पर्यटनले मुहार फेरेको भकुण्डे गाउँ
विश्व भेगन अर्गनाइजेशनका अध्यक्ष ज्याक दुई पटकसम्म विदेशी पहुना लिएर भकुण्डे गाउँ पुगिसक्नुभयो । उहाँले भेगन समूहमा आबद्ध बाह्य पर्यटकलाई बागलुङ जिल्लाको भकुण्डे गाउँ ल्याउने संस्थागत सुनिश्चित गरिसक्नुभएको छ ।
पर्यटकको रोजाइमा ‘याक चिज’
चौँरीपालनका लागि उपयुक्त स्थान मानिएको पाँचथरको फालेलुङ गाउँपालिकाकामा चौँरीको दूधबाट चिज बनाउन थालिएको हो । स्थानीय किसानकै अगुवाइमा फालेलुङका तीन स्थानमा चिज बनाउन थालिएको हो । फालेलुङमा वर्षौंदेखि चौँरी पालिँदै आए पनि यहाँ उत्पादन भएको चौँरीको दूधबाट घिउ र छुर्पी मात्रै बनाइन्थ्यो । पछिल्लो पटक फालेलुङ–४ को फालौटका सात, चाररातेका सात र घले भन्ज्याङका पाँच गरी १९ जना किसानले १८ लाख रुपियाँको लागतमा तीनवटा डेरी उद्योग सञ्चालन गरेर ‘याक चिज’ उत्पादन गर्न थालेको स्थानीय अगुवा किसान जङ्ग राईले जानकारी दिनुभयो । ती डेरी उद्योगले असार अन्तिम सातादेखि चिज उत्पादन गर्न थालेका हुन् । विदेशी पर्यटकले रुचाउने भएकाले सोलुखुम्बु, काठमाडौँ र पोखराका होटल सञ्चालकले यहाँ उत्पादन भएको याक चिज किनेर लैजाने गरेका छन् ।
बढ्यो पर्यटकीय गतिविधि
कोरोना महामारीपछि विदेशी पर्यटक आगमनमा सुधार देखिन थालेको छ। सन् २०२२ को सुरुवाती चरणदेखि सुधारोन्मुख पर्यटक आगमन बेसिजनमा समेत सन्तोषजनक रहेको पर्यटक आगमनको तथ्याङ्कले देखाएको छ। नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार सन् २०२२ को आठ महिनामा हवाई मार्गबाट मात्रै तीन लाख २६ हजार ६६७ पर्यटक नेपाल भित्रिएका छन्।
बुटवलमा बन्ने सिग्नेचर पुलको डिजाइन तयार
बुटवलको तिनाउ नदीमा बन्ने सिग्नेचर पुलको आर्किटेक र स्ट्रक्चर डिजाइन तयार भएको छ । भारतमा मुख्य कार्यालय रहेको अन्तर्राष्ट्रिय कम्पनि टोटल सिनर्जी कन्सल्टिङले आर्किटेक डिजाइन तयार पारेको छ । पुलको स्ट्रक्चर डिजाइन भने स्वीस सरकारको स्वीस डेभलपमेन्ट कोअपरेशनले गरेको हो ।
क्याट–वाकको लयमा आहारा खोज्दै जल अप्सरा (फोटो फिचर)
चिरिच्याट्ट परेको जिउ डाल । लामो पुच्छर जस्तो देखिने प्वाँख । कमलको पातमाथि क्याट–वाक गर्दै हिँडेका अप्सरा जस्तै देखिने अति सुन्दर चरा । ‘जल अप्सरा (पिजन्ट टेल्ड ज्याकाना)’ लाई देखेपछि जो सुकैलाई पनि मोहित बनाउँछ । अहिले प्रजनन्को समय भएकाले प्रकृतिले अझ सिङ्गारिएको हुन्छ ।
लामो पुलले बढायो बागलुङमा पर्यटक
दुई वर्ष अगाडिसम्म बागलुङमा आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या त्यति धेरै थिएन । जब बागलुङ र पर्वत जोड्ने लामो झोलुङ्गे पुल निर्माण भयो, त्यसपछि यहाँ आउने पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ । धेरै जसो पर्यटक प्रसिद्ध बागलुङ कालिकासम्म आए पनि बागलुङ बजारसम्म आउँदैनथे ।
