जिम्बाबे ‘ए’माथि नेपालको सहज जित : आसिफको उत्कृष्ट ब्याटिङ
काठमाडौं, वैशाख २१ गते। नेपालले पाहुना टोली जिम्बाबे ‘ए’ सँगको तेस्रो तथा अन्तिम टी–२० खेलमा सहज जित दर्ता गरेको छ। बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जिम्बाबे ‘ए’लाई नेपालले ८ विकेटले हराएको हो। टस हारेर पहिला ब्याटिङ गरेको जिम्बाबेले दिएको १३७ रनको लक्ष्य नेपालले १५ ओभर ५ बलमा दुई विकेटको क्षतिमा पूरा गरेको हो। नेपालको जितका लागि आसिफ शेखले ८७ रनको अर्धशतकीय इनिङ खेल्नुभयो। नेपालका लागि कुशल भुर्तेलले ३४ रन बनाउँदा बसिर अहमेदले १० रन जोड्नुभयो। जिम्बावेका लागि रोय कियाले सर्वाधिक ४९ रन बनाउँदा मारुमानीले २७ र लुक जोग्वेले २३ रन बनाउनुभयो। जिम्बावेका लुक जोग्वे र ब्राण्डन माभुताले एकएक विकेट लिनुभयो। नेपालका कप्तान सन्दीप लामिछानेले २ विकेट लिनुभयो भने सोमपाल कामी र बसिरले एकएक विकेट हात पार्नुभयो। पहिलो खेलमा नेपाल जिम्बाबे ‘एसँग ६ विकेटले पराजित भएको थियो भने दोस्रो खेल वर्षाले रद्द भएको थियो। बुधबारको जितसँगै नेपाल र जिम्बाबे ‘ए’बीचको तीन खेलको सिरिज १–१ को बराबरीमा सकिएको छ।अब नेपालले जिम्बाबे ‘ए’सँग तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ। सन्दीप लामिछानेको कप्तानीमा नेपाल क्रिकेट संघ क्यानले यसअघि नै एकदिवसीय खेलका लागि टिमको घोषणा गरिसकेको छ।
नेपाल र जिम्बावेबीच तेस्रो टी–२० खेल आज
नेपाल र पाहुना टोली जिम्बावे ‘ए’ विरुद्धको तेस्रो तथा अन्तिम टी–२० खेल आज (बुधबार) हुँदैछ । कीर्तिपुर स्थित त्रिवि मैदानमा दिउँसो १:०० बजे हुने खेलमा नेपाल जिम्बावेलाई हराउँदै सिरिज बराबरी गर्ने दाउमा छ ।
लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा
इङ्लिस प्रिमियर लिग क्लब लिभरपुल च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको सेमिफाइनल खेलको दोस्रो लेगमा स्पेनिस क्लब भिल्लारियललाई ३–२ गोलले हरायो । लिभरपुलले समग्रमा ५–२ गोलको जित निकाल्यो ।
भलिबल लिगमा एपिएफको जित
विभागीय टोली नेपाल एपएिफ क्लबले छैटौं आरबीबी एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिगको महिलातर्फ जित निकालेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा मंगलबार भएको खेलमा एपिएफले विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई २७–२५, १३–२५, २५–२१, २५–२३ को सेटमा हरायो ।
एसियाडका लागि तेक्वान्दो छनोट शुक्रबारदेखि
चीनको हाङझावमा हुने १९औँ एसियाली खेलकुदका लागि तेक्वान्दो खेलाडीको प्रारम्भिक छनोट प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । एसियाली खेलकुद भदौ २५ देखि असोज ९ गतेसम्म हुँदैछ ।
नवौंँ राष्ट्रिय खेलकुद तयारीमा जुट्यो गण्डकी प्रदेश सरकार
पोखरामा हुने नवौँ संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिताका सभ्य र भव्यरुपमा सञ्चालन गर्न गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विशेष चासो दिनुभएको छ ।
फुटबल प्रशिक्षक र खेलाडीबीचको विवाद तत्काल समाधान गर्न आग्रह
नेपाली राष्ट्रिय फुटबल टालीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले दुर्व्यवहार गरेको भन्दै बन्द प्रशिक्षण क्याम्प छाडेका खेलाडीले आफूहरुलाई न्याय दिन नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) लाई मंगलबार ज्ञापनपत्र बुझाएका छन् ।
यू-१९ महिला विश्वकप छनोट टोलीको घोषणा
नेपाल क्रिकेट संघ (क्यान) ले आइसीसी यू-१९ महिला विश्वकप क्रिकेट छनोटका लागि नेक्यानले बन्द प्रशिक्षणमा रहेका ४४ खेलाडीबाट १८ सदस्सीय टोलीको घोषणा गरेको हो ।
ब्रेन्टफोर्डमाथि युनाइटेडको सहज जित
इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले ब्रेन्टफोर्डमाथि सहज जित निकालेको छ । घरेलु मैदानमा सोमबार राति भएको खेलमा युनाइटेडले ब्रेन्टफोर्डलाई ३–० गोलले हरायो ।