भदौ २२ गतेसम्म उम्मेदवार सिफारिस गर्न एमालेको निर्देशन
नेकपा (एमाले) ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि यही भदौ २२ गतेभित्र उम्मेदवारको नाम सिफारिस गर्न मातहतका कमिटीलाई निर्देशन दिएको छ ।
प्रधानन्यायाधीश जबराको दोस्रो दिनको बयानपछि समिति सभापति र सदस्यको प्रतिक्रिया
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको दोस्रो दिनको बयान सकिएको छ ।
गठबन्धन गर्नु कांग्रेसको आवश्यकता : नेता भण्डारी
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री शङ्कर भण्डारीले गठबन्धनबिरुद्ध नबोल्न कार्यकर्तालाई आग्रह गर्नुभएको छ । कांग्रेस व्यास नगर समितिले बुधबार दमौलीमा आयोजना गरेको कार्यक्रममा गठबन्धन कांग्रेसको लागि आवश्यक भएकाले बिरोध गर्न नहुने बताउनुभयो ।
भक्तपुर २ मा प्रतिनिधिसभा र प्रदेशसभाका लागि कांग्रेसका ५३ आकांक्षी
मङ्सिर ४ गतेका लागि घोषित प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा भक्तपुर क्षेत्र नम्बर २ को प्रतिनिधिसभा र प्रदेशसभा क र ख को सदस्यका लागि नेपाली कांग्रेसका ५३ जनाले उम्मेदवार बन्ने आकांक्षा व्यक्त गर्नुभएको छ ।
निलम्बित प्रधानन्यायाधीश जबराले अझै ३७ प्रश्नको जवाफ दिन बाँकी
प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले दोस्रो दिन बिहीबार निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग जवाफ लिने क्रम सकिएको छ ।
नेकपा एसद्वारा उम्मेदवारको नाम सिफारिस
आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एकीकृत समाजवादी) सुनसरीले उम्मेदवारको नाम सिफारिस गरेको छ । सुनसरी निर्वाचन क्षेत्र नं १ का बाट प्रतिनिधिसभामा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईको नाम सिफारिस गरिएको छ ।
धनकुटाबाट थापा सर्वसम्मत सिफारिस
नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुनिलबहादुर थापा धनकुटाबाट प्रतिनिधिसभाको उम्मेद्वारमा सर्वसम्मत सिफारिस हुनुभएको छ । केन्द्रीय कार्य सम्पादन समिति सदस्य समेत रहनुभएका थापालाई एक मात्र निर्वाचन क्षेत्र रहेका धनकुटामा नेपाली कांग्रेसको क्षेत्रीय, जिल्ला समिति तथा महाधिवेशन प्रतिनिधिलगायतको छलफलले सर्वसम्मत सिफारिस गरेको हो ।
निलम्बित प्रधानन्यायाधीश जबरासँग जवाफ लिन सुरु
प्रतिनिधिसभाको महाभियोग सिफारिसले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग आज (बिहीबार) पनि जवाफ लिन सुरु गरेको छ ।
सत्ता गठबन्धनको बैठक शुरु, सिट बाँडफाँट टुङ्गिने
सत्ता साझेदार पाँचदलीय गठबन्धनको बैठक बालुवाटारमा शुरु भएको छ । बैठकले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सिट बाँडफाँटको विषय सम्भवतः आजै टुङ्गीने राष्ट्रिय जनमोर्चाका सचिव हेमलाल पुरीले बताउनुभयो ।
खण्डनभन्दा बढी प्रतिप्रश्न
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूमाथि लागेका आरोपको प्रतिवाद गर्दै प्रस्तावकदेखि सहकर्मीसम्मलाई चौतर्फी प्रतिप्रश्न गर्नुभएको छ। महाभियोग सिफारिस समितिमा बयानका लागि उपस्थित हुनुभएका जबराले महाभियोग राजनीतिक उद्देश्य पूर्तिका लागि मात्र भएको जिकिर गर्नुभयो। आफूमाथि लागेका आरोपभन्दा बढी आफूमाथि प्रश्न गर्नेलाई उहाँले प्रतिप्रश्न गर्नुभएको छ। महाभियोगको प्रक्रियाबारे संसद्ले नै संविधान र नियमावली मिचेको भन्दै प्रस्तावको औचित्य नभएको उहाँले जिकिर गर्नुभयो। निष्क्रिय भइसकेको प्रस्तावमा पनि नागरिकको हैसियतमा जवाफ दिन आफू समितिसमक्ष उपस्थित भएको जबराको तर्क थियो। जबराको बयान बिहीबार पनि जारी रहनेछ।