पुग्नै मुस्किल छ ढोरपाटन
नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन पर्यटकीय हिसाबले पनि निकै चर्चित ठाउँ हो । यहाँ आन्तरिकसँगै बाह्य पर्यटकको समेत आगमन हुने गर्छ । विदेशी पर्यटक वर्षको दुई पटक यहाँ आउने गर्छन् भने आन्तरिक पर्यटक बाह्रै महिना पुग्ने गर्छन् ।
ओझेलमा परेकाे मुठाचौर
पहाडको टुप्पोमा छ मुठाचौर । यहाँभन्दा माथि कुनै बस्ती छैन । तमानखोला गाउँपालिका–२ मा पर्ने मुठाचौर बागलुङ जिल्लाकै उच्च स्थानमा रहेको बस्ती हो । भौगोलिक हिसाबले निकै विकटमा रहेको मुठाचौर पर्यटकीय हिसाबले भने निकै मनोरम छ ।
पर्यटकीय गाउँपालिका
पदयात्रा पर्यटनका लागि प्रसिद्ध अन्नपूर्ण वेस क्याम्प, मर्दी हिमाल र घान्द्रुक कास्कीको अन्नपूर्ण गाउँपालिकामा पर्दछन् । अन्नपूर्ण हिमशृङ्खलाको दक्षिणी मोहडामा ४०७ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको यो गाउँपालिकाको नामकरण विश्वको दसौँ अग्लो अन्नपूर्ण हिमालको नामबाट गरिएको हो । यो हिमालको उचाइ ८,०९१ मिटर रहेको छ । यो गाउँपालिकाभित्र पर्ने अन्नपूर्ण हिमालमा अन्न र पोषणकी देवी अन्नपूर्ण माताको वासस्थान रहेको धार्मिक मान्यता रहिआएको छ ।
हिमाल आरोहणका लागि ५० मुलुकका ३६४ जनालाई अनुमति
यस वर्षको शरद ऋतुमा विभिन्न सातवटा हिमाल आरोहणका लागि ५० मुलुकका ३६४ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार भदौ ८ गतेदेखि हिमाल आरोहण खुला गरिएको हो । शरद ऋतुका लागि हालसम्म सगरमाथा, धवलागिरि, हिमलुङ, मनास्लु, नुप्से, कुम्भकर्ण र सरिबुङका लागि आरोहण अनुमति जारी गरिएको छ ।
पर्यटकीय ‘हब’ बन्दै पाँचपोखरी थाङ्पाल
पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई पर्यटकीय आकर्षक स्थल (हब) बनाउने अभियानका साथ विकास निर्माणमा अगाडि बढाइएको छ । समुद्री सतहबाट करिब चार हजार एक सय ५१ मिटर उचाइमा अवस्थित पाँचपोखरी एक प्रमुख पर्यटकीय आकर्षक गन्तव्य हो ।
‘सिजन’ पर्खाइमा पोखरा
कोरोना महामारीका कारण थलिएको पोखराको पर्यटन क्षेत्र अझै उठ्न सकेको छैन । महामारी सकिएसँगै विदेशी पर्यटक आउने क्रम बढे पनि अहिले पर्यटन क्षेत्रको ‘अफ सिजन’ले गर्दा पर्यटकको चहलपहल कम छ । केही समय भारतीय पर्यटकको आगमन भए पनि तेस्रो मुलुकबाट आउने पर्यटकको सङ्ख्यामा सुधार आउन सकेन । यो तेस्रो मुलुकका पर्यटकका लागि ‘अफ सिजन’ हो । अहिले भारतीय पर्यटक केही आउने गर्छन् भने आन्तरिक पर्यटकले पोखराको पर्यटन क्षेत्रलाई निकै थेगेको छ ।
