‘एक रुपियाँ पुरस्कार पाउँदा संसार जितेझैँ लाग्यो’
राजधानीले काली–कर्णालीलाई अशिक्षित, हलिया प्रथा, छाउपडी प्रथा भएको, विकास नपुगेको यस्तै अनकन्टार क्षेत्रको रुपमा चिन्छ । मैले बुझेको काली–कर्णाली भौगोलिक रुपमा विकट, आर्थिक रुपमा विपन्न छ । तर सांस्कृतिक रुपमा भाषा, लोकसाहित्यमा काली–कर्णाली जति धनी नेपालमा अरु कुनै क्षेत्र छैन ।
९० साल पछिको ९० वर्ष
वि.सं. १९९० सालमा गएको ठुलो भूकम्पले ठुलो मात्रामा धनजनको क्षति पुर्याएको थियो । हामीले त्यो समयदेखि बारम्बार भूकम्पबाट क्षती सहँदै आएको छ । ९० वर्ष बित्दा समेत अझै भूकम्प प्रतिरोधी भौतिक संरचना निर्माण देखि अन्य सुरक्षाका उपायहरू अवलम्बन गर्ने कार्य प्रभावकारी रूपमा हुन सकेको छैन ।
हृदयाघात बढ्नुको प्रमुख कारण अधिक धूम्रपान
अन्य मौसमको तुलनामा जाडो मौसममा मुटुका रोगी बढ्ने गर्दछन् । विभिन्न अध्ययनले पनि जाडोमा मुटुरोगीको सङ्ख्या बढ्ने देखाएको छ । कार्डियोलोजिस्ट डा.सुजिव राजभण्डारी जाडोमा रगतका नलीहरू खुम्चिई ब्लड प्रेसर बढ्ने भएकाले मुटुलाई धेरै भार परी मुटुरोग बढ्ने बताउनुहुन्छ ।
महलका मालिक पनि सडकमा
हिउँदको कठ्याङ्ग्रिदो जाडोयाममा खुला आकाशमुनि रात बिताउने यी मानवका दृश्य हेर्दै दुःखदायी छन् । दिनमा तातो खाना छैन न त, रातमा छाना नै छ ।
‘आयोगले क्लष्टरमा कडाइ गर्छ’-प्रवक्ता, निर्वाचन आयोग
निर्वाचन आयोगले यस पटकको राष्ट्रिय सभा निर्वाचनमा क्लष्टर (समूह) मा फेरबदल नगर्ने र त्यसमा कडाइ गर्ने भनाइ सार्वजनिक गरेको छ ।
घुर्ने समस्या : हेलचेक्राइँ गरे ज्यानै जान सक्छ : प्रा.डा. श्रेष्ठ
नेपालमा १८ देखि २० लाख मानिसमा कडा खालको घुर्ने समस्या हुनसक्ने अनुमान गरिएको छ ।
दमका बिरामीले चिसोमा नहिँड्नु राम्रो: डा.पौडेल
चिसो मौसममा फ्लु, भाइरस जन्य रोग,ब्याक्टेरियाको सङ्क्रमणले विभिन्न स्वास्थ्य समस्या निम्तने गर्छ । चिसोमा वृद्ध वृद्धा, बालबालिका र रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसलाई श्वासप्रश्वास सम्बन्धी स्वास्थ्य समस्याले पनि निकै दुःख दिने चिकित्सक बताउँछन् । छाती रोग विशेषज्ञ डा= प्रकाश पौडेलका अनुसार दम श्वासप्रश्वास सम्बन्धी दीर्घ रोग हो ।
जीवन भोगाइ नै प्रेरणाको स्रोत बन्यो : प्रतिमा गुरुङ
काठमाडौँस्थित पद्मा कन्या बहुमुखी क्याम्पसमा करिब २० वर्षदेखि उपप्राध्यापन गर्दै आउनुभएको प्रतिमा गुरुङ मानव अधिकार र अपाङ्गता भएका व्यक्तिको अधिकारका सवालमा उत्तिकै सक्रिय हुनुहुन्छ ।
राहदानी वितरण ६५ प्रतिशत जिल्लाबाटै
