राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा लायन्स क्लबले स्वास्थ्य, शिक्षा र प्राकृतिक विपद्का क्षेत्रमा गरेको योगदान महत्वपूर्ण रहेको बताउनुभएको छ।
युवाका क्षेत्रमा भएका नीतिगत व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न सरोकारवाला पक्षले सुझाव दिएका छन् ।
मेघ गर्जन थालेपछि चट्याङ खस्ने सम्भावना बलियो रहन्छ । घर वा बाहिर चट्याङ जहाँ भए पनि पर्न सक्छ । चट्याङमा परेपछि प्रायः मृत्यु हुने गरेको कारण यसबाट जोगिन घर बाहिरका मानिसमा ओत लाग्न अतालिएर भागदौड मचिन्छ ।
जिल्ला समन्वय समिति रामेछापको निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार विजयी हुनुभएको छ । आइतबार मन्थलीमा सम्पन्न निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) गठबन्धन प्यानल विजयी भएको हो ।
काठमाडौं, जेठ २९ गते। नम्रता केसी आफूलाई एक नृत्याङ्गनाको रुपमा चिनाउँनुहुन्छ। सर्लाहीमा जन्मिएर काठमाडौंमा बस्दै आउनुभएकी केसीले भारतको लखनउ विश्वविद्यालयबाट कथक नृत्यमा स्नातकोत्तरसम्मको अध्ययन गर्नुभएको छ। काठमाडौंमै रहेर एस्थेटिक डान्स स्टुडियोमार्फत् कथक नृत्यको प्रशिक्षण चलाइरहनुभएकी केसीले भर्खरै कथक नृत्यमा एक वर्षे कोर्स पनि सुरु गर्नुभएको छ। कथक नृत्यमा आधारित रहेर केसीसँग सुकृत नेपालले गरिएको यो कुराकानी : नाच्नु भनेको के हो ?नाच्नु भनेको अभिव्यक्ति हो।के हो कथक नाच ?कथा भन्नु नै कथक हो। कसरी सिक्नुभयो कथक ?मेरो नृत्य सिकाइको आधार पढाइ नै हो। सानैदेखि नाच्न मन गर्ने भएकाले बुवाको प्रेरणामा पद्मकन्या कलेजमा नृत्य विषय लिएर अध्ययन सुरु गरे। त्यहाँ पढ्दा लोक नृत्य र शास्त्रीय नृत्य पढ्न पाइन्थ्यो। लोक नृत्यसँगै शास्त्रीय नृत्य पढ्दै जाँदा कथकको अभ्यास सुरुभयो। नृत्य विषय लिएरै स्नातक तहको पढाइ सकेपछि स्नातकोत्तर पनि यसमै गर्नुपर्छ भन्ने लाग्यो तर त्यतिबेला नेपालमा नृत्यमै स्नातकोत्तर पढ्न सकिने व्यवस्था थिएन। त्यसैले भारतको लखनउ विश्वविद्यालयबाट कथकमा स्नातकोत्तर गरेँ। नेपालमा कथक नृत्यको भविष्य कस्तो देख्नुहुन्छ ?कथक विश्वव्यापी रुपमै प्रसिद्ध शास्त्रीय नृत्य हो। अन्तर्राष्ट्रिय व्यापकताले नेपालमा पनि यसको भविष्य वा सम्भावना राम्रै छ। अनि नेपालमा कथा पनि धेरै छन् !अहिलेसम्म कतिजति प्रस्तुति दिनुभयो ?त्यसरी गनेकै त छैन। तर, धेरै गरेको छु, गर्दैछु।कथक नृत्यले जीवनको गुजारा चल्छ ?यो प्रश्नको जवाफ साधारणीकरण गरेर दिन सकिँदैन होला, किनभने यो सापेक्षित हुन्छ। मेरो अनुभवबाट भन्नुपर्दा आवश्यक विशेषज्ञता हासिल गरेर काम गर्ने हो भने कथक नृत्य गरेर वा पढाएर काठमाडौंमा साधारण किसिमले गुजारा चल्छ। हामीले भर्खरै अनामनगरमा एस्थेटिक डान्स स्टुडियोको प्रशिक्षण केन्द्र खोलेका छौं जहाँ हामी तीन महिनादेखि शास्त्रीय नृत्य मात्रै सिकाइरहेका छौं। कथक गरेरै जीवन गुजारा गर्न सकियोस् भनेर भर्खरै कथकको एक वर्षे कोर्स पनि सुरु गरेका छौं। आवश्यकता पर्दा भविष्यमा अरु विधाहरु पनि सिकाउन सक्छौं तर अहिलेलाई यसैले पुगिरहेको छ। जीवनको सहकार्य र रंगमञ्चको सहकार्य कस्तो छ ? गाउँघरतिर सब्जी फलाउन थाङ्ग्रो लगाउने चलन छ। मेरो श्रीमान मेरो लागि त्यस्तै थाङ्ग्रो हो। जसको सहयोगले म फुल्दै छु, फैलिदै छु।अहिले केमा व्यस्त हुनुहुन्छ ?व्यस्तताको हिसावले अहिले पुरै समय कथक नृत्यको प्रशिक्षणमा नै गइरहेको छ। एस्थेटिक डान्स स्टुडियोको अनामनगरस्थित प्रशिक्षण केन्द्रमा बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म नै विभिन्न समूहमा कथक सिक्ने प्रशिक्षार्थी हुनुहुन्छ, उहाँहरुलाई सिकाएर र नयाँ कामको योजना बनाएर अघि बढ्दैछु। हामीले भर्खरै नृत्य श्रृंखला सुरु गरेका छौं। नेपालमा नृत्यको पनि नियमित प्रदर्शन होस् भन्ने उद्देश्य राखेर सुरु गरिएको यो कार्यक्रमको दुईवटा श्रृंखला काठमाडौंमा सफलतापूर्वक सम्पन्न भइसकेको छ। अब तेश्रो श्रृंखला असार महिनामा पोखरामा र नयाँ प्रस्तुतिसहितको चौथो श्रृंखला आगामी साउनमा काठमाडौंमा गर्ने तयारी हुँदैछ। नाटक छोडेर नृत्यतिर लाग्नुको कारण ?