पर्यटकले छुटाउन नहुने गन्तव्य पर्वत
प्राकृतिक सुन्दरताले भरिपूर्ण हुँदाहुँदै पनि केही वर्ष अघिसम्म पर्वत पर्यटकीय गन्तव्य बन्न सकेको थिएन । पर्वत गुमनामको अवस्थामा थियो । “परिचयको क्रममा घर पर्वतभन्दा धेरैले ‘कहाँपर्छ’ भनेर प्रश्न गरिहाल्थे ।”, कुश्मामा होटल व्यवसाय गर्दै आउनुभएका सूर्य केसीले भन्नुभयो, “पोखरादेखि यता की उता, बागलुङभन्दा टाढा पर्छ हो ?, जस्ता सवालले हैरानै भएर केहीलाई त घर बागलुङ हो, भनिदिन्थेँ”, तर अहिले पर्वत नचिन्ने कमै छन् । साहसिक पर्यटनको लागि पर्वत गतिलो गन्तव्य बनेको छ ।” जिल्लामा अग्ला र लामा झोलुङ्गे पुलदेखि बन्जी, स्वीङ, जिपलाइनलगायत खेलबाट भरपुर आनन्द उठाउन सकिन्छ ।
पर्यटकका लागि छैन योजना
मुलुक सङ्घीय गणराज्य भएसँगै साबिकको रुकुमबाट छुट्टै जिल्ला बनेको रुकुमपूर्र्वलाई नेपाल सरकारले हिमाली जिल्लाको सूचीमा राखेको छ । २०७४ असोज १९ गतेको राजपत्रमा रुकुमपूर्व ‘क’ वर्गको हिमाली जिल्लामा सूचीकृत छ । हिमाली जिल्लामा देशभरका १९ र रुकुमपूर्वसहित एक गरी २० जिल्ला भएका छन् । रुकुमपूर्वमा धेरै हिमाल तथा हिमशृङ्खला रहेकाले ‘क’ वर्गकै हिमाली जिल्लाका रूपमा सूचीकृत गरिएको हो । पाँच हजार मिटरभन्दा अग्ला करिब आधा दर्जन हिमाल यसै जिल्लामा छन् । सात हजार २४६ मिटर अग्लो पुथा, छ हजार ५३६ मिटर अग्लो दोगारी, पाँच हजार ९२४ मिटर अग्लो साम्जाङ, पाँच हजार ९११ मिटर अग्लो सिस्ने र पाँच हजार ८३३ मिटर अग्लो ङिम्कुँ गरी पाँचवटा हिमाल यहाँ छन् । पुथा, दोगारी, साम्जाङ र ङिम्कुँ चार हिमाल पुथाउत्तरगङ्गा गाउँपालिका–१ र २ वडामा छन् । सिस्ने हिमाल सिस्ने गाउँपालिका–१ मा अवस्थित छ । पुथा र सिस्ने यी दुई हिमालबाट गाउँपालिकाको नामकरण गरिएको छ ।
१५ दिनमा आठ सय बढी धार्मिक पर्यटक हुम्ला भित्रिए
नेपाली भूमी लाप्चा क्षेत्रबाट मानसरोवर कैलाशको दर्शन गर्ने धार्मिक पर्यटकहरुको सङ्ख्या आठ सय भन्दा बढी पुुगेको छ । गत भदौ ६ गतेयता पर्यटकहरु हुुम्ला भित्रिन सुुरु भएको थियो ।
पोखरा विमानस्थलको आन्तरिक तथा बाह्य टर्मिनल भवन
कास्की जिल्लाको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक तथा बाह्य टर्मिनल भवन ।
सरकारले छिट्टै भ्रमण दशक घोषणा गर्छ : पर्यटनमन्त्री श्रेष्ठ
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सरकारले छिट्टै नेपाल भ्रमण दशक घोषणा गर्ने तयारी गरेको बताउनुभयो । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (न्याथम)ले मङ्गबार काठमाडौंमा आयोजना गरेको प्रथम राष्ट्रिय पर्यटन सम्मेलन–२०२२ लाई सम्बोधन गर्नुहुँदै पर्यटन मन्त्री श्रेष्ठले सो जानकारी दिनुभएको हो ।
