ज्ञान नहुँदा सर्पलाई शत्रु ठान्छन् मान्छे
सर्पले मान्छेलाई मार्छ भन्ने आम बुझाइ छ तर एउटा विषालु सर्प हजारौँ मानिसको जीवनको रक्षक हुन्छ भन्ने कमैलाई थाहा छ । त्यस्तो ज्ञानको अभावमा मानव र सर्पबिच द्वन्द्व चल्ने गरेको छ । फलतः हजारौँ सर्प मान्छेबाट मारिन्छन् र सर्पको डसाइबाट बर्सेनि धेरै मानिसको ज्यान जाने गरेको छ । सामान्यतः मान्छेले सर्पले डस्नुभन्दा पनि डस्छ र मरिन्छ भन्ने त्रासका कारण सर्पलाई मार्ने गरेको पाइन्छ । यो सर्प र मानवको शत्रुतापूर्ण अवस्था हो । धनुषाको धनुषाधाम नगरपालिका–५, किसानपुरका गणेश साहले भने सर्पसँग ‘मितेरी’ गाँस्नुभएको छ ।
हुम्लामा बोलेरो दुर्घटना
सिमकोट गाउँपालिका– ६ स्थित तीन धारा क्षेत्रमा सदरमुकाम सिमकोट आउदै गरेको बोलेरो जीप दुर्घटना भएको छ। दुर्घटनामा मानवीय क्षति भने नभएको प्रहरी निरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो।
योग्यताअनुसार व्यवहार गर्न जान्नुपर्छः अध्यक्ष बिजुक्छे
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायाण्मान बिजुक्छेले पद र योग्यताअनुसार व्यवहार गर्न आवश्यक रहेको बताउनुभएको छ।
३९ जनाद्वारा नेपाली नागरिकता परित्याग
स्याङ्जामा आर्थिक वर्ष २०८०/०८१ मा ३९ जना नेपाली नागरिकले नागरिकता परित्याग गरेका छन् । नागरिकता परित्याग गर्नेमा ३२ पुरुष र सात महिला रहेका छन् ।
नारायणी नदीमा हाम फालेर एक पुरुष बेपत्ता
चितवनको नारायणी नदीको पुलबाट हाम फालेर शनिबार मध्याह्नमा एक पुरुष बेपत्ता भएका छन् । शनिबार मध्याह्न १२ः३० बजेको समयमा भरतपुर महानगरपालिका ३ पुल्चोकस्थित नारायणीको पुलबाट हाम फालेर एक पुरुष बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिनुभयो ।
युक्रेनी आक्रमण रोक्न रुसको नयाँ अभियान सुरु
रुस र युक्रेनबिचको द्वन्द्वमा कियभको सबैभन्दा ठुलो आक्रमण रोक्न मस्कोले शनिबार युक्रेनसँग जोडिएका तीन सीमावर्ती क्षेत्रमा “आतङ्कवाद विरोधी अभियान” सुरु गरेको छ ।
खुल्लामञ्चको स्तरोन्नति
काठमाडौँको खुल्लामञ्चको स्तरोन्नति क्रममा माटो सम्म्याउँदै काठमाडौँ महानगरको डोजर ।
जनकपुरधाममा झुलन महामहोत्सवको रौनक
प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा झुलन महामहोत्सवको रौनक सुरु भएको छ । चर्चित संस्कृति र पर्वमध्येमा पर्ने झुलन उत्सवमा जनकपुरका मठ मन्दिरहरू सङ्गीतमय बनेका छन् ।
‘जनतामा निराशा आउन दिनुहुँदैन’
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ‘अब देशमा केही हुन्छ’ भन्ने सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने खाँचो औँल्याउनुभएको छ ।
पहिरोमा परी चार जना घाइते
अविरल वर्षाका कारण पहिरो आउँदा बाजुरामा चार जना घाइते भएका छन् । जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका-३ बौडीस्थित गोरु खर्कमा आज बिहान पहिरो गएको थियो ।
गाजाको विद्यालयमा इजरायली हमला : एक सयभन्दा बढीको मृत्यु
गाजाको नागरिक सुरक्षा विभागले शनिबार गाजा सहरको एक विद्यालयमा इजरायली हमलामा ज्यान गुमाउनेको सङ्ख्या ९० देखि एक सयसम्म पुगेको अनुमान गरेको छ ।
शेख हसिनाको शरणका लागि आवेदन दिएको हल्ला अस्वीकार गर्दै छोरा सजीव
बङ्गलादेशका पूर्व प्रधानमन्त्री शेख हसिनाका छोरा सजीव वाजेद जोयले शनिबार आफ्नी आमाले शरणका लागि आवेदन दिएको हल्लालाई अस्वीकार गर्नुभएको छ ।
भेरीमा सर्वसाधारणका लागि अनलाइन टिकेट सेवा सुरु
नेपालगन्जस्थित भेरी अस्पतालले सेवाग्राहीहरुका लागि पहिलोपटक अनलाइनबाटै टिकट काट्न पाउने व्यवस्था गरेको छ । अस्पतालले शुक्रबारबाट सेवाग्राहीहरुले घरबाटै अनलाइनमाध्यमबाट आफ्नो टिकट काट्ने ‘अनलाइन टिकेट सेवा’को सुरुआत गरको हो ।
ट्रम्प-ह्यारिसबिच सेप्टेम्बर १० बहस हुने
पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र वर्तमान उपराष्ट्रपति कमला ह्यारिसबिच सेप्टेम्बर १० मा बहस हुने भएको छ । उहाँहरू सेप्टेम्बर १० मा बहस गर्न सहमत हुनुभएको हो ।
ब्राजिलमा विमान दुर्घटना : विमानमा सवार ६१ जनाको मृत्यु
ब्राजिलको राज्य साओ पाउलोको भित्री भागमा शुक्रबार विमान दुर्घटना हुँदा त्यसमा सवार ६१ जना यात्रुको मृत्यु भएको एयरलाइन्स कम्पनी भोपपासले पुष्टि गरेको छ ।
शिक्षाको ज्योति छर्ने माइला दाइ
इतिहासको दस्ताबेजीकरण वर्तमानका लागि मार्गदर्शन हो । नयाँ पुस्ताका लागि पदचाप पछ्याउने माध्यम हो तर नेपाली समाजका कैयौँ इतिहास अलिखित छन् । खोज, सोच र अन्वेषण नहुँदा कतिपय गर्विला इतिहास त्यसै हराएर गएका छन् । अग्रजहरूले समाजमा गरेका काम, सङ्घर्ष र सफलताका कथाहरू नयाँ पुस्ताले लेख्ने प्रयास नगर्दा इतिहासका डोबहरू मेटिने गरेका छन् । नेपालको समाज, राजनीति, परिवर्तनका कतिपय कालखण्डको दस्ताबेजीकरण नहुँदा, प्रचारप्रसार नहुँदा धेरै सादगी र इमानदार व्यक्तिहरू समाजमा ओझेल परेका छन् । दुर्गम र दूरदराजमा काम गरेका, उच्चकोटिको सोच भएका, बिनास्वार्थ समाज र त्यस समाजका सदस्यहरूलाई योगदान पु¥याएर कीर्तिमान बनाएका युगपुरुषहरूको योगदान विस्मृतिमा पुग्ने अवस्था हुँदा त्यसलाई स्मृतिमा ल्याउँदा त्यो उ
पर्यटकीय स्थल तिम्बुङ पोखरी
अधिकांश लिम्बूभाषी विद्वान् एवं स्थानीय तिम्बुङवासीका अनुसार लिम्बू भाषामा बन्दुक पड्किएको आवाजलाई ‘तेम्बक’ भनिने हुनाले अपभ्रंश भएर तिम्बुकको अर्थ ‘बन्दुक पड्केको’ बोध हुन्छ । लिम्बू भाषामा ‘ते’ भनेको ‘बन्दुक’, ‘बुङ्’ भनेको ‘पड्किएको’ अर्थ अनुसार पोखरीभित्र समय समयमा बन्दुक पड्केको जस्तो आवाज सुनिएकाले नाम नै ‘तिम्बुक पोखरी’ रहन गएको भनिन्छ । त्यसै गरी कतिपय लिम्बूभाषी विद्वान्का अनुसार ‘तिम्बु’ भनेको ‘टिलपिल भरिएको’ भन्ने अर्थ बोध हुने भएकाले यो पोखरीको नाम तिम्बुङ पोखरी रहन गएको हो । करिब ४६६ मिटर लम्बाइ र १५४ मिटरदेखि दुई सय मिटरसम्म चौडाइ रहेको तिम्बुङ पोखरी नेपाल–भारत सिमानादेखि एक किलोमिटरभित्र नेपालको ताप्लेजुङ, पाँचथर जिल्लाको सिमानामा पर्छ ।
विज्ञान ज्ञाताको साहित्यिक मोह
८७ वर्षको उमेर चानचुने होइन । ललितपुर सानेपावरपर, बजारतिर होस् चाहे प्रभातकालीन हिँडाइमा होस् उहाँ भेटिनुहुन्छ सडकतिर । साथीभाइ भेट्ने क्रम यथावत् छ, अध्ययन र लेखन त छँदै छ । अनि भान्सामा पनि समय दिन उहाँ पछि पर्नुहुन्न, अघि सर्नुहुन्छ । वनस्पति विज्ञानका कुरा गर्नु प¥यो र सोध्न खोज्नेका लागि मात्र होइन काठमाडौँको संस्कृति र सम्पदाका बारेमा, समाजशास्त्रका बारेमा बुझ्न खोज्नेका लागि पनि उहाँको समय बित्ने गर्छ । जीवनको आधा उमेर अङ्ग्रेजीमा लेखेर बित्यो तर लेखन अनुसार नाम र पाठक त्यति कमाउनु भएन । विसं २०३६ मा नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानमा प्राज्ञ बनेर पुगेपछि साहित्यिक सम्बन्धले नेपालीमा
सोमरस के हो ?
हिजोआज मानिस सोमरस भन्नेबित्तिकै अर्को अर्थमा बुझ्ने गर्छन् र भन्ने गर्छन्, त्यस बेला देवताहरू पनि सोमरस पिउँथे । समाजमा नसालु पेयपदार्थलाई सहज रूपमा सोमरसको उपनाम दिई समाजीकरण गर्ने प्रयास गरिएको पाइन्छ, सायद त्यस्ता व्यक्ति जो नसालु पेयपदार्थका पारखी हुन्छन् । आखिर सोमरस के हो ? के साँच्चै देवताहरू सोमरस पिउँथे ? ऋग्वेदमा सोमरसको उल्लेखनीय चर्चा गरिएको पाइन्छ । ऋग्वेदको सूक्त २.१ मा उल्लेख गरिएको छ– हे प्रियदर्शी वायु, हाम्रो प्रार्थना सुनेर तिमी यज्ञस्थल आइदेऊ । तिम्रो निमित्त सोमरस तयार छ, यो पान गर भन्दै ऋषिहरूले वायुलाई प्रार्थना गरेका छन् । सूक्त २.४ मा लेखिएको छ– हे इन्द्रदेव, वायुदेव, यो सोमरस तिमीहरूकै लागि पेलेर र निचोरेर तयार गरिए
कोशी प्रदेशको विकास सम्भाव्यता
विश्वको अग्लो चुचुरो सगरमाथादेखि नेपालको सबैभन्दा होचो भाग केचनाकवल अवस्थित रहेको कोशी प्रदेश उच्च हिम शृङ्खला, मनोरम पहाड, सुनौलो तराईका फाँटलगायत प्राकृतिक सम्पदा र धार्मिक तथा सांस्कृतिक विविधताले भरिपूर्ण छ । हिमाल, पहाड र तराईसम्म तीन वटै भूभाग समेटिएको कोशी प्रदेशको कुल क्षेत्रफल २५,९०५ वर्ग किलोमिटर छ । राष्ट्रिय जनगणना २०७८ अनुसार यस प्रदेशको जनसङ्ख्या ४९,६१,४१२ रहेको छ, जुन नेपालको कुल जनसङ्ख्याको १७ प्रतिशत हुन आउँछ । प्रदेशको कुल भूभागको खेतीयोग्य क्षेत्रफल आठ लाख २१ हजार ६११ हेक्टर रहेकोमा आर्थिक वर्ष (आव) २०७९/८० मा सात लाख सात हजार २२१ हेक्टर जमिनमा खेती गरिएको थियो । कुल खेतीयोग्य क्षेत्रफलको ३७.२ प्रतिशत अर्थात् तीन लाख पाँच हजार ७१३ हेक्टर क्षेत्रफलमा मात्र सिँचाइ सुविधा पुगेको नेपाल राष्ट्र बैङ्क, प्रादेशिक आर्थिक गतिविधि
त्यो बेलाको मनोरञ्जन
एउटा समूह र अर्को समूहबिच झगडा हुन्थ्यो । रोचक कुरा त यो झगडामा नियम बनाइएको हुन्थ्यो र झगडा गर्ने व्यक्ति अनुशासनमा बस्थे । अनुशासन र नियमभित्र रहेर नै हरेक रात दुई समूहबिच झगडा हुन्थ्यो । झडपमा मारामार भने हुँदैनथ्यो । तथानाम गाली पनि हुँदैनथ्यो । फेरि यो खेल पनि होइन, जहाँ रेफ्री तथा एम्पायर होस् तर झगडा गरेर रमाइलो गर्ने चलन पनि चलेको थियो । गाउँका युवा रातभर समूह बनाएर विपक्षी समूहसँग झगडा गर्थे । राति झगडा गरेका युवा दिउँसो भेट्दा भने मिलेरै बस्थे । दिनभर आआफ्नो काममा व्यस्त हुन्थे । रात परेपछि भने झगडा गर्न तम्सन्थे । झगडामा मानवीय क्षति हुँदैनथ्यो । एक दिन होइन, दुई दिन होइन तीन दशक चल्यो यो झगडा । यो सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–५, चाचालुङमा कुनै बे
गर्भवतीको हेलिकप्टरबाट उद्धार
उत्तरी गोरखामा तीन दिनदेखि सुत्केरी व्यथाले थलिएकी महिलालाई सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।
विपदमा परी हालसम्म एक सय ७० जनाको मृत्यु
अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपदमा परी आज दिउँसोसम्म एक सय ७० जनाको मृत्यु भएको छ ।
कांग्रेस-एमाले गठबन्धनले जनतामा आशा जागृत गराउने : नेता रिजाल
नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले कांग्रेस एमाले गठबन्धन सरकारले देश अगाडि बढ्छ भन्ने जनतामा आशा जागृत गराउनुपर्ने बताउनुभएको छ ।