दुई वटा नाटक खेलेको हो। तर, मूल कुरा ती नाटकमा अभिनय गर्दैगर्दा पनि म नृत्याङ्गना नै थिए। अहिले पनि नृत्याङ्गना नै छु। खासमा नृत्य र नाटकसम्बन्धी यो बुझाइ नै मलाई अपुरो लाग्छ। हामीले गर्ने नृत्य पनि अभिनय नै हो। नाट्य भनेको नृत्यको विकसित रुप हो। कथक पढ्दा हामी पनि पूर्वीय शास्त्रका अभिनय सिद्धान्त पढ्छौं। त्यसकारण अभिनय छोडेर नृत्यतिर लागेको भन्दा पनि नृत्यमार्फत अभिनयको फरक भाषा खोजिरहेको भन्न रुचाउँछु। त्यसबाहेक नेपालको नाटक क्षेत्रसँगको सहकार्य मलाई मनपर्छ र जुरेको बेला केही कामहरु गर्दै आएकी छु र गरिरहने रहर पनि छ।
कैलालीमा नेपाली कांग्रेस र नेकपा (एमाले) का नेता कार्यकर्ताहरू नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्नुभएको छ । आज टीकापुरमा आयोजित कार्यक्रममा काँग्रेस महासमिति सदस्य अरुण चौधरी, जानकी गाउँपालिकाका निवर्तमान अध्यक्ष प्रदीपकुमार चौधरी सो पार्टीमा प्रवेश गर्नुभयो ।
टी–२० अन्तर्राष्ट्रिय फिजिकल्ली च्यालेन्ज क्रिकेट (स्टेन्डिङ क्रिकेट) सिरिजमा भारत विजयी भएको छ । मुलपानी क्रिकेट मैदानमा आइतबार भएको खेलमा भारतले नेपाललाई ७७ रनले हरायो ।
ताप्लेजुङस्थित माथिल्लो तमोरबाट उत्पादन हुने बिजुलीलाई २२० केभी प्रसारणलाइनमा जडान गरिने भएको छ ।
जिल्ला समन्वय समिति सल्यानमा सत्ता साझेदार दलको गठवन्धन विजयी भएको छ । प्रमुखमा नेपाली कांग्रेसका वेलाराम रावल र उपप्रमुखमा माओवादी केन्द्रका असवीर बुढाथोकी विजयी हुनुभएको हो ।
चंखेली गाउँपालिकाको पिप्लाङमा भएको आगलागी पीडितलाइ कर्णाली सरकारले राहत उपलब्ध गराएको छ । गाउँपालिकाको पहलमा आगलागी पीडितलाई राहत प्रदान गरिएको हो । कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट लाखौ रकम बराबरको राहत सामग्री अग्नि पीडितलाई सहयोग गरेको चंखेली गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीले जानकारी दिनुभयो ।
अर्थमन्त्री जनार्दन शर्माले सरकारले ल्याएको बजेट कार्यान्वयनमा प्रश्न उठेको भन्दै हरेक क्षेत्रले आफ्नो ठाउँबाट योगदान दिनुपर्ने बताउनुभएको छ।
नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूले पार्टी अध्यक्ष एवम् पार्टीका पदाधिकारी समक्ष केन्द्रीय कमिटी पुनर्गठनका लागि ध्यानाकर्षणपत्र बुझाएको छ । आइतबार पार्टी कार्यालयमा पुगेर अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष प्रमेश हमाल, महासचिव बेदुराम भुषाल, उपमहासचिव गंगाधर तुलाधर र विद्यार्थी ईन्चार्ज रामप्रमाद भट्टराईसमक्ष ध्यानाकर्षपत्र बुझाएको अनेरास्ववियू केन्द्रीय कमिटी सदस्य टीकाराम भण्डारीले बताउनुभयो ।
लुम्बिनी प्रदेश सरकारको आर्थिक बर्ष २०७९–८० को नीति तथा कार्यक्रम पारित भएको छ । आईतवार बसेको प्रदेश सभाको १० औं अधिवेशन अन्तर्गतको १० औं बैठकले प्रदेश सरकारको आर्थिक बर्षको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले पूर्व कार्यवाहक अध्यक्ष एवं थ्रीस्टार क्लबका अध्यक्ष स्वर्गीय ललितकृष्ण श्रेष्ठको शालिकको पुनः अनावरण गरेको छ । स्वर्गीय श्रेष्ठको सातौं पुण्यतिथिको अवसरमा आइतबार एन्फा कम्प्लेक्स परिषरमा अर्धकदको शालिक पुनः अनावरण गरिएको हो ।
रुपन्देही सिद्धार्थनगरका तीनसय बढी किसानलाई विभिन्न कृषि उपकरण प्रदान गरिएको छ । दोगहरी स्मार्ट कृषिगाउँ कार्यक्रमको स्वीकृत आर्थिक वर्ष २०७८–७९ अन्तर्गत सिद्धार्थनगर–१० का किसानहरुलाई कृषि उपकरण उपलव्ध गराइएको हो । कृषि ज्ञान केन्द्र रुपन्देहीबाट अनुदान प्राप्त सामग्री वितरण गरिएको छ ।