नियम अनुसार नचलेका सहकारीलाई बाँकेको राप्तीसोनारी गाउँपालिकाले कारबाही गर्ने भएको छ । राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले कागजी रुपमा मात्र सिमित रहेर बसेका सहकारीलाई कारबाहीको प्रक्रिया सुरु गरिएको बताउनुभयो ।
जानकी गाउँपालिकाले चाडपर्वलाई लक्षित गरी बजार अनुगमनलाई तीव्रता दिएको छ । चाडपर्वको समयमा अखाद्य वस्तुको विगविगी र बजार महँगो भएको जनगुनासो बढेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जले बजार अनुगमन सुरु गरेको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित थामी भाषा
आज असोज कृष्ण औँसी अर्थात् पितृपक्षको अन्तिम दिन । यही असोज २ गतेदेखि प्रारम्भ भएको पितृपक्षको विधिवत् समापन हुँदै छ । साथै आज औँसी श्राद्ध पनि गरिन्छ ।
डोटीको जोरायल गाउँपालिकाले बास्मती धान उत्पादनका लागि बादी समुदायका घर परिवारलाई जमिन भाडामा दिएको छ । परम्परादेखि नै नाचगान गर्ने पेशामा आबद्ध बादी समुदायको पेशा सङ्कटमा पर्न थालेपछि धान खेतीका लागि जमिन भाडामा लिएर बादी समुदायलाई उपलब्ध गराएको छ ।
दक्षिण अमेरिकी राष्ट्र पेरुमा अवस्थित ‘माचु पिचु’ विश्वको सातौँ आश्चर्य मानिन्छ । ‘इन्काहरूको हराएको शहर’ नामले समेत परिचित माचु पिचु विश्वभरका इतिहासकार, पुरातत्वप्रेमी एवं पर्यटकको गन्तव्य बन्ने गरेको छ ।
बिजुली उत्पादन गर्न ठिक्क भएको आयोजना बाढीले बगायो । आयोजना मात्रै बगेन, त्यहाँ कार्यरत १८ जना कामदार पनि बाढीमै मिसिए । तीमध्ये चार जनाको मात्रै शव फेला पर्यो ।
मनाङका चार वटै पालिकामा एक दशकयता टनेल खेतीको अभ्यास हुँदै आएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयले स्वास्थ्य क्षेत्र सुधारको लक्ष्यसहित अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना सार्वजनिक गरेको छ । स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले मङ्गलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत स्वास्थ्य क्षेत्रको नीतिगत, संस्थागत र संरचनागत सुधारको खाकासहित भावी कार्ययोजना प्रस्तुत गर्नुभएको हो ।
बागमती प्रदेशको प्रदेश सभाको वर्षे अधिवेशनको रुपमा चालू अधिवेशन अन्त्य गरिएको छ ।बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको चालु अधिवेशन बुधबार रातिबाट अन्त्य गर्ने निर्णय गरेको हो ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य बिमा उपचारबापतको रकम भुक्तानी नभएको भन्दै उपचार सेवा नै रोक्ने अवस्थामा पुगेको जनाएको छ ।
हालैको बाढीपहिरामा परी दुई सय २८ जनाको मृत्यु भएको छभने २५ जना बेपत्ता छन् । अन्य एक सय ५८ जना घाइते भएका छन् ।
कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले कर्णालीमा रणनीतिक अस्पतालसम्बन्धी अवधारणा सार्वजनिक गर्नुभएको छ ।
जेम्स वेब टेलिस्कोपको प्रयोग गर्ने वैज्ञानिकहरूले प्लुटोको सबैभन्दा ठूलो चन्द्रमा चारोनको जमेको सतहमा कार्बन डाइअक्साइड पत्ता लगाएको मङ्गलबार प्रकाशित अनुसन्धानले खुलासा गरेको छ ।
रुकुमपश्चिमका स्थानीय तहमा हरेक वर्ष बेरुजु बढ्दै गएको छ । आर्थिक वर्ष २०७९/८० को अन्तिम लेखा परीक्षणको प्रतिवेदन अनुसार यहाँका छ वटा स्थानीय तहको बाँकी बेरुजु रकम एक अर्ब रुपियाँभन्दा बढी देखिएको छ ।