गर्मीमा नियमित भएन विद्युत्
अत्यधिक गर्मीले छटपटी भइरहेका बेला विद्युत् अनियमित भइदिँदा मलङ्गवा वितरण केन्द्र अन्तर्गतका सेवाग्राही मारमा परेका छन्। नेपाल विद्युत् प्राधिकरणको मलङ्गवा वितरण केन्द्र अन्तर्गत पर्ने गाउँका बासिन्दाले विद्युत् नियमित नहुँदा गर्मीले थप छटपटीमा परेको गुनासो गरेका हुन्। हुलाकी सडकमा पर्ने बिजुलीको खम्बा सार्न भन्दै मलङ्गवादेखि पूर्वी भेगमा सोमबार दिनभर बत्ती काटियो।
मिडियामा बालबालिकासम्बन्धी ६ प्रतिशत मात्र समाचार
नेपाली मिडियामा ६ प्रतिशत मात्र बालबालिकासम्बन्धी समाचारजन्य विषयवस्तु समेटिनेगरेको एक अध्ययनले देखाएको छ ।
सप्तरीका वडाअध्यक्ष ५० हजार घुससहित नियन्त्रणमा
सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका वडा नं. ५ का वडाअध्यक्ष सब्दुल मियाँ ५० हजार रुपियाँ घुससहित नियन्त्रणमा परेका छन् ।
कृषि, शिक्षा, स्वास्थ्य तथा पर्यटन पूर्वाधार कार्यक्रम प्राथमिकतामा
मधेश प्रदेश सभाको मंगलबार बसेको बैठकमा प्रदेश सरकारको तर्फबाट प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेश सरकारको अगामी आर्थिक वर्ष २०८०–८१का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । कार्यक्रममा कृषि, शिक्षा, स्वास्थ्य तथा पर्यटन पूर्वाधारका कार्यक्रम प्राथमिकतामा परेका छन् ।
तराईमा गर्मी बढ्यो : ‘लू’ बाट बच्न सिडिओको आग्रह
जिल्ला प्रशासन कार्यालय सर्लाहीले तातो हावा अर्थात् ‘लू’ बाट बच्ने उपाय अपनाउन अनुरोध गरेको छ ।
चुरोट कारखाना सञ्चालनको पक्षमा छैनौँ : मन्त्री रिजाल
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सरकार जनकपुर चुरोट कारखाना पुनः सञ्चालनको पक्षमा नरहेको बताउनुभएको छ ।
सरकार व्यापार गर्ने काममा लाग्नु हुँदैन : मन्त्री रिजाल
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सरकार व्यापार गर्ने काममा लाग्नु नहुने बताउनुभएको छ । मङ्गलबार जनकपुरमा पत्रकारसँग कुरा गर्नुहुँदै मन्त्री रिजालले यस्तो बताउनुभएको हो ।
आज मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै
मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आज प्रस्तुत हुने भएको छ ।
विश्व वातावरण दिवसमा सचेतना कार्यक्रम
‘‘प्लाष्टिक प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’’ मूल नाराकासाथ सप्तरीमा विश्व वातावरण दिवसको अवसरमा सचेतना कार्यक्रम गरिएको छ ।
महादेवामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु
सप्तरीको महादेवा गाउँपालिका –१ को चिम्टिमा प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ भएको छ । वडा १ को चिम्टि टोलमा रहेको चन्द्र नहरको पैनीको मर्मत सम्भारको साथै पकरी स्वास्थ्य चौकीको प्राङ्गणको सरसफाइ, बाटोमा माटो पुर्ने तथा मर्मत लगायतको काम सुरुभएको हो ।
मधेश प्रदेशमा वातावरण संरक्षण निर्माण गर्न माग
विश्व वातावरण दिवसको अवसर पारेर आईयुसीएन–वर्ल्ड कमिसन अन इन्भाइरोमेन्टल ल नेपाल (डब्लूसीइएल) ले मधेश प्रदेशमा वातावरण संरक्षण ऐन निर्माणको माग गरेको छ ।
वातावरणमैत्री घरमा रमाउँदै दम्पती
बढ्दो जनघनत्व र फैलँदो सहरीकरणले मौलिकता गुमाउँदै गएको सहरोन्मुख बर्दिबासको एउटा घर अहिले चर्चा र आकर्षणको केन्द्र बनेको छ ।
सर्लाहीमा पिकअप भ्यान दुर्घटना, एक जनाको मृत्यु
सर्लाहीको बरहथवामा सोमबार मध्याह्न पिकअप भ्यान दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
प्रादेशिक अस्पताल गौरमा आइसियु सेवा सुरु
प्रादेशिक अस्पताल गौरमा भेन्टिलेटर सहितको आइसियुसेवा सुचारु भएपछि बिरामीको स्वास्थ्य उपचारमा सहज भएको छ ।
वृक्षारोपण गरी वातावरण दिवस मनाइयो
विश्व वातावरण दिवसको अवसरमा सोमबार महोत्तरीको मटिहानी नगरपालिकामा रहेको तस्मैया बाबा पार्कमा वृक्षारोपण गरी दिवस मनाइएको छ ।
बजेटमा कृषिलाई प्राथमिकता दिन आग्रह
मधेश प्रदेश सभामा विनियोजन विधेयक, २०८० को सिद्धान्त र प्राथमिकता अर्थात् पूर्वबजेटमाथि आइतबारदेखि छलफल सुरु भएको छ। सभामा प्रदेश सांसदहरूले कृषिले प्रदेशको जिडिपी बढाउने भएको हुँदा कृषिमा बढी बजेट विनियोजन गर्न आग्रह गर्नुभएको छ।
बाढी जोखिम क्षेत्रमा पूर्वतयारीको अभ्यास
मनसुन आगमनसँगै जिल्ला विपद् व्यवस्थापन समिति सप्तरीको आयोजना जल उत्पन्न विपद् पूर्वतयारी तथा प्रतिकार्य कृत्रिम नमुना अभ्यास गरिएको छ । कोशी नदीमा शनिबार सो अभ्यास गरिएको हो ।
गर्मी बढेपछि विद्यालय बन्द
चर्को घाम र बढ्दो गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा असर पर्न थालेपछि स्थानीय तहहरूले धमाधम विद्यालय बन्द गर्न थालेका छन् । गौशाला र जलेश्वर नगरपालिका तथा सोनमा गाउँपालिकाले एक साताका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
प्लाष्टिकको सट्टा कपडाको झोला प्रयोग
विगत पाँच वर्षदेखि पोलिथिन प्लास्टिक मुक्त सहर निमार्णमा जुटेका जनकपुरधामका स्वच्छता अभियानीहरुले विश्व वातावरण दिवसको पूर्व सन्ध्यामा नगरवासीलाई आइतबार प्लास्टिकका झोलाको सट्टा कपडाको झोला प्रयोग गर्न आग्रह गर्दै तीन सय जनालाई कपडाको झोला वितरण गरेका छन् ।
स्वतन्त्रता नै मानव अधिकारको सुन्दर पक्ष हो : सभामुख मण्डल
मधेश प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले स्वतन्त्रता नै मानव अधिकारको सुन्दर पक्ष रहेको भन्दै मानवअधिकारप्रति हामी सबै गम्भीर हुनुपर्ने बताउनुभएको छ ।
भरत तालमा ‘स्काइ साइक्लिङ’ निर्माण
सर्लाहीको बागमती नगरपालिका –४ र १२ मा निर्माणाधीन बागमती माछा पोखरी (भरत ताल) मा मधेस प्रदेशकै पहिलो ‘स्काइ साइक्लिङ’ निर्माण भएको छ ।
भरत तालमा पानी भरियो
पछिल्लो समय मधेश प्रदेशको उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै गएको सर्लाहीको बागमती नगरपालिका–१२ स्थित निर्माणाधीन बागमती माछा पोखरी (भरत ताल) मा भत्किएको बाँध कसेर पुनः पानी भरिएको छ।
संसारीमाईको कलश यात्रा
कोही शिव पार्वती रूप बनाएका छन् भने कोही भूतप्रेत त कोही राक्षस, कोही रामसीताका रूप बनाएका छन्। कोही नाच्दै छन् भने कोही लामवद्ध भएर झुम्दै छन्। बिचबिचमा संसारीमाता की जय एकै स्वरमा दसौँ हजार सहभागीले नारा लगाइरहेका छन्।
विपत् जोखिम न्यूनीकरण अभ्यास
विपत्को समयमा हुने जनधनको क्षतिबाट जोगाउने उद्देश्यले नेपाली सेना वीरदल गण पुरेनवा ब्यारेकले राजदेवी नगरपालिकाको ब्रह्मपुरीस्थित बागमती नदीमा तालिम तथा अभ्यास गरेको छ। नेपाली सेना वीरदल गणको संयोजकत्व अन्य सुरक्षा निकाय र सरोकारवाला सङ्घ संस्थाको सहभागितामा सञ्चालित जेठ १३ देखि १९ गतेसम्म सामुदायिक विपत् प्रतिकार्य तालिम तथा अभ्यास मनसुन–३ सम्पन्न गरेको हो।