नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा अहिले कर्णाली याक्स र साविक विजेता जनकपुर बोल्ट्सबिच प्रतिस्पर्धा हुँदैछ ।
पश्चिम बागलुङको निसीखोला गाउँपालिका–२ ले महिला स्वास्थ्य स्वयं सेविकालाई मोबाइल फोन वितरण गरेको छ । वडा २ देविस्थानको टारीखेतका १० जना स्वयम्सेविकालाई आम नागरिकको स्वास्थ्य सेवामा लाग्न सहज होस् भनेर मोबाइल फोन वितरण गरिएको वडा अध्यक्ष कुबिर बिकले बताउनुभयो ।
म्याग्दीमा ट्याक्सी दुर्घटना हुँदा चालकको ज्यान गएको छ । जिल्लाको बेनी–दरबाङ सडकअन्तर्गत मङ्गला गाउँपालिका–२, रणबाङस्थित खहरेखोला नजिकै म्याग्दी नदी किनारमा ध १ ज ९९० नम्बरको ट्याक्सी दुर्घटना हुँदा सोही वडाका चालक ३७ वर्षिय सुजन पुनको घटनास्थलमै मृत्यु भएको हो ।
नवलपुरको कावासोती नगरपालिका–१५, शेरगन्जमा बाघले आक्रमण गरी एक जनालाई घाइते बनाएको छ । स्थानीय ३७ वर्षीय मुकुन्द अधिकारीलाई बाघले आक्रमण गरी घाइते बनाएको प्रहरीले जनाएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीसँग पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले भेटवार्ता गर्नुभएको छ ।
चेज स्टेडियमममा आइतबार बिहान भएको फाइनलमा घरेलु टोली मियामीले भ्यानकुभर ह्वाइटक्याप्सलाई ३–१ गोलले हरायो ।
म्याग्दीको बेनी नगरपालिका–६, अर्थुङ्गेमा सञ्चालित स्वास्थ्य शिविरमा ६ सय बढीले सेवा लिएका छन् ।
उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसिटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ ।
धरान उपमहानगरपालिकामा गाडी पल्टिँदा एकको मृत्यु भएको छ भने एघार जना घाइते भएका छन् ।
गृह मन्त्रायलले बर्दियाको बढैयाताल –४ की एक युवतीले नागरिकता नपाएर आत्महत्या गर्न बाध्य भएको भनिएको घटनाबारे सत्यतथ्य छानविन गर्न गृह मन्त्रालयका सहसचिव तथा नीति, योजना अनुगमन तथा मूल्याङ्कन महाशाखा प्रमुख सुरेश पन्थीको संयोजकत्वमा छानविन समिति गठन गरिएको छ ।
मधेश प्रदेशमा आइतबार तीन नयाँ मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
कैलालीस्थित नेपाल–भारत सीमा नाकामा सुरक्षा सतर्कता बढाइएको छ । आगामी फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मध्यनजर गरेर नेपाल–भारत सीमा नाकामा सुरक्षा सतर्कता बढाइएको हो ।
प्रविधिलाई हिंसाको हतियार बन्न दिन नहुने सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले बताउनुभएकाे छ ।
भारतीय पर्यटकलाई बढीभन्दा बढी संख्यामा नेपाल भित्र्याउने उद्देश्यसाथ नेपालगन्जमा ‘क्रस बोर्डर टुरिज्म कन्क्लेभ’ आयोजना गरिने भएको छ ।
सुनसरीको इनरुवामा मेलमिलापसम्बन्धी आठदिने आधारभूत तालिम सम्पन्न भएको छ । मेलमिलाप परिषद्को आयोजनामा आठ दिने अर्थात् ४८ घण्टे तालिम समपन्न भएको हो ।