यातायात र हवाई उडान नहुँदा पर्यटकलाई सास्ती
पछिल्लो चार दिनदेखि लगातार परिरहेको अविरल वर्षासँगै आएको बाढी पहिरोले पवित्र तीर्थस्थल मुस्ताङको मुक्तिनाथ दर्शनका लागि आएका अन्तरिक तथा बाह्य पर्यटकलाई सास्ती भएको छ । हिमालपारीको जिल्ला मुस्ताङमा पनि वर्षाले गर्दा ठाउँ ठाउँमा पहिरो गएको छ ।
हिमालपारिको गाउँ लिमीमा हिमपात, जनजीवन प्रभावित
दुई दिनदेखि लगातार परेको वर्षापछि नाम्खा गाउँपालिका –६ हिमालपारिको गाउँ लिमीमा हिमपात सुुरु भएको छ । बिहीवार रातिबाट हिमपात सुुरु भएको स्थानीयले बताउनुुभएको हो ।
पर्यटकको हवाई उद्धार
हिमाली पदयात्राका क्रममा बिरामी परेका पर्यटकलाई आज हवाई उद्धार गरिएको छ । लाङ्टाङ पदयात्रा सम्पन्न गरी गोसाइँकुण्ड जाने क्रममा लडेर घाइते भएकी इजरायली नागरिक ५८ वर्षीय इफ्रात रोजेन्सट्रिक केलिभास्किको उद्धार गरिएको हो ।
पर्यटकको रोजाइमा मेघौलीका थारु ‘होमस्टे’
थारु घरबास ‘होमस्टे’ चितवनको गोलाघाट घुम्न आउने पर्यटकको रोजाइमा पर्ने गरेको छ । राप्ती र नारायणी नदीको सङ्गम भरतपुर–२८ स्थित गोलाघाटमा आउने पर्यटकले परम्परागत संस्कृति, रहनसहन र मौलिक खानाका परिकारका कारण होमस्टेलाई पहिलो रोजाइ बनाउने गरेका हुन् ।
अनुपम दूधकुण्ड
दूधकुण्ड साँच्चै सुन्दर, अनुपम र धर्तीको स्वर्गझैँ छ । मुलुकमा अनेक दूधकुण्ड छन् : लमजुङको दूधकुण्ड, दोलखाको दूधकुण्ड, खोटाङको दूधकुण्ड आदि । तिनमा सोलुखुम्बुको दूधकुण्ड विभिन्न दृष्टिकोणले उल्लेखनीय छ ।
मनाङमा हिमपात, सतर्कता अपनाउन प्रशासनको अनुरोध
हिमाली जिल्ला मनाङमा हिउँ पर्न थालेको छ । जिल्लाको माथिल्लो क्षेत्रमा बिहीबार बिहानबाट हिउँ पर्न थालेको स्थानीयले बताएका छन् । मंगलबार रातिदेखि परेको अविरल बर्षाका कारण बिहीबारबाट हिउँ पर्न थालेको हो । मनाङ ङिस्याङ गाउँपालिका अध्यक्ष कान्छा घलेका अनुसार तीन दिनदेखि निरन्तर परेको बर्षाले हिउँ पर्न थालेको हो ।
उजागर हुन नसकेको आश्चर्यलाग्दो प्राकृतिक पुल
पर्यटकीय नगरी पोखराको मध्यभागमा अवस्थित आश्चर्य लाग्दो प्राकृतिक पुल ओझेलमा परेको छ । पोखरा उपत्यकाको उत्पत्तिसँगै बनेको प्राकृतिक पुल उजागर हुन नसक्दा ओझेमा परेको हो ।
चितवन राष्ट्रिय निकुञ्जको चाडपर्व विशेष सुरक्षा व्यवस्था
चितवन राष्ट्रिय निकुञ्जले चाडपर्वमा विशेष सुरक्षा व्यवस्था मिलाएको छ ।
लुक्ला उडान सुरु भएसँगै रामेछापको मन्थली विमानस्थल व्यस्त
रामेछापको सदरमुकाम मन्थलीबाट सोलुको लुक्लासम्मको हवाई सेवा सुरु भएसँगै मन्थली विमानस्थल व्यस्त बनेको छ । कोभिड–१९ र विमानस्थल मर्मतका कारण रोकिएको हवाई सेवा सुरु भएसँगै मन्थली विमानस्थलमा चाप बढेको हो ।
लुम्बिनी तिलौराकोटसम्म निःशुल्क विधुतीय बस : आन्तरिक पर्यटक खुशी
भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा थन्किएर रहेको विद्युतीय बस कपिलवस्तुको तिलौराकोटसम्म सञ्चालनमा आएपछि स्थानीय बासिन्दा खुसी भएका छन् ।
बढ्यो पर्यटकीय क्षेत्रमा चहलपहल
