परमाणु हतियारको प्रयोगविरुद्ध जी–२०
विश्वका शक्तिशाली अर्थतन्त्रयुक्त मुलुकको समूह जी–२० ले परमाणु हतियारको धम्की वा त्यसको प्रयोग स्वीकार गर्न नसकिने घोषणा गरेका छन्। भारतमा शनिबारदेखि सुरु भएको जी–२० समूहको शिखर सम्मेलनले पारित गरेको घोषणापत्रले युक्रेन युद्धलाई औँल्याउँदै दिगो शान्तिको पक्षधरता देखाएका हुन्। रुसको नाम नलिई जी–२० सदस्य मुलुकले बाली घोषणापत्रको स्मरण गराएका छन्। जस अनुसार युक्रेनमा दिगो शान्तिका लागि सबै देशले संयुक्त राष्ट्रसङ्घको बडापत्रको सिद्धान्त अनुसार काम गर्नुपर्नेमा जोड दिएका छन्। घोषणापत्रमा सदस्य राष्ट्रहरूलाई आफ्नो सिमाना विस्तार गर्न बल प्रयोग वा धम्कीबाट अलग रहन पनि स्मरण गराइएको छ।
क्षयरोगले आक्रान्त मुसहर बस्ती
एक दशकअघि धुर्मुस सुन्तली फाउन्डेसनले भवन निर्माण गरेपछि देशव्यापी चर्चा पाएको बर्दिबास–१४ स्थित नमुना मुसहर बस्ती केही समययता क्षयरोगले आक्रान्त बनेको छ । बस्तीमा मुसहर समुदायका ५२ परिवारको बसोबास छ । तीमध्ये अधिकांशमा क्षयरोगको सङ्क्रमण देखिएको छ । क्षयरोगबाट ५२ वर्षीय फूलकुमारी सदा र ४२ वर्षीय वासुदेव सदाको मृत्यु भइसकेको बर्दिबास नगरपालिकाका, नगर स्वास्थ्य शाखाले जनाएको छ ।
सामयिक नैतिकताको पुनरुत्पादन
लोकतन्त्र र गणतन्त्रलाई नैतिकता नभएको चिज भनेर जसरी आज बदनाम र अस्वीकृत गरिँदै छ; लोकतन्त्रले प्रार्थना, विनयशीलता र कृतज्ञता गुमाउँदै गएको देखिन्छ । यस्तो समाज अराजक र अनुशासनहीन बन्दै जान्छ, गएको छ । नैतिकतालाई आचरणका रूपमा विकास गरेर लैजाने समाज समुन्नत हुन्छ । नैतिकतामा एकरूपता नहुनु वर्तमान समयको मूल समस्या हो, अन्तर्विरोध हो । नयाँ सन्दर्भमा नैतिकताको पुनव्र्याख्या आवश्यक छ । नैतिकता सामाजिक मूल्यको सिद्धान्त हो, नैतिकता र आचरण हो, जीवन पद्धति हो । नैतिकतालाई आ–आफ्नो अनुकूलतामा परिभाषित गरिन्छ, त्यसैले नैतिकता स्खलनको आरोप नखेप्ने मान्छे कमै छन् । इमानदार हुनु भनेको कमजोर बन्नु झैँ भएको छ । भुल्न नहुने कुरा, जुनसुकै मानक बन्न र भत्कन लामो समय लाग्छ । कुनै पनि मानक बन्ने व्रmममा त्यहाँ लामो समय अभ्यास भएको धर्म, परम्परा, संस्कृति, विज्ञान र कानुनको प्रत्यक्ष–अप्रत्यक्ष निगरानी र साझेदारी रहेको हुन्छ । सामाजिक मूल्यको स्थापनार्थ सामाजिक, धार्मिक र राजनीतिकलगायत अन्य क्षेत्रका अगुवाको देन महìवपूर्ण हुन्छ । समाजको आफ्नो छुट्टै मानक, नैतिकता, सामाजिक समझ र व्यवहार हुन्छ । सामाजिक व्यवहारको आलोकमा नैतिकता निःसृत हुन्छ । नैतिकता सामयिक पनि हुन्छ । विगतमा नैतिक लाग्ने विषय आज अनैतिक र अवैधानिक बनेका हुन्छन्, त्यसैले सामयिक नैतिकताको पुनरुत्पादन हुनु जरुरी छ । नैतिकताको पुनर्निर्माण प्रव्रिmयाको पनि थालनी आवश्यक छ । सामाजिक भौतिक मूल्य र नैतिक मूल्य एकै होइनन् ।नैतिकता त्यस्तो चिज, व्यवहार र आदर्श हो; जसले भौतिक मूल्यलाई कहिल्यै प्राथमिकीकरण गर्दैन । नैतिक मूल्य र उचाइ अङ्कगणितीय जोड घटाउमा भेटिन्न । कतै गणितमा नैतिकता भेटियो भने अच्युत रहँदैन । आजकल नैतिकताको पनि व्यापार भएको पाइन्छ । नैतिक देखिनेहरू पनि बिकेका र चुकेका पाइन्छन् । लोभ र मोहमा फसेका देखिन्छन् । सार्वभौम नैतिकताले बाटो बिराएको देखिन्छ, अतः नैतिकताको पनि पुनरवलोकन, पुनव्र्याख्या र पुनर्पुष्टि जरुरी देखिएको छ ।कुनै पनि कुराको औचित्य त्यति बेलासम्म रहन्छ, जति बेलासम्म उसले आफ्नो प्राकृत स्वभाव गुमाउँदैन, उसको धर्ममा आँच आउँदैन । ऊ अप्रश्नीय बन्छ । जब ऊ आफ्नो धर्मबाट विचलनमा पुग्छ तब उसका बारेमा पूर्वमान्यता, दर्शन र मानकबारे सोचमग्न बन्ने स्थिति पैदा हुन्छ । हाम्रो समाजमा प्राचीनकालदेखि स्थापित नैतिक मूल्यमा गिरावट आएको छ । कतिपय अवस्थामा पुरानो अभ्यास र मानक भत्काउने स्वाभाविक प्रव्रिmया हुन्छन् । तिनलाई भत्काएर नवनिर्माणको खाँचो हुन्छ । कति अस्वाभाविक रूपमा स्खलनमा जाने हुनाले नवमान्यता स्थापित गर्न विहङ्गम विमर्श चलाउनु सामयिक हुन जान्छ । जसका लागि समाजमा अभ्यास गरिएको धार्मिक कानुन, त्यसले पारेका प्रभाव र समाजमा छोडेको अमिट छाप, मनोविज्ञान र विश्वासबारे तथ्यमा पुग्ने यत्न गर्नु पर्छ ।विसर्जनतिर नैतिकतासमाजमा उच्च नैतिकता र संवेदनशीलता प्रदर्शन गरेर कर्तव्य निर्वाह गर्नुपर्ने डाक्टर बिरामीको उपचारमा कम औषधी बेचबिखनमा बढी सव्रिmय हुन थाल्यो । डाक्टर कम, व्यापारी ज्यादा हुन लाग्यो । शिक्षाधिकारी पद प्राप्त गर्न रकम बोलकबोल गर्दै हिँड्न थाल्यो । विश्वविद्यालयको प्राध्यापक, न्यायालय मुद्दा किनबेच मोलमोलाइको अखडा बन्यो । वकिल र न्यायाधीश बिचौलिया र न्याय खरिद–बिव्रmीका एजेन्ट बन्न पुगे । न्यायालय कुनै कर्पोरेट हाउस झैँ भएको छ । प्राविधिक जनशक्ति प्राक्टिस छोडेर प्रवचनमा जोड दिन थाल्यो । रेडव्रmस भ्रष्टाचारको मिसनमा फेरियो । धर्मशाला पाँच तारे होटलमा परिणत भयो । मन्दिर, चर्च र गुम्बा पुजारी, पादरी र लामाको व्यापारिक दोकान बन्दै छन् । बुद्ध मार्ने र हिटलर पाल्ने महान् मान्छेको दर्जामा उक्लियो । नागरिकलाई दिने अधिकार संविधानमा फर्जी बनेर बस्यो । अछुत बनाइयो । व्यवहारमा छुवाछुत र भेदभाव हटेन भनेर गुनासो गर्ने नागरिकलाई समानता र अधिकार संविधानमा छ भनेर सरकार गैरजिम्मेवार बन्छ । यस्तै गरी नागरिक अधिकार खोज्ने तर कर्तव्य बिर्सने बन्यो । राज्यका सबै निकाय र अवयव अगतिशील बन्न थाले तब नैतिकता, इमान, विश्वास र दर्शनको जग भत्कँदै, चर्कंदै, हल्लँदै जान थाल्यो । यही विचलन, अवसाद, विसर्जन, वियोग, नैतिकताको क्रय–विक्रय, क्षति र घाटालाई उकासेर नैतिकता र धर्मको पुनः परिभाषा अपरिहार्य भएकाले नैतिकताको पुनव्र्याख्या जरुरी भनिएको हो ।समाज सधैँ सनातन तवरले चल्न सक्दैन । कतिपय असामयिक मानक र बार भत्काउनु र नयाँ इँटा राख्नु पर्छ । नूतन संस्कृति र संस्कारको थालनी गर्नु पर्छ । पूर्वीय दर्शनले प्रतिपादन गरेका विराट मूल्य र अस्तित्व जोगाउन पनि यसको कमजोरी सुधार गरेर आगामी पाइला चाल्नु पर्छ । नेपालले पनि हिन्दु धर्म र यसको विराट दर्शन, सौन्दर्य र ज्ञानको अथाह भण्डार बचाइराख्न यहाँ अभ्यास गरिएका जातीय छुवाछुत र विभेदजन्य संस्कार, संस्कृति र परम्परालाई जरैदेखि उन्मूलन गर्न अभियान चलाउन जति ढिला गर्यो, नोक्सानी त्यति नै बढ्ने छ ।हिन्दु धर्मको अभ्यास गर्नेहरूमा जातीय छुवाछुत छैन भनेर सफेद झुट बोल्ने र ढाकछोप गर्ने, टालटुल पार्ने काम मानवताविरुद्धको अपराध र मानवीय सभ्यतामाथिको भद्दा मजाक हुने छ । कमजोरी हटाएर यसको मूल्यबोध गर्न जति ढिला ग¥यो, उति हिन्दु धर्म सङ्कुचनमा परेर सङ्कटोन्मुख हुने पक्का छ । एउटा धर्म दर्शनको विलुप्ति उसकै कारण होला तर उसको उपस्थितिमा, उसकै दार्शनिक मान्यताले मान्छेको बाँच्न पाउने हक खोसिनु किमार्थ स्वीकार्य हुन्न । समस्या छन् भने तिनको निदान र उपचार पनि छ । ज्ञान–विज्ञानको युगमा अन्धविश्वास र अन्ध तर्कलाई विस्थापित गर्दै धर्म, दर्शन र संस्कृतिले अँगालेका मानव हितकारी तìवको आत्मसात् र अमानवीय रूढिग्रस्त विचारलाई तिलाञ्जली दिएर समयको रथलाई आफू अनुकूल बनाउनु पर्छ । धर्म र अप्रमाणिक भनेर सबै कुरा त्याज्य र विस्मृतिमा लैजान लायक छैनन् । मानवीय गुण र भावनाले ओतप्रोत दर्शन पनि छन् । चर्चा र विवादको घेरामा रहेको मनुस्मृति फगत घृणाको लायक मात्र छैन, राज्य सञ्चालनार्थ अति आवश्यक सोच र दर्शन पनि छन् । समाजलाई यतिका वर्ष बाँधिराख्ने कडी पनि हो मनुस्मृति । मान्छेलाई मान्छे नसम्झने त्यो दुर्गुण र विभेद निन्दनीय र निषेधयोग्य छ । सकारात्मकताको ग्रहण र नकारात्मकताको निषेध आजको सङ्कथन हो । दर्शन, विचार, संस्कृति र परम्परा नभएको समाज र मान्छे हुँदैन । त्यसैले असल पक्षको प्रवर्धन गर्दै खराबलाई त्याग्ने नवसंस्कृति बसाल्न देशका प्राज्ञिक, बौद्धिक र प्रबुद्ध वर्गले धर्म नैतिकताको पुनव्र्याख्याको अभियानमा आफूलाई समाहित गर्दै लैजानु पर्छ । सर्वस्वीकार्य नैतिकताको भाष्य निर्माण गर्नु पर्छ । वैचारिक बहस निर्माण गर्नु पर्छ । मस्तिष्क मन्थनको परिपाटी बसाउनु पर्छ । सत्यलाई दृष्टिगोचर गर्ने तरिकालाई फराकिलो बनाउनु पर्छ । कुनै कालखण्डमा स्वार्थवश र अन्जानवश धर्म दर्शन विशेष गरी वेदको व्याख्या गरिँदा आएका विकृत विषय महिला र शूद्रको नाममा हुने विभेदजन्य पक्षलाई सच्याउने र धर्मले विभेद गर्दैन भन्ने नीति मीमांसालाई पालन गर्दै मार्ग तय गर्न सकिएन भने भयङ्कर दुर्घटना निम्तिने खतराबाट सम्बद्ध पक्ष, सरोकारवाला र राज्यको नीति निर्माण तहमा बस्नेहरू सचेत रहनु पर्छ ।विनिर्माणको अमृतमय अवसरअग्नि (आगो) नै सत्यको उद्घाटन गर्ने उच्चतम शिक्षक भनेर परिचय गराउने सर्वप्राचीन ऋग्वेद पक्कै सामान्य विद्या र लहडी लेखन होइन । वेदभित्र के छैन ? कति गहन जीवन, दर्शन, नीति नियतिको र विज्ञान छ । स्वामी प्रपन्नाचार्यले उसै ‘वेदमा के छ’ लेखेका होइनन् ? त्यसै गरी वेदभित्र त्याज्य कुरा र प्रसङ्ग पनि छन् । वेदलाई आजको युग चेतनाले अपौरुषेय मान्दैन । वेद, पुराण, महाभारत जस्ता कृति मानव लिखित साहित्य, धर्म र दर्शन हुन् । यिनको गुदी ग्रहण गर्ने र बाँकी प्राचीन सभ्यता र इतिहास, साहित्य र तत्कालीन चेतना भनेर मात्रै बुझ्ने बुझाउने गरियो भने यसबाट उत्पन्न हुने विवाद र झन्झटमा फसेर अलमल परेर बस्नु पर्दैन । वेद ज्ञानको अथाह भण्डार हो । आज पर्यन्त रहस्यको गर्भभित्र थुप्रै कुरा छ भनेर विज्ञानले स्वीकार गरेको छ भने इपू १८०० देखि १५०० वर्षपहिले रचनाको अनुमान गरिएको ग्रन्थलाई आजको चेतना र चस्माले हेर्नु वाञ्छनीय हुन्न । यसको आफ्नै सामाजिक मूल्य र नैतिक धरातल तथा दार्शनिक मत रहेको छ । यद्यपि पुरानो हुनेबित्तिकै यो समग्रमा सही छ र हो भन्ने चिन्तन बिल्कुल गलत हो । अतीतमा जे सही र मानक मूल्य हुन्थ्यो, सो आज हुन÷नहुन सक्छ; त्यसैले मूल्याङ्कन, पुनर्मूल्याङ्कन, पुनरवलोकन, पुनर्ताजगी विज्ञानको नियम र गति हो । विवेकपूर्ण सचेतता हो । जतिसुकै प्राचीन सिद्धान्त र मान्यता भए पनि (सामयिक) अहिलेको युग विज्ञान र परिवेश सुहाउँदो बन्न सकेन भने त्यसको मृत्यु अवश्यंभावी छ । मानव निर्मित शास्त्रबारे मानवले प्रश्न गर्ने पुनर्पठन गर्ने अधिकार राख्छ । आजको सरोकार मृत्युको होइन, कालजयी कृतिको अमरत्वका लागि हो । जीवनका जटिलतालाई ज्ञानको मार्ग र दर्शनद्वारा निरुपण गर्न सकिन्छ भन्ने तेजस्वी मन्त्रलाई पालना गर्ने हो भने कुनै पनि कुराको परिमार्जन शास्त्रसम्मत नै मान्न सकिन्छ । आफैँले आफैँलाई चिन्नु, चिनाउनु पूर्वीय दर्शनको मूल स्थापना भएको हुनाले कुनै पनि मृत धारणा बोकेर कुद्नु पनि यस धर्मको मर्मविपरीत हुन जान्छ भन्ने तथ्य र तर्क यसका अनुयायीले बुझ्नु पर्छ । दर्शन बुद्धि, तìव र ज्ञानको विषय भएको हुनाले तìवको साक्षात्कार र अनुभूति दर्शनको ध्येय हो । पौरस्त्य दर्शनशास्त्र अनुसार आध्यात्मिक अनुभूतिबाट तìव ज्ञान सम्भव छ; सो अनुभूतिलाई उद्देश्यमूलक बनाउने विषय अहिलेको प्रमुख चुनौती र अवसर हो । कुनै पनि कुराको पुनरवलोकन अमृतमय अवसर पनि हो ।आचरण बन्नु पर्छ नैतिकताधर्म वस्तुको प्राकृतिक गुण हो । धर्मसँग नैतिकता जोडिएर आउँछ । नैतिकता भौतिक मूल्य नभएको उच्चतम अभ्यास र संस्कार हो । नैतिकताको अनुहार जहिले र जताबाट हेरे पनि एकै हुन्छ । अनैतिक र विरोधाभासको अनुहार अनेकथरी हुन्छ तर नैतिकता जताबाट हेरे पनि उही र उस्तै देखिनु पर्छ । नैतिकता अवलम्बन गरिने विषय हो, ढोङ्ग होइन । नैतिकताको दोहोरो मापदण्ड हुनुहुन्न । सत्तामा बस्दा र सत्ताबाहिर बस्दा फरक फरक नैतिकता र राष्ट्रिय दृष्टिकोणमा भिन्नता आजको मूल्यहीन राजनीतिको विकृत रूप र अनुहार हो ।
पत्रकारिताका पितामह
न्याय, समानता, अहिंसा, सत्य र निष्ठाका पक्षधर नेपालीको सङ्घर्षमय जीवन, सादगीपूर्ण जीवनशैली, स्वाभिमानीपन, इमानदारी, निष्पक्ष एवं निर्भीक पत्रकारिता, निःस्वार्थ समाजसेवालगायतका विषय हामी सबैका लागि प्रेरणादायी रहने छन् । पत्रकारिताका अतिरिक्त साहित्यिक, भाषिक तथा सामाजिक क्षेत्रमा उहाँले पुर्याउनुभएको योगदान अनुकरणीय छ ।तू न थकेगा कभी, तू न रुकेगा कभी,तू न मुडेगा कभी, कर शपथकर शपथ, कर शपथअग्निपथ, अग्निपथ, अग्निपथ (तिमी कहिल्यै थाक्नु हुँदैन, तिमी कहिल्यै रोकिनु हुँदैन, तिमी पछाडि फर्केर नहेर्नु, शपथ लिनु केवल अग्निपथ) भारतका प्रसिद्ध साहित्यकार हरिवंशराय बच्चनका पङ्क्ति जस्तै कलमको माध्यमले न्याय, समानता र स्वतन्त्रताका लागि आजीवन सङ्घर्ष गर्ने प्रजातान्त्रिक योद्धा हुनुहुन्थ्यो राजेश्वर नेपाली । जो किशोरावस्थादेखि हाल जीवनको उतरार्धसम्म उहाँले आफ्नो कलमलाई रत्तिभर पनि डगमगाउन दिनुभएन । छैन । शरीरमा प्राण रहँदासम्म अन्याय, अत्याचार र बेथितिविरुद्ध स्वच्छन्द रूपमा समाज र देशका लागि कलम चलाइरहनुभयो ।नेपालको प्रजातान्त्रिक आन्दोलन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि अनवरत सङ्घर्षरत योद्धा नेपाली भदौ ११ गते सोमबार देह त्याग गरेर महाप्रस्थान गर्नुभएको छ । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२३ स्थित बेला गाउँमा विसं २००२ साल भदौ १९ गते पिता रामदुलार साह र माता इन्द्रमणिदेवी साहको कोखबाट माहिलो सन्तानका रूपमा जन्मिनुभएका उहाँले विसं २०१५ सालदेखि साहित्य लेखन तथा २०१८ सालदेखि पत्रकारिता क्षेत्रमा अनवरत पुर्याउनु भएको योगदान अतुलनीय छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र तथा जनअधिकार बहालीका लागि भएका आन्दोलनमा कलमको माध्यमले निर्वाह गर्नुभएको भूमिकालाई शब्दमा वर्णन गर्न सकिन्न । न्याय, समानता, अहिंसा, सत्य र निष्ठाका पक्षधर नेपालीको सङ्घर्षमय जीवन, सादगीपूर्ण जीवनशैली, स्वाभिमानीपन, इमानदारी, निष्पक्ष एवं निर्भीक पत्रकारिता, निःस्वार्थ समाजसेवालगायतका विषय हामी सबैका लागि प्रेरणादायी रहने छन् । पत्रकारिताका अतिरिक्त साहित्यिक, भाषिक तथा सामाजिक क्षेत्रमा पुर्याउनुभएको योगदान अनुकरणीय छ । नेपालीको निधनले मधेश प्रदेश मात्र नभई नेपालको पत्रकारिता क्षेत्रमा सदैव उहाँको अभिभावकत्व खट्किरहने छ ।राजनीति, साहित्य, पत्रकारिता, इतिहास, संस्कृतिलगायतका क्षेत्रसँग सम्बन्धित विषयमा घण्टौँ बोल्न सक्ने अद्भुत क्षमता उहाँमा थियो । तरबारको धार झैँ तिखो कलम चलाउँदै आउनुभएका नेपालीसँग भेट्न जानेहरूलाई थोरै शब्दमा जीवनका अतीतका घटनाबारे तिथिमिति र समयसहित कण्ठस्थ सुनाउनुहुन्थ्यो । धोती कुर्तामा देश र मधेश चिनाउनुभएका उहाँले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका सयौँ पुरस्कार, सम्मान तथा कदरपत्र प्राप्त गर्नुभएको छ । उहाँ जतिको सम्मान एवं प्रशस्तिपत्र सायदै अन्य कुनै पत्रकार वा साहित्यकारले पाएका होलान् । पङ्क्तिकारले विद्यार्थी राजनीतिमा रहेका बेला नेपालीको नाम सुनेको थियो । २०५६-५७ सालतिर जब पत्रकारितामा प्रवेश गरेँ । त्यसपछि कतिपय कार्यक्रममा प्रत्यक्ष हेर्ने र उहाँका क्रान्तिकारी अभिव्यक्ति सुन्ने प्रत्यक्ष अवसर पाएँ । उहाँको सादगीपूर्ण जीवनशैली र निर्भीक रूपमा चर्को बोल्ने शैलीबाट म प्रभावित हुँदै गएँ । उहाँको पत्रकारिता क्षेत्रको सङ्घर्ष यात्रा र पुस्तक लेखनबाट मैले प्रेरणा पाएको छु । साँचो कुरा भन्न नडराउने तथा जस्तो सुकै परिस्थितिमा पनि रत्तिभर नडगमगाउने उहाँको अद्भुत स्वभाव थियो । आजभन्दा १२ वर्षअघि काठमाडौँमा अन्तर्राष्ट्रिय मैथिली सम्मेलन आयोजना भएको थियो । उक्त सम्मेलनमा मैथिली साहित्य परिषद् राजविराजबाट म पनि सहभागी भएको थिएँ । संयोगले उहाँ र जनकपुरका चर्चित पत्रकार, साहित्यकार प्रा. प्रमेश्वर कापडी, साहित्यकार एवं रङ्गकर्मी उपेन्द्र भगत नागवंशी, पत्रकार मित्र श्रवण देवसमेत एउटै कोठामा दुई रातसँगै बस्ने अवसर पायौँ । त्यति बेला उहाँसँग सामान्य कुराकानी भयो । मेरो मनमा उहाँसँग जान्नुपर्ने धेरै जिज्ञासा थिए तर मैले उहाँले बोलेका कुरा सुनी मात्र रहेँ । उहाँको क्रान्तिकारी छवि र कडा स्वरमा बोल्ने बानीका कारण चाहेर पनि जिज्ञासा राख्न हिचकिचाउँथे । उहाँको सङ्घर्षयात्रा, निष्कपट बेदाग व्यक्तित्व र जीवनशैलीले ममा प्रभाव जमाउँदै गयो । २०६८ सालको कुरा हो । म काठमाडौँ गएको थिएँ । सहिदगेटतर्फको पेटीबाट म आफ्नो गतिमा पैदलै गन्तव्यतर्फ जाँदै गर्दा अचानक सेतो धोती, सेतो कुर्ता, गम्छा र काँधमा खादीको झोला भिरेका सेतो कपाल र सेतो जुँगा भएका बाबा अर्थात् त्यही कलमवीर योद्धा नेपालीसँग जम्काभेट भयो । मैले प्रणाम गरेँ । उहाँ मेरो अनुहारतिर हेरेर मुस्कुराउनु भो, मैले भनेँ, “हम श्यामसुन्दर, सप्तरीके ।” अनि उहाँले “हँ चिन्ह गेलौँ” भन्दै आराम कुशल सोध्नुभयो । मैलै “सबै ठिक छ, म नेपाल टेलिभिजनमा पारिश्रमिक लिन आएको” बताएँ । उहाँले झोलाबाट दुई वटा किताब झिकेर मेरो हातमा सोहागिन र सोमली मैथिली सङ्ग्रह थमाउनुभयो । मैले हार्दिकताका साथ ग्रहण गरेँ । मैले उहाँका दुवै कथासङ्ग्रह पढेँ । त्यसपछि उहाँप्रतिको आस्था र सम्मान झन् बढ्दै गयो । खोजी गर्दै जाँदा विभिन्न विधामा उहाँले दुई दर्जन पुस्तक लेख्नुभएको जानकारी पाएँ । करिब डेड दर्जन पुस्तक प्रकाशनको व्रmममा रहेका छन् । उहाँ जस्ता पत्रकारिता, साहित्य, सामाजिकलगायतका क्षेत्रमा उच्च कदका आदरणीय व्यक्तित्व राजेश्वर बाबा अर्थात् नेपालीजीका अन्य पुस्तक खोजी गरेर पढ्ने कौतुहलता ममा बढ्दै गएको छ । पत्रकारितासँगै गोरखापत्रलगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पत्रपत्रिकामार्फत उहाँका लेख निरन्तर प्रकाशित भइरहन्थे । मैले खोजीखोजी चाख लिएर पढ्ने गर्दथे । कारण ऐतिहासिक, सांस्कृतिक, पुराताìिवक, सामाजिक तथा राजनीतिक क्षेत्रमा कलम चलाउँदै आएकाले उहाँका लेख ज्ञानको राम्रो खुराक हुने गरेको छ । त्यसमा पनि उहाँ आफैँ धेरै ऐतिहासिक घटनाका साक्षी पात्र हुनुहुन्छ । त्यसैले विभिन्न आन्दोलन, घटना तथा राजनीतिक व्यक्तिका बारेमा लेख्नुभएको विषयमा तथ्य र प्रमाणसमेत हुने गरेको पाएको छु । अझै पनि अतीतका कालखण्डमा भएको घटना विवरण तथा मिति र समयसमेत उहाँको दिमागमा ताजै छ । उहाँ साँच्चिकै मधेश मात्र नभई नेपालको जिउँदो इतिहास हुनुहुन्थ्यो ।