पर्वतीय सङ्ग्रहालयमा ऐतिहासिक तस्बिर प्रदर्शनी
विश्व वातावरण दिवसका अवसरमा अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय पोखरामा सगरमाथामा एक सय वर्षअघि भएगरेका गतिविधिलाई समेटेर तस्बिर प्रदर्शनी गरिएको छ ।
मुग्लिन–आँबुखैरेनी खण्डको अवरोध हट्यो
अवरुद्ध भएको तीन घण्टापछि पृथ्वी राजमार्गको मुग्लिन–आँबुखैरेनी खण्ड सुचारु भएको छ । आँबुखैरेनी गाउँपालिका –४ साँखर ड्यामनजिक पहिरो गएकाले मर्मत गर्ने क्रममा बन्द गरिएको राजमार्ग दिउँसो १ बजेबाट सुचारु गरिएको हो ।
नारायणी नदीबाट अवैध रुपमा निकालिँदै गिट्टी बालुवा
गैँडाकोट –२ थुम्सीनजिक नारायणी नदीमा दर्जनौं सङ्ख्यामा जेसिभि, एक्साभेटर र टिप्पर प्रयोग गरेर दोहन गरिएको छ। सोही ठाउँबाट नवलपुर प्रहरीले यसअघि १० वटा टिप्पर नियन्त्रणमा लिएको थियो ।
बाख्रा फार्ममा आगलागी हुँदा ४० लाखको क्षति
स्याङ्जाको वालिङ नगरपालिका–१० ढकालडाँडामा रहेको एक बाख्रा फार्ममा आगलागी हुँदा झण्डै ४० लाखकाे क्षति भएको छ ।
पृथ्वी राजमार्गको मुग्लिन आँबुखैरेनी खण्ड बन्द
पृथ्वी राजमार्गको मुग्लिन-आँबुखैरेनी खण्डमा यातायात आवागमन बन्द गरिएको छ ।
सहयोग रकमले बन्यो काली सुनारको नयाँ घर
एउटै कोठामा छजना नातिनातिना र एक अपाङ्ग बुहारीसहित आठजना बस्दै आउनुभएकी उहाँले आफ्नै जीवनकालमा नयाँ घरमा बस्न पाउँछु भनेर कल्पनासमेत गर्नुभएको थिएन । सुनारकी दुई छोरा सम्पर्कविहीन छन्भने एक छोरा जेलमा छन् । समुदायसँग हात थापेर जीविका चलाउँदै आउनुभएकी सुनारको परिवारले नयाँ घर पाएका छन् ।
मौवाफाँटमा बहुउद्देश्यीय भवन निर्माण
म्याग्दीको रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँटमा बहुउद्देश्यीय भवन निर्माण भएको छ । गाउँपालिका, प्रदेश सरकार, चन्दा सहयोग र श्रमदान गरी ५५ लाख ४८ हजार ४९ रुपियाँ लागतमा एक तले बहुउद्देश्यीय सभाहल सहितको भवन निर्माण गरिएको हो ।
गोरखामा ५१ जनाले त्यागे नेपाली नागरिकता
गोरखामा गत साउनदेखि जेठसम्म ५१ जनाले नेपाली नागरिकता त्यागेका छन् । विशेष गरी रोजगारीको सिलशीलमा विदेश गएर केही वर्षको प्रयास पछि त्यस देशको पी आर अर्थात् नागरिकता प्राप्त गरिसकेपछि नेपाली नागरिकता त्याग्ने गरेको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ ।
कालीगण्डकी करिडोर : फलेवास–अर्मादी खण्ड निर्माणमा ढिलासुस्ती
निर्माणाधीन उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको पर्वत खण्डमा पर्ने फलेवास–अर्मादी सडक छ वर्षसम्म पनि पूरा हुनसकेको छैन ।
मुग्लिङ -आँबुखैरेनी खण्ड आज तीन घण्टा बन्द हुने
पृथ्वी राजमार्गको मुग्लिङ–आँबुखैरेनी खण्ड आइतबार तीन घण्टा बन्द हुने भएको छ । आँबुखैरेनी गाउँपालिका–४ साँखर ड्याम नजिक सडक भासिएकोले मर्मत गर्नुपर्ने भएकाले बिहान १० बजेदेखि १ बजेसम्म सो सडक खण्ड अवरुद्ध हुने सडक डिभिजन कार्यालय दमौलीका प्रमुख पशुपति गौतमले जानकारी दिनुभयो ।
स्वास्थ्यकर्मी बिदेसिने क्रम वृद्धि
पेसागत सुरक्षा नहुँदा नेपालबाट चिकित्सक विदेसिने क्रम बढेको भन्दै चिन्ता व्यक्त गरिएको छ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन–२०७९) बारे आमनागरिकलाई बुझाउन नसक्दा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामाथिको आक्रमण बढ्दा बिदेसिने क्रम बढेको बताइएको हो ।
सेनाको एकीकृत स्वास्थ्य शिविरबाट छ सय ६२ जना लाभान्वित
जिल्लाको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा नेपाली सेनाको आयोजनामा भएको बृहत् एकीकृत स्वास्थ्य शिविरबाट छ सय ६२ जना लाभान्वित भएका छन् ।
पत्रकार भुसालको सम्झनामा रक्तदान
कावासोतीमा रहेको नवलपुर एफएमका संस्थापक स्व. पत्रकार तीर्थराज भुसालको सम्झनामा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।
राजनीतिमा सत्ताभन्दा संवैधानिकता र नैतिकता ठुलो हो : मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिमा सत्ताभन्दा पनि संवैधानिकता र नैतिकता ठुलो हुने बताउनुभएको छ ।
आँधीखोला उत्खननमा रोक
वालिङ नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने आँधीखोला अस्वभाविक रुपले उत्खनन् गर्न थालेको भन्दै जिल्ला प्रशासन कार्यालय स्याङ्जाले रोक लगाएको छ । प्रशासनले आँधीखोलाको वातावरणीय परीक्षण मूल्याङ्कन नगरी उत्खनन् नगर्न पालिकालाई अनुरोध गरेको हो ।
मुग्लिन-पोखरा सडक : संरचना नहटाउँदा काममा विलम्ब
निर्माणाधीन मुग्लिन-पोखरा सडकखण्डअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका-१ डुम्रेबजारमा केही संरचना हटाउन ढिलाइ भएको छ । सडक मापदण्डभित्र रहेका संरचना हटाउन आनाकानी गर्दा सडक विस्तार प्रभावित भएको हो ।
जीर्ण भवनमा पढ्न बाध्य छन् विद्यार्थी
पानी पर्दा कक्षाकोठा भित्रै पानी छिर्ने जीर्ण विद्यालय भवनमा विद्यार्थी पढ्न बाध्य हुँदै आएका छन् । सदरमुकाम रहेको बेँसीसहर नगरपालिका-१ सानो धिमिरेस्थित बालविकास प्राथमिक विद्यालयका विद्यार्थी जीर्ण भवन र पानी पर्दा कक्षाकोठा भित्रै पस्ने विद्यालय भवनमा केही वर्षदेखि पढ्न बाध्य हुँदै आएका हुन् ।
ठुलाबेँसी-गैह्रेबेँसी सिँचाइ आयोजनामा पक्की कुलो
म्याग्दीको मालिका गाउँपालिका-४ च्युरीबोटमा रहेको ठुलाबेँसी-गैह्रेबेँसी सिँचाइ आयोजनामा पक्की कुलो निर्माण भएको छ ।
बलात्कार गरेको आरोपमा एक पक्राउ
नाबालिकालाई बलात्कार गरेको आरोपमामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भवानी गाउँपालिका –५, पर्सा बस्ने २० वर्षीय मुकेश पासवान भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
मगर संस्कृति चिनाउँदै चुली बोझा मगर ‘होमस्टे’
बुलिङटार गाउँपालिका-४ स्थित देवचुली चुलीबोझा मगर सामुदायिक घरबास ‘होमस्टे’ पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइको गन्तव्य बन्दै गएको छ ।
गौ संरक्षण केन्द्रको मुख्यमन्त्री पाण्डेद्वारा निरीक्षण
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तनहुँको मुक्तिनाथ शुक्लागण्डकी च्वयनधामको संरक्षकत्वमा सञ्चालित शुक्लागण्डकी नगरपालिका–९ मरेतरास्थित गौ संरक्षण केन्द्रको निरीक्षण गर्नुभएको छ ।
चालकले मदिरा सेवन गर्दा दुर्घटना
जिप भरी ढोरवाराही मन्दिर जाने दर्शनार्थी थिए । तनहुँको शुक्लागण्डकी नगरपालिकाको दुलेगौँडा बजारबाट ढोरफिर्दीस्थित मन्दिर जाने तरखरमा थिए, भक्तजन । तर चालक निस्किएर केही बेर हराए । सहचालक त्यही समयमा छतमा यात्रु राख्दै थिए ।
विद्यार्थीद्वारा प्लास्टिकजन्य फोहोर सङ्कलन
फेँदिखोला गाउँपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीमार्फत ७५० केजी प्लास्टिकजन्य फोहोर सङ्कलन गरेको छ ।
युवालाई ट्रेकिङ गाइड तालिम
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले बेरोजगार युवालाई स्वरोजगार बनाउन ट्रेकिङ गाइड तालिम आयोजना गरिएको छ । मौरिस हर्जोग पदमार्गको प्रवेशद्वारका रूपमा रहेको पर्यटकीय गाउँ नारच्याङमा १५ दिनसम्म तालिम सञ्चालन हुनेछ ।