशन प्रारम्भ गर्न पठाएको पत्र पढेर सभामुख सरोजकुमार यादवले नवौं अधिबेशन प्रारम्भ भएको घोषणा गर्नुभयो ।
प्रहरी प्रधान कार्यालय नक्सालमा बिहीबार सञ्चारकर्मीसँगको भेटघाट कार्यक्रममा प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले सरुवा बढुवामा राजनीनिक प्रभाव रोकिने बताउनुभयो ।
कपिलवस्तुको वाणगंगा नगरपालिकाले आइतबार बिदा दिने नेपाल सरकारको निर्णय कार्यान्वयन नगर्ने भएको छ ।
गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले प्रदेश र स्थानीय तहमा कार्यरत अधिकृत कर्मचारीका लागि सेवाकालीन तालिम पाठ्यक्रम तयार पारेको छ । उक्त पाठ्यक्रम प्रशिक्षण परिषद्को चौथो बैठकले पारित गरेको हो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा समावेश भएका विषयहरु कार्यान्वयनका लागि पूर्व तयारी सुरु गरेको छ ।
बिहीबार तत्कालीन राजा वीरेन्द्र शाहको परिवारको हत्या भएको २१ वर्ष पुगेको छ। २०५८ साल जेठ १९ गते राति नारायणहिटी राजदरबारमा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्रसहित राज परिवारका आठजनाको हत्या भएको थियो।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार ४१३ जनाको पीसीआर परीक्षण गर्दा ११ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
काठमाडौं, जेठ १९ गते। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीको घोषणापत्र बमोजिम कार्य गराउन निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा बुधबार र बिहीबार धुलिखेलमा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले निर्वाचनमा विवादित विभिन्न जिल्ला, क्षेत्र र व्यक्ति सम्बन्धनमा छानबिन गर्न समिति गठन गरेको छ। प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले निरञ्जन थापाको संयोजकत्वमा प्रल्हाद साह, श्रीऋषि बाबु परियार र सम्बन्धित प्रदेश प्रमुख रहनेगरी छानबिन समिति गठन गरिएको जानकारी दिनुभयो। यसको आवश्यक निर्णयका लागि १५ दिनभित्र सिफारिस गर्नुपर्ने समयावधि तोकिएको छ।भ्रष्टाचार, महंगी र जनजीविका सम्बन्धनमा आन्दोलन परिचालन गर्नसमेत बुद्धिमान तामाङको संयोजकत्वमा समिति गठन गरिने निर्णय भएको उहाँले बताउनुभयो। यसैगरी, आगामी असार ७, ८, र ९ गने केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरिएको श्रेष्ठले बताउनुभयो। यससहित राप्रपाले विभिन्न २० वटा निर्णय गरेको छ।
सुदूरपश्चिम प्रदेश कोरोनामुक्त भएको छ । नेपालमा कोरोना भाइरसको महामारी सुरु भएको तीन वर्षपछि सुदूरपश्चिम प्रदेश कोरोनामुक्त भएको हो ।
ज्योति विकास बैंकले नुवाकोटस्थित त्रिशुली शाखाअन्तर्गतको त्रिशुली कोलोनी विस्तारित काउन्टरको औपचारिक उद्घाटन गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी प्रदेश र सङ्घीय निर्वाचनमा पूर्ण समानुपातिक संसद र जनताले प्रत्यक्ष निर्वाचित गर्ने कार्यकारी प्रधानमन्त्रीको पक्षमा आफ्ना एजेन्डा तयार गर्ने जनाएको छ ।
तारा एयरको ट्वीनअटर जहाज दुर्घटनामा मृत्यु भएकाको शव परिवारलाई बुझाइएको छ। दुर्घटनामा मृत्यु भएका सबै २२ जनाको शव मृतकका परिवार आफन्तलाई हस्तान्तरण गरिएको अस्पताल व्यवस्थापनले जनाएको छ।