उहाँसँगको अर्को भेट २०७१ सालमा राजविराजमा भयो । सन्दर्भ थियो १४ औँ नेपाल राष्ट्रिय हिन्दी सम्मेलन । म त्यति बेला न्युज टुडे दैनिकको सम्पादक थिएँ । उहाँसँग पहिलादेखि नै चिनजान रहेकाले पत्रकारलाई समन्वय गरिदिन आग्रह गर्नुभएको थियो । समाचार सङ्कलन तथा सम्प्रेषणमा मैले भ्याएसम्मको सहयोग र समन्वय गरेँ पनि । उहाँसँगको लगाव बढ्दै गयो । त्यसपछि त गुगलमा राजेश्वर नेपालीका लेख, रचना एवं संस्मरण खोजीखोजी पढ्न थालेँँ । देश सङ्घीय संरचनामा गएपछिको मधेश प्रदेश (साबिक, प्रदेश २) का तात्कालीन मुख्यमन्त्री मा. लालबाबु राउत नेतृत्वको सरकारले २०७७ माघ २३ गतेको मन्त्रीपरिषद्ले पङ्क्तिकारलाई आमसञ्चार प्राधिकरणको अध्यक्षमा र मिडिया काउन्सिलको अध्यक्षमा वरिष्ठ पत्रकार शिवहरिप्रसाद भट्टराईलाई नियुक्त ग¥यो । त्यसपछि आदर्श पत्रकार नेपालीलाई भेट्ने निधो गरियो । उहाँ जानकी मन्दिर छेउमा उहाँको पत्रिकाको कार्यालयमा रहेको जानकारी पायौँ । हामी दुवै जना खोजी गर्दै जानकी मन्दिरदेखि उत्तर पूर्वको गल्लीमा पुग्यौँ । त्यहाँ बसेर उहाँले पत्रिका सम्पादन गरिराख्नुभएको थियो । उहाँसँग हाम्रो कुराकानी भयो । त्यसपछि उहाँसँँग निरन्तर भेटघाट नभए पनि उहाँका ज्वाइँ अर्थात् नेपाल टेलिभिजनका संवाददाता श्रीनारायणजीसँग बाबाको विषयमा सोधिरहन्थेँ । उहाँ बिरामी परेको कुरा सुनेर अत्यन्तै दुःखी हुन्थेँ । पटक पटक जेलनेल, यातना र मानसिक प्रताडना सहनुभएका उहाँ विगत दुई वर्षयता अस्वस्थ रहँदै आउनुभएको थियो । भारतको नयाँदिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालमा उपचार गराएर उहाँ क्यान्सरलाई समेत जित्न त सफल हुनुभएको थियो तर शरीर कमजोर र शिथिल भएको थियो । विद्यार्थी जीवनकालदेखि नै हक्की र स्वाभिमानी स्वभावका नेपालीले कलमको माध्यमबाट व्रmान्ति गरिरहनुभयो । राणा र निरङ्कुश पञ्चायती शासन र शाही शासन सत्ताको समूल समाप्त पार्न उहाँको भूमिकाको जति प्रशंसा गरे पनि कमै हुने छ । प्रजातान्त्रिक आन्दोलनमा उहाँलाई प्रहरीले निर्घात कुटपिट गर्दै चरम यातना दिएका थिए । हिरासतमा प्रहरीले पिठ्युँ र ढाडमा समेत बेस्सरी लट्ठीले कुटेका थिए । त्यति बेला शरीरले पचाए पनि जीवनको उतरार्धमा आउँदा मेरुदण्डको हड्डीको दुखाइले पिरोलिरहेको थियो । उठबसमा समेत समस्या भइरहेको थियो ।नेपालीका पिता रामदुलार साह राणाविरोधी आन्दोलनका योद्धा हुनुहुन्थ्यो । पिताकै कारण नेपाली कांग्रेसको विचारसँग नजिक हुनुभएको थियो । त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तरसम्मको शिक्षा आर्जन गर्नुभएका उहाँले २०१८ सालदेखि औपचारिक रूपमा पत्रकारिता तथा २०२० सालदेखि साहित्यिक क्षेत्रमा कलम चलाउन थाल्नुभएको थियो । त्यति बेला नेपाल तथा भारतबाट प्रकाशित हुने पत्रिकामा समाचार एवं विचार लेख्ने चर्चित पत्रकारका रूपमा चिनिनु हुन्थ्यो । त्यति बेलाका शासकले जतिसुकै मानसिक तनाव र यातना दिए पनि उहाँ निरन्तर जनताको पक्षमा समाचार लेख्ने काममा निरन्तर लागिरहनुभयो । २०४० सालमा उहाँले लोकमत पत्रिका दर्ता गराएर प्रकाशनमा ल्याउनुभयो । त्यति बेला पत्रिकाको १८ अङ्क निस्किएपछि पञ्चायती शासकले पत्रिका दर्ता खारेज गरिदियो । सर्वोच्च अदालतमा मुद्दा लडेर उहाँले जित्नुभयो । त्यसपछि २०४३ सालयता लोकमत निरन्तर प्रकाशनमा रहेको छ ।स्मरणीय कुरा के छ भने समाचार लेखेकै कारण २०३६, २०३९ र २०४२ सालमा उहाँले करिब डेढ वर्ष जेलनेल भोग्नुभयो । प्रहरीको चरम यातनाका बिच पनि उहाँसहितका नेताले पञ्चायत मुर्दावाद, प्रजातन्त्र जिन्दावाद भन्ने नारा लगाउनु हुन्थ्यो । पत्रकारितामै लागेका जेठो छोरा रवीन्द्रको २९ वर्षको कलिलो उमेरमा निधन भयो । रवीन्द्रले सञ्चालन गरेको विश्वजागरण दैनिक हाल पनि प्रकाशनमा रहेको छ । केही वर्षअघि मात्र उहाँका जीवनसङ्गी सरस्वती देवीको समेत निधन भइसकेको छ । पुत्र र पत्नीशोकको पीडा खेप्दै आउनुभएका उहाँले जनकपुरधामस्थित जिरो माइलमा दिवङ्गत छोरा रवीन्द्रको नाममा भव्य भौतिक पूर्वाधारसम्पन्न अस्पताल निर्माण अन्तिम चरणमा पु¥याउनुभएको छ । उहाँले आफ्नो गाउँमा क्लब, स्कुल र पुस्तकालयसमेत खोल्नुभएको छ । नेपालमा प्रथम हिन्दी साहित्य सम्मेलन तथा २०५२ देखि हालसम्म १८ वटा हिन्दी सम्मेलन तथा दुई वटा अन्तर्राष्ट्रिय मैथिली सम्मेलन जनकपुरधाममा उहाँले आफ्नै सव्रिmयतामा आयोजना गरिसक्नुभएको छ । बिरामी पर्नुअघिसम्म पत्रकारिता, साहित्यिक, भाषिक तथा सामाजिक क्षेत्रमा उहाँको ऊर्जावान् सव्रिmयता अनुकरणीय छ । उहाँका करिब डेढ दर्जन जति पुस्तक प्रकाशोन्मुख छन् । उहाँकै सम्पादनमा रहेका पत्रिका अझै व्यवस्थित गर्नु छ । पछिल्लो समय पत्रकारिता तथा राजनीतिमा देखिएका विकृतिविरुद्ध उहाँले कलम चलाउँदै आउनुभएको थियो । राजनीति र पत्रकारितामा देखिएका बेथितिप्रति नेपाली असन्तुष्ट रहँदै आउनुभएको थियो । यति मात्र होइन, हामी जस्ता पत्रकारिता, साहित्य लेखन तथा राजनीतिप्रति आस्था राख्नेहरूलाई उहाँबाट सिक्नुपर्ने कुरा धेरै छन् । अन्त्यमा नेपाली पत्रकारिताका स्तम्भ, आदर्श ‘राजेश्वर बाबा’ को तेह्रौँ दिनको पुण्यतिथिमा उहाँप्रति हार्दिक श्रद्धासुमन ।लेखक यादव आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष हुनुहुन्छ ।
प्रजातान्त्रिक समाजवादको औचित्य
