विगतमा शिरदेखि पाउसम्म सुन चादीका गहना लगाउन मन पराउने महिला आजभोलि चाडपर्व तथा उत्सवमा एकसेट मात्र गहनामा सजिन थालेका छन् । सुनको मूल्य उच्च भएपछि महिलाको गहनाप्रतिको मोह घटेको हो ।
दसैँको बिदामा तनहुँका पर्यटकीय गन्तव्यस्थलमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । तनहुँका पर्यटकीय गन्तव्यस्थल बन्दीपुर, मानुङकोटमा पर्यटकको चहलपहल उल्लेख्य वृद्धि भएको छ ।
विश्व रामसार क्षेत्रमा सूचीकृत कैलालीको घोडाघोडी तालमा पर्यटकको चहलपहल बढेको छ । घोडाघोडी सामुदायिक वनका अध्यक्ष दीपकबहादुर शाहले दसैँदेखि पर्यटकको चहलपहल धेरै बढेको बताउनुभयो ।
आश्विन शुक्लपक्ष त्रयोदशीका दिन आज पनि मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा टीका र जमरा लगाउने क्रम निरन्तर रहन्छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम आज पनि जारी रहनेछ । मान्यजन टाढा टाढा हुने आफन्त विजयादशमीदेखि आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न घर घरमा जाने गर्छन् ।
बारामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कोल्हवी नगरपालिका–२ बस्ने वर्ष ६३ को हस्तबहादुर थोकर रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको हो ।
म्याग्दीको रघुगंगा गाउँपालिका भित्र निर्माणाधीन आठ वटा जलविद्युत आयोजनाका कारण गाउँपालिकाका चार वटा वडाका सर्वसाधारणमा स्वास्थ्य समस्या थपिएको छ ।
धारिलो हतियार घाटीमा प्रहार गरी श्रीमतीको हत्या गरी फरार रहेका वीरबहादुर चौहानलाई प्रहरीले पक्राउ गरेको छ ।
राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विज्ञान प्रविधि र नवप्रवर्तनको विकासले मानव जीवनलाई सहज र गतिशील तुल्याउन विभिन्न अवसर प्रदान गरिरहेको बताउनुभएको छ ।
विश्व रेकर्ड कायम गर्दै नेपाली शेर्पा आरोही र आरोही गाइडहरूले चीनको तिब्बतमा रहेको विश्वको १४औँ अग्लो हिमाल सिशापाङ्माको चुचुरोमा नेपाली झन्डा फहराउन सफल भए । अन्तर्राष्ट्रिय पर्वतारोही पथ प्रदर्शक दावा याङ्जुम शेर्पा सहितको टोलीले चुचुरोमा पुगेर बाजी मार्नुभयो ।
देशमा अहिले मनसुन बाहिरिएर ‘पोस्ट’ मनसुन चलिरहेको छ । सँगसँगै पछिल्ला दिनमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले मुलुकका कतिपय स्थानमा बदली र वर्षा भइरहेको छ । मनसुन सकिएर पोष्ट मनसुन चलिरहेकाले क्रमशः चिसो बढ्दै गएको मौसमविदले बताएका छन् । यही असोज ११ र १२ गतेको अविरल वर्षापछि मौसम सुधार आएको छ । गत असोज २७ गते नेपालबाट मन
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २० पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८० पै
यस वर्षको दसैँमा मुस्ताङमा रु १६ करोड बराबरको भेडाच्याङग्राको व्यापार भएको छ । दसैँका लागि मुस्ताङबाट बिक्री भएका आठ हजार भेडाच्याङग्रामध्य चार हजार आठ सय जिल्लाभित्रका किसा
४३ वर्षीय थापाको सोमबार हृदयघातका कारण मृत्यु भएको नगर प्रमुख देवबहादुर खाँणले जानाकारी दिनुभयो। वडा नं ६ खार्दीका थापाको रामपुर अस्पताल पाल्पामा उपचारको क्रममा मृत्यु भएको हो।
पूर्व-पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरि गाउँपालिका-६ चौकीटोलस्थित सडकमा सोमबार साँझ ५ बजेतिर यात्रुवाहक बस र ट्रक आपसमा ठोक्किएर ठोक्किँदा ३० जना यात्रु घाइते भएका छन्।
नेपालगन्जस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालयमा दुई महिनाको अवधिमै १२२ वटा भ्रष्टाचारसम्बन्धी उजुरी परेका छन्।