ललिता प्रकरणमा सरकारले चासो दिएन : सांसद सुवाल
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ललिता निवासको जग्गा प्रकरणमा सरकारले चासो नदिएको गुनासो गर्नुभएको छ । सोमवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले सो गुनासो गर्नुभयो ।
राष्ट्रपतिसमक्ष नवनियुक्त तीन मन्त्रीको शपथ
राष्ट्रपतिसमक्ष शपथ लिने मन्त्रीहरूमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राई, कृषि तथा पशुपन्छी विकास मन्त्री मृगेन्द्र सिंह र वन तथा वातावरण मन्त्री प्रदीप यादव हुनुहुन्छ ।
माओवादीको केन्द्रीय समिति बैठक जारी
सोमबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पेश गर्नुभएको १० पृष्ठको सङ्क्षिप्त प्रतिवेदनमाथि छलफल भइरहेको छ ।
एसपीपी सहमति मैले गरेको होइन : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) आफू प्रधानमन्त्री भएकाबेला नपठाइएको बताउनुभएको छ । आफूले पठाएको कुनै प्रमाण भए पेश गर्न उहाँले सत्ता गठबन्धनका नेताहरुलाई चुनौति दिनुभयो ।
कांग्रेस पदाधिकारी बैठक मंगलबार
नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न पार्टीको पदाधिकारी बैठक यही असार २१ गते बोलाएको छ ।
प्रशिक्षणका लागि सातै प्रदेशमा खटिए एमाले नेताहरु
नेकपा (एमाले) ले स्थानीय तह निर्वाचनको समीक्षा र सातै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालनका लागि पार्टीका नेताहरुलाई जिम्मेवारी तोकेको छ ।
विश्वका समस्या हल गर्न समान धारणा बन्यो : सभामुख सापकोटा
काठमाडौं, असार १९ गते। संघीय संसद, प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले असंलग्नताको सिद्धान्तले मात्रै वर्तमान विश्वका समस्या हल गर्न सक्ने विषयमा असंलग्न राष्ट्रका बीचमा समान धारणा बनेको बताउनु भएको छ।अजरबैजानको राजधानी बाकुमा सम्पन्न ‘असंलग्न आन्दोलनको संसदीय सञ्जाल’को सम्मेलनमा सहभागी भएर आइतबार साँझ स्वदेश फर्किएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै सभामुख सापकोटाले यस्तो बताउनुभएको हो। उहाँले संयुक्त राष्ट्रसंघ पछिको सबैभन्दा ठूलो सञ्जालका रुपमा स्थापित असंलग्न राष्ट्रका सभामुखको सम्मेलनमा भू–राजनीतिक तनाव, हतियारको दौड, सैन्य खर्च वृद्धि, खाद्य संकट, जलवायु परिवर्तन, आर्थिक मन्दी र मानवीय संकट लगायतको समस्या असंलग्नताको सिद्धान्तले मात्रै हल गर्न सक्ने विषयमा समान धारणा बनेको बताउनुभएको हो।असार १६ र १७ गते बाकुमा सम्पन्न सम्मेलनले असंलग्न राष्ट्रका सभामुख बीचमा सौहार्द सम्बन्ध एवं एकता कायम भएको जानकारीसमेत सभामुख सापकोटाले गराउनुभयो। सञ्जाललाई संगठनमा रुपान्तरित गर्नुपर्ने एवं यसको कामलाई दुनियाँले राम्रोसँग सुन्ने गरी बुलन्द गर्नुपर्ने विषयमा बहस भएको उहाँको भनाइ छ। उहाँले भन्नुभयो, ‘‘हामीले नेपालबाट सोचेर गएको विषय र नाम राष्ट्रका बीचमा समान धारणा रहेको पायौं, हामीले सम्मेलनमा राखेको राष्ट्रको दृष्टिकोणमा पनि असंलग्नताको सिद्धान्तको सान्दर्भिकता र अपरिहार्यता अझ बढेर गएको छ।’’