मोरङको पथरीशनिश्चरे–३ स्थित महिला जागरुक हरिकीर्तन तथा सङ्गिनी समूहले हराउँदै गएको सांस्कृतिक धरोहर सङ्गिनी नाचलाई पुनर्जीवित गर्ने अभियान थालेको छ ।
हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले बुधबार दिउँसो कोशी र बागमती प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने बताएको छ ।
साङ्गीतिक समूह कन्दराले ‘काठमाडौँ कलिङ कन्दरा’ नामक विशेष सङ्गीत कार्यक्रमको घोषणा गरेको छ । सो कार्यक्रम अन्तर्गत ब्यान्डले कात्तिक २८ गते ठमेलको एक्सओ क्लबमा प्रस्तुति दिने छ ।
साहित्य सदन नेपालले प्रत्येक वर्ष प्रदान गर्दै आएको ‘व्यथित साहित्य सम्मान’ यस वर्ष वरिष्ठ साहित्यकार डाक्टर तुलसीप्रसाद भट्टराईलाई प्रदान गर्ने भएको छ ।
मानवसेवा आश्रम बागलुङको भवन निर्माणार्थ सञ्चालित श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञमा एकै दिन एक करोड बढि रकम सङ्कलन भएको छ ।
धवलागिरी गाउँपालिका स्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगिताको उपाधी धनजनता माध्यमिक विद्यालय मुना फलियागाउँले जितेको छ ।
नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ ४२ पैसा र बिक्रीदर १४२ रुपियाँ ०२ पैसा कायम भएको छ ।
मध्य कात्तिकको वर्षाले धान बालीमा पुगेको क्षतिको विवरण अझैसम्म सङ्कलन हुन सकेको छैन । कात्तिक १३ गतेदेखि १५ गतेसम्मको वर्षाले सर्लाहीका किसानले काटेर खेतमा पाँजा सुकाएको र काट्ने बेला भएको धान बालीमा व्यापक क्षति गरेको थियो ।
मेलम्ची खानेपानी आयोजनामा देखिएको समस्या समाधान भएको छ । उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मङ्गलबार अबेर भएको सहमतिअनुसार आयोजनाको पानी पथान्तरणसँग जोडिएको समस्या समाधान भएको हो ।
गत वर्षको तुलनामा यस वर्ष मनसुनको समयमा जनधनको क्षति कम भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, वर्ष २०८१ मा दुई हजार एक ३९ घटना भएकामा यस वर्ष एक हजार चार सय ५४ वटा घटना भएका छन् ।
बागमती प्रदेशमा सञ्चालित उद्योगमा १२ खर्ब रुपियाँभन्दा बढीको ऋण लगानी भएको छ । गत असार मसान्तसम्म बैङ्क तथा वित्तीय संस्थाले बागमती प्रदेशका उद्योगमा प्रवाह गरेको कर्जा १३.८ प्रतिशतले बढेर १२ खर्ब ११ अर्ब पाँच करोड रुपियाँ पुगेको छ ।
स्थानीय बजारमा सुनको मूल्य फेरि बढ्न थालेको छ । तिहारपछि निरन्तर घट्दै गएको सुनको मूल्य सोमबारदेखि पुनः उकालो लाग्न थालेको हो । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो ।
सानिमा बैङ्कको प्रमुख कार्यकारी अधिकृतमा पवनकुमार आचार्य नियुक्त हुनुभएको छ । बैङ्क सञ्चालक समितिको निर्णय अनुसार आचार्यलाई आगामी माघ १२ गतेदेखि लागु हुने गरी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो ।
मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अन्तर्गत नेपालमा सञ्चालित मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसिए) नेपालले निर्माण गर्ने प्रसारण लाइन आसपासमा कुनै पनि संरचना निर्माण गर्न नपाइने भएको छ ।
गृह मन्त्रालयले गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा घाइते तथा अपाङ्गता भएका व्यक्तिको विवरण यथाशीघ्र सङ्कलन गरी मन्त्रालयमा पठाउन सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ ।