ओझेलमा पर्यटकीय पामडाँडा
पर्यटनका लागि प्रचुर सम्भावना बोकेको चितवनको पामडाँडा विकास र प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । इच्छाकामना गाउँपालिका–५ मा पर्ने सो क्षेत्रमा गुरुङ समुदायको पुरानो बसोबास रहेको क्षेत्र हो ।
सर्वाधिक पर्यटक आगमन
बितेको एक महिना (नोभेम्बर)मा कोरोना महामारीपछिकै सबैभन्दा धेरै पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागले उपलब्ध गराएको तथ्याङ्कअनुसार सन् २०२२ को ११ महिनामा हवाई मार्गबाट पाँच लाख ४६ हजार २१६ जना पर्यटक नेपाल भित्रिएका छन् । विभागका अनुसार यो वर्षको नोभेम्बरमा मात्रै ७२ हजार ६५३ जना पर्यटक नेपाल भित्रिएका छन् । यो सन् २०२१ को नोभेम्बर महिनाको तुलनामा झन्डै तेब्बर बढी हो । गत वर्ष नोभेम्बरमा २६ हजार १३५ जना पर्यटक नेपाल आएका थिए ।
पर्यटकलाई आकर्षित गराउँदै दगामका ‘होमस्टे’
उत्तरपट्टि लस्करै मिलेका चाँदीजस्तै टलक्क टल्केका हिमाल । अन्नपूर्ण, धवलागिरि, मनासलुसहित माछापुच्छ्रे लगायत हिम चुचुरासँग नाङ्गा आँखा जुधाउन सकिन्छ ।
खुम्बुमा घट्यो पर्यटकको चहलपहल
चिसो बढ्दै गएपछि सोलुखुम्बुको माथिल्लो क्षेत्रबाट विदेशी पर्यटक धमाधम फर्कन थालेको छन् । विश्वको सर्वोच्च शिखर सगरमाथालगायत अन्य हिमाल अवलोकन गर्न आएका पर्यटक फर्कन थालेका हुन् । यहाँका पदमार्गमा विदेशी पर्यटकको आवतजावत कम हुन थालेकाले खुम्बु क्षेत्र प्रायः सुनसानजस्तै बनेको छ । हवाई मार्ग प्रयोग गरी आउने पर्यटकका कारण तेन्जिङ–हिलारी विमानस्थलमा काठमाडौँ फर्कने पर्यटकको सङ्ख्या बढिरहेको नेपाल नागरिक उड्डयन कार्यालय, लुक्लाले जनाएको छ ।
सुकेटार–विराटनगर परीक्षण उडान
नेपाल वायु सेवा निगमले ताप्लेजुङ–विराटनगर परीक्षण उडान गरेको छ । उडान बन्द भएको करिब १४ वर्षपछि ताप्लेजुङको सुकेटार विमानस्थलबाट विराटनगर विमानस्थलमा बिहीबार परीक्षण उडान गरेको हो ।
पर्यटकीय गन्तव्य बन्दै सोलेडाँडा
वरपर घना जङ्गल । बीचमा समथर भूभाग । यसैले आकर्षित गरिरहेको छ धेरैलाई । यही ठाउँ हो बागलुङ र म्याग्दीको सिमाना सोलेडाँडा । दुई हजार छ सय ३० मिटर उचाइमा अवस्थित सोलेडाँडाको प्राकृतिक सौन्दर्य लोभलाग्दो छ ।
करबाकेली इको ट्रेकमा सङ्ग्रहालय सञ्चालन (फोटोफिचर)
पुन (मगर) जातिको कला, संस्कृति र परम्परागत शैलीलाई संरक्षण गर्न करबाकेली इको ट्रेकमा सङ्ग्रहालय स्थापना गरिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ काफलडाँडास्थित करबाकेलीमा पुन समुदायले चन्दा सहयोग जुटाएर सङ्ग्रहालय स्थापना गरेका हुन् । सङ्ग्रहालय स्थापना भएपछि पर्यटन प्रवद्र्धनमा टेवा मिल्ने विश्वास गरिएको छ ।
३३५० मिटर अग्लो देम्बाडाँडामा गल्फ खेलको परीक्षण
ओखलढुङ्गा जिल्लाको सबैभन्दा अग्लो स्थान देम्बाडाँडामा गल्फ खेलको परीक्षण गरिएको छ । खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले तीन हजार ३५० मिटर अग्लो देम्बाडाँडामा गल्फ खेल परीक्षण गरिएको हो ।