उहाँले नेपाली प्रतिनिधि मण्डलका तर्फबाट सम्मेलनको मुख्य कार्यक्रममा सहभागिता र सम्बोधनबाहेक दुई पक्षीय भेटवार्ता र छलफल भएको जानकारी दिनुभयो। आठ लाख नेपाली रोजगारीमा रहेको मलेसियामा नेपालीको स्थिति, उनीहरुका सेवा सुविधाको सम्बन्धमा ध्यानाकर्षण गराउन छलफल मलेसियासँग छलफल भएको उहाँको भनाइ छ। बंगलादेश, जोर्डन, किर्गिजस्थान, मोरक्को, बहराइन, यमन, अल्जेरिया र बुरुण्डीका प्रतिनिधिसँग छलफल भएको सभामुख सापकोटाले जानकारी दिनुभयो। सभामुख सापकोटाको नेतृत्वमा असार १४ गते अजरबैजानको बाकु प्रस्थान गरेको नेपाली संसदीय प्रतिनिधि मण्डल आइतबार साँझ स्वदेश फर्किएको हो। प्रतिनिधि मण्डलमा सांसद पुष्पा भुसाल गौतम, रामचन्द्र राई र सभामुखका स्वकीय सचिव गोविन्द पाठक सहभागी हुनुहुन्थ्यो।
माओवादी केन्द्रले टुंगो लगायो ३७३ केन्द्रीय सदस्य (सूचीसहित)
काठमाडौं, असार १९ गते। नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय सदस्यको टुंगो लगाएको छ। आइतबारबाट सुरु भएको केन्द्रीय समिति बैठकका लागि अध्यक्ष पुष्पकमल दाहालले ३७३ सदस्यीय केन्द्रीय सदस्यको नाम टुंगो लगाउनुभएको हो। ३७७ केन्द्रीय सदस्य रहने भनिएको केन्दीय समितिमा ज्येष्ठ कम्युनिस्ट लिग, अनुशासन आयोग र लेखा आयोगका संयोजक पदेन सदस्य रहनेछन्। काठमाडौंको कमलादीमा माओवादी केन्द्रीय समिति बैठक आइतबार सुरु भएको हो।सूचीमा हेर्नुहोस् केन्द्रीय सदस्य
लोसपाको पार्टी विधान संशोधनसहित पारित
काठमाडौं, असार १९ गते।लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को केन्द्रीय कार्यकारिणी समितिले पार्टी विधान २०७८ संशोधनसहित पारित गरेको छ ।बबरमहलस्थित केन्द्रीय कार्यालयमा अध्यक्ष महन्थ ठाकुरको नेतृत्वमा शनिबार र आइतबार दुई दिन बसेको बैठकले सो निर्णय गरेको हो ।अध्यक्ष ठाकुरले आइतबार बैठकका निर्णयहरु प्रेस विज्ञप्तिमार्फत जानकारी दिनुहुँदै सरकारले जेठ २३ गते जारी गरेको नियमावली राजपत्रमा प्रकाशित भू–उपयोग नीतिप्रति गम्भिर ध्यानाकर्षण भएको जनाइएको छ।अव्यवहारिक तथा षड्यन्त्रपूर्वक ल्याइएको सो नियमावलीले संस्कृतिमाथि समेत प्रहार गरेको निष्कर्श निकाल्दै तत्काल खारेज गर्नुपर्ने लोसपाले माग गरेको छ ।बैठकले यी लगायत अनावृष्टि र हालको अतिवृष्टिले देशको मुख्य धानखेतीमा व्यापक क्षति पु¥याएको, गाउँ–गाउँमा पसेको बाढी र जल जमावले जनधनको नोक्सानी एवम् जनजीवन अस्तव्यस्त पारेको सन्दर्भमा सरकार मौन देखिएकाले असार २७ गते प्रधानमन्त्री समक्ष ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ।