प्रतिस्थापन बजेट लोककल्याणकारी छ : मुख्यमन्त्री कार्की
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशसभामा पेस भएको प्रतिस्थापन बजेट विधेयक लोककल्याणकारी हुने बताउनुभएको छ । विधेयकका सम्बन्धमा आर्थिक मामिला तथा योजना मन्त्रालयको सभाहलमा आज आयोजित पत्रकार भेटघाटमा उहाँले विशेष परिस्थितिमा नयाँ बजेट आएको स्पष्ट पार्नुभयो ।
कर्णाली सरकारले बबई र कपुरकोट खटायो तथ्याङ्क सङ्कलक
प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले यही मङ्सिर ७ गतेबाट कर्णालीमा आयात र निर्यात हुने कृषि उपजको तथ्याङ्क अभिलेखीकरण गर्न तथ्याङ्क सङ्कलक खटाएको हो ।
अहिलेको व्यवस्थाप्रति नागरिकको वितृष्णा होइनः सांसद सिंह
स्वतन्त्र सांसद डा अमरेशकुमार सिंहले राजनीतिक दल र तिनका नेताको कार्यशैलीका कारण लोकतान्त्रिक व्यवस्था नै आलोचित हुनुपरेको बताउनुभएको छ । शासकीय चरित्रमा सुधार नहुँदा नागरिकस्तरबाट आलोचना बढेको उहाँको भनाइ थियो ।
‘कोपमा योद्धाका रूपमा प्रस्तुत हुने छौँ’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्मेलनको २८ औँ संस्करण (कोप–२८) मा योद्धाका रूपमा प्रस्तुत हुने बताउनुभएको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सदस्य विशाल खड्काद्वारा लिखित ‘पर्यावरणीय सङ्कट : आठ अर्ब मानिसको साझा चुनौती’ पुस्तक शनिबार विमोचन गर्दै प्रधानमन्त्रीले जलवायु परिवर्तनबाट परेको असरको क्षतिपूर्ति दाबी गरिने बताउनुभयो ।
पौडेलको नेतृत्वमा जाजरकोटमा एक सय अस्थायी आवास निर्माण सम्पन्न
नेपाली काँग्रेसका नेता प्रदीप पौडेलको नेतृत्वमा जाजरकोट पुगेको टोलीले स्थानीयका एक सय अस्थायी आवासको आधारभूत संरचना निर्माण सम्पन्न गरेको छ ।
महिला चलचित्रकर्मीलाई राज्यले सहयोग गर्छः सञ्चारमन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले महिला चलचित्रकर्मीको विकासका लागि राज्यले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ।
केही तत्त्व अराजकता मच्चाउन खोजेको छ : नेता निधी
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व उपप्रधानमन्त्री बिमलेन्द्र निधिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रति केही तत्त्वले अराजकता मच्चाउने प्रयास गरिरहेको बताउनुभएको छ ।
कोशीमा प्रतिस्थापन विधेयकः प्रदेशको बजेट ३६ अर्ब ७४ करोड पुग्यो
कोशी प्रदेश सरकारले शनिबार अध्यादेशबाट ल्याएको बजेटमा केही परिमार्जन गरी प्रतिस्थापन विधेयक प्रदेश सभामा प्रस्तुत गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारीमा रहनुभएका मुख्यमन्त्री केदार कार्कीले प्रतिस्थापन विधेयक प्रस्तुत गर्नुभएको हो।
धार्मिक र सामाजिक सद्भाव बिथोल्ने काम भएको छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजमा धार्मिक र सामाजिक सद्भाव बिथोल्ने काम भइरहेको बताउनुभएको छ।
पाख्रिनको सांस्कृतिक योगदान, निष्ठा र तपस्या स्मरणयोग्य : प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनगायक खुसीराम पाख्रिनको नेपाली क्रान्तिमा सांस्कृतिक योगदान, निष्ठा, त्याग र तपस्या स्मरणयोग्य रहेको बताउनुभएको छ ।
भारतमा सङ्गठन राम्रो नभएको भए जनयुद्ध १० वर्षसम्म जान सक्ने थिएन : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतमा राम्रो सङ्गठन बनाउन नसकेको भए जनयुद्ध १० वर्षसम्म अघि बढ्न नसक्ने महसुस गरेको बताउनुभएको छ।
देशविरुद्ध षडयन्त्र भइरहेको छ, सचेत बनौँ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशविरुद्ध अहिले विभिन्नखाले षडयन्त्र सुरु भएकाले सचेत रहन नेपाली जनतालाई आग्रह गर्नुभएको छ । नेपाल संवत् ११४४ को अवसरमा एमाले काठमाडौँ महानगर कमिटीद्वारा आयोजित शुभकामना कार्यक्रममा उहाँले आज सो आग्रह गर्नुभएको हो ।
जुँवाको खालबाट च्याखे नथाप्न राजावादीलाई महामन्त्री थापाको चेतावनी
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राजावादीलाई जुँवाको खालबाट च्याखे नथाप्न चेतावनी दिनुभएको छ।
अन्य प्रदेशको तुलनामा मधेशमा रास्वपा सङ्गठन कमजोर : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अन्य प्रदेशको तुलनामा मधेशमा सङ्गठन कमजोर देखिएकाले त्यसलाई मजबुत बनाउन सङ्गठन निर्माणमा लागेको बताउनुभयो ।
भ्रष्टाचारीलाई ठेगान नलगाएसम्म विकास सम्भव छैन : नेता भण्डारी
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गुल्मी क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य चन्द्रकान्त भण्डारीले भ्रष्टाचारीले छुट नपाउने बताउनुभएको छ।
कार्बन उत्सर्जनले अविकसित र अल्पविकासशील मुलुक जोखिममा : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वको साझा समस्याका रूपमा रहेको कार्बन उत्सर्जनले अविकसित तथा अल्पविकासशील मुलुकहरूलाई नै सबैभन्दा धेरै जोखिममा पुर्याएको बताउनुभएको छ ।
नेपाली कांग्रेसका शीर्ष नेता नवलपुर आउनुहुँदै
नेपाली कांग्रेसका शीर्ष नेताहरू मङ्सिर ११ गते सोमबार नवलपुर आउनुहुने भएको छ । पार्टीको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्न पार्टी सभापति शेरबहादुर देउवा, नेता शेखर कोइराला, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, पूर्व महामन्त्री डा.शशाङ्क कोइराला, गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डे लगायतका नेताहरू नवलपुर आउन लाग्नु भएको हो ।
वन्यजन्तुको चोरी, तस्करी रोक्न तत्काल कदम चाल्नुपर्छ : उपराष्ट्रपति यादव
उपराष्ट्रपति रामसहायप्रसाद यादवले गैँडा तथा बाघको चोरी तस्करीमा वृद्धि हुनु दुःखको विषय भएको बताउनुभएको छ । शनिबार काठमाडौँमा आयोजित नेपाल वन प्राविधिक सङ्घको ४९ औँ स्थापना दिवस र २९ औँ साधारण सभालाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
आयुर्वेदलाई नेपाली समाजको जीवनशैली बनाउनुपर्छ : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधि रेखा शर्माले आयुर्वेद, ध्यान र योगलाई नेपाली समाजको जीवनशैली बनाउनुपर्ने छ । आयुर्वेद मेडिकल विकास तथा अनुसन्धान फाउण्डेशनले आयोजना गरेको अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलन तथा आरोग्य एक्सोको उद्घाटन गर्नुहुँदै उहाँले आयुर्वेद क्षेत्रको आवश्यक विकासमा जोड दिनुभयो ।
जसपाका प्रदेश र राष्ट्रिय समिति पुनः गठन हुने
जनता समाजवादी पार्टी (जसपा) नेपालले आज प्रदेश र राष्ट्रिय समिति पुनः गठन गर्न लागेको छ । गण्डकी प्रदेश समिति र पहिचानका समिति मध्येको लिम्बुवान राष्ट्रिय समिति आज पुनः गठन गर्न लागिएको पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो ।
जोखिममा परेका समुदायलाई जलवायु क्षतिपूर्तिमा प्राथमिकता दिइने छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्नका लागि अन्तर्राष्ट्रियरूपमा नेपाललाई प्राप्त हुने अनुदान सहयोग महिला, बालबालिका, आदिवासी, जनजातिलगायत उच्च जोखिममा परेका समुदायलाई उपलब्ध गराउन प्राथमिकता दिने बताउनुभएको छ ।
आजदेखि कांग्रेस गुल्मीको सम्मेलन सुरु
नेपाली कांग्रेस गुल्मीको दोस्रो जिल्ला सम्मेलनको सम्पूर्ण तयारी पूरा गरी आज (शनिबार)देखि सम्मेलन सुरु हुँदै छ । उद्घाटन सत्र र बन्द सत्र गरी दुई चरणमा सो सम्मेलन तम्घासमा हुन लागेको सभापति खिलध्वज पन्थीले जानकारी दिनुभयो ।
‘संसद् प्रतिपक्षको सत्ता भए पनि ‘बिजनेस’ सरकारले दिने हो’: सांसद गुरुङ
“भनिन्छ, संसद् प्रतिपक्षको सत्ता हो । सत्तापक्ष अर्थात् सरकारले दिन नसकेको ‘डेलिभरी’ का लागि संसद्मा प्रतिपक्षी दलहरूले सरकारको ध्यानाकर्षण गराउँछन् र जनताको आवाज संसद्मार्फत सरकारसमक्ष पुर्याउँछन् । सरकार स्वेच्छाचारी भयो भने पनि सरकारलाई काम गर्न बाध्य बनाउँछन् । त्यसैले प्रजातान्त्रिक संसदीय शासन प्रणालीमा संसद्लाई प्रतिपक्षको सत्ता मानिन्छ ।”
कोप–२८ मा प्रम जानुहुने
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्मेलनको २८ औँ (कोप–२८) मा नेपाली टोलीको नेतृत्व गरेर जानुहुने भएको छ । आगामी मङ्सिर १४ गतेदेखि २६ गतेसम्म संयुक्त अरब इमिरेट्स (युएई) मा सम्मेलन हुँदै छ । प्रधानमन्त्री प्रचण्डले मङ्सिर १३ गतेदेखि १७ गतेसम्म कोपमा सहभागिता जनाउने प्रधानमन्त्रीका विकास व्यवस्थापन तथा वातावरणविज्ञ डा. पपुलर जेन्टल भुसालले बताउनुभयो । प्रधानमन्त्रीले आवश्यक व्यक्तिलाई मात्र समेटेर भ्रमण टोली बनाउन निर्देशन दिएकाले सुरक्षाकर्मीबाहेक अन्य १० जनाजति हुने उहाँले बताउनुभयो ।