ध्वजेवाट सूर्योदय नियाल्दा (फोटो फिचर)
पूर्वको मुख्य पर्यटकीय स्थल मध्येको एक हो ध्वजे डाँडा । धनकुटाको साँगुरीगढि गाउँपालिका वडा नम्बर ५ मा रहेको यो डाँडा निकै मनोरम र आकर्षक स्थलको रूपमा चिनिन्छ ।
लुम्बिनीमा पर्यटक वृद्धि
गत वर्ष कोभिड–१९ कारण सुनसान रहेको लुम्बिनीमा यो वर्ष सिजन सुरु भएसँगै पर्यटकको आवागमन बढ्न थालेको छ। अक्टोबर महिना सुरु भएसँगै स्वदेशी तथा विदेशी पर्यटकको आगमनले लुम्बिनी क्षेत्रको चहलपहल बढेको छ। गत वर्षको अक्टोबरको तुलनामा यो वर्षको सोही महिनासम्म पर्यटकको उल्लेख्य वृद्धि भएको लुम्बिनी विकास कोषका सूचना तथा जनसम्पर्क प्रमुख हरिध्वज राईले जानकारी दिनुभयो।
मंसिर ५ देखि पोखरा विमानस्थलमा यान्त्रिक परीक्षण उडान
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा मंसिर ५ गतेदेखि यान्त्रिक परीक्षण उडान हुनेभएको छ । सो विमानस्थमा मंसिर ५ गतेदेखि ११ गतेसम्म परीक्षण उडान हुने तय भएको नेपाल नागरिक उड्ड्यन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताउनुभयो ।
रुप्से झरनामा आन्तरिक पर्यटकको भीड
उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना क्षेत्रको अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने आकर्षकस्थल रुप्से झरनामा रमाउन आउने आन्तरिक पर्यटकका कारण यहाँको रौनक बढ्दै गएको छ ।
चितवनमा ह्वात्तै बढे पर्यटक
कात्तिक महिना शुरु भए यता चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ । चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले दिएको जानकारीअनुुसार बितेको तीन महिनाको समग्र पर्यटक आगमन भन्दा कात्तिक महिनाको पर्यटक संख्या दोब्बर भन्दा बढी छ । पर्यटकबाट भएको राजश्व आम्दानी समेत दोब्बर भन्दा बढी छ ।
पनौतीमा पुसदेखि प्याराग्लाइडिङ सञ्चालन हुँदै
पनौती नगरस्थित कुशादेवी क्षेत्रमा आउँदो पुसदेखि प्याराग्लाइडिङ सञ्चालन हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत साउनमा काभ्रेपलाञ्चोकको फुल्चोकी–कुशादेवी क्षेत्रमा स्थानीय फुल्चोकी एड्भेन्चर प्रालिलाई प्याराग्लाइडिङ सञ्चालनको अनुमति दिएको हो ।
अर्याल र शेर्पाको टोलीद्वारा गाङछेँपो हिमालको सफल आरोहण
नेपाली माउन्टेन गाइड रामकाजी ‘प्रयास’सहित गरिमा भोयजका अध्यक्ष रवीन्द्र अर्याल र न्यू भिजन नेपालका अध्यक्ष अशोक भट्टले शुक्रबार दिउँसो ११ बजे गाङछेँपोको चुचुरो चुम्न सफल हुनुभएको छ ।
पुनहिलमा पर्यटक भरिभराउ
म्याग्दीको पर्यटकीय स्थल घोडेपानी र पुनहिलमा पर्यटकको चहलपहल बढ्न थालेको छ। अन्नपूर्ण गाउँपालिका–६ स्थित पुनहिल स्वदेशी एवं विदेशी पर्यटकले भरिभराउ भएको छ। कोरोनाका कारण शिथिल बनेको पर्यटन व्यवसाय पर्यटक आगमनमा वृद्धि भएसँगै सुधार देखिन थालेको छ। घोडेपानी र पुनहिलको भ्रमणमा आउने पर्यटक बढ्न थालेपछि पर्यटन व्यवसायी उत्साहित भएका छन्।
