गोल्डेन बुटको दौडमा एमबापे अगाडि
विश्वकप फुटबलमा सबैभन्दा बढी गोल गरेर गोल्डेन बुट जित्ने खेलाडीको पनि ठूलो चर्चा हुने गर्छ। कतार विश्वकपमा पनि गोल्डेन बुट जित्ने खेलाडीको धमिलो तस्बिर बिस्तारै सफा हुँदै छ। विश्वकपको इतिहास हेर्ने हो भने प्रायः विश्व फुटबलका महान् स्ट्राइकरले गोल्डेन बुट जितेको पाइन्छ। सन् १९८२ मा गोल्डेन बुटको सम्मान पहिलो पटक प्रस्तुत गरिएको हो। यद्यपि सोभन्दा अघिका विश्वकपमा पनि सम्मान गर्ने परम्परा थियो।
"नेपालले विश्वकप खेल्न सय वर्ष कुर्नुपर्छ"
युरोप र दक्षिण अमेरिकी देशलाई फाइनलमै पुगेर टक्कर दिन एसियाली देशलाई अझै समय लाग्ने देखिन्छ। जापान र दक्षिण कोरियाले पछिल्लो समय फुटबलमा धेरै राम्रो गरिरहेका छन् ।
अन्तर्राष्ट्रिय फुटबलबाट हाजार्डको सन्यास
बेल्जियमका कप्तान इडेन हाजार्डले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गर्नुभएको छ । कतारमा जारी २२औँ फिफा विश्वकपको समूह चरणबाट बेल्जियम बाहिरिएपछि हाजाडले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने निर्णय लिनु भएको हो ।
पोर्चुगेली फुटबलका नयाँ नायक रामोस
कतार विश्वकपको आधा समयभन्दा बढी बितिसक्दा गुमनाम पोर्चुगलका गोन्कालो रामोसले अकस्मात् विश्व फुटबलमा आफ्नो नाम बनाउनुभएको छ । स्विट्जरल्यान्डविरुद्धको प्रिक्वाटरफाइनलमा विश्वका सर्वश्रेष्ठ स्ट्राइकर मानिएका क्रिस्टियानो रोनाल्डोको स्थानमा पहिलो रोजाइमा खेल्न मौका पाएका रामोसले आफ्नो पहिलो खेलमै ह्याट्रिक गर्नुभयो। २१ वर्षीय रामोस यस विश्वकपमा ह्याट्रिकको गौरव हासिल गर्ने पहिलो खेलाडी बन्नुभएको छ। रामोसको ह्याट्रिकको सहयोगमा पोर्चुगलले स्विट्जरल्यान्डलाई सजिलै ६–१ ले हराएर क्वाटरफाइनलमा स्थान बनायो।
आगामी विश्वकपमा ४८ टिमको चर्चा
कतार विश्वकप ३२ राष्ट्र सहभागी हुने अन्तिम विश्वकप हुनेछ। अमेरिका र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुने विश्वकपको अर्को संस्करणमा ४८ राष्ट्रको सहभागिता रहनेछ। यस विश्वकपमा मोरक्को, साउदी अरब, जापान, दक्षिण कोरिया, क्यामरुन र ट्युनिसियाजस्ता टिमले ठूला टिमलाई स्तब्ध पारेर विश्वकपमा ४८ टिम हुनु हुँदैन भन्ने आलोचकहरूलाई चुप पारेका छन्।
विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा
कतारमा जारी २२औँ संस्करणको विश्वकपमा क्वार्टरफाइनल समीकरण पूरा भएको छ । मंगलबार राति प्रिक्वार्टरफाइनलको अन्तिम खेलमा पोर्चुगलले स्वीट्जरल्यान्डलाई ६–१ गोलको फराकिलो अन्तरले हराएसँगै विश्वकपमा क्वार्टरफाइनलमा पुग्ने आठ टोलीको टुङ्गो लागेको हो ।
नेमारको पुनरागमनसँगै लयमा ब्राजिल
कतार विश्वकप फुटबल प्रतियोगितामा चोटका कारण दुई खेल खेल्न नपाएको झोँक नेमारले मङ्गलबार बिहान दक्षिण कोरियामाथि निकाल्नुभयो। नेमारको उत्कृष्ट प्रदर्शनको सहयोगमा ब्राजिलले दक्षिण कोरियालाई ४–१ ले सजिलै हराएर विश्वकपको क्वाटरफाइनलमा स्थान बनायो। सो खेलमा नेमारले गोल पनि गर्नुभयो।
लामो बन्दै डिबालाको पर्खाइ
अर्जेन्टिनाका स्ट्राइकर पाउलो डिबालाले मङ्गलबार आफ्नो इन्स्ट्राग्राममा लियोनेल मेसीसहितको तस्बिर राखेर आफ्नो हाँसो कायम राख्दै अगाडि बढौँ भन्ने पोस्ट गर्नुभएको छ।
प्रशिक्षक बेन्टोको राजीनामा
दक्षिण कोरियाका पोर्चुगली प्रशिक्षक पल बेन्टोले ब्राजिलसँगको हारपछि आफ्नो पदबाट राजीनामा दिने जानकारी दिनुभएको छ। ५३ वर्षीय प्रशिक्षक बेन्टो सन् २०१८ को अगस्टमा दक्षिण कोरियाली फुटबल टिमको प्रशिक्षक नियुक्त हुनुभएको थियो। उहाँले आफूले टिम छोड्ने जानकारी दक्षिण कोरियाको फुटबल सङ्घ र खेलाडीहरूलाई दिइसकेको र यो सही समय भएको बताउनुभयो। दक्षिण कोरियाले यस विश्वकपमा बेन्टोको प्रशिक्षकत्वमा उहाँकै देश पोर्चुगललाई २–१ ले हराएर नकआउट चरणमा स्थान बनाएको थियो।