थाइल्यान्डको सिमा क्षेत्रमा नयाँ बारुदी सुरुङ् राखिएको भन्ने थाइल्यान्डको आरोपलाई अस्वीकार गदै कम्बोडियाको विदेश मन्त्रालयले विज्ञप्ति जारी गरेको छ ।
युवापुस्ताको इच्छा र चाहना बमोजिम गुणस्तरीय उच्च शिक्षा प्रदान गर्न स्वच्छ र सुशासनयुक्त त्रिभुवन विश्वविद्यालय प्रशासन सञ्चालनको वातावरण बनाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको ध्यानाकर्षण गराइएको छ।
कतारको राजधानी दोहामा आगामी डिसेम्बर ६ र ७ मा दोहा फोरमको २३ औँ संस्करण आयोजना हुने भएको छ ।
ताप्लेजुङमा अवैध रूपमा काठ ढुवानी गरी लैजाँदै गरेका सात वटा ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । सिदिङ्वा गाउँपालिका–४ स्थित साब्लाखु जिरोप्वाइन्टबाट अवैध रूपमा काठ ढुवानी गरी लैजाँदै गरेका सात वटा ट्रकहरू प्रहरीले नियन्त्रणमा लिएको हो ।
पाकिस्तानको राजधानी इस्लामाबादको जिल्ला अदालत बाहिर मङ्गलबार भएको आत्मघाती विस्फोटमा कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै २७ जना घाइते भएको गृहमन्त्री मोहसिन नकवीले मिडियालाई बताउनु भएको छ ।
विश्व साइकल यात्री पुस्कर शाहको दोस्रो पुस्तक ‘मृतसागरदेखि सगरमाथासम्म’ सार्वजनिक भएको छ ।
ताप्लेजुङमा साना होटल तथा लज व्यवसायीलाई तालिम प्रदान गरिएको छ । पर्यटन प्रवर्धन साथै व्यवसायीको आयआर्जन वृद्धि गर्नमा सहयोग पुर्याउन साना होटल तथा लज व्यवसायीलाई तालिम प्रदान गरिएको हो ।
घातक सर्प, माकुरा र शार्कका कारण पहिले नै चर्चित अस्ट्रेलियामा अहिले अर्को अद्भुत र डरलाग्दो जीवको खोज भएको छ-सिङ भएको ‘लुसिफर’ मौरी । वैज्ञानिकले यसलाई मेगाकाइल (ह्याकेरियापिस) लुसिफर नाम दिएका छन्, जसको स्वरूप र नाम दुवैले निकै ध्यान आकर्षित गरेको छ ।
हरेक वर्ष सीता विवाह पञ्चमी तीथिमा गरिने थारू समुदायको परम्परागत लवाङ्गी पूजा यस वर्ष मङ्सीर ९ गते धुमधामका साथ गरिने भएको छ ।
ताप्लेजुङमा किराँत धर्मका महागुरु तथा १६ औं राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको जन्मजयन्ती मनाइएको छ। सदरमुकामसहितका ठाउँमा महागुरु लिङ्देनको १४१ औँ जन्मजयन्ती मङ्गलबार भव्यरुपमा मनाइएको हो।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राजधानीको मुटुमा भएको घातक कार विस्फोटलाई ‘गम्भीर षड्यन्त्र’ भन्दै यस घटनाका दोषीलाई न्यायको कठघरामा उभ्याइने प्रतिबद्धता जनाउनुभएको छ ।
विघटित प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले देशका ७५३ वटै पालिकामा जनप्रदर्शनका कार्यक्रम सञ्चालन गरेको छ । सोही अभियान अन्तर्गत गुल्मीका विभिन्न गाउँ तथा नगरकमिटीले मंगलबार जनप्रदर्शन गरेका छन् ।
गण्डकी प्रदेशका विभिन्न जिल्लामा प्राकृतिक रूपमै प्रशस्त गाँजा उम्रिन्छ। खाली हुँदै गएका खेतबारी, खाली बनेका गाउँघरतिर गाँजाखेती गरी आर्थिक समृद्धि ल्याउन सकिने चर्चा बारम्बार हुने गरेको छ।
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ ।
बङ्गलादेशकी अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध दायर मानवताविरुद्धको अपराध सम्बन्धी मुद्दाको फैसला यसै नोभेम्बर महिनाको अन्त्यतिर हुने अपेक्षा गरिएको छ ।