जनताको विश्वास जितेको पार्टी एमाले हो : वरिष्ठ उपाध्यक्ष पोखरेल
नेकपा (एमाले) का बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जनताको विश्वास जित्न सफल भएकै कारण देशको पहिलो पार्टी भएर एमाले यहाँसम्म आएको बताउनुभएको छ ।
विश्वकपका लागि उत्कृष्ट १५ खेलाडी छान्न कठिन छ : कप्तान रोहित
नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले राष्ट्रिय टोलीका लागि सम्भावना बोकेका धेरै खेलाडी रहेकाले ट्वान्टी–२० विश्वकपका लागि अन्तिम १५ खेलाडी छनोट गर्न चुनौतीपूर्ण हुने बताउनुभएको छ।
वेस्ट इन्डिजविरुद्ध कप्तान रोहित पौडेलको अर्धशतक
कप्तान पौडेलले २७ बलमा ५१ रन बनाउँदै अर्धशतक पूरा गर्नुभएको हो। उहाँले दुई छक्का र सात चौका प्रहार गर्नुभएको छ।
अग्निपीडितका लागि २२ घर बन्ने
मोरङको रङ्गेली–३ स्थित बाबुसाहेव टोलको सन्थाल बस्तीका अग्निपीडितलाई नगरपालिकाले घर निर्माण गरिदिने भएको छ । बाबुसाहेव टोलमा गत चैत ३ गते आगलागी हुँदा टोलका २३ घर जलेर नष्ट भएका थिए ।
सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रु’
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण कार्य सम्पन्न भएको छ ।
वैशाखमै अचाक्ली गर्मी, जनजीवन प्रभावित
कोशी प्रदेशका तराईका जिल्लामा पछिल्लो दुई साता यता अत्यधिक गर्मीका कारण दिउँसोको समयमा घरबाहिर निस्कन कठिन भएको छ । औसत तापक्रम ३९–४० डिग्री सेल्सियसको हाराहारीमा पुग्दा सर्वसाधारणले सास्ती खेप्नु परिरहेको छ ।
थप १७ जनामा डेंगु सङ्क्रमण
बागमती प्रदेशमा थप १७ जना डेंगु सङ्क्रमित थपिएका छन् । वैशाखको १३ गते बिहीबारसम्म चितवनमा ११ र मकवानपुरमा ६ जना डेंगु सङ्क्रमित थपिएको बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
बझाङमा बिहान ११ बजेसम्म १५ प्रतिशत मतदान
बझाङको क्षेत्र नम्बर १ को प्रदेश सभा (१) मा आज बिहान ११ बजेसम्म १५ प्रतिशत मतदान भएको छ । सो क्षेत्रमा ६१ हजार ७४८ मतदाता रहेकोमा बिहान ११ बजेसम्म १५ प्रतिशत मतदाताले मतदान गरेको सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय, धनगढीका निमित्त प्रमुख प्रेमराज भट्टले बताउनुभयो ।
सिधाकुरा डटकमलाई काउन्सिलको २४ घण्टे स्पष्टीकरण
प्रेस काउन्सिल नेपालले सिधा कुरा डट कमका सम्पादकलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापा तथा कान्तिपुर मिडिया प्रालि.का अध्यक्ष कैलाश सिरोहियालाई जोडेर लेखेको समाचार भ्रामक भएको भन्दै काउन्सिलले स्पष्टीकरण सोधेको हो ।
चार हजार ४६२ प्राथमिक तहको शिक्षक माग
प्राथमिक तह तृतीय श्रेणीका लागि शिक्षक सेवा आयोगले चार हजार ४६२ शिक्षकको माग गरेको छ । शनिवार गोरखापत्र दैनिकमा सूचना माग गर्दै आयोगले विभिन्न समूहमा सातै प्रदेशका लागि विज्ञापन खुला गरेको हो ।
नब्बे काटेका पनि परिचयपत्रका लागि धाउँदै