सुन्दर बेगनास ताल
पोखरा महानगरपालिका–३१ लेखनाथको सुन्दरी डाँडाबाट देखिएको बेगनास ताल ।
चलचित्र हलसहितको १४ तले दर्शनटुप्पो बनाइँदै
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ मोतिपुरमा चलचित्र हलसहितको १४ तले दर्शनटुप्पो निजी क्षेत्रबाट बनाउन थालिएको छ । सो दर्शन टुप्पोको अन्तिम तलाबाट चिया कफी पिउँदै दाङ उपत्यकाको अवलोकन गर्न सकिने बताइएको छ । पाँचौं तलामा १२६ जना सीट क्षमता भएको दुई वटा सिनेमा हल बनाइनेछ ।
गाउँ भरिभराउ
पछिल्लो समय मौसम खुलेसँगै घुम्न जानेको सङ्ख्या बढ्न थालेको छ । सहर बजारभन्दा पनि गाउँसम्म पुगेर ग्रामीण परिवेशमा रमाउने पर्यटक बढ्दो छ । कास्कीका मुख्य पर्यटकीय गाउँमा यतिखेर पाहुनाको घुइँचो लागेको छ । दसैँतिहारको बिदा सकिएलगत्तै कास्कीको घान्दु्रक, सिक्लेस, ताङतिङ, धम्पुस, ल्वाङ, घलेगाउँलगायतका पर्यटकीय स्थलमा चहलपहल बढ्न थालेको हो ।
मुस्ताङ जाने पर्यटक बढे
कोरोना सङ्क्रमण सामान्य बन्दै गएपछि मुस्ताङमा पर्यटकको सङ्ख्या बढ्दै गएको छ । मुस्ताङको सदरमुकाम जोमसोम मात्रै नभई माथिल्लो मुस्ताङ, कागबेनी, मुक्तिनाथ मन्दिर दर्शन गर्ने आन्तरिकसँगै विदेशी पर्यटकको सङ्ख्या बढेको हो । पर्यटकको आगमन बढेसँगै विगत तीन वर्षदेखि सुनसान अवस्थामा रहेका यहाँका होटल भरिभराउ छन् । असोजदेखि कात्तिकसम्म मुस्ताङ घुम्ने उपयुक्त समय भएकाले आन्तरिक र विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको हो । जोमसोममा रहेको एमोनाइट होटलकी सञ्चालक लक्ष्मी शेरचनले यसपालि पर्यटकको आगमन ह्वात्तै बढेको बताउनुभयो । “विगतका वर्ष कोरोना महामारीका कारण पर्यटक आगमन शून्य भयो । यसपालि असोज पहिलो सातादेखि नै पर्यटक आउन थालेको छन्,” उहाँले भन्नुभयो । ५० जनाको क्षमता रहेको होटलमा एक महिनादेखि भरी हुने गरेको शेरचनले जानकारी दिनुभयो ।
ट्रेकिङ जाने क्रममा युवकको मृत्यु
सोलुखुम्बुमा ट्रेकिङ जाने क्रममा एक युवकको ज्यान गएको छ । ज्यान जानेमा सोलुदूधकुण्ड नगरपालिका –१ रिङमुका २६ वर्षीय अम्बर लामिछाने (विश्वकर्मा) रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
रसुवाको होटल व्यवसाय चलायमान हुन थाल्यो
हिमाली छटाको आनन्द लिन आउने आन्तरिक एवं बाह्य पर्यटकको सङ्ख्या जिल्लामा क्रमशः वृद्धि हुँदै गएको छ । यसबाट होटल व्यवसायीको आर्थिक अवस्था सुधार समेत हुन थालेको छ ।
कन्याममा ‘स्काई वाक’ टावर
पर्यटकीय नगरी सूर्योदय नगरपालिकाको कन्याममा स्काई वाक (सिसाको टावर) निर्माण गरिएको छ । पर्यटकलाई थप आकर्षित गर्न कन्याम क्लाउडले पाँच करोड रुपियाँको लगानीमा स्काई वाकको निर्माण गरी सञ्चालनमा ल्याएको हो ।
घमाइलो काँठ क्षेत्र (फोटो फिचर)
चाडपर्व सकिएसँगै मौसम पूर्ण रूपले खुलेको छ । आजभोलि काठमाडौँ उपत्यका वरिपरि रमाइला दृश्यहरू देख्न पाइन्छ ।