एमाले नेतृत्वको सरकारले मात्रै विकास गर्न सक्छ: अध्यक्ष ओली
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समग्र आर्थिक विकास र समृद्धिका लागि एमाले नेतृत्वको सरकार आवश्यक भएको बताउनुभएको छ।
डिजिटल पूर्वाधारको विकासमा नेपाल-भारत सहकार्य आवश्यक छ : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले डिजिटल पूर्वाधारको विकासमा नेपाल र भारतबिच सहकार्य आवश्यक रहेको बताउनुभएको छ।
एउटा मान्छेलाई ढुङ्गाले हानेर पहिचान स्थापित हुन्न : मुख्यमन्त्री कार्की
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले एउटा मान्छेलाई खेदेर वा ढुङ्गाले हानेर कोही पनि पहिचानवादी बन्न नसक्ने र पहिचान स्थापित नहुने बताउनुभएको छ।
गणतन्त्रमा गल्ती गर्ने छुट कसैलाई छैन : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार सञ्चालन गर्नेहरूले गरेको गल्ती ढिलो, चाँडो कानुनी दायरामा आउने बताउनुभएको छ । मङ्गलबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
राष्ट्र निर्माणका लागि बृहत्तर योजना बनाउन सङ्कल्प यात्रा : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले) ले राष्ट्र निर्माणका लागि बृहत्तर योजना बनाउन सङ्कल्प यात्रा सुरु गरेको बताउनुभएको छ ।
विश्वलाई शान्तिको अझ बढी आवश्यकता छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले विश्वलाई शान्तिको अझ बढी आवश्यकता परेको बताउनुभएको छ ।
रामग्राम स्तूप क्षेत्र विकास गुरुयोजना कार्यान्वयन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रामग्राम स्तूप क्षेत्र विकासको गुरुयोजना कार्यान्वयनका लागि प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
सरकार माघदेखि नयाँ बजेट निर्माणको काममा लाग्छ : मुख्यसचिव अर्याल
नेपाल सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्यालले सरकार आगामी माघदेखि नयाँ बजेटको तयारीमा लाग्ने बताउनुभएको छ ।
जनतासँग गुगल फर्ममार्फत सुझाव माग्नुहुँदै सदस्य महर
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले महासमिति बैठक (नीति महाधिवेशन) अघि जनताको मत समेक्षण गर्ने हुनुभएको छ ।
राप्रपा केन्द्रीय समिति बैठक पुस १ देखि काठमाडौँमा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिको बैठक आगामी पुस १ देखि ३ गतेसम्म काठमाडौँमा हुने भएको छ । पार्टीको नयाँ नियमावलीको मस्यौदामा आवश्यक छलफल गरी त्यसलाई पारित गर्न बैठक बोलाएको वरिष्ठ नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।
कोशीमा एमालेको यात्रा अभियान अवरोध नगर्न अपिल
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले झुलाघाट—चिवाभञ्ज्याङ यात्रामा अवरोध नगर्न अपिल गरेको छ । मङ्गलवारबाट कोशी प्रदेश प्रवेश गर्न लागेको एमाले मध्य पहाडी पुष्पलाल लोक मार्ग यात्रामा अवरोध सिर्जना नगर्न आग्रह गरेको हो ।
‘रुसी सेनामा हुनेको तथ्याङ्क सङ्कलन हुँदै छ’
प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले करिब दुई सय नेपाली रुसी सेनामा भर्ती भएको प्रारम्भिक जानकारी प्राप्त भएको बताउनुभएको छ । प्रेस सेन्टर नेपालको केन्द्रीय पदाधिकारीको सोमबार आयोजित तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उहाँले त्यसबारे तथ्याङ्क सङ्कलन हुँदै गरेको पनि जानकारी दिनुभयो । उहाँले रुसी मात्र नभई युक्रेनको सेनामा पनि नेपाली रहेको जानकारी पाएको बताउनुभयो ।
संकल्प यात्राले मनोबल बढाएको छ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको समर्थनले एमालेको मनोबल र आत्मविश्वास उच्च भएको बताउनुभएको छ । झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्पयात्राको क्रममा सोमबार साँझ दोलखाको चरिकोटमा आयोजित सभालाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
पर्यटन ऐन संशोधन हुन्छ : राज्यमन्त्री सिर्पाली
संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले पर्यटकीय क्षेत्रको बिकासका लागि केही कानुनी अड्चन रहेकाले संशोधन गरिने बताउनुभएको छ ।
राष्ट्रिय एकता र सुशासन कायम राख्न सरकार सफल : महासचिव गुरुङ
नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले वर्तमान गठबन्धन सरकार राष्ट्रिय एकता र सुशासन कायम राख्न सफल भएको बताउनुभएको छ ।
प्रदेश निजामती सेवा ऐन संशोधन गर्न बनेको विधेयक पारित
कोशी प्रदेश सभाको आजको बैठकमा ‘प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक, २०८०’ सर्वसम्मतिले पारित भएको छ ।
हाम्रो वास्तविकताका आधारमा संसद् अघि बढ्छ : सभामुख घिमिरे
सभामुख देवराज घिमिरेले लोकतन्त्रको असल अभ्यासमा रहेका मुलुकबाट सिकेर हाम्रो आफ्नो वास्तविकताका आधारमा सदन र संसदीय समितिलाई अघि बढाइने बताउनुभएको छ ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक मङ्सिर २९ गते
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक मङ्सिर २९ गते बस्ने भएको छ ।
राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्ने जसपा नेपालको निर्णय
जनता समाजवादी पार्टी, नेपालले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने निर्णय गरेको छ ।
सङ्घीयता कार्यान्वयनतर्फ हामी सबै लाग्नुपर्छ : सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सहमतिका साथ सङ्घीयताको सफल कार्यान्वयन गराउनतर्फ हामी सबै लाग्नुपर्ने बताउनुभएको छ ।
कतारका प्रधानमन्त्रीसँग विपिन जोशीको रिहाइका लागि आग्रह
कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल–थानीसँग परराष्ट्रमन्त्री एनपी साउदले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
लगानी सम्मेलनबारे विकास साझेदारसँग छलफल
आगामी वैशाख ९ र १० गते काठमाडौँमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनबारे विकास साझेदारसँग छलफल भएको छ । आज अर्थमन्त्रालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरी लगानी सम्मेलनका लागि नेपालले गर्नुपर्ने तयारीका सम्बन्धमा द्विपक्षीय र बहुपक्षीय दातृ निकायसँग सुझाव लिइएको हो ।
एमाले अछामको अधिवेशन फागुनमा हुने
नेकपा एमाले अछामको जिल्ला अधिवेशन फागुनमा गर्ने तय गरेको छ ।
दुष्प्रचार गरेर जनतालाई भ्रममा पार्ने षड्यन्त्र भइरहेको छ : प्रधानमन्त्री
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न ढङ्गबाट दुष्प्रचार गरेर जनतालाई भ्रममा पार्ने षड्यन्त्र भइरहेको बताउनुभएको छ ।