राहदानीका लागि हप्ता दिन लगाएर पालो कुर्दा राहदानी हातमा नपाई फर्किनुपर्ने अवस्थाको अहिले अन्त्य भएको छ । राहदानी प्राप्ति सहज बनेको छ । राहदानीका लागि फारम सङ्कलनलाई विस्तार गरेसँगै सेवाग्राहीको चाप पनि घटेको हो ।
विदेश सम्बन्धमा नवीन आयाम
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तेस्रो पटक प्रधानमन्त्री भएको एक वर्ष पुगेको छ । यस अवधिमा प्रचण्ड नेतृत्वको सरकार दुई छिमेकी देश गणतन्त्र भारत र जनवादी गणतन्त्र चीनसँगको सम्बन्धलाई अझ सुदृढ बनाउन सफल भयो।
रहरले चालक बनेकी हर्मिता
साझा यातायातका एक मात्र चालक महिला हुनुहुन्छ हर्मिता श्रेष्ठ ।
एमालेको झुलाघाट-चिवाभञ्ज्याङ यात्रा कोशी प्रदेश प्रवेश
नेकपा (एमाले) को ‘झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ आज कोशी प्रदेश प्रवेश गरेको छ । यही मङ्सिर १४ गते बैतडीको झुलाघाट सुरु १९ दिने मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान आज कोशी प्रदेश प्रवेश गरेको हो ।
मौसम परिवर्तनले निमोनियाकाे सम्भावना बढी हुन्छ: डा. लामिछाने
नेपालमा बालबालिकामा सबैभन्दा बढी हुने स्वास्थ्य समस्या निमोनिया हो । निमोनिया सबै उमेर समूहका मानिलाई हुने चिकित्सक बताउँछन् । बाल रोग विशेषज्ञ डा.मिरा लामिछानेका अनुसार नवजात शिशु, पाँच वर्षका बालबालिका, वृद्धवृद्धा, रोगप्रतिरोधात्मक क्षमता कम भएका बालबालिकालाई निमोनियाले बढी दु:ख दिन्छ ।
अन्तर्राष्ट्रिय अपाङ्गता दिवस : रोजगारी नहुँदा झनै मर्कामा
‘दिगो विकास लक्ष्यको प्रतिबद्धता : अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धता’ भन्ने नारासहित आइतबार ३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइएको छ।
हिमाल बचाउन अन्तर्राष्ट्रिय समुदायसँग प्रधानमन्त्री प्रचण्डको आह्वान (भिडियोसहित)
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाल बचाउनका लागि अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गर्नुभएको छ।
‘हिंसा प्रतिकारका लागि बलियाे बन्नुपर्छ’
आर्थिक वर्ष २०७९/८० मा महिला आयोगमा उजुरी भएका ९०२ उजुरीमध्ये ८१८ वटा घरेलु हिंसाका छन् । पछिल्लो साउनदेखि असोजसम्म आयोगमा १६८ वटा घरेलु हिंसा र अरू हिंसाका १३ वटा उजुरी परेका छन् ।
गीत लेखनमा लोकप्रिय बन्दै वरिष्ठ पत्रकार थपलिया
वरिष्ठ पत्रकार गोपालप्रसाद थपलियाको गीत लेखन क्षेत्र सफल हुँदैगएको छ । करिब पाँच दशकदेखि निरन्तर पत्रकारितामा रहनुभएका पत्रकार थपलिया पछिल्लो समय जनचेतनामूलक गीत लेखन तथा रेकर्डिङ गराउनमा व्यस्त रहनुभएको छ ।
‘दसैँ लक्ष्मी पूजामा मात्र सकिन्छ’ डा. जोशी
