बिहीबार साँझसम्मै मतदाता परिचय पत्र वितरण (फोटो फिचर)
शुक्रबार (वैशाख ३० गते) देशभर एकसाथ स्थानीय तहको निर्वाचन हुँदैछ।
काँग्रेसद्वारा पूर्व सांसदसहित पाँच नेता निलम्बित
पार्टीका कार्यबाहक मुख्य सचिव डा. प्रदीप पराजुलीद्वारा जारी विज्ञप्तिमा काँग्रेसले पार्टीको केन्द्रीय निर्देशन एवम् पाँच दलीय गठबन्धनका उम्मेदवारविरुद्ध सक्रिय रहेकाले पाँचजना नेतालाई पार्टी सदस्यबाट निलम्बन गरेको उल्लेख छ ।
नामावलीमा नाम भए नागरिकता वा राहदानीका आधारमा पनि मत दिन पाउने
निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि मतदाता नामावलीमा समावेश भएका मतदाताले मतदाता परिचयपत्र वा अन्य सक्कली सरकारी कागजपत्रका आधारमा मतदान गर्न सकिने निर्णय गरेको छ ।
जनस्वास्थ्य विदकाे सुझाव - मतदान गर्न जाँदा स्वास्थ्य मापदण्ड पालना गरौँ
शुक्रबार देशभर एकसाथ स्थानीय तहको निर्वाचन हुँदैछ। भोट हाल्न उपत्यकासहित देशका विभिन्न सहरबाट गाउँघर फर्किनेको संख्या बढ्दै गएको छ।
भारतका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
गणतन्त्र भारतका लागि नवनियुक्त नेपालका राजदूत डा शङ्करप्रसाद शर्माले गणतन्त्र भारतका राष्ट्रपति रामनाथ कोविन्दसमक्ष नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ।
सम्पत्ति विवरण बुझाउनेको संख्या बढ्यो
काठमाडौं, वैशाख २८ गते। पछिल्लो आर्थिक वर्षमा सम्पत्ति विवरण बुझाउनेको संख्या बढेको छ। राष्ट्रिय सतर्कता केन्द्रले आर्थिक वर्ष २०७७/०७८ को सम्पत्ति विवरण बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बुझाएको छ। प्रतिवेदन अनुसार सम्पत्ति विवरण बुझाउने संख्या बढेको हो। अघिल्लो आर्थिक वर्ष भन्दा यो आर्थिक वर्षमा सम्पत्ति विवरण बुझाउनेको संख्या शून्य दशमलव ५१ प्रतिशतले बढेको केन्द्रका प्रवक्ता ज्ञानराज सुवेदीले जानकारी दिनुभयो। अघिल्लो आर्थिक वर्षमा ९७.२८ प्रतिशतले सम्पत्ति विवरण बुझाएका थिए भने यो आर्थिक वर्षमा ९७.७९ प्रतिशतले सम्पत्ति विवरण बुझाएका छन्। सतर्कता केन्द्रका सचिव सुशीलचन्द्र तिवारीका अनुसार केन्द्रमा सम्पत्ति विवरण बुझाउनेको संख्या ६ लाख ९६ हजार ६२४ रहेको तथ्यांक छ। जसमध्ये कानुन बमोजिम सम्पत्ति विवरण बुझाउनेको संख्या ६ लाख ८१ हजार २१५ रहेकाे छ। यो संख्या ९७ दशमलव ७९ प्रतिशत हो। केन्द्रलाई १५ हजार ४०९ जनाले सम्पत्ति विवरण बुझाएका छैनन्। यो २ दशमलव २१ प्रतिशत हो। बुधबार सम्पत्ति विवरण अनुगमन प्रतिवेदन ग्रहण गर्नुहुँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले आगामी दिनमा आयोग र केन्द्रबीच समन्वय एवम् सहकार्य बढाउन निर्देशन दिनुभयो। सम्पत्ति विवरण भर्ने भराउने प्रमुख दायित्व कार्यालय प्रमुखले लिनुपर्ने, सम्बन्धित कार्यालयले कर्मचारी र पदाधिकारीको अभिलेख दुरुस्त राख्नुपर्ने निर्देशन दिनुभएको छ।
मतदाता शिक्षा : लोकदोहोरीदेखि भजनसम्म
“पहिला पहिला निर्वाचन आयोगले मत दिने स्थानहरुमै टोली खटाएर मतदाता शिक्षा दिने गर्दथ्यो ? यस पटक त्यस्तो टोली आउँदैन ?”
सरकारको विरोधसँगै चुनावमा छौं : बिजुक्छे
काठमाडौं, वैशाख २७ गते। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले वर्तमान सरकारको विरोधसँगै स्थानीय निर्वाचनमा सहभागी भएको बताउनुभएको छ। मंगलबार भक्तपुरमा आयोजित चुनावी सभामा उहाँले पार्टीको सिद्धान्तलाई नछोडिकन, अनुशासित भएर आगामी दिनमा आन्दोलनलाई थप अघि बढाउनुपर्ने बताउनुभयो।विगतको नेकपा सरकारको विश्लेषण गर्नुहुँदै उहाँले पार्टीको आन्तरिक झगडाका कारण माधव नेपाल र प्रचण्डको पार्टी फुटेको आशय व्यक्त गर्नुभयो। “त्यस समय चुनाव गारउने भने पनि को जित्छ, को हार्छ ? ठेगान भएन, जर्बजस्ती नयाँ सरकार बनाएर एमसीसी पास गरियो, हामी यसको विरोधमा छौं”, उहाँले बताउनुभयो। बहुमत भएको पार्टीको नेता प्रधानमन्त्री हुने प्रजातान्त्रिक नियम नै भएको तर, न्यायाधीशबाट सरकार तोक्ने कामप्रति असहमत रहेको उहाँको भनाइ छ। नेमकिपालाई पनि धोका भएको जसकारण पार्टीमा पहिलेजस्तो ठूलो संख्या नरहेको उहाँ बताउनुहुन्छ। निर्वाचनका कर्मचारीसमेत पार्टीसँग मिल्ने खालका विभिन्न प्रवृत्ति देखिदै आएको उहाँले बताउनुभयो।गलत ठाउँमा दिइएको मतले नकरात्मक असर पर्ने बताउनुहुदै उहाँले भक्तपुरमा मात्रै नभई देशैभरका मतदाता समक्ष विवेकपूर्ण ढंगबाट मतदान गर्न आह्वान गर्नुभएको छ।
उत्साहजनक ढंगबाट मतदान गर्न कमल थापाको आह्वान
राप्रपा नोपलका अध्यक्ष कमल थापाले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उत्साहजनक ढंगबाट सहभागी हुन सम्पूर्ण मतदातालाई आह्वान गर्नुभएको छ ।