“उमेरले ९० काटेँ, घर मेरो पोखरा–२२, पुम्दीभुम्दी हो । पुरानो नागरिकता च्यातिएर अर्को नागरिकता बनाउन पर्छ भन्छन् । नागरिकता हैन अझै अर्को कार्ड के हो कुन्नि त्यो थाहा छैन । वडा कार्यालयले यहाँ जानु भनेर आएको हुँ । अस्ति के मिलेन थाहा भएन आज फेरि आएको छु ।” हातमा लौरो टेकेर अड्डा आउनुभएका पिउरे घर्तीले भन्नुभयो, “भत्ता बुझ्न पनि त्यही कागज चाहिन्छ रे, त्यो भएन भने पाइन्न भन्छन्, त्यही भएर म बुढो मान्छे एक्लै अड्डा धाएको छु ।”
नेपालका बैङ्क तथा वित्तीय संस्था सुदृढ अवस्थामा : गभर्नर
बैङ्क तथा वित्तीय संस्थाको नियामक निकाय नेपाल राष्ट्र बैङ्क शुक्रबारदेखि स्थापनाको ६८ वर्ष पूरा गरी ६९ औँ वर्षमा प्रवेश गरेको छ । राष्ट्र बैङ्कले शुक्रबार राजधानीमा आयोजना गरेको ६९ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक गतिविधिमा आएको केही शिथिलताका कारण बैङ्किङ प्रणालीको कर्जा असुली दबाबमा रहेको हुँदा निष्क्रिय कर्जा अनुपात केही बढेको बताउनुभयो ।
साउनबाट अदालतमार्फत उपभोक्तालाई न्याय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आर्थिक वर्ष २०८१/८२ को साउनदेखि उपभोक्ता अदालत गठन गरी गुनासो सुनेर पीडित उपभोक्तालाई न्याय दिलाउन सुरु गरिने भएको छ । आपूर्ति मन्त्रालयले उपभोक्ता संरक्षण ऐन २०७५ मा भएको व्यवस्था अनुसार उपभोक्ता अदालत गठन गर्नेसम्बन्धी सबै प्रक्रिया पूरा गरी अन्तिम रायका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइएको छ ।
गोरखापत्र प्रतिष्ठान शाखाको साधारणसभा सम्पन्न
नेपाल पत्रकार महासङ्घ गोरखापत्र प्रतिष्ठान शाखाको ११ औँ साधारण सभा सम्पन्न भएको छ । शुक्रबार सम्पन्न साधारण सभालाई सम्बोधन गर्दै महासङ्घको लेखा समिति संयोजक लेखनाथ न्यौपानेले गोरखापत्र पत्रकारिताको धरोहर भएकाले सबैले गोरखापत्रबाट पत्रकारिता सिक्नुपर्ने बताउनुभयो । गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले गोरखापत्र संस्थानमा लेखन व्यवस्थापनमा सुधार हुँदै गएको बताउनुभयो । उहाँले श्रमजीवी पत्रकारको पक्षमा काम गर्न कानुनी जटिलता रहेको भन्दै ती जटिलतालाई फुकाउँदै जानुपर्ने बताउनुभयो ।
डढेलो प्रभावितको उद्धार गर्न निर्देशन
सरकारले आगलागी तथा डढेलो प्रभावितलाई तत्काल राहत, उद्धार तथा व्यवस्थापनमा कुनै कसर नछाड्न सबै सरोकारवाला निकायलाई निर्देशन दिएको छ । गृह मन्त्रालयमा शुक्रबार बसेको आपत्कालीन बैठकमा उप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सबै माध्यमको प्रयोग गरेर पीडामा परेकालाई राहत र उद्धारमा सघाउन निर्देशन दिनुभएको हो । उहाँले भन्नुभयो, “कार्यविधि र नियमावलीको पालना गर्दै आगलागी तथा अन्य विपत्मा परेकालाई तत्काल राहतका लागि कुनै पनि ढिलाइ नहोस् ।”
किसानको पीडा : आगोले गहुँबाली खायो, अब हामी के खाने ?