संस्कृतिविद् एवम् सह–प्राध्यापक डा. राजनलाल जोशीले तिहारमा पाँच दिन गरिने पूजा विधि तथा यसको धार्मिक एवम् सांस्कृतिक महत्वको विषयमा धारणा राख्नुभएको छ ।
माटोको पाला बनाउन भ्याइनभ्याइ
तिहार सुरु भएसँगै भक्तपुरमा माटोको पाला बनाउन प्रजापति समुदायलाई भ्याइनभ्याइ छ । दसैँ सकिएसँगै तिहारको समय आएपछि भक्तपुरका प्रजापति समुदायलाई माटाका पाला तथा भाँडा बनाउन भ्याइनभ्याइ भएको हो ।
भूकम्प पीडितलाई जाडोबाट बचाउनु पहिलो प्राथमिकता : डा. बद्री रिजाल
पश्चिम नेपालको जाजरकोट र रुकुम पश्चिममा हालै गएको भूकम्पबाट ठुलो जनधनको क्षति भएको छ । सयौँ मानिसहरू घाइते भएका छन् भने हजारौँ संरचना ध्वस्त भएका छन् । भूकम्पमा परी हजारौँ पशुचौपाया मरेका छन् ।
जाजरकोट क्षेत्रमा भूकम्पको रौद्ररूप
शुक्रबार राति गएको भूकम्पका कारण जाजरकोटमा भएको क्षतिअन्तर्गत मानवीय खोजी र उद्धारको काम लगभग सकिएको छ ।
इजरायल सुरक्षित देश होइन भन्ने सोचेर हामी देश फर्केका हौँ: शिवशङ्कर लोनीया
लेबनानको सीमाक्षेत्रमा रहेको एउटा गाउँमा च्याउ फर्ममा काम गर्दै गर्दा साइरन बज्यो कि बङ्करमा जान्थ्यौं । यसरी दुई तिन दिनसम्म बित्यो त्यसपछि सुरक्षित क्षेत्रमा गयौँ तर पनि सुरक्षित नभएपछि त्यसपछि हामी त्रसित भयौँ शुक्रवार इजरायलबाट नेपाल फर्कनु भएका रुपन्देहीका शिव शङ्कर लोनीयाले भन्नुभयो । उहाँ त्रिभुवन विश्वविद्यालयबाट कृषि अध्ययनका लागि इजरायल जानुभएका उहाँ भन्नुहुन्छ, इजरायल देशनै सुरक्षित नभएपछि घर फर्किएका हौ । सानो देश भए पनि छिमेकीसँग राम्रो सम्बन्ध नभएकाले पनि जहिल्यै लडाइ र आक्रमण हुने गरेको उहाँको अनुभव छ ।
हामी त बाँचेर आइयो अरूको पनि उद्धार होस्: श्वेता भट्ट महेन्द्रनगर
महेन्द्रनगरकी श्वेता भट्ट भन्नुहुन्छ, इजरायलको लडाइ प्रत्यक्ष हेरे । यो मेरो पहिलो अनुभव हो जीवनकै । एकदमै खुसी छु । यो उद्धार प्रक्रिया यति छिटो हुन्छ भन्ने कल्पना पनि गरेको थिएन । हामी त बाँचेर आयौँ । बाँकी साथीहरूको पनि छिटो उद्धार होस । उहाँले सरकारसँग आग्रह गर्नुभयो । हामी अव देशमै केही गर्नुपर्छ भन्ने सन्देश यो घटनाले दिएको उहाँ बताउनुहुन्छ ।
१७ जना नेपाली साथी बचाएका विपिनलाई हमासले लग्यो: बिबुशा अधिकारी
हमासले हानेको ग्रिनेड नेपाली विद्यार्थी विपिन जोशीले टिपेर उतै फालिदिए । १७ जना नेपाली बसेको कोठामा आएको मिसाइल जोशीले नफालेको भए सबै जना बच्ने थिएन । तर विपिन जोशी हाल सम्पर्क विहीन छन् । हाल हमासले विपिनलाई लगेको इजरायलबाट नेपाली फर्कनु भएका नेपाली विद्यार्थी बिबुशा अधिकारीले जानकारी दिनुभयो ।