हनुमानढोका–स्वयम्भू ‘सम्पदा पदमार्ग’ विश्व नमुना बन्नेछ– पर्यटनमन्त्री श्रेष्ठ
स्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले विश्वसम्पदा सूचीमा सूचीकृत दुई सम्पदा हनुमानढोका दरबार स्क्वायर र स्वयम्भूबीच निर्माण हुने सम्पदामार्ग विश्व पर्यटनकै नमूना बन्ने बताउनुभएको छ ।
सस्तो प्याकेजले मुस्ताङमा अडिएनन् पर्यटक
पछिल्लो समय पर्यटन क्षेत्रले बिस्तारै लय समाउँदै छ । कोभिड–१९ को सङ्क्रमण बिस्तारै कम हुन थालेपछि तेस्रो मुलुकसहित भारतीय पर्यटकको सङ्ख्या बढ्न थालेको हो । पर्यटन व्यवसायीका अनुसार अहिले तेस्रो मुलुकबाट पनि पर्यटक आउन थालेका छन् । पोखरा आउने पर्यटक हिमालपारिको जिल्ला मुस्ताङ पुग्ने गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को संरक्षित क्षेत्रभित्र पर्ने मुस्ताङमा अन्नपूर्णको पदयात्रा पूरा गरेर जाने पर्यटक पनि उत्तिकै छन् तर त्यहाँ पुगेका पर्यटक धेरै दिन टिक्न नसकेको व्यवसायी बताउँछन् । अझ धार्मिक पर्यटकको बसाइ अवधि मुस्ताङमा एक रातभन्दा बढी नहुने उनीहरूको भनाइ छ । पर्यटकको बसाइ कम हुनुमा पोखरेली व्यवसायी र सडक यातयात मुख्य कारक बनेको त्यहाँका व्यवसायीको गुनासो छ । पोखराका पर्यटन व्यवसायीले मुस्ताङ उक्लेका पर्यटकलाई घुमघाममा लैजाने र बसाइ अवधि बढाउने गरी प्याकेज नबनाउँदा समस्या परेको मुस्ताङको थासाङ गाउँपालिकाका अध्यक्ष प्रदीप गौचनले बताउनुभयो ।
पदयात्रा पर्यटनमा उत्साह, अग्रिम बुकिङ गर्दै विदेशी पर्यटक
कोरोना कहरका कारण दुई वर्षसम्म प्रभावित अन्नपूर्ण आधार शिविरको पदयात्रा आगामी दिनमा भने बढ्ने आशा जागेको छ । पदयात्राको मुख्य याम आइरहँदा यतिखेर बेलायत, अष्ट्रेलिया लगायतका स्थानबाट अग्रिम बुकिङ हुन थालेपछि व्यवसायी पनि उत्साहित बनेका छन् ।
‘अफ सिजन’मा बढे पर्यटक
सोलुखुम्बुको सगरमाथा राष्ट्रिय निकुञ्जले ‘अफ सिजन’मा पनि पर्यटक प्रवेश शुल्कबाट ३२ लाख रुपियाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ । ‘अफ सिजन’मा सगरमाथा क्षेत्र भ्रमण गर्ने पर्यटकबाट निकुञ्जले ३२ लाख ७० हजार एक सय रुपियाँ राजस्व सङ्कलन गरेको हो । निकुञ्जका सूचना अधिकारी विष्णु रोकायका अनुसार गत असारदेखि हालसम्म एक हजार २९९ विदेशी र १७६ जना नेपाली पर्यटकबाट सो राजस्व सङ्कलन भएको हो । असारमा ८५७ विदेशी र १८ नेपाली, साउनमा ३२३ विदेशी र ६२ नेपाली र भदौ १५ सम्म ५७ विदेशी र १८ जना नेपालीले सगरमाथा क्षेत्रको भ्रमण गरेको निकुञ्जको तथ्याङ्क छ । सगरमाथा क्षेत्रमा वर्षको दुई सिजन चैत अन्तिमदेखि जेठसम्म र असोजदेखि