बिपीको निधनपछि बिस्तारै नेपाली कांग्रेस बिपीपथबाट विचलित हुँदै आयो । राजनीतिक रूपमा केही सफल भए पनि आर्थिक समृद्धि रूपमा सफल हुन सकेन । कांग्रेसले जनमुखी अर्थात् झुपडीलक्षित कार्यक्रम ल्याउन सकेन ।बिपी कोइराला आधुनिक नेपाली समाजका महान् राजनेता हुन् । १८ औँ शताब्दीका प्रजातान्त्रिक समाजवादका एक विचारकसमेत हुन् । बिपीलाई नेपाली समाजसँग जोडेर हेर्यो भने उनलाई जान्न र बुझ्न सजिलो हुन्छ । हालको नेपाली समाज उनकै सिद्धान्त तथा विचारको वरिपरि घुमिरहेको छ । उनकै अगुवाइमा प्रजातन्त्रको जग बसाल्ने थालनी भएको थियो । उनले बन्द समाजलाई खुलातर्फ, निरङ्कुश शासनलाई उदार प्रजातन्त्रतिर र रैतीलाई सम्मानित नागरिक बनाउने महान् कार्यको नेतृत्व गरेका थिए । युगौँयुगसम्म बिपीले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवादको आवश्यकता र औचित्यता पुष्टि भइरहने छ । नेपाली समाजलाई उन्नति पथमा डोर्याइरहने छ । त्यस कारण बिपी कोइराला नेपाली समाजमा युगीन राजनेताको रूपमा अनुसरणयोग्य छन् । प्रजातान्त्रिक समाजवाद भनेको राजनीतिक तथा आर्थिक समानता हो र समाजको सम्पन्नता हो । सबैतिर प्रजातान्त्रिक हुनु हो । सबैको पहुँचयोग्य व्यवस्था हो, बुलेट नभएर ब्यालेटको शासनपद्धति हो । जनताको सर्वोच्चता र सर्वोपरिता नै हो । जसले समाजका सदस्यको सर्वाधिक कल्याण र सुरक्षा गर्नु समाजवादको उद्देश्य हो । बिपीको परिकल्पना समाजका सबैले खाने, लाउने, बस्ने न्यूनतम आवश्यकता हुनु पर्छ भन्ने नै हो । यसरी बिपीले समाजवादलाई आर्थिक र राजनीतिक समानतासँग जोडेर व्याख्या गरेका छन् । राजनीतिक स्वतन्त्राले मात्र पेट भरिँदैन । त्यसका लागि आर्थिक सम्पन्नता पनि चाहिन्छ भन्ने कुरामा जोड दिएकाले बिपीको समाजवाद नेपाली समाजमा चाँडो स्थापित भएको हो । आधुनिक समाजवाद भनेकै उन्नत प्रजातन्त्र हो । ऐन कानुन व्यवस्था, दण्ड, विधान आदि जनप्रतिनिधिबाट निर्माण हुनु पर्छ । समाजको सार्वभौमिकता राज्य वा सरकारमा निहित हुन्छ । सरकार आफूले बनाएको विधि विधान वा ऐन मान्न बाध्य बनाउन सक्छ । यस सिद्धान्तबाट केही व्यावहारिक राजनीतिक परिस्थिति निस्किन्छन् । प्रजातन्त्र, समाजवाद, आर्थिक तथा राजनीतिक उन्नति बिपीको समावादका मुख्य आधार हुन् । उनले राजनीतिक स्वन्त्रताबिनाको समाजवाद र आर्थिक उन्नतिबिनाको प्रजातन्त्र जनताको हितमा हुँदैन, त्यसैले राजनीतिक स्वतन्त्रता र आर्थिक उन्नतिलाई एक ठाउँमा राखेर व्याख्या गरेका छन् । बिपीले प्रजातन्त्रको व्याख्या सरल तरिकाले गरेका छन् । उनले भनेका छन्, “जनप्रतिनिधि छान्ने चुनाव वास्तविक हुनु पर्छ । जनतालाई आफ्नो प्रतिनिधि रोज्ने स्वतन्त्रता हुन्छ । निर्वाचनसँग जहिले पनि स्वतन्त्रताको प्रश्न पूरा हुनेबित्तिकै यसैसँग जोडिएको अर्को प्रश्न नागरिक संवाद पनि जोडिएर आउँछ । अभिव्यक्ति स्वतन्त्रता भनेको वाक् स्वतन्त्रता हो । प्रत्येक नागरिकलाई अभिव्यक्तिको स्वतन्त्रता हुनु पर्छ । कुन र कुन विचारधारा वा मतको पक्षमा जनताले आफ्नो भोट दिने भन्ने कुरो पनि सँगै आउँछ । तब मात्र सही व्यक्ति चुनिन सक्छ ।’’ यसरी बिपीको समाजवाद सैद्धान्तिक रूपमा पनि स्पष्ट छ । बिपीले प्रजातन्त्रको सिद्धान्तलाई लामो सङ्घर्षपछि व्यवहारमा पनि लागु गरेर देखाएका छन् । बिपी नेपालको इतिहासमा जननिर्वाचित पहिलो प्रधानमन्त्री बन्न सफल भए ।अधिकार गरिबलाई, शिक्षित, अशिक्षित सबैलाई चाहिने कुरा उनले उठाए । व्यक्तिगत स्वतन्त्रता, मौलिक अधिकार, चुनाव, पार्टी सङ्गठनको अधिकार आदि प्रजातन्त्रका अभिन्न अङ्ग हुन् । जहाँ यी सबै अधिकार एवं स्वतन्त्रतामा कुनै किसिमको पनि बन्धन रहन्छ, त्यहाँ प्रजातन्त्रमाथि नै बन्धन छ ठान्नु पर्छ भन्ने बिपीको अटल मान्यता रहेको थियो । बिपीले परिकल्पना गरेको व्यवस्थामा प्रजातन्त्रमा जात, भाषा, लिङ्ग, वर्ण वा क्षेत्रले खासै अर्थ राख्दैन । सबै समान हुन्छन् । कोही बढी, कोही कम भन्ने पनि हुँदैन । उनले प्रजातन्त्रका आधरभूत सिद्धान्तलाई आत्मसात् गरी व्याख्या गरेका छन् । बिपीले समाजवाद वा आफ्नो सिद्धान्तलाई पुष्टि गर्न दुधको उदाहरण दिएर स्पष्ट पारेका छन् । “मानी लिउँ एउटा समाजमा एक लाख मानिस छन् र त्यसमा दुधको उत्पादन सय माना मात्र छ । समान गर्ने नाउँमा सबैलाई गणितको न्यायले सबैलाई एक–एक चम्चा दुध दिन सकिएला तर त्यस्तो समानता सामाजिक न्यायका दृष्टिले समानता ठहरिँदैन, अपव्यय ठहरिन्छ ।” उनले यसलाई उत्पादनको यो न्यायलाई घोषणाद्वारा एकैचोटि बदर गर्न सकिँदैन । दुधको उत्पादनको वृद्धि गर्नतर्फ लाग्नु पर्छ । पर्याप्त मात्रामा दुधको उत्पादन भएपछि मात्र समान वितरणको प्रश्न आउँछ भनेका छन् । त्यसो हुनाले आर्थिक समानतामा उत्पादनको अभिवृद्धि अपेक्षित हुन्छ । स्रोतसाधनको वितरण र समान उपभोगका लागि यो उदाहरण नेपाली समाजमा अहिले पनि उत्तिकै समयमुखी हुँदै आएको छ । यो सङ्घीयतामा जाँदा सामान स्रोतको बाडफाँटसँग पनि जोडिएको कुरा पनि हो । समयको हिसाबले बिपीको प्रजातान्त्रिक समाजवाद केही पुरानो मानिए पनि अहिले राजनीतिक रूपमा नेपाली माटोको प्रतिविम्ब हो । पश्चिमेली राष्ट्रले दशकाैँ वर्षपहिले प्रतिपादन गरेको सिद्धान्त लागु गरिनु पर्छ भन्नेहरूका लागि पनि यो प्रेरणाको स्रोत बनेको छ । तत्कालीन नेकपा (एमाले)मा जनताको बहुदलीय जनवाद पनि यसकै वरिपरि घुमेको पाइन्छ । तथापि बिपीको समाजवाद र अरूका पथ तथा वादलाई एकै ठाउँमा राखेर दाँज्न या तुलना गर्न सकिँदैन । बिपीको समाजवादले युगको परिवर्तन गर्यो । नेपाली समाजलाई प्रजातान्त्रिक बाटोमा डोर्यायो । रैतीबाट नागरिक बनायो । दासताबाट मुक्ति पाए । नेपाली समाज आधुनिक युगमा प्रवेश गर्यो । यस कारण बिपीको समाजवाद नेपाली आवश्यकता अनुसार प्रतिपादन भएकाले यो सफल भएको हो । अब कुरा गरौँ, बिपीको प्रजातान्त्रिक समाजवादमा अडिएको नेपाली कांग्रेसले बिपी मार्गमा हिँड्यो कि हिँडेन ? बिपीको राजनीतिक तथा आर्थिक समानताको सिद्धान्तलाई अनुसरण तथा कार्यान्वयन गर्यो कि गरेन ? अर्थात् सामाजिक न्याय तथा जनहितका लागि कति काम गर्यो ? यी अहम् प्रश्न हुन् । नेपाली कांग्रेसको राजनीतिक दर्शन भनेको उदार प्रजातान्त्रिक समाजवाद हो । पार्टीको विचार, कार्यनीति, योजना तथा कार्यव्रmम सबै यसैमा आधारित छन् । फरक तरिकाले बुझ्दा त्यो बिपीवाद हो । कांग्रेसको वैचारिक जग भनेको प्रजातान्त्रिक समाजवाद हो । पार्टीको स्थापनाका कालदेखि बिपीको विचारले नेपाली राजनीतिमा नयाँ तरङ्ग पैदा ग¥यो । बिपीको निधनपछि बिस्तारै नेपाली कांग्रेस बिपीपथबाट विचलित हुँदै आयो । राजनीतिक रूपमा केही सफल भए पनि आर्थिक समृद्धि रूपमा सफल हुन सकेन । कांग्रेसले जनमुखी अर्थात् झुपडीलक्षित कार्यव्रmम ल्याउन सकेन । कांग्रेसको शासनकालमा मध्यम तथा ठुला वर्गका मानिसले अधिक फाइदा लिए । उदारवादका नाममा कांग्रेस अति उदार भयो । पुँजीवादको पनि चरम अवस्थालाई मात्र प्राथमिकता दियो । राज्यभन्दा निजी