दशैंसँगै पर्यटकीय क्षेत्रमा चहलपहल देखिएको छ । यसअघि सुनसानजस्तै बनेका जिल्लाका पर्यटकीय क्षेत्रमा अहिले आन्तरिक पर्यटकको उपस्थिति बाक्लो छ । दसैँका अवसरमा हुने बिदासँगै चाडपर्वको उमङ्गले पर्यटकीय क्षेत्रहरूमा आन्तरिक पर्यटकको चहलपहल देखिएको छ ।
‘साइकल प्लाङक ब्यालेन्स’ को उपाधि थापालाई
कपिलवस्तुमा भएको ‘साइकल प्लाङक ब्यालेन्स’ प्रतियोगिताको उपाधि सुशान्त थापाले जितेका छन् । शनिबार भएको प्रतियोगितामा उहाँले १२।३७ सेकेन्डमा ४४ मिटर दूरी पार गर्दै प्रतियोगिताको उपाधि जितेका हुन् ।
नारायणीलाई अन्तर्राष्ट्रिय पर्यटकीयस्थल बनाउन काम सुरु
नारायणी नदी किनारलाई अन्तर्राष्ट्रियस्तरको पर्यटकीयस्थल बनाउन तीन मन्त्रालयले काम सुरु गरेका छन् । भरतपुर महानगरपालिकाले तयार गरेको गुरुयोजनाअनुसार समन्वयात्मक रुपमा तीनवटै योजनाको काम अघि बढेको हो ।
मुन्धुमी पदमार्ग : पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न अध्ययन सुरु
प्रदेश नं. १ का पहाडी जिल्लाहरु तेह्रथुम, संखुवासभा र ताप्लेजुङलाई मुन्धुमी पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न अध्ययन थालिएको छ ।
यतीको नयाँ विमानबाट आजदेखि व्यावसायिक उडान सुरु
निजी क्षेत्रको अग्रणी हवाई संस्था यती एअरलाइन्सको नयाँ विमानले आजदेखि व्यावसायिक उडान सुरु गरेको छ । गत भदौ २० गते छैटौँ एटिआर ७२–५०० विमान थप गरेको यतीले आजदेखि व्यावसयिक उडान सुरु गरेको हो ।
टुरिजम गल्फमा सुवास च्याम्पियन
नेपाल टुरिजम एमेच्योर ओपन गल्फ प्रतियोगिताको उपाधि सुवास तामाङले जित्नुभएको छ । पार ७२ को गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा बिहीबार सम्पन्न तीन दिने ५४ होलको प्रतियोगितामा सुवासले कूल १० अन्डर २०८ खेल्नुभयो ।
तीनमुखे झोलुङ्गे पुलको आकर्षण बढ्दो
कालीगण्डकी नदीमा निर्माण गरिएको तीनमुखे झोलुङ्गे पुल पर्यटकहरूको आकर्षणको केन्द्र बन्न थोलेको छ । गुल्मी, पाल्पा र स्याङ्जाको संगमस्थल रिडीको काली गण्डकी नदीमा निर्माण गरिएको तीन मुखे झोलुङ्गे पुलमा चाडपर्व नजिकिएसँगै आन्तरिक पर्यटकहरूको चहलपहल बढ्न थालेको हो ।
आइकाओ महासभामा पर्यटनमन्त्री श्रेष्ठको सम्बोधनः नेपाली आकाश सुरक्षित छ
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)को ४१ औं त्रैवार्षिक महासभामा सम्बोधन गर्दै नेपाली आकाश सुरक्षित रहेको बताउनुभएको छ ।
मनाङ भित्रिन थाले पर्यटक
करिब दुई वर्ष कोभिड–१९ का कारण थलिएको पर्यटन क्षेत्रमा अब भने चहलपहल बढ्न थालेको छ । विसं २०७६ चैतदेखि नेपालका सबैजसो क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक आउजाउ शून्य थियो । हाल भने पर्यटनले विस्तारै लय लिन थालेको छ ।

शिथिल पर्यटन क्षेत्र चलायमान
विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी मनाइएको छ । कोभिड–१९ महामारीले शिथिल बनेको मुलुकको पर्यटन क्षेत्रलाई चलायमान बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मातहत निकाय तथा सरोकारवाला संस्थाले विभिन्न कार्यक्रम गरी मङ्गलबार