पर्यटकको आगमनले तङ्ग्रिदै हुम्ला पर्यटन (फोटो फिचर)
पर्यटन क्षेत्रको ठूलो सम्भावना भएको हुम्ला पुनः पहिलेकै लयमा फर्किन थालेको छ । बिशेषगरी सदगुुरुसहितको टोली सिमकोट हुँदै मानसरोवर कैलाशको दर्शन गर्न लाप्चा जान सुुरु गरेपछि धार्मिक पर्यटकले यो क्षेत्र चलायमान भएको हो ।
प्राकृतिक कुचिकारकाे रूपमा मानिएका गिद्ध नेपालमा बढ्दै
अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस यस वर्ष नेपालको ३३ जिल्लामा मनाइँदैछ । नेपाल पंक्षी संरक्षण संघको अगुवाइमा १४ औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस भदौ १६ गतेदेखि २२ गतेसम्म एक सप्ताहव्यापी रुपमा मनाइँदैछ ।
भोटे चौरमा पर्यटकीय पूर्वाधार: काठमाडौँ महानगरको लागत सहभागिता
काठमाडौँ, भदौ १८ गते । मेलम्ची नगरपालिकाको भोटे चौरमा पर्यटकीय पूर्वाधार निर्माणको शिलान्यास भएको छ । भदौ १७ गते काठमाडौँ महानगरकी उपप्रमुख सुनिता डङ्गोल र मेलम्ची नगरका प्रमुख आइतमान तामाङले संयुक्त रूपमा भोटे चौर एकीकृत पर्यटकीय पूर्वाधार निर्माणको शिलान्यास गर्नुभएको हो । भगिनी सम्बन्ध भएका नगरसँग सार्वजनिक जग्गा संरक्षण, पार्क निर्माण तथा हरियाली प्रवर्धन गर्न साझेदारी कार्यक्रम सञ्चालन गर्ने क्रममा यस पूर्वाधार निर्माणका लागि महानगरको लागत सहभागिता छ । मेलम्ची, काठमाडौँ महानगरको भगिनी सम्बन्ध भएको नगर हो । २०७७ पुस २१ गते दुई नगर बिच भगिनी सम्बन्ध स्थापना सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । महानगरले सम्बन्ध स्थापनापछि मेलम्ची सिटी पार्क निर्माणका लागि एक करोड ५० लाख रुपैयाँ सहयोग सम्झौता गरेको थियो । २०७८ असार १ गते नदीमा आएको बाढीले बजार क्षेत्रमा क्षति पुराएपछि त्यो दुःख व्यवस्थापन गर्न दुई करोड रुपैयाँ उपलब्ध गराएको थियो । शिलान्यासपछि प्रमुख अतिथि एवं महानगरकी उपप्रमुख डङ्गोलले, भगिनी सम्बन्ध आर्थिक लेनदेनका लागि मात्र नभई, सांस्कृतिक आर्थिक विकासका पक्षमा अनुभव तथा सिकाइ आदान प्रदान गर्ने थलो भएको उल्लेख गर्नुभयो । ‘मेलम्चीले काठमाडौँलाई पानी दिएको छ । कृषिजन्य उत्पादनबाट काठमाडौँलाई टेवा पुर्याएको छ । यसरी काठमाडौँलाई सहयोग दिइरहेको मेलम्चीसँग भगिनी सम्बन्ध गाँसिएकोमा हामी हर्षित छौँ ।’ आपसी सम्बन्ध पछि पर्यटन पूर्वाधारका विषयमा कुरा गर्दै उहाँले, प्राकृतिक र मानवीय कुनै पनि कारणले आयोजना निर्माण सम्पन्नतामा ढिलाइ हुनु नहुने बताउनुभयो । उपप्रमुख डङ्गोलले, काठमाडौँमा मनाइने इन्द्रजात्रा अवलोकन गर्न राष्ट्रिय अन्तर्राष्ट्रिय नगरबाट प्रमुख, उपप्रमुख तथा प्रतिनिधिलाई निमन्त्रणा दिइएको प्रसङ्ग उल्लेख भन्नुभयो, ‘मेलम्चीको आँगनबाट हामी तपाईँहरूलाई पर्व अवलोकनका लागि पाल्नुहुन निमन्त्रणा गर्दछौँ ।’