क्षेत्र बलियो बन्दै गयो । जनता सरकारभन्दा पनि निजी क्षेत्रमाथि निर्भर हुन बाध्य भए । जसले आर्थिक असमानता पैदा गरिदियो । गरिब झन् परनिर्भर हुँदै गए । जसले धनी र गरिबबिचको खाडल नपुरिने गरी बढाइ दियो । पुँजीवादको नाममा पश्चिमा मोडेलसँगै नवउदारवादलाई लागु गर्ने प्रयास गर्यो । जसले वैचारिक रूपमा विचलित तुल्यायो । किनारा पारिएका जनता या गरिबको पक्षमा बोल्दा कम्युनिस्ट भइन्छ भन्ने डरले गरिबको आवाज उठाउन छोड्यो । नेता तथा कार्यकर्ता बिस्तारै सहर तथा सत्तामुखी हुँदै गए । पार्टीमा पनि यस्तैको हालीमुहाली हुन पुग्यो । बिपीले भने जस्तै पार्टीमा सुकिलामुकिला र चिल्ला गाडी चढ्नेहरू पुगेपछि पार्टीका इमानदार कार्यकर्ताले तिनका विरुद्ध आन्दोलन गर्नु पर्छ र किनारा लगाउनु पर्छ भन्ने कुरा हुन सकेन । पार्टीभन्दा पनि व्यक्ति बलियो हुँदै गए । लोकतन्त्र सत्तामा जाने सिँढी मात्र बन्यो । हुम्ला, जुम्ला, बझाङ वा तराईका गरिब बस्तीमा राहत वा प्रजातन्त्रको दियो बल्न सकेन । समय अनुसार कांग्रेसले बिपीको प्रजातान्त्रिक समाजवादलाई अनुसरण गर्नुको अर्को विकल्प छैन । अब कांग्रेसलाई सुनिने मात्र होइन, देखिने र महसुस गर्ने पार्टी बनाइनु पर्छ । सम्पन्न तथा सहरमा मात्र नभएर झुपडीमा पनि पुग्नु पर्छ । पार्टीलाई चलायमान गरी कार्यकर्ता वा नेताहरूलाई पनि काम तथा त्यागको आधारमा जिम्मेवारी दिएर नयाँ रूप दिनु पर्छ ।
बिपी कोइराला अमर स्रष्टा
राजनीतिक व्यक्तिमा भावना कम्ती हुन्छ । बुद्धिप्रधान हुन्छ । मानवीय भावना र अन्तर्मूल्यसँग सरोकार राख्दैन । त्यसै कारणले छिट्टै बहिष्कृत पनि हुन्छ– शुद्ध राजनीतिक व्यक्ति । पद, प्रतिष्ठा खुस्किनासाथ तिरस्कृत हुन्छ ।संसारका थोरै मात्र व्यक्तिहरूमा हुने विशेषता व्यक्ति एक, व्यक्तित्व अनेक– बोकेका विश्वेश्वरप्रसाद कोइराला नेपाली धर्तीका वरदपुत्र हुन् । राजनीतिक क्षेत्रमा प्रजातान्त्रिक समाजवादका व्याख्याता एवं प्रयोक्ता बिपी कोइरालाको नाम यस युगका विश्वकै राजनीतिकमा गनिन्छ । नयाँ प्रयोग र नयाँ विचारका कारण साहित्य जगत्मा पनि बिपीको नाम अग्रपङ्क्तिमा रहेको छ ।व्यक्ति आफ्नै मात्र प्रयासले महान् बन्न सक्दैन । देश, काल, परिस्थिति, परिवार, समाज, सत्सङ्ग एवं स्वयं व्यक्ति विशेषको प्रतिभा योग्यता, लगनशीलता र साधनासमेत मिल्नु पर्छ । यी सबैको समन्वय बिपी कोइरालाको व्यक्तित्व कृतित्व निर्माणमा सम्भव भएको छ । दुई भिन्नभिन्न दिशा, राजनीति र साहित्यलाई समान रूपमा सञ्चालन गर्ने ‘सव्यसाची’ कोइराला बहुआयामिक व्यक्तित्वका धनी हुन् ।महात्मा गान्धीको प्रभाव, भारतीय स्वतन्त्रता सङ्ग्राम, जेलजीवन, नेहरू, जयप्रकाश, लोहिया, राजेन्द्रप्रसाद जस्ता व्यक्तिहरूको राजनीतिक सम्पर्क आफ्नै विशाल सत्सङ्ग र पारिवारिक कारण बिपी व्यक्तित्वमा विशेष प्रभाव परेको थियो । राजनीतितर्फ उनको के कति योगदान छ ? के के गरे ? त्यसको लेखाजोखा गर्नुभन्दा पनि बिपीको साहित्यिक पक्ष उद्घाटन गर्नु प्राथमिकता रहेको छ । यस राजनीतिक आधारभूमिले पनि बिपीको साहित्यिक यात्रालाई सहयोग पुर्याएको हुँदा यति प्रसङ्ग जोडिएको हो । उनले भनेका छन्, “कला सुरक्षा चाहँदैन, स्वतन्त्रता चाहन्छ । उसलाई हिँडिसकेको बाटोमा खुट्टा चाल्न मन लाग्दैन, आफूले हिँड्ने बाटो आफैँ बनाउन चाहन्छ ।”साहित्य सभ्यताको प्रतीक भएको कुरालाई मान्नुहुने बिपीका जीवनको अधिकांश समय राजनीतिक चिन्तन र प्रयोगमै बिते । राष्ट्रियता, प्रजातन्त्र र समाजवादबारे छुट्टा छुट्टै चिन्तन गरेर समन्वयात्मक प्रयोग गर्ने बिपी हरेक मान्छेलाई एउटा कौतूहलताको विषय ठान्छन् । र साहित्यमा प्रवेश गर्नुपर्ने कारण उनी आफैँ भन्छन्– “मेरो साहित्यमा हात हाल्नुको उद्देश्य व्यक्तिलाई निहार्नु र वैयक्तिक धारणा वा विचारलाई साहित्यका माध्यमबाट व्यक्त गर्नु थियो ।”राजनीतिभित्रको रुखो जीवन अर्थात् केही झुठ, केही कपट, केही जालझेल, केही द्वेष र केही अहङ्कार मिलेर एउटा सिङ्गो राजनीतिक जीवन निर्माण हुने गर्छ भनिन्छ । त्यस कारण राजनीतिमा स्वार्थभन्दा माथि उठेका व्यक्ति थोरै मात्र हुन्छन् । राजनीतिक व्यक्तिमा भावना कम्ती हुन्छ । बुद्धिप्रधान हुन्छ, मानवीय भावना र अन्तर्मूल्यसँग सरोकार राख्दैन । त्यसै कारणले छिट्टै बहिष्कृत पनि हुन्छ– शुद्ध राजनीतिक व्यक्ति । पद, प्रतिष्ठा खुस्किनासाथ तिरस्कृत हुन्छ तर राजनीतिक व्यक्ति पनि मानवको मानवभावना र मानवमूल्य चिन्न र बुझ्न सक्ने भयो भने युगौँसम्म ध्रुवतारा बनिरहन सक्छ । जस्तो बिपी कोइराला ।बिपीको साहित्यिक यात्रा– बिपीको राजनीतिक र साहित्यिक यात्राको थालनी एकैचोटि भएको थियो । बिपीको ‘माटोले यथार्थवादी र पानीले भाववादी बनाउँछ’ भन्ने मान्यता छ । साँच्चै नै १५ वर्षकै उमेरमा राजनीतिक कारणले जेल पर्नु र सोही सालको हंस पत्रिकामा पहिलो कथा ‘वहाँ’ छापिनु सँगसँगैको संयोग देखिन्छ ।बिपीमा साहित्यिक भावना भर्ने काम पनि उनको त्यस ठुलो परिवारले नै ग¥यो । उनको त्यस ठुलो परिवारमा धेरैथरीका मान्छे– बुढाबुढी, विधवा, परित्यक्ता र नमिल्दा जोडीहरू थिए । त्यही मानव स्वभाव र मानव– मानस अध्ययन गर्ने, बुझ्ने अवसर मिल्यो । पछि गएर बिपीमा साहित्यचेत भर्ने शान्तिप्रिय द्विवेदी र नेपाली साहित्यतर्फ प्रेरित गर्ने, उकास्ने सूर्यविव्रmम, त्यसअघि पठनपाठनमा आधुनिक शिक्षा र खुला उदार वातावरण सिर्जना गरिदिने पिता कृष्णप्रसाद कोइराला उनका पृष्ठभूमि थिए । दुई दर्जनजति कथाहरू-छ वटा उपन्यास- एउटा औपन्यासिक आफ्नै जीवनी÷एक दर्जनजति कविता र एउटा अपूर्ण नाटक, जेल जर्नल फेरि सुन्दरीजल आत्मवृत्तान्त आदि बिपीको साहित्यिक देन हुन् । “राजनीति नियमग्रस्त सामाजिक वस्तु भए साहित्य स्वच्छन्द वैयक्तिक तìव हो,” बिपीको धारणा प्रस्ट छ । यसै कारण राजनीतिज्ञ बिपी र साहित्यकार बिपीको धारणा प्रस्ट छ । यसै कारण राजनीतिज्ञ बिपी र साहित्यकार बिपीमा भिन्नता छ । दुवै पक्ष स्वतन्त्र छन् । साहित्यिक चिन्तन र लेखनलाई स्वतन्त्र छोडिदिएको हुँदा नै बिपीको साहित्यिक यात्रा सफल रह्यो ।यसै बेलाबाट बिपीका कथामा नौलो प्रयोग सुरु भयो । मानव मनका अन्तर्तह खोतलेर, सूक्ष्म रूपमा हृदय केलाएर कथामा प्रयोग गर्ने नयाँ परम्पराको थालनी बिपीबाट भयो । यद्यपि समकालीन कथा उपन्यासकार– मैनाली, रुद्रराज, रूपनारायण, सम, पुष्कर, भिक्षु, गोठाले आदिले नयाँ प्रयोग गरेका थिए । तर उनीहरूबाट सामाजिक यथार्थता, परम्परागत मान्यता, रूढि अन्धविश्वाससमेत जोडेर मानिसका बाह्य संरचनाको मात्र वर्णन भएको देखिन्थ्योे । यस्तो बेलामा एकैचोटि नयाँ प्रयोग भयो बिपीबाट । पूर्ववर्ती र समवर्तीलाई चटक्कै छोडेर बिपीको एक्लो साहित्यिक यात्रा प्रारम्भ भयो । “साहित्य जीवन जस्तै व्यापक छ । यथार्थमा समग्र जीवनको प्रतिविम्ब नै साहित्य हो ।” साँच्चै नै बिपीका कथा उपन्यासको सामग्री बाह्य विषयभन्दा अन्र्ततह बढी पाइन्छ । कथामा मनोविश्लेषण (मानव– मनोभावग्रन्थीको विश्लेषण), दमित– यौन भावनालाई खोतलेर प्रयोग गर्ने (यौन मनोविश्लेषण) कामको थालनी बिपीबाट भयो । बिपीले सामाजिक यथार्थता, व्यक्ति– बाह्य संरचना प्रधानता र चरित्रप्रधान त्यस बेलासम्मको लेखन परम्परा तोडेर मनोभाव प्रधान र विचारप्रधान लेखनको विकास र उत्थान गरेको देखिन्छ । वास्तविक साहित्यकार परम्परागत सामाजिक निषेधतिर रहेर लेख्न सक्तैनन् । बिपीले आफ्ना समग्र कृतिमा परम्परागत धारणा र मान्यतालाई खोक्राे देखाएर त्यस खोक्राेपनमा नयाँ आस्था, धारणा र विचार प्रस्तुत गरेका छन् । यसै कारण बिपीलाई मनोविश्लेषणवादी र अस्तित्ववादी साहित्यकारको संज्ञा दिने गरेका छन्– समालोचकहरूले ।दर्शन– बिपीका कृतिहरूमा पाइने विचित्र तत्व हो दर्शन । वेदान्त, साङ्ख्य र गीताका साथै अन्य विविध पक्षबाट प्रभाव ग्रहण गरेर राखिएको सारसङ्क्षेपले उपन्यासको भावपक्ष समेटिएको छ । हिटलर र यहुदी, मोदिआइन र साधारण रूपमा सुम्निमा विभिन्न दर्शनको चिन्तनबाट प्रभावित छन् । पृथ्वीको भार हरण गर्ने छल रचेर एउटा साधारण व्यक्ति अर्जुनलाई संवेदना शून्य बनाएर त्यत्रो महाभारत युद्ध रच्ने कृष्णलाई बिपी एउटा क्रुर मानवतारहित अतिमानवका रूपमा हेर्छन् । गीताको महत्व र चरितार्थ बिपीका दृष्टिमा कतै छैन । त्यत्रो नरसंहार गरेर पनि अर्जुन निर्बल भएर सिद्धिए । कृष्ण एउटा साधारण व्याधाबाट मारिए । अरूलाई सिध्याएर आफूसमेत सिद्धिइनुपर्ने यस्तो संहार रचेर गीता र कृष्णले के दिए त ? यो निरुत्तरित प्रश्न अझै ताजा छ । हिटलर र कृष्णमा त्यति फरक देख्दैनन् बिपी । मान्छेमा अहम् चढेपछि आफूलाई सर्वगुण सम्पन्न ठान्दछु । महाभारतका कृष्णमा मानवेतर दैवत्व चढेको थियो र हिटरलरमा अमानवीय प्रवृत्ति ..... । बिपीका दृष्टिमा दुवै समान हुन् । मान्छे मान्छेकै रूपमा रहनु पर्छ । दैवत्व वा पशुत्वमा जानुहुन्न । यो बिपीको दर्शनसार हो । त्यस्तै सुम्निामाका माध्यमबाट शारीरिक शुद्धता रहे पनि मानसिक अशुद्धता भयो भने जीवन सफल हुन सक्दैन भन्ने किटान गरिएको छ । यौन मर्यादा पनि राखिएको छ सुम्निमामा । यौन गोप्य र एकाङ्की हुन्छ । यसलाई मर्यादित एकनिष्ठताभित्र राख्नु पर्छ । छाडा छोड्नु हुँदैन भन्ने कुरा देखाएको छ । त्यसै कारण अवचेतनासँगको समागमपछि सोमदत्त र पुलोमालाई पापाबोध र घृणात्मकताले सताउँछ । यस विचारलाई राम्ररी नियाल्दा बिपी भोगवादी र स्वच्छन्दतावादी होइनन् । यौनदृष्टि– यौनका सम्बन्धमा पूर्वीय आध्यात्मिक इन्द्रिय निग्रहसम्बन्धी धारणा र परम्पराको विपरीत छ– बिपीको यौनदृष्टि । विभिन्न मर्यादा, आदर्श नैतिकताको खोक्राे आडम्बरको खोल ओढाएर मान्छेको शरीर त रोकिएला तर मन रोक्न सकिँदैन । मान्छे शरीर मात्र होइन, स्थुल वस्तु मात्र होइन । बलात् यौन दमन गरेर मनमा कुण्ठा र विकृति पालेर बस्नु हुँदैन भन्ने कुरामा बिपीको तर्कपूर्ण विवेचना छ । नारी अस्मिताको उत्थान – प्रायः बिपीका समग्र कथा, उपन्यास नारीपात्र प्रधान छन् । बिपीले नारी शोषण, उत्पीडन, तिरस्कार, अवहेलना, यातना र मानसिक पीडाभित्रै सीमित रहेका, खोक्राे आडम्बर र चरित्रका खोलमा अर्ती उपदेश मात्र पिलाइएका, पुरुष अहम्लाई मात्र सम्मान गर्न बाध्य गराइएका नारी वर्णनका विपरीत नारी अस्मिता उठाउने विचार र चिन्तन भरिएका रचना दिएका छन् । नारीहरू आत्मविश्वास, आत्मस्वतन्त्रता, अपराधबोध रहित एवं स्वावलम्बी भएर बाँचेका छन् । नारी उत्थानसँग सम्बद्ध समान दृष्टि छ– बिपीको लेखनमा । यौनेच्छा र सन्तानेच्छा नारी जीवनका मुख्य आवश्यकता हुन् । यसलाई सामाजिक, धार्मिक वा नैतिक जस्ता बन्धनले रोक्नु हुँदैन । नारीप्रति कत्रो उदार र सर्वाङ्गीण विकास धारणा छ, बिपीको । यसरी उनी स्वयं नारी झैँ भएर नारीमन केलाउन सफल भएका छन् ।सार्वङ्गीण विकास चाहना — राजनीति साहित्यको विषय बन्न सक्छ तर साहित्य र राजनीतिमा कुनै किसिमको सम्बन्ध हुँदैन । बिपी राजनीतिक क्षेत्रमा प्रजातन्त्र, आर्थिक पक्षमा समाजवादी दृष्टि राख्छन् । एकैचोटि राष्ट्रियता, प्रजातन्त्र र समाजवादको स्थापना गरेर राष्ट्रलाई राजनीतिक रूपले स्थिर र दृढ बनाउन चाहने बिपी दार्शनिक दूरदर्शिताका साथ साहित्यिक साधना एवं सांस्कृतिक समन्वयसमेत गरी राष्ट्रको सर्वाङ्गीण विकासको उच्चतम दृष्टि राख्नु बिपीका लेखनको उद्देश्य हो ।सम्भवत: यसै कारण बिपीले राजनीतिक दृष्टि राखेर साहित्य सिर्जना गरेनन् तर साहित्यभित्र राजनीतिका कतिपय विचार अटाएका छन् । “उपन्यासमा मैले कथा भन्न खोजेको छुइन । विचार दिन चाहेको छु !” बिपीकै भनाइले विचारप्रधान छन् उनका कृतिहरू भन्ने कुरा प्रस्ट हुन्छ । साहित्यकार स्रष्टा र द्रष्टा दुवैै हुन्छ भन्ने प्रस्ट भएको छ । ‘मोदिआइन’ हिटलर र यहुदीको विचारले पनि बिपीको राष्ट्रिय मेलमिलाप नीतिलाई प्रस्ट पारिदिएको छ । यसरी प्रसिद्ध राजनीतिक, प्रजातान्त्रिक समाजवादका चिन्तक एवं प्रयोक्ता बिपी कोइराला स्वतन्त्र रूपमा उत्कृष्ट साहित्य सिर्जना गरेर नेपाली वाङ्मयमा नयाँ चिन्तन, नयाँ आयाम, नयाँ परम्परा र शैली दिएर सदाका निम्ति अमर बनेका छन् ।
ऐन बन्न ढिलाइ नै मुख्य समस्या
