विश्व सम्पदामा सूचीकृत बौद्ध स्तुपाको दृश्य
आज २५६९ औँ बुद्ध जयन्ती । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्ती पर्व सोमबार भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिएका सिद्धार्थ गौतमको पूजा, आराधना एवम् प्रवचन गरी मनाइँदैछ ।
तस्बिरमा २५६९ औं बुद्ध जयन्ती
प्रधानमन्त्री केपी शर्मा ओली २५६९औँ बुद्धजयन्तीका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुनुभएको छ ।
२५६९ औँ बुद्ध जयन्ती मनाइँदै, स्वयम्भूमा दशनार्थीको भीड (फोटो फिचर)
काठमाडौँ, वैशाख २९ गते । शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६९ औँ जयन्ती आज बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ । स्वयम्भू, बौद्ध लगायत देशैभरका गुम्बा तथा मन्दिरहरूमा दशनार्थीको भीड लागेको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याउनुभएको योगदानको स्मरण स्वरुप यो पर्व मनाउने गरिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण [मुत्यु] वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्ध जयन्ती मनाउने गर्दछन् । ‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’ यस्ता अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको २५६९ औँ जयन्ती शान्तिको कामना गर्दै आज देशभर मनाउन लागिएको हो ।बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गरिन्छ । आम मानिसलाई बेलुकी घरमा दीपावली गरेर बुद्धजयन्ती मनाउन सरकारले आह्वान गरेको छ । यस अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाउने परम्परा छ । इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६९ वर्षअघि रुपन्देही जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो । राजकुमारका रूपमा जन्म लिनुभएका सिद्धार्थ गौतम मानिसले पाएका दुःख देखेर चिन्तित बन्नुभयो । उनन्तीस वर्षको उमेरमा दरबार छोडी तपस्याका लागि निस्कनुभयो ।
झिलिमिली मायादेवी मन्दिर
बुद्ध पूर्णिमाको पूर्व सन्ध्यामा सिंगारिएको मायादेवी मन्दिर ।
जमेको बरफ पग्लिएन तिलिचो
मनाङ, वैशाख २८ गते । मनाङको ङिस्याङ गाउँपालिकामा अवस्थित तिलिचो ताल । वैशाख महिना सकिन लाग्दा पनि तालमा जमेको बरफ पग्लिएको छैन । समुद्री सतहदेखि चार हजार ९१९ मिटर उचाइमा अवस्थित यो तालले चार दशमलव आठ किलो मिटर क्षेत्रफल ओगटेको छ । तस्बिरः रासस
अछामको बाटुल्ला ताल
अछाम, वैशाख २७ गते । अछामको रामारोशन गाउँपालिका ५ स्थित पर्यटकीयस्थल रामारोशन क्षेत्रमा रहेको मनमोहक बाटुल्ला ताल । तस्बिरः रासस
बेलहिया नाकामा नवनिर्मित नेपालद्वार
नेपाल–भारत सीमा नाका बेलहियामा नवनिर्मित नेपालद्वार ।
रातो मच्छिन्द्रनाथको रथ
काठमाडौँ उपत्यकाको सबैभन्दा लामो जात्राको रूपमा रहेको प्रख्यात रातो मच्छिन्द्रनाथको रथ बिहीबार लगनखेलमा तीन पटक परिक्रमा गराइएको छ ।
ढकमक्क फुलेको गुलमोहर
सुर्खेत, वैशाख २६ गते । सुर्खेतको वीरेन्द्रनगर मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयस्थित सडक किनारमा ढकमक्क फुलेको गुलमोहर । तस्बिरः रासस
मर्स्याङ्दी र त्रिशुली नदीको दोभान
तनहुँको आँबुखैरेनी गाउँपालिका–४, गोरखाको शहिदलखन गाउँपालिका–३, र चितवनको इच्छाकामना गाउँपालिका–५, को सङ्गम स्थलमा रहेको मर्स्याङ्दी र त्रिशुली नदीको दोभान ।
सुन्दर सिस्नेरागाउँ
बागलुङको जैमिनी नगरपालिका–४ स्थित सर्कुवाको सुन्दर सिस्नेरागाउँ ।
कालीगण्डकी नदीमा झोलुङ्गेपुल
मुस्ताङ, वैशाख २५ गते । मुस्ताङको घरपझोङ गाउँपालिका ३ स्याङ पुलचोक र वडा नं ५ ठिनी, ढुम्बागाउँ जोड्न कालीगण्डकी नदीमा निर्माण गरीएको झोलुङ्गे पुल मोटरसाइकल मार्फत पार गर्दै विदेशी पर्यटक । पर्यटकीयस्थल ढुम्बा ताल पुगेर फर्किने पर्यटक र स्थानीयहरु दैनिक यही पुलबाट आउजाउ गर्ने गर्छन् । तस्बिरः रासस
गोरखापत्र प्रकाशन १२५ औँ वर्षमा प्रवेश
काठमाडौँ, वैशाख २४ गते । गोरखापत्रको प्रकाशन वैशाख २४ गते बुधबार १२५ औँ वर्षमा प्रवेश गरेको छ । मुलुककै जेठो समाचारमूलक पत्रिका गोरखापत्रको प्रकाशन आरम्भ भएको विसं १९५८ वैशाख २४ गतेको स्मरणमा हरेक वर्षको वैशाख २४ गते राष्ट्रिय पत्रकारिता दिवस मनाइन्छ । विसं २०७३ देखि राष्ट्रिय पत्रकारिता दिवस मनाउन सुरु गरिएको हो ।एक शताब्दीभन्दा लामो इतिहास बोकेको गोरखापत्र मुलुकको गौरवशाली प्रकाशन हो । गोरखापत्र प्रकाशनको प्रारम्भदेखि १९९१ साल वैशाख ८ गतेसम्म हप्ताको एक दिन सोमबार र त्यसपछि २००१ साल असोजसम्म बुधबार प्रकाशन हुन थाल्यो । पछि साताको दुई र तीन पटक हुँदै २०१७ साल फागुन ७ बाट दैनिक भएको हो ।
कञ्चनजङ्घा हिमाल
ताप्लेजुङको दक्षिण आधारशिविर सिरिजङ्घा गाउँपालिका–८ स्थित ओक्ताङबाट देखिएको कञ्चनजङ्घा हिमाल । ८ हजार ५८६ मिटर उचाइ रहेको कञ्चनजङ्घा विश्वको तेस्रो अग्लो हिमाल हो ।
आहा रारा ताल
मुगु, वैशाख २३ गते । मुगुको छायाँनाथ रारा नगरपालिकास्थित रारा राष्ट्रिय निकुन्ज भित्र रहेको रारा ताल र तालकोे किनारमा चर्दै गरेका भेडा । तस्बिरः रासस
मनमोहक गुलमोहर फूल
कोहलपुर नगरपालिका –११ दश विघास्थित सडक किनारमा ढकमक्क फुलेको गुलमोहरको फूल । मनमोहक रुपमा रातै फुलेको गुलमोहर फूलले सहरको सौन्दर्य बढाएको छ ।
बिम र डाँडागाउँ
म्याग्दीको मालिका गाउँपालिका–७ प्रभुचेलाबाट देखिएको बिम र डाँडागाउँ । मालिका धुरी र प्रभुचेलाको फेदीमा रहेको मगर समुदायको बाहूल्य बसोवास रहेको बिम गाउँ पर्यटकीय हिसाबले सम्भावनायुक्त छ ।
ढकमक्क फूलेको गुलमोहर
दाङको घोराही उपमहानगरपालिका–१५, जिल्ला समन्वय समिति परिसरमा गुलमोहरको फूल ढकमक्क फूलेको छ ।
जाकाराण्डा फुलेपछि सुन्दर बनेका सडक (फोटो फिचर)
हरेक वर्ष वसन्त ऋतुमा काठमाडौँको रत्नपार्क, टुँडिखेल क्षेत्रहुँदै ललितपुरको सातदोबाटोदेखि एकान्तकुनासम्मको सडक छेउमा जाकाराण्डा यसरी नै ढपक्कै फुलेको देखिन्छ ।
मनाङ गाउँको पृष्ठभूमिमा गङ्गापूर्ण हिमाल, ग्लेसियर र ताल
मनाङ ङिस्याङ गाउँपालिका–६ मा अवस्थित मनाङ गाउँको पृष्ठभूमिमा गङ्गापूर्ण हिमाल, ग्लेसियर र गङ्गापूर्ण ताल । गाउँको नामबाट नै जिल्लाको नामकरण गरिएको हो ।
हिमाली क्षेत्रमा सामान ढुवानी गर्दै फम्जो (फोटो फिचर)
हिमाली क्षेत्रका बासिन्दा सामान ढुवानीका लागि अझै पनि फम्जो (भारी बोक्ने चौँरी) को प्रयोग गर्ने गर्दछन्। विषेश गरी ताप्लेजुङ जिल्लाको सिरिजङ्घा गाउँपालिका, फक्ताङ्लुङ गाउँपालिका र मिक्वाखोला गाउँपालिकाको हिमाली क्षेत्रमा सामान ढुवानीका लागि फम्जो प्रयोग गरिने गरिन्छ।
मुग्लिन–पोखरा सडक
पृथ्वीराजमार्गको पोखरा–मुग्लिन सडक विस्तार आयोजनाअन्तर्गत तनहुँको पूर्वी खण्ड छिर्कन, बेलभन्ज्याङ, नाहाला क्षेत्रमा ४ लेन सडक विस्तारसँगै चिटिक्क देखिएको सडक ।
मुस्ताङको मार्फा गाउँ
मुस्ताङ, वैशाख १९ गते । मुस्ताङको घरपझोङ गाउँपालिका २ मा अवस्थित मार्फा गाउँ । धार्मिक र साँस्कृतिक हिसाबले महत्त्वपूर्ण मानिएको मार्फा गाउँका प्रत्येक घरका छानाहरुमा दाउराले भरिएको हुन्छ । छानामाथी यसरी दाउरा राख्दा घर बलियो हुनुका साथै पानी चुहिने सम्भावना कम हुने जनविश्वास रहेको छ।तस्बिरः रासस
सुरु भयो रातो मच्छिन्द्रनाथको जात्रा (फोटो फिचर)
बिहीबारदेखि रातो मच्छिन्द्रनाथको रथ यात्रा सुरु भएको छ। मच्छिन्द्रनाथको मूर्तिलाई ललितपुरको तःबहालबाट खटमा राखेर पुल्चोकमा बनाइएको रथमा पुर्याएर बिराजमान गराएपछि विधिवत रुपमा मच्छिन्द्रनाथको जात्रा सुरु भएको मानिन्छ।