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-७ बाबास्थानका सन्तोषबहादुर मगरले महिनौ मिहेनत गरेर फलाएको गहुँ काटेर घर भित्र्याउने तयारीमा हुनुहुन्थ्यो । त्यही बेला गत साता एक्कासी आगलागी भएपछि गहुँबालीको थुप्रो खेतमै जलेर खरानी भयो ।
मालपोत कार्यालयका खरिदारसहित दश जनाविरुद्ध भ्रष्टाचार मुद्दा
मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेलसहित दश जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
हिलो र धुलोमुक्त नगर बनाउँछौँ
सिराहा जिल्लाको सदरमुकाम रहेको सिराहा नगरपालिकामा २२ वटा वडा छन् । लगडिगदियानी, लक्ष्मीनियाँ, सन्हैठा, लगडीगोठ र हक्परा गाउँ विकास समिति जोडिएर बनेको सिराहा नगरपालिकाको क्षेत्रफल ९४.२ वर्ग
गुराँसले लालिमा चढेको महाबु लेक (फोटो फिचर)
दैलेखको शिर मानिने महावु लेकमा यतिबेला लाली चढेको छ । लाली अर्थात् थरिथरिका ढकमक्क फुलेको लालिगुराँसले लेक नै मनमोहक बनेको छ । प्रकृतिको लालित्य चढेपछि सडक किनारदेखि अक्करे भिरमा पनि ढकमक्क गुराँस फुलेपछि वातावरण रमणीय निक्कै मनमोहक बनेको छ ।
क्यान्सर र यौन
क्यान्सर र यौन विषयमा कुरा गर्दा दुइटा पक्षबाट कुरा गर्नुपर्ने हुन्छ । पहिलो, यौन सम्बन्ध वा यौन क्रियाकलापकै कारण कुन कुन क्यान्सर लाग्ने सम्भावना हुन्छ ? दोस्रो, के क्यान्सर लाग्नेबित्तिकै प्रभावित व्यक्तिको यौन जीवन सकिन्छ ? अब पहिलो पक्षका बारेमा छलफल गरौँ । कतिपय सङ्क्रामक रोग जस्तै क्यान्सर र यौन कार्यबीच पनि प्रत्यक्ष सम्बन्ध छ । सानै उमेरदेखि तथा धेरै जनासँग यौन सम्बन्ध राख्नु पाठेघरको मुखको क्यान्सरको मुख्य जोखिम तत्व हो । त्यसो त एचपीभी (ह्युम्यान पापिलोमा भाइरस) ले अधिकतर महिला वा किशोरीलाई जीवनकालमा एक न
दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी
दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई रु ४८ करोड भुक्तानी गरेको छ । डिडिसीले वैशाखमा दुग्धजन्य पदार्थको बिक्री वितरण बढेसँगै १३ दिनमा रु ४८ करोड रकम भुक्तानी गरेको हो ।
डढेलोले ४२ घर पूर्णक्षति
अर्घाखाँचीमा आगलागीबाट ४२ घर पूर्णरुपमा जलेका छन् । घर जलेपछि पीडित परिवार त्रिपालमुनी बस्न बाध्य छन् । ५८ गोठ पूर्ण र दुई आंसिक गरी ६० वटा गोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ आयोजना हुन तेस्रो लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिने भएको छ ।
आगलागीका कारण बोटबिरुवा नष्ट, जीवजन्तु सङ्कटमा
सुक्खायाम सुरु भएदेखि दार्चुलाका विभिन्न सामुदायिक वनमा आगलागी भएको छ । आगलागीका कारण बोटबिरुवा जलेर नष्ट हुनका साथै जीवजन्तु सङ्कटमा परेका छन् । गत फागुन २५ गतेदेखि हालसम्म विभिन्न सामुदायिक वनमा नियमित आगलागी भइरहेको र आगलागी नियन्त्रण गर्न समस्या भइरहेको डिभिजन वन कार्यालयका वन अधिकृत लालबहादुर विश्कर्माले बताउनुभयो । उहाँका अनुसार, दार्चुलामा १८६ वटा सामुदायिक वन छन् । जसमध्ये १८ वटा सामुदायिक वन आगलागीको उच्च जोखिममा रहेको बताइएको छ ।