अनावश्यक राजनीतीकरण दुःखद : प्रचण्ड
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकमा राष्ट्रिय सहमति गरेर जान सुझाव दिनुभएको छ। बुधबार नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का शीर्ष नेताहरूसँग शीतल निवासमा छलफल गर्दै उहाँले राष्ट्रिय सहमति जुटाउने सवालमा चासो व्यक्त गर्नुभयो। राष्ट्रपति कार्यालयका प्रेसविज्ञ टीका ढकालका अनुसार नागरिकता विधेयकमा राष्ट्रिय सहमति जुटाउनेलगायत समसामयिक विषयमा छलफल भएको थियो। सो अवसरमा राष्ट्रपति भण्डारीले नागरिकता विषय राष्ट्रियतासँग जोडिएको र संवेदनशील भएकाले दलहरूबीच सहमति हुनुपर्नेमा जोड दिनुभयो। अङ्गीकृत नागरिकताका बारेमा राष्ट्रपति भण्डारीले चासो व्यक्त गर्नुभएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयकमाथि संसद्मा राष्ट्रिय सहमति नबनेका कारण नयाँ व्यवस्था नगरिएको बताउनुभएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ।
सिट बाँडफाँटको परिणाम आज आउन सक्छ : सञ्चारमन्त्री
सत्ता साझेदार पाँचदलीय गठबन्धनका शीर्ष नेताहरू प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा सिट बाँडफाँटको प्रारूपमा सहमति नजिक पुग्नुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार सम्पन्न बैठकमा मङ्सिर ४ गतेका लागि तय भएको निर्वाचनका लागि पाँचदलीय गठबन्धनका शीर्ष नेताहरू सिट बाँडफाँटको औपचारिक सहमति नजिक पुग्नुभएको हो।
जिल्ला न्यायाधीश अधिकारी बर्खास्त
काठमाडौं, भदौ १५ गते । न्याय परिषद्ले जिल्ला न्यायाधीश श्यामसुन्दर अधिकारीलाई पदबाट बर्खास्त गर्ने निर्णय गरेको छ । न्याय परिषद्को मङ्गलबार बसेको बैठकले बाँके जिल्लामा कार्यरत न्यायाधीश अधिकारीलाई पदबाट बर्खास्त गर्ने निर्णय गरेको हो ।न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीका अनुसार कार्यक्षमता र न्यायिक आचरणमा सुधार नआएको साथै न्यायिक विचलनमा परेर फैसला र आदेश गर्ने गरेको छानविन समितिको प्रतिवेदनका आधारमा बर्खास्त गरिएको हो। यसअघि परिषद्को बैठकले न्यायाधीश अधिकारीलाई मुद्दामा आर्थिक चलखेल गरेको, खराब आचरण र उचित कार्यक्षमताको कमी भएको उल्लेख गर्दै सुधार गर्नका लागि सचेत गराएको थियो। न्यायिक विचलन देखिएपछि मुद्दा हेर्न रोक लगाई न्यायाधीश अधिकारीलाई गत साउन ३ गते सर्वोच्च अदालतमा तानिएको थियो। यसअघि, परिषद्ले न्यायाधीश बन्ने योग्यताको कमी भएको भन्दै उच्च अदालतकी न्यायाधीश रेणुका शाह पदबाट बर्खास्त गरेको थियो।
पुस्तकप्रति नयाँ पुस्तामा रूचि देखिएन : शिक्षामन्त्री पौडेल
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पुस्तकप्रति नयाँ पुस्तामा रूचि नदेखिएको बताउनुभएको छ। १५ औं पुस्तकालय दिवसको अवसरमा बोल्दै मन्त्री पौडेलले नयाँ पुस्तामा पुस्तक पढ्ने रुचि हराउँदै गएको बताउनुभएको हो।
कैलाली ४ बाट नैनसिंह महर सिफारिस
धनगढी, भदौ १५ गते । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता नैनसिंह महरलाई मङ्सिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनतर्फ कैलाली जिल्ला नेपाली कांग्रेसको क्षेत्रीय समितिले क्षेत्र नम्बर ४ बाट सिफारिस गरेको छ। कुल ५ वटा निर्वाचन क्षेत्र रहेको कैलाली जिल्लामा नेपाली काँग्रेस प्रतिनिधि सभा क्षेत्रीय समिति क्षेत्र नम्बर ४ को बुधबार बसेको बैठकले महरसहित सुनिलकुमार भण्डारी, प्रकाश बम, भोजराज भट्ट, प्रदीपराज जोशी, डा. लक्ष्मीराज पाठकलाई प्रतिनिधि सभा निर्वाचन क्षेत्र ४ का लागि सिफारिस गरेको हो। सुदूरपश्चिम प्रदेशको राजधानी तोकिएको गोदावरी नगरपालिका निर्वाचन क्षेत्र नम्बर ४ मा पर्दछ। पूर्व माओवादीका सुदूरपश्चिम इन्चार्ज तथा हाल नेकपा एमाले केन्द्रीय कमिटीका सचिव लेखराज भट्टले २०६४, २०७४ मा प्रत्यक्षतर्फ चुनाव जित्नुभएको थियो। २०७० सालमा काँग्रेस नेता दीर्घराज भाट विजयी हुनुभएको थियो।
प्रधानन्यायाधीशको पहिलो दिनको बयानपछि सांसदकाे प्रतिक्रिया
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेरको बयान लिनेक्रम बिहीबारसमेत चल्ने भएको छ।बुधबार सबै प्रश्नको जवाफ दिने समय नपुगेपछि महाअभियोग सिफारिस समितिले बिहीबार बिहान ११ बजेका लागि बोलाएको छ ।
निलम्बित प्रधानन्यायाधीश जबराको बयान सकिएन, थप प्रश्नको जवाफ बिहीबार दिनुहुने
बुधबार महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग बयान लिएको छ।
प्रधानमन्त्रीद्वारा विश्वकप क्रिकेटको ट्रफी अवलोकन
काठमाडौं, भदौ १५ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले टी–ट्वान्टी विश्वकप क्रिकेटको ट्रफी अवलोकन गर्नुभएको छ। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवाले टी–ट्वान्टी विश्वकपकाे ट्रफी अवलोकन गर्नुभएको हो। बुधबार यसअघि ट्रफी भक्तपुर दरबार स्क्वायरमा प्रदर्शनीमा राखिएको थियो। टी–ट्वान्टी विश्वकप क्रिकेटको ट्रफी सोमबार नेपाल आइपुगेको हो । विश्वकपको एक सय दिने टुर अन्तर्गत ट्रफी नेपाल ल्याइएको हो। टी–ट्वान्टी विश्वकप क्रिकेट ट्रफी नेपालसहित विश्वका १३ का ३५ स्थानमा प्रदर्शनी हुँदैछ।आईसीसी टी–२० विश्वकप अष्ट्रेलियामा अक्टोबर १६ देखि नोभेम्बर १३ तारिखसम्म आयोजना हुँदैछ । विश्वकपमा १६ देशको सहभागिता रहनेछ ।
नारायणहिटीलाई इतिहास झल्किने संग्रहालय बनाउनुपर्छ : नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नारायणहिटी दरबार संग्रहालयलाई नेपालको ऐतिहासिक महत्व झल्किने संग्रहालयको रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।
जबराले सीमा बाहिर गएर अभिव्यक्ति दिनुभयो : मीन विश्वकर्मा
नेपाली कांग्रेसका सचेतक मीन विश्वकर्माले महाभियोगको प्रतिरक्षाका लागि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सीमा भन्दा बाहिर गएर अभिव्यक्ति दिएको बताउनुभएको छ।
राज्यमन्त्री चौधरी पदमुक्त
सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरीलाई पदमुक्त गरिएको छ । नेकपा (एकीकृत समाजवादी) को तर्फबाट भौतिक पूर्वाधार विकास मन्त्रालयको राज्यमन्त्रीको जिम्मेवारीमा रहनुभएका चौधरीलाई सो पार्टीकै सिफारिसमा पदमुक्त गरिएको सरकारका प्रबक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री डा. रणवहादुर रावलले जानकारी दिनुभयो ।
कांग्रेसले दिवंगत गिरीको स्मृतिमा शोक सभा गर्ने
नेपाली कांग्रेसले पार्टीका पूर्व केन्द्रीय सदस्य, सांसद एवम् समाजवादी चिन्तक दिवंगत प्रदीप गिरीको स्मृतिमा शोक सभा आयोजना गरेको छ । कांग्रेसले बिहीबार दिउँसो ३ बजे राष्ट्रिय सभा गृहमा गिरीको स्वर्गारोहणको तेह्रौँ दिनको अवसरमा शोक सभा गर्न लागेको हो ।
अध्यक्ष दाहालसहितका नेता राष्ट्रपति भवनमा
राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालसहितका शीर्ष नेताहरुबीच छलफल सुरु भएको छ ।
निलम्बित प्रधानन्यायाधीश जबरासँग जवाफ लिन सुरु
महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरासँग जवाफ लिन सुरु गरेको छ । बुधबार महाभियोग सिफारिस समितिले जबरालाई सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक कक्षमा जवाफ लिन सुरु गरेको हो ।