कार्यक्रममा मेलम्ची नगरका प्रमुख आइतमान तामाङले, भोटे चौर पर्यटकीय पूर्वाधारले काठमाडौँ र मेलम्चीबिचको सम्बन्धलाई पछिल्लो पुस्ताले हेर्न पाउने बताउनुभयो । ‘यो परियोजना १८ करोड ३५ लाख लागतको हो । यसमध्ये पहिलो चरणमा दुई करोड २० लाख लागत बराबरको काम गर्दै छौँ ।’ प्रमुख तामाङले अनुमान गरिएको लागतमा बोलपत्रबाट २ करोड ४ लाख ५६ हजारमा काम हुने जानकारी गराउनुभयो । विस्तृत परियोजना प्रतिवेदनको प्रसङ्ग उल्लेख गर्दै उहाँले, यसको निर्माण सम्पन्नताका लागि काठमाडौँ महानगरबाट नियमित सहयोगको अपेक्षा गर्नुभयो । हामी सङ्घ र प्रदेश सरकारसँग पनि सहयोग माग्छौँ । प्रमुख तामाङको भनाइ थियो । कार्यक्रममा मेलम्ची नगरकी उपप्रमुख उमा प्रधानले पर्यटन पूर्वाधारबाट स्थानीय जीवनस्तरमा सुधार आउने अपेक्षा गर्नुभयो । त्यस्तै निवर्तमान प्रमुख डम्बरबहादुर अर्यालले, पर्यटन पूर्वाधारसँगै यस क्षेत्रमा घुम्न आउने पर्यटकले खरिद गरेर लैजाने सामग्री उत्पादनमा पनि जोड दिनुपर्ने बताउनुभयो । नगर साझेदारी कार्यक्रमअन्तर्गत यस अघि मेलम्ची सिटी पार्क निर्माण कार्य थालिएको थियो । मेलम्चीका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले २०७८ असार १ गते मेलम्ची नदीमा आएको बाढीले सिटी पार्कलाई पुनर्स्थापना गर्न नसकिने गरी क्षति पुराएपछि भोटे चौर पर्यटकीय पूर्वाधारमा योजना सारिएको जानकारी दिनुभयो । मेलम्चीले साझेदारी कार्यक्रमअन्तर्गत अगाडि बढाएको परियोजनामा प्राविधिक सहयोग आवश्यक भए काठमाडौँ महानगरपालिकाले उपलब्ध गराउने छ । कार्यक्रममा महानगरको पूर्वाधार निर्माण विभागका प्रमुख राम थापाको भनाइ थियो । मेलम्ची नगरको वडा १ र २ को खाल्टे, पाताल गुफा, तपो चुली डाँडा र चिया बगानसम्मको क्षेत्रलाई समेटेर पार्क निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन तयार पारिएको छ । यो भोटे चौर केदारेश्वर मन्दिर पछाडिपट्टिको भूभागमा पर्छ । साढे ४ किलोमिटर क्षेत्रको व्यवस्थित पद मार्ग योजनाको मुख्य विशेषता हो । यसका लागि भिरालो जमिनमा बनाइने १ हजार ६ सय सिँढीसहितको ७ हजार ५२ फिट (२ हजार १५० मिटर) लामो यात्रा मार्ग बनाइनेछ । यात्राका क्रममा यात्रुलाई आवश्यक पर्ने आराम गर्ने पाटी, दृश्यावलोकनका लागि भ्यु टावर निर्माण गरिनेछन् । भ्यु टावर भूकम्प प्रतिरोधी हुनेछ । बन क्षेत्र भएकोले यस ठाउँमा वनभोज स्थल बनाइनेछ । त्यस्तै शिव र बुद्धको मूर्ति, मेलम्चीको कृषि उपज देखाउन किवी र चियाका विम्बहरू, रक क्लाइम्बिङ् पर्खाल बनाइनेछन् ।