वसन्त पञ्चमीलाई सरस्वती पूजा भनेर पनि चिनिन्छ । यो पर्व विशेष गरी हिन्दु धर्मावलम्बीले मनाउने गर्दछन् । विद्याकी देवी सरस्वतीको पूजा गरिन्छ । यो पर्वबाट वसन्त ऋतुको आगमन हुन्छ । यो दिन मन्दिर र शैक्षिक संस्थामा माता सरस्वतीको पूजा गरिन्छ । विद्याकी देवी सरस्वतीको पूजा र आराधना हुने भएकाले बिहानैदेखि विद्यार्थी विद्या प्राप्तिका लागि नुहाइधुवाइ गरेर देवीसँग आशीर्वाद लिन्छन् । यो दिन धेरै शुभकार्य गर्ने चलन छ । जस्तैः ‘गृहप्रवेश’ र नयाँ व्यापार सुरु गर्न वा महत्वपूर्ण आयोजना सञ्चालन गर्न, बालबालिकाको नाक, कान छेड्न आदि । यो अति नै शुभदिनमा विद्यार्थीले माता सरस्वतीसँग विद्या, बुद्धि र विवेकका लागि प्रार्थना गर्छन् र विद्यालय नगएका साना बालबालिकाले
इलामको माई नगरपालिका–१ र ३ सङ्गमस्थलमा रहेको ‘तेह्रकुने सिमसार’ क्षेत्र आन्तरिक पर्यटकको गन्तव्यका रूपमा विकसित भएको छ । सिमसार, पोखरी र यहाँको प्राकृतिक सौन्दर्यले आन्तरिक पर्यटक आकर्षित भएका हुन् ।
दमकको व्यस्त बजारभित्रका सडक भत्काएर अस्तव्यस्त छाडिएपछि यो निर्माणको काम छिटो अघि बढाउन स्थानीय सरकारले चासो दिएको छ । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले काम गरिरहेकाले स्थानीय सरकारले सम्बन्धित निकायमा बारम्बार पत्राचार गरेको दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले बताउनुभएको छ ।
पशु स्वास्थ्य शिविर बाट जिल्लाका चार सय पशुपन्छी पालक कृषक लाभान्वित भएका छन् । रामपुर नगरपालिका–६, बुल्टारमा भएको एक दिने निःशुल्क शिविर बाट रामपुर क्षेत्रका कृषकहरू लाभान्वित भएका हुन् ।
पूर्वी तराईको जनकपुर उपमहानगरपालिकामा बस्ने दुई मित्रहरू सुभाष घिमिरे र सत्यम पौडेल थिए । दुवै ज्यादै मिलनसार, मेहनती, इमानदार र एकाअर्काप्रति ज्यादै आत्मीय थिए । उनीहरूको मित्रता उदाहरणीय थियो । उनीहरू एकाअर्काका छिमेकी पनि थिए र मित्रता पनि बालककालदेखिकै थियो । यी मित्रहरूको चरित्र भने एकाअर्काको विपरीत थियो । सुभाष गम्भीर, अध्ययनतिर नै ध्यान दिने, अरू क्रियाकलापमा खासै चाख नलिने, साथीभाइको समूहमा पनि धेरै घुलमिल नहुने एकान्तप्रेमी थियो भने उसको साथी सत्यम ठिक विपरीत स्वाभावको । हरेक क्रियाकलापमा सक्रियता देखाउने, धेरै मान्छेसँग नजिकिएर मित्रता गाँस्ने, आफ्नो वाक्पटुताले सबैलाई दङ पार्ने स्वभावको थियो । विद्यालयको अतिरिक्त क्रियाकलाप जस्तै वादविवाद प्रतियोगिता, खेलकुद आदि हरेक छेत्रमा सक्रिय भएर सहभागिता जनाउँथ्यो । अध्ययनतिर भने धेरै ध्यान नै दिँदैनथ्यो । यसरी विपरीत स्वभावका यी दुईको मित्रता भने अचम्मको घनिष्ठ थियो ।
गोरखा नगरपालिका – १ ताप्लेका विपन्न दलितहरूलाई २१ बटा भैँसीको पाडी वितरण गरिएको छ । आइतबार गोरखा नगरपालिका मेयर कृष्ण बहादुर राना मगरले एक कार्यक्रमका बिच दलित जनजागरण आमा समूहका २१ घर धुरीलाई भैँसीको पाडी वितरण गरिएको गोरखा नगरपालिका – १ का वडा अध्यक्ष हिक्मत बहादुर कुबेरले बताउनु भयो ।
धनकुटाका सात पालिकामध्येको एक पाख्रीबास नगरपालिकामा २२ हजार ७८ जनसङ्ख्या रहेको छ । यो नगरपालिकाको प्रमुखमा ज्ञानबहादुर गुरुङ निर्वाचित हुनुभएको छ । पालिका प्रमुखको भूमिकामा उहाँको यो पहिलो अनुभव हो ।
झापामा दैनिक जसो आगलागीका घटना हुन थालेपछि आगलागी नियन्त्रण चुनौती बन्दै गएको छ । जिल्लामा एक साताको अवधिमा १७ वटा आगलागीको घटनामा करोडौँको भौतिक क्षति भएको छ ।
सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा प्रचलित डेउडा संस्कृति संरक्षण तथा संवर्धनका लागि प्रदेश सरकारले ऐन कानुन बनाउनुपर्नेमा सहभागीले जोड दिएका छन् । सुदूरपश्चिम साहित्य समाजको अगुवाइमा धनगढीमा आयोजित ‘समाज रूपान्तरणमा डेउडा लोकसाहित्य प्रवर्धनात्मक संवाद’ कार्यक्रमका सहभागीले सो कुरामा जोड दिएका हुन् ।
झापाको गौरीगञ्जमा सडक दुर्घटनामा परेर १ जनाको मृत्यु भएको छ भने ३ जना घाइते बन्नुभएको छ । गौरीगन्ज गाउँपालिका वडा नं. १ स्थित हुलाकी मार्ग अन्तर्गत कमल बनियानी खोला पूर्व चौरी र कुञ्जीबारीको बिच खण्डमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको हो ।
परशुराम नगरपालिकाको कार्यपालिका बैठकमै प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट भएपछि कर्मचारी आन्दोलित भएका छन् । निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्णदेव जोशीमाथि कुटपिट भएको भन्दै पालिकाका कर्मचारी आन्दोलित भएका हुन् । नगर उपप्रमुख एवं न्यायिक समिति संयोजक विमलाकुमारी बोहोराले नै प्रमुख प्रशासकीय अधिकृतलाई कुटपिट गरेको भन्दै कर्मचारी न्याय माग्दै आन्दोलित भएका हुन् ।
सङ्घीय सांसदअन्तर्गत आज दुवै सदनको बैठक बस्दै छ । जसअनुसार प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दै छ ।
कानुनी उल्झन र मुद्दा मामिलाका कारण राष्ट्रिय गौरवको आयोजना गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक आयोजनाको निर्माण कार्य प्रभावित भएको छ । सम्झौताबमोजिम समयावधिभित्रै
हाल मधेस र कोशी प्रदेशसहित देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।
जाजरकोटका स्थानीय तहको अर्धवार्षिक समीक्षामा तीन वटा स्थानीय तहले प्रगति प्रतिवेदन सार्वजनिक नै गर्न सकेनन् । स्थानीय तह एवं सरकारी कार्यालयले सञ्चालन गरेका कार्यक्रम, तिनमा देखिएका समस्या, समाधानका उपायको खोजी र आगामी कार्यक्रमका विषयमा जनतालाई जानकारी दिन अर्धवार्षिक समीक्षा कार्यक्रम राखिने व्यवस्था छ । बारेकोट, कुसे र जुनीचाँदे गाउँपालिकाले तयारी नपुगेको बहाना बनाउँदै समीक्षा बैठकमा प्रगति प्रतिवेदन पेस गरेनन् । तीन वटा पालिकाका जनप्रतिनिधि समीक्षामा उपस्थित भए पनि गाउँपालिकाले गरेका कामका विषयमा जानकारी नगराएपछि जिल्ला समन्वय समितिका संयोजक कालीबहादुर खत्रीले असन्तुष्टि व्यक्त गर्नुभयो ।