सरकारले शुक्रबार २० औँ निजामती सेवा दिवस मनाउँदै छ । सरकारले निजामती सेवा दिवसका लागि ‘व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन’ भन्ने नारा तय गरेको छ । २०१३ साल भदौ २२ गते निजामती सेवा ऐन जारी भएको दिनको स्मरणमा २०६१ सालदेखि सरकारले निजामती सेवा दिवस मनाउँदै आएको छ ।
नतिजामुखी सेवा र सुशासन : मन्त्री देवी
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले निजामती कर्मचारीले इमानदार, प्रतिबद्व र नतिजामुखी भएर सेवा गर्दा मात्र मुुलुकले समृद्वि र सुशासन हासिल गर्ने बताउनुभएको छ । उहाँले निजामती कर्मचारीको नतिजामुखी प्रशासनमार्फत देश र जनताको सेवा गर्न ऊर्जा मिलोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो ।
प्रमको न्युयोर्क भ्रमणको अन्तिम तयारी
परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आसन्न संयुक्त राष्ट्रसङ्घको महासभाका लागि हुने भ्रमणको तयारी अन्तिम चरणमा रहेको बताउनुभएको छ ।
फरार व्यक्तिले पनि अब पुनरावेदन सुविधा पाउने
फौजदारी मुद्दामा सुरु अदालतको म्याद गुजारी फरार रहेका व्यक्तिले फैसला कार्यान्वयनमा सहभागी भए पुनरावेदनको सुविधा पाउने सर्वोच्च अदालतले व्याख्या गरेको छ । व्यक्तिले राज्यलाई असहयोग गरेमा राज्यले पनि सहयोग नगर्ने रणनीति आधुनिक मानव अधिकारको विधिशास्त्रसँग मेल नखाने भन्दै पुनरावेदनको सुविधा दिनुपर्ने व्याख्या सर्वोच्चले रिट निवेदनमार्फत गरेको हो ।
उखु किसानले पाएनन् अनुदान
सरकारबाट पाउनुपर्ने अनुदान वापतको रकम नपाएपछि रौतहटका उखु बिक्रोता किसान चिन्तित छन् । आर्थिक वर्ष २०७९/८० मा प्रतिक्विन्टल ७० रुपियाँ अनुदान दिने भनिएको रकम हालसम्म पनि नपाएपछि उखु बिक्रोता किसान चिन्तित बनेका हुन् ।
दसैँअघि पानी पठाउन कठिन
काठमाडौँ उपत्यकामा मेलम्चीको पानी दसैँअघि वितरण गर्न असम्भव भएको छ । मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले काठमाडौँमा पानी पठाउने मुख्य स्थान एक नम्बर गेट र पानी खोल्ने र बन्द गर्ने नौ नम्बर गेटबाहिर बाढीले ढुङ्गा, माटो थुपारेका कारण दसैँअघि पानी लैजान सकिने सम्भावना कम रहेको जानकारी दिनुभयो ।
बालुवाटारको जग्गा छिट्टै सरकारका नाममा
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालुवाटारको जग्गा छिट्टै सरकारको नाममा आउने बताउनुभएको छ । बुधबार सामुदायिक रेडियो माडीको १३ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै
बेरोजगार बढ्दै रोजगारी घट्दै
मुलुकका बेरोजगार युवालाई रोजगारी प्रदान गर्न भन्दै सरकारले सञ्चालन गरिरहेको प्रधानमन्त्री रोजगार कार्यक्रम (पिएमइपी) मा सूचीकृत हुुने बेरोजगार युुवाको सङ्ख्या बढ्दै जाने तर रोजगारी सिर्जना गर्ने बजे
नौबाट सुरु, पुजिए नौ हजार
काभ्रेपलाञ्चोक जिल्लाको बनेपाको भोलाखा टोलमा नौ हजार कन्याको पूजा गरिएको छ । यो १२१ वर्षअघिको निरन्तरता हो । विक्रम संवत् १९५९ भदौ ५ गते सुरु गर्दा भने नौ जना कन्यालाई नवकन्याको प्रतीक मानी बुइँगलमा पूजा गरिएको थियो ।
बेपत्ता डाक्टर कोइरालाको शव भेटियो
मोरङको उर्लाबारी–३ स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा कार्यरत चिकित्सक डाक्टर प्रज्वल कोइरालाको शव कोशीको अङ्गालोमा भेटिएको छ ।
भारतद्वारा १० हजार मेगावाट विद्युत् खरिद सम्झौता स्वीकृत
भारत सरकारले आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् नेपालसँग खरिद गर्नेसम्बन्धी प्रस्तावलाई स्वीकृत गरेको छ । यससँगै नेपालको विद्युत् खरिदमा भारत अनुदार रहेको आशङ्कालाई चिरिएको विचार ऊर्जाविद्हरूको छ ।
मौरी–भँवराको कमीले अलैँचीमा समस्या
सिमसार र जङ्गलमा खेती गरिने अलैँचीमा डढुवा रोग लागेपछि धेरैजसो बगान नै सखाप भएका छन् । अलैँचीमा एकातिर डढुवा रोगको समस्या छ भने अर्कातिर भँवरा र मौरीको सङ्ख्या घट्दा परागसेचन प्रक्रियामा समस्या हुँदा उत्पादन निरन्तर घट्दो छ ।
अतिक्रमित जग्गाको खोजबिन सुरु
जिल्ला प्रशासन कार्यालय दोलखाले अतिक्रमित जग्गाको खोजबिन सुरु गरेको छ । गृह मन्त्रालयले अतिक्रमित जग्गाको अभिलेख राखी विवरण पठाउन निर्देशन दिएपछि खोजबिन सुरु गरिएको प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिनुभयो । उहाँका अनुसार निर्देशनलगत्तै सम्बन्धित निकायमा अतिक्रमित जग्गाको विवरण उपलब्ध गराउन पत्राचार गरिएको छ । मालपोत, नापी र वन कार्यालयबाट यस किसिमका जग्गाको विवरण नभएको पत्र प्राप्त भएको छ ।
सडकमै सवारी चालकको स्वास्थ्य परीक्षण
राजमार्गमा हुने दुर्घटना न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले चालक तथा सहचालकको स्वास्थ्य परीक्षण अभियान सुरुआत गरेको छ । अधिकांश दुर्घटना चालककै कमजोरीका कारण भएकाले सवारी चलाइरहेका चालकलाई सडकमै रोकेर स्वास्थ्य परीक्षण गर्ने अभियान थालिएको हो ।
अतिक्रमित संरचना हटाइयो
म्याग्दीको सदरमुकाम बेनीमा सडक अतिक्रमण गरेर सार्वजनिक जग्गामा बनाइएको अव्यवस्थित संरचना हटाइएको छ । सडकमा आवतजावत प्रभावित र दुर्घटनाको जोखिम बढेपछि बेनी नगरपालिकाले वडा नं ८ मा पर्ने अस्पताल चोकमा रहेका अतिक्रमित संरचना हटाएको हो ।
खटाएका ठाउँमा जाँदैनन् अधिकृत
सरकारले स्थानीय तहमा खटाएका प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहमा जान मान्दैनन् । गइहाले पनि अनेकौँ बहाना बनाएर केही महिनामा नै पुनः सङ्घीय कार्यालयमा फर्कछन् ।
पूर्ण इजलासमा सुनुवाइ हुने
कोशी प्रदेश सरकारको विश्वासको मतसम्बन्धी विवादको मुद्दा सर्वोच्चको पूर्ण इजलासमा पेस हुने भएको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुषमालता माथेमाको संयुक्त इजलासले मुद्दा पूर्ण इजलासमा पेस गर्न आदेश गरेको हो । अब कम्तीमा तीन वा सोभन्दा बढी न्यायाधीशको इजलासमा मुद्दाको सुनुवाइ हुने छ ।
कान्जीहाउसमा चौपाया छाडियो
नेपालगन्ज उपमहानगरपालिकाले बजार क्षेत्रका, छाडा पशुचौपायालाई व्यवस्थापन गर्न कान्जी हाउस लैजान थालेको छ । बजार क्षेत्रमा छाडा छोडिएका ८० भन्दा बढी गाईगोरु र घोडा, खच्चड शनिबार कान्जी हाउसमा लगिएको नगरपालिकाले जनाएको छ । नेपालगन्ज उपमहानगरपालिका–२१, बिर्तामा कान्जी हाउस रहेको छ ।