गृहमन्त्री लामिछानेले राजनीतिक दलसँग मागे विपदमा खट्ने स्वयंसेवक
उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले राजनीतिक दलहरूसँग प्राकृतिक विपद्को समयमा स्वयंसेवकको भूमिका गर्ने व्यक्तिहरूको विवरण माग गर्नुभएको छ ।
थानकोट–चन्द्रागिरि–चित्लाङ सडक भोलिदेखि बन्द
थानकोट–चन्द्रागिरि–चित्लाङ सडक स्तरोन्नतिको क्रममा भोलि शुक्रबारबाट बन्द हुने भएको छ । थानकोट–चन्द्रागिरि–चित्लाङ सडकको थानकोट–चन्द्रागिरि खण्डमा मोड सुधार, उकालो कम गर्ने, सडक चौडा गर्नेलगायतको मर्मतको काम गर्न शुक्रबारदेखि असार २० गतेसम्मका लागि दिउँसोको समयमा बाटो बन्द गरिने भएको हो ।
ट्रकको ठक्करले पैदल यात्रुको मृत्यु
कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं.१ नौडाँडामा बिहीबार ट्रकको ठक्करले पैदल यात्रीको मृत्यु भएको छ । दिउँसो पौने २ बजेतिर अनलोड गरी ब्याक गर्ने क्रममा ग१क २६२५ नम्बरको ट्रकले ठक्कर दिँदा घाइते हुनुभएका दुर्गाप्रसाद दाहालको मृत्यु भएको हो ।
निर्वाचन आयोगद्वारा चौथो रणनीतिक योजना छलफल
निर्वाचन आयोगले चौथो रणनीतिक योजना (२०८१-२०८६) तर्जुमाका लागि मधेस प्रदेशमा छलफल सुरुआत गरेको छ । प्रदेशका आठवटै जिल्लाका सरोकारवालाबिच आयोगले आज महोत्तरीको बर्दिवासमा अन्तरक्रिया आयोजना गरेको हो ।
पर्यटकको रोजाइमा ‘लामडाँडा’
पछिल्लो समय ‘लामडाँडा’ आन्तरिक तथा बाह्य पाहुनाहरुको रोजाइमा पर्न थालेको छ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका-२ मा अवस्थित लामडाँडा गाउँमा ‘लामडाँडा सामुदायिक घरबास’ सञ्चालनमा आएसँगै पाहुनाहरुको रोजाइमा पर्न थालेको हो ।
दुई वर्षभित्र सोलारबाट एक हजार मेघावाट विद्युत थप हुन्छः मन्त्री बस्नेत
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आगामी दुई वर्षभित्र सोलारबाट एक हजार मेघावाट विद्युत थप गर्ने बताउनुभएको छ ।
सतिशलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने जनमतको निर्णय
मधेश प्रदेश सरकारको मुख्यमन्त्रीमा जनमत पार्टीले सतिशकुमार सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीको केन्द्रीय सचिवालयको बैठकले सिंहलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय भएको पार्टीका सचिव बिपी साह जानकारी दिनुभयो ।
विद्यार्थी सङ्ख्या नियन्त्रण अर्थतन्त्रका लागि हानिकारक हुने : अस्ट्रेलिया
अस्ट्रेलिया सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सङ्ख्या सीमित गर्ने कदम अर्थतन्त्रका लागि हानिकारक हुने विश्वविद्यालय अनुगमनकारी सर्वोच्च निकायले चेतावनी दिएको छ ।
भारतका प्रधानमन्त्री मोदीलाई अमेरिका, चीन, बेलायत, फ्रान्स र ईयूद्वारा बधाई
भारतको लोकसभा निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको गठबन्धन (एनडिए) ले बहुमत सीट जीतैसँगै प्रधानमन्त्री मोदीलाई संयुक्त राज्य अमेरिका, जनगणतन्त्र चीन, संयुक्त अधिराज्य (बेलायत), फ्रान्स, युरोपेली सङ्घ (ईयू), जापान र रूसले बधाई दिँदै नयाँ कार्यकालका लागि शुभकामना व्यक्त गरेका छन् ।
काठमाडौँ महानगरसँग समन्वयमा काम गर्न कांग्रेसको माग
नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सङ्घीय सरकार र काठमाडौँ महानगरपालिकाबिच तत्काल समन्वय गर्न माग गर्नुभएको छ ।
सुनको मूल्य तोलामा एक हजार आठ सयले बढ्यो
स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज प्रतितोला रु एक हजार आठ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला रु एक लाख ४४ हजार पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
इन्जिनियर प्रवीण कैनी मृत्यु प्रकरण : परिवारले बुझेनन् शव
पृथ्वी राजमार्ग मुग्लिन पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डको सडक विस्तार आयोजनाको ट्याङ्करको ठक्करबाट मृत्यु भएका तनहुँको व्यास नगरपालिकामा कार्यरत इन्जिनियर २९ वर्षीय प्रवीण कैनीको परिवारले चौथो दिनसम्म पनि शव बुझेका छैनन् ।
पर्यटनबाटै अर्थतन्त्रको विकास
नेपालको संविधानको धारा ११९ बमोजिम सङ्घीय संसद्मा जेठ १५ गते आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत भई छलफलमा रहेको अवस्था छ । यस बजेटले पाँच उद्देश्य, पाँच प्राथमिकता तथा पाँचै रणनीति लिएको छ । साथै, बजेटले धेरै विषयलाई समावेश गर्ने कार्य गरेको र तीमध्ये पर्यटन प्रवर्धनलाई विदेशी मुद्रा आर्जनको दृष्टिकोणबाट अहम् रूपमा लिएको छ । बजेट कार्यान्वयनको अवधिमा सोह्र लाख पर्यटक भित्र्याउने गरी पर्यटन प्रवर्धनसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने तय गरिएको छ ।
बजेटमा सामाजिक सुरक्षा
सत्रौँ गणतन्त्र दिवसकै दिन जेठ १५ गते संवैधानिक व्यवस्थाबमोजिम सरकारको आगामी आर्थिक वर्षको आय र व्ययको अनुमान सार्वजनिक भएको छ । यसअघि राष्ट्रपतिबाट जेठ १ गते सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरिएको थियो । बजेट राजनीतिक दस्ताबेजसमेत भए पनि यसले मुलुकको अर्थव्यवस्था र समा
नेतृत्व, सुशासन र विकास
सुशासन विकासको अनिवार्य आधारशिला हो । सुशासन कायम भए मात्र विकासले गति लिन सक्छ । विकासका नीति, योजना, रणनीति र कार्यक्रम कार्यान्वयन गर्ने वातावरण कायम हुन सकेमा मात्र उपलब्धि हासिल हुन सक्छ । सुशासनको अवरोधकका रूपमा रहेको भ्रष्टाचार र अनियमितताका कारण सरकारले सञ्चालन गर्ने गरेका विकासका कार्यबाट अपेक्षाकृत उपलब्धि हासिल हुन सकेको छैन । जीवन निर्वाहका आधारभूत सेवा शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत्, खाद्यान्न, आ
मोदीलाई तेस्रो अवसर
भारतमा लोक सभाका लागि भएको निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टीलाई अनपेक्षित हानि पुगेको छ । चुनावअघि विभिन्न सञ्चार माध्यमद्वारा गरिएका सर्वेक्षण र राजनीतिक विश्लेषकको अनुमान विपरीत विपक्षी दलहरूको गठबन्धन इन्डियाले अपेक्षा गरिएभन्दा धेरै सिट जितेको छ । प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको एनडिए गठबन्धनले सरकार गठन गर्न आवश्यक सङ्ख्या २७२ भन्दा बढी सिट जितेको छ । भारतको तल्लो सदन लोक सभा
मनसुनजन्य विपतको जोखिम, उच्च सतर्कता अपनाउन आवश्यक
यो वर्षको मनसुन नेपाल भित्रिन करिब एक साता मात्र बाँकी छ । मनसुनमा कर्णाली र कोशी प्रदेशका पहाडमा पहिरो ज्यादा जाने सम्भावना रहेकाले सतर्कता बढी अपनाउनुपर्ने भएको छ । गत वर्ष जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएपछि जाजरकोट र रुकुम आसपासका पहाड कमजोर बनेका छन् । त्यसैले पनि यो वर्षको मनसुनमा बढी पहिरो त्यता जाने सम्भावना बढेकाले उच्च सतर्कता अपनाउन जरुरी रहेको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले औँल्याएको छ ।
सहकारी रकम दुरुपयोग : संसदीय छानबिन विशेष समितिले थाल्यो काम
सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले कार्य प्रारम्भ गरेको छ । गठनको एक सातापछि बुधबार समितिको पहिलो बैठक बसेको हो । सभामुख देवराज घिमिरेको उपस्थितिमा बैठक बसेको हो । समिति सञ्चालन कार्यविधि र आन्तरिक कार्ययोजनाको निर्माणपछि शुव्रmबारदेखि समितिले काम सुरु गर्ने छ तर समितिले पाएको तीन महिनाको समयसीमा भने पहिलो बैठकबाटै सुरु हुने छ ।
‘मुलुक बनाउन नेताहरूमा इमान्दारिता चाहिन्छ’
पूर्व राष्ट्रपति डा. रामवरण यादवले मुलुक बनाउन राजनीतिक दलका नेताहरुको इमान्दारिताको खाँचो रहेको बताउनुभएको छ । गोरखापत्र परिसरमा राखिएको फोटो प्रदर्शनीको बुधबार अवलोकनपछि संक्षिप्त कुरा गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।
सफा हिमाल अभियान : ११ टन फोहोर, चार वटा शव र एक अस्थिपञ्जर सङ्कलन
सफा हिमाल अभियान-२०२४ अन्तर्गत ११ टन फोहोर, चार वटा मानव शव र एक अस्थिपञ्जर सङ्कलन गरिएको छ । बुधबार नेपाली सेनाले काठमाडौँमा समापन समारोहको आयोजना गर्दै यसबारेमा जानकारी गराएको हो ।
नयाँ सरकार गठनका लागि प्रधानमन्त्री मोदीद्वारा राष्ट्रपति मुर्मु समक्ष राजीनामा पेस
प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय जनता पार्टीको नेतृत्वमा नयाँ सरकार गठन गर्नका लागि राष्ट्रपति द्रौपदी मुर्मुलाई आफ्नो सरकारका मन्त्रीपरिषद् सदस्यसहित सरकार प्रमुखका रूपमा आफ्नो पदबाट राजीनामा पेस गर्नुभएको छ ।
बेनी–जलजला–ढोरपाटन सडक आयोजना अघि बढाइने
बेनी–जलजला–ढोरपाटन सडक आयोजना अघि बढाइने भएको छ । मध्यपहाडी लोकमार्गको वैकल्पिक सडकका रुपमा विकास गर्ने उद्देश्यले यो आयोजना अघि बढाइएको हो ।
कालीकोटका नौ स्थानीय तहलाई दुई अर्ब ६९ करोड
कालीकोट जिल्लाका नौ स्थानीय तहका लागि दुई अर्ब ६९ करोड ६६ लाख अनुदान प्राप्त भएको छ । सङ्घीय सरकारबाट आर्थिक वर्ष ०८१/०८२ मा नौ स्थानीय तहका लागि दुई अर्ब ६९ करोड ६६ लाख अनुदान पाउने भएका हुन् ।
मदन भण्डारी स्मृति पार्कमा लागेको आगलागी नियन्त्रणमा
काठमाडौँको तीनकुनेस्थित मदन भण्डारी स्मृति पार्कमा लागेको आगलागी नियन